टर्कीका भूकम्प पीडितका लागि नेपालले पठायो २२ टन राहत सामग्री

NepalOne १ फागुन २०७९ १३:४७
प्रमुख खबर

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि सोमबार राहत सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी पहिलो खेप राहत सामग्रीहरु पठाएको हो ।

विभिन्न संघसंस्थाको समन्वयमा नेपाल सरकारले राहत सामग्री पठाएको हो । राहतमा टेन्ट, न्यानो कपडा, औषधी, स्वास्थ्य उपकरण लगायतका अत्यावश्यक सामग्रीहरु समावेश छन् । सामग्रीको कुल तौल २२ हजार ७८७ केजी रहेको छ । सामग्री शुक्रबार नै पठाउने भनिएको थियो । तर, टर्कीले क्लियरेन्स दिन समय लगाएपछि ढिला भएको हो ।

गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लगत्तै २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया