मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा यादव

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा यादव

काठमाडौं – मधेस प्रदेशमा नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। उनलाई मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा चयन गरेको हो ।

मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले उनको नाम चयन गरेको जनाइएको छ । उनी महोत्तरी क्षेत्र नं ४ (१)बाट निर्वाचित भएका थिए ।

nepal one