एकदिवसीय विश्व क्रिकेटमा ८२ औं स्थानबाट ३१ मा उक्लिए सन्दीप लामिछाने

खेलकुद

काठमाडौं । नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले एकदिवसीय विश्व क्रिकेटमा फड्को मारेका छन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबिया संलग्न त्रिकोणात्मक सिरिजपछि उनी ८२ औं स्थानबाट ३१ मा उक्लिएका हुन् ।
सन्दीपले लिग २ अन्तर्गत ४ म्याच खेली १३ विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा त्रिकोणात्मक श्रृंखला सुरू हुनुअघि सन्दीपको रेटिङ प्वाइन्ट ४०० थियो । त्रिकोणात्मक श्रृंखला पछि रेटिङ प्वाइन्ट ५३६ पुगेको छ ।
प्रतिक्रिया
ताजा अपडेट