शेयर बजारमा १० अर्ब भन्दाबढीको कारोबार
अर्थ समाचार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से घटेको छ । मंगलबार ४९ अंकले बढेकोमा बुधबार नेप्से ७ दशमलव ९४ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ५१ विन्दुमा झरेको छ ।
नेप्से बिहान ११ बजेर ३ मिनेटमा २ हजार ७ सय ७१ विन्दुसम्म पुगेको भए पनि टिक्न सकेन । आज बैंक, विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ ।
आज श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया