स्टाटस लेख्दै सन्दीपले भने, ‘मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ’

NepalOne १० फागुन २०७९ १२:१६
खेलकुद

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाबाट ६ महिनापछि घरेलु मैदानमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले कमब्याक गरेका छन् । उनको कमब्याक साथैँ नेपालले त्रिकोणात्मक श्रृंखला क्लिनस्वीप गरेको छ ।

सन्दीप ४ म्याच खेल्दा बलिङबाट १३ विकेट ल्याई महत्वपूर्ण योगदान दिएका छन् ।सन्दीपको पक्षमा दर्शकले यूएइ भ्रमणमा समावेश गर्न माग गर्दै निकै समर्थन र हौसला दिएका थिए ।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु’ भन्दै दर्शकप्रति आभार प्रकट गरेका छन् ।


प्रतिक्रिया