सन्दीप लामिछानेलाइ दिएन बिदेश जाने सर्वोच्च अदालतले अनुमती

NepalOne १२ फागुन २०७९ १७:२१
प्रमुख खबर

काठमाडौं / युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने यूएई जान पाउने कि नपाउने भन्ने टुंगो आइतवार मात्र लगाउने  भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई अर्को मुद्दासँगै राखेर आइतवार पेश गर्न आदेश दिएको हो ।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ ।

उक्त मुद्दा समेत शुक्रवार पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।


प्रतिक्रिया