यस्तो छ यसवर्षको मनसुन

NepalOne
७ जेठ २०८२ १५:४२
प्रमुख खबर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी पानी पर्ने संभावना रहेको जनाएको छ ।

कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग बर्षाबाट बढी प्रभावित हुन सक्ने पनि उल्लेख गरेको छ । बुधबार आयोजित राष्ट्रिय मनसुन फोरममार्फत विभागले अधिकतम तापक्रम पनि सरदर भन्दा बढी हुने प्रक्षेपण गरेको हो ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र वाग्मती प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

मधेस प्रदेशको पूर्वी भूभाग र गण्डकीको मध्य भूभागमा सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

 


प्रतिक्रिया