विपक्षी दलहरुद्वारा संसद बैठक अवरुद्ध

NepalOne १४ जेठ २०८२ १३:१८
प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरुले अवरुद्ध पारेका छन् । बैठक सुरू हुनेबित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षी दलका सांसदहरूले उभिएर अवरोध गरेका हुन् ।

बैठक संचालनका लागि सभामुखले पटक पटक आग्रह गर्दा पनि नमानेपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई बैठक स्थगित गरेका छन् । मंगलबार पनि प्रतिपक्षीको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

सभामुखले दलहरुसँग छलफल गरेपछि सहमति नजुटेपछि दिउँसो एक बजे बैठक सुरु भएको थियो । सभामुख देवराज बुधबारको बैठकमा गृहमन्त्रीले बोल्न समय मागेकाले वातावरण बनाइदिन आग्रह गरेका थिए । तर विपक्षी दलहरूले उभिएर निरन्तर विरोध जनाइरहे पछि बैठक स्थगित गरिएको हो ।


प्रतिक्रिया