सन्दीपको मुद्दाबारे सर्वोच्च अदालतमा पहिलो नम्बरमै सुनुवाइ हुँदै

NepalOne १४ फागुन २०७९ ११:२६
प्रमुख खबर

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।
आइतबार लामिछानेको मुद्दाको पहिलो नम्बरमै पेसी चढेको हो ।

सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ । त्यस्तै आफूलाई विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै सन्दीपले पनि पुनरावेदन गरेका छन् । महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो ।

यी दुवै निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।


प्रतिक्रिया