एमाले खेलकुदको अध्यक्षमा पर्शुराम बस्नेत

NepalOne १० फागुन २०७९ ८:०४
खेलकुद

बिराटनगर । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्। 

दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन । उनको नेतृुत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ ।

फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन । बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेसन सम्पन्न भएको छ ।

बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए ।


प्रतिक्रिया