समाचार
पौडेललाई गभर्नर बनाउने सहमति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच मंगलबार भएको छलफलका क्रममा पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको हो ।
पौडेललाई गभर्नर बनाउने सहमतिपछि अपरान्ह चार बजे गभर्नर छनोट सिफारिस समितिको बैठक बोलाइएको छ भने पाँच बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । यसअघि कांग्रेस र एमालेबीच गभर्नर बनाउने विषयमा विवाद हुँदै आएको थियो ।
प्रतिक्रिया