केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियोगिता आजबाट सुरु (फोटोफिचर)

NepalOne ११ फागुन २०७९ १७:०१
खेलकुद

काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियोगिता आजबाट सुरु भएको छ ।

बिहिबार नेकपा एमालेका अध्यक्ष ओलीले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । पहिलो खेल आज नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल सुरु भएको हो । प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने युवा संघ नेपालले जनाएको छ ।

प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया