प्रथम केपी ओली राष्ट्रिय च्याम्पियन कप आजबाट, पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो यूथ क्लब भिड्दैँ

खेलकुद

काठमाडौँ / प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो यूथ क्लब भिड्ने आयोजकले जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७२औँ जन्म दिवसको अवसर पारेर फुटबल च्याम्पियन सुरु गरिएको हो । यसअघि, सो च्याम्पियनका लागि ट्रफि सार्वजनिक गरिएको थियो भने नेता भर्सेज कलाकार बिच मैत्रीपूर्ण प्रतिस्पर्धा पनि गरिएको थियो ।
प्रतिक्रिया
ताजा अपडेट