संसद संचालनको वातावरण बनाउन प्रचण्डलाई प्रधानमन्त्रीको आग्रह

प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद संचालनको वातावरण बनाउन माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले टेलिफोन गरी प्रचण्डलाई संसदको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका हुन् । संसद भवनमा विपक्षी दलको बैठक बसिरहेका बेला प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेका थिए ।
जवाफमा प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै मंगलबारदेखि विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । सहमति नजुट्दा आज बिहान ११ बजे बोलाइएको बैठक बस्न सकेको छैन ।
प्रतिक्रिया
ताजा अपडेट