भोलिबाट काठमाडाैँमा सार्वजनिक सवारी नचल्ने (विज्ञप्तिसहित)

NepalOne १ फागुन २०७९ १९:४३
प्रमुख खबर

काठमाडौँ – भोलिदेखि काठमाडौँमा सार्वजनिक यातायात नचल्ने भएको छ ।

ट्राफिक प्रहरीको जयादतीको विरूद्धमा उत्रिएका यातायात मजदुरको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरूले सोमबार एक प्रहरी भ्यानमा आगजनी गरेका छन भने १० भन्दा बढी मजदुर पक्राउ परेका छन । 

उनीहरूले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका थिए । प्रहरीले आन्दलोनमा दमन गरेपछि बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले दुईवटा प्रहरीको गाडीमा आगो लगाएका छन

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।


प्रतिक्रिया