रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिल कार्यालयको निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निर्णय गरेको छ । सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो ।
सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले भने रविले नागरिकताको अभिलेख भेटिएको जवाफ लेखेको एक सरकारी वकिलले बताए ।
लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए ।