गौशालामा ८ वटा सवारीसाधन एकआपसमा ठोक्किए

NepalOne
७ जेठ २०८२ १५:५६
बिशेष

काठमाडौं । गौशालामा एकैसाथ आठवटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर अन्य सवारीसाधनलाई ठक्कर दिँदा सवारीसाधन ठोक्किएका हुन् ।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।

बसको ठक्करबाट सुरु भएको दुर्घटनामा स्कुटरदेखि मोटरसाइकल र कारसमेत क्षति भएका छन् । एसपी बोहराका अनुसार बा५ख ७३१ नम्बरको हायस गाडी, बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बीएसी ९७७३ को अर्को कार ठोक्किएका थिए ।

यसरी नै बा१६च ४४५२ नम्बरको कार, प्र–२–०१–००३प १००५ नम्बरको मोटरसाइकल, बा५१प २२ नम्बरको मोटरसाइकल र बाप्र–०२–०४६प ४८१९ नम्बरको स्कुटर पनि ठोक्किएका हुन् ।

प्रहरीका अनुसार दुर्घटना बिहान १० बजेर ५५ मिनेटमा भएको थियो । तर, चालक अझै फरार छन् । घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

 


प्रतिक्रिया