स्कटल्याण्डले नामिबियालाई ४३ रनले पराजित

NepalOne ८ फागुन २०७९ १६:१६
खेलकुद

काठमाडौं – काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

काठमाडौंको किर्तिपुरस्थीत टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो । स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो । नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ग्रेहार्ड इरास्मसले ४३ तथा जेन ग्रिनले २५ रन बनाए ।

स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए । ब्राण्डन म्याकमुलानले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ रन बनाए । सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया