पूर्वमन्त्री आलमलाई उच्च अदालतको सफाई

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो ।
बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।
उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । उनलाई अहिले नख्खु कारागारमा राखिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट