अरुको प्रसंसा गर्ने र आफ्नै नेतृत्वको बद्ख्वाई गर्ने काम बन्द गर्ने माधव नेपालको निर्देशन

49 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाटीका कार्यकततहरुलाई अरुको प्रसंसा गर्ने र आफ्नै नेतृत्वको बद्ख्वाई गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् । मंगलबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो नेताको बद्ख्वाइ गर्ने र अरुको प्रसंसा गर्ने जस्ता कार्यलाई रोक्न निर्देशन दिएका हुन् ।

पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न कम गर्नुहोुस् भन्दै आक्रोश पोख्ेका थिए । उनले भने ‘जे जे लागेको छ, कमिटीमै राखौं, फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ । हामीले अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने, पार्टीको बद्ख्वाइ बाहिर गर्ने अनि अनि हाम्रै स्वर ठूलो हुने, आफ्नो नेताको बद्ख्वाइ गर्ने, अरुको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने, यो तरिका बन्द गरौं ।’

जारी बैठकमा स्थायी कमिटीका वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीमाथि कारबाहीको मागसमेत भएको छ । उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप पोलिटब्युरो सदस्यहरूले लगाएका छन् । झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसंगसमेत निस्किएको बैठकका सहभागीले बताए ।

 

सम्बन्धित समाचार

सबै