उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम

काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ । निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो । 

आज आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि स्पष्टिकरण दिन निर्वाचन आयोग पुग्नुभएका यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको हो । यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले शनिवार निर्वाचन आयोगमा उजुरी दिएको थियो । 

नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरूले यादवविरुद्ध उजुरी दिएको थियो । 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुत्त दिनेशकुमार थपलियाले पनि उपराष्ट्रपतिमा महिलाकै उम्मेदवारी हुनुपर्ने बताउँदै आउनुभएको थियो । 

nepalone