काभ्रेको बेथानचोकमा बस दुर्घटना, एकजनाको मृत्यु, तीन घाइते

NepalOne २१ जेठ २०८२ १८:५१
प्रमुख खबर

काभ्रे । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बेथान्चोक गाउँपालिका भुग्देउस्थित दर्केखोलामा बा ४ ख ४४३५ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पनौतीबाट यात्रु बोकेर भुग्देउका लागि छुटेको बस बेथानचोक–६ च्याँनडाडा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । दुर्घटनामा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ३ जना घाइते भएको उनले बताए । दुर्घटनामा बस चालकसमेत घाइते भएका छन् । घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।


प्रतिक्रिया