`

पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी

तुलसीपुर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताउनुभएको छ । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन सकिरहेका छैनन् भन्नुभयो ।

मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

‘मुक्त कमैयालाई रोजगारमा जोड्दैछौँ’

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुक्त कमैयालाई राजगारीमा जोड्नका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ । मुक्त कमैया दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले कमैयालाई रोजगारीमा जोड्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुभयो ।

उहाँले कमैया मुक्त भए पनि उचित व्यवस्थापन हुन नसक्नु दुःखद् रहेको जनाउँदै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

लन्डन – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको नेपाली दूतावास लन्डनले जनाएको छ ।

नेपाल र बेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सका लागि रोजगारी सम्बन्धी सम्झौताप्रति खुसी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोधसमेत गर्नुभएको थियो । बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गर्नुभएको दूतावासले उल्लेख गरेको छ ।

स्वास्थ्य बस्नेत मन्त्रीले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालिम तथा स्थानान्तरण प्रक्रियाका बारेमा जानकारी लिनुभएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताउनुभयो । उक्त भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी रहनुभएको थियो । मन्त्री बस्नेत गत असार २९ गते संयुक्त अधिराज्यको भ्रमणमा आउनुभएको छ ।

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । साथै थोरै भू-भागहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।

दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखी सामान्य  रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ललिता निवास प्रकरण: आज पनि सुनुवाइ हुँदै

काठमाडौं – ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो ।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

साउनको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुईंचो

काठमाडौं- सौरमास अनुसार साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्‍ने चलन छ ।

यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लाग्‍ने गरेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको कोषले जनाएको छ । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्ने गर्छ । काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।

कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण

गण्डकी – पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ ।

वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट रु एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो । ‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा विगत चार वर्षयता महानगरपालिकामा सञ्चालित सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमले सकारात्मक प्रभाव पारेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो ।

पछिल्लो डेढ दशकयता कास्कीका सुन्तला उत्पादनका पकेट क्षेत्र विभिन्न रोगका कारण सङ्कटग्रस्त बन्दै गएसँगै महानगरपालिकाले बगैँचा व्यवस्थापन अभियान थालेको उहाँले जानकारी दिनुभयो । प्राविधिकसहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैँचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइने गरिएको छ । पोखरा महानगरपालिकाले आइतबार आयोजित एक कार्यक्रमका महानगर प्रमुख धनराज आचार्यले सुन्तला बगैँचा व्यवस्थापनबापतको प्रोत्साहन रकम हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा प्रमुख आचार्यले महानगरपालिकाले तोकेअनुसारको कृषिउपजको न्यूनतम समर्थन मूल्यबापतको आव २०७९÷८० को रकमसमेत हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा च्याउ उत्पादक कृषक समूहलाई ५९ हजार दुई सय २९ केजी च्याउको रु २१ लाख ४३ हजार आठ सय २२ तथा सावित्री हराभरा एकीकृत कृषि फार्मलाई गोलभेँडा २० टन, बन्दा ४० टन, काउली एक हजार पाँच सय ५३ केजी, घिराँैला एक हजार एक सय पाँच केजीको रु चार लाख २९ हजार पाँच सय ३७ को समर्थन मूल्य सहयोगको चेक हस्तान्तरण गर्नुभयो ।

आर्थिक वर्ष २०७९÷८० अन्तर्गत यस पालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका एक लाख २७ हजार चार सय ९० केजी तरकारीको रु २७ लाख भुक्तानी दिएको छ । महानगरले विभिन्न २३ वटा कृषिउपजको न्यूनतम मूल्य तोकेको छ । तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम पर्ने अवस्थामा कम भएको रकमको भुक्तानी महानगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

त्यसका लागि खेती गर्नुपूर्व कृषकले आफूले उत्पादन गर्ने सम्भावित उत्पादन सूचीकृत गर्नुपर्ने, बजारमा प्रतिस्पर्धी मूल्यमा बेच्नुपर्नेलगायतका सर्त निर्धारण गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताउनुुभयो । कार्यक्रममा महानगर प्रमुख आचार्य, पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदीलगायतले उत्पादनमा जोड दिन आग्रह गर्दै महानगरका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

न्युयोर्क- एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ ।
मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ ।

“विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि नकारात्मक नगद प्रवाहमा छौं,” अरबपति मस्कले शनिबार ट्वीटमार्फत् बताउनुभयो ।

“हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ,” उहाँले थप्नुभयो ।

‘इन्साइडर इन्टेलिजेन्स’का अनुसार ट्वीटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ, जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो ।

मस्कले ट्वीटरमा कब्जा जमाएपछि गरेका परिवर्तनहरूले प्रयोगकर्ता र विज्ञापनदाताहरूलाई समान रूपमा बन्द गरिदिएको छ ।

मस्कले तथ्याङ्क चोरीको चरम स्तरलाई सम्बोधन गर्न भन्दै यस महिनाको सुरुमा ट्विटरको प्रमाणित अकाउन्टहरूबाट एक दिनमा १० हजार ट्वीटहरू पढ्नको लागि सीमित अनुमति दिने घोषणा गर्नुभएको थियो ।

उहाँले निः शुल्क खाताहरू जुन अधिकांश प्रयोगकर्ताहरूले बनाउँदछन् ती गैर–स्थापित प्रयोगकर्ताहरूले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न सक्ने सीमित प्रावधान ल्याउने र नयाँ अपुष्ट अकाउन्ट भएका प्रयोगकर्ताले ५०० ट्वीटहरू मात्र पढ्नसक्ने गरी सीमित गरिएको घोषणा गर्नुभएको थियो ।

ट्विटरको प्रतिद्वन्द्वीको रूपमा फेसबुकको अभिभावक मेटाले सुरु गरेको एप थ्रेड्सले पहिलो पाँच दिनमा १० करोडभन्दा बढी प्रयोगकर्ता दर्ता गरेपछि यो परिवर्तन आएको हो ।

यस वर्षको सुरुमा ‘ओपन एआई’ले बनाएको कृतिम बौद्धिकता (ए.आई) एप च्याटजीपीटीलाई सक्रिय प्रयोगकर्ताको सङ्ख्यासम्म पुग्न दुई महिना लागेको थियो ।

केही अनुमानका अनुसार, थ्रेड्स अब १५ करोड प्रयोगकर्ताहरूमा पुगेको छ । जसमा भारतीय प्रयोगकर्ता सबैभन्दा धरै छन् । इन्स्टाग्रामको लिङ्कले यसलाई दुई अर्बभन्दा बढी प्रयोगकर्ताहरूको पहुँचमा पु¥याएको छ ।

ट्वीटरका करिब २० करोड नियमित प्रयोगकर्ता रहेको अनुमान गरिएको छ तर मस्कले प्लेटफर्म किनेर हजारौं कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलताको सामना गर्नुपरेको छ ।सिन्ह्वा

युवाको व्यावसायिक पशुपालनमा आकर्षण

जानकी – बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ । यो क्रम विगत पाँच वर्षदेखि उहाँको घरमा चल्दै आएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रुपमा पशु व्यवसायी बन्नुभएको छ । गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई फार्म दर्ता गराएर पशु व्यवसायी बन्नुभएका उहाँलाई हिजोआज भ्याइनभ्याइ छ । बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रुपमा नै गर्न सुरु गर्नुभएका शशीरामको फार्ममा अहिले ‘होलस्टेनक्रस’ प्रजातिका सात गाई छन् । सुरुमा दुई गाईबाट व्यवसाय गर्नुभएका शशीरामले दूधबाट फाइदा हुन थालेपछि गाईको सङ्ख्या बढाएको बताउनुभयो । “व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ । त्यसबाट चित्त बुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ ।” उहाँले भन्नुभयो ।

अरु व्यवसाय गर्नलाई पढाइलेखाइ कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशालाई अंगालेको उहाँले बताउनुभयो । गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उहाँको भनाइ छ । सोँचेजस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा रु ६४ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सय देखि एकसय २० सम्म हुँदा पनि गर्न मन लाग्नुभनेको एक प्रकारको बाध्यता पनि हो ।” उहाँले भन्नुभयो, “पढाइलेखाइ धेरै र हातमा अरु नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथेँ ।”

शशीरामले झैँ दूध बेचेरै घरखर्च चलाउँदै आउनुभएको छ राम सुहवन यादवले पनि । उहाँले पनि पुर्खाले पाल्दै आएको पशु पानलाई व्यावसायिकरुपमा अघि बढाउन ‘यादव भैँसीपालन फार्म’ दर्ता गराउनुभएको छ । रु २० लाख खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज एक सय ३० वटा भैँसी पालेका छन् । उहाँको फार्ममा तीमध्ये हिजोआजको यो समयमा ३५ वटा भैँसीले दूध दिन्छन् भने बाँकी भैँसी ब्याउने चरणमा छन् ।

बाँकेका तीन ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दूध सङ्कलनका लागि पठाउने गर्नुहुन्छ । त्यसरी दूध सङ्कलन गर्ने दूध डेरीअन्तर्गत साइबाबा दूध डेरी, एस के दूध डेरी र डिडिसी दूध डेरी छन् । खर्च र आम्दानी ठ्याक्कै भन्न नसक्नुभएका राम सुहवनले मासिक नाफा भने रु ५० देखि ६० हजारसम्म हुने गरेको बताउनुभयो । सरकारले ल्याएको पशु बीमा अन्तर्गत उहाँले पनि बीमा गराएको बताउनुभयो तर पशु मृत्युपछि भने बीमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बीमा गर्न छाडेको उहाँले बताउनुभयो । “बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ ।” उहाँले भन्नुभयो, “हामी किसानलाई दिनभरि बीमा रकमको लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद ? हामीले त गत वर्षदेखि नै बीमा गराउन छाडेका छौँ ।”

शशीराम र राम सुहवनजस्तै व्यावसायिक पशुपालन गरेर विगत सात वर्षदेखि दूध बेच्दै आउनुभएको छ बर्दियाका गोविन्द उपाध्यले पनि । पन्ध्र वटा गाईबाट व्यवसाय गर्न सुरु गर्नुभएका उहाँले अहिले ४४ गाईको रेखदेख गर्दै आई रहनुभएको छ । विसं २०७३ मा एकता पशुपालन फार्म दर्ता गराएर उहाँले व्यावसायिक रुपमा नै पशुपालन गर्दै आउनुभएको हो । निर्जीवन बीमा कम्पनीमा कार्यरत ४४ वर्षीय उहाँले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाईपालन गर्न सुरु गरेको बताउनुभयो ।

जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाईबाट उहाँले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्नुहुन्छ । किसानबाट उपभोक्तासम्म रु ३० देखि ४० को फरक पर्दा पनि भोलिका दिनमा दररेट बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उहाँको भनाइ छ । आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आउनुभएका गोविन्दको मासिक खर्च रु तीन लाखको हाराहारीमा हुन्छ भने आम्दानी रु तीन लाख ७० हजार हुने गर्दछ । दूधबाट उहाँलाई पनि सरदरमा मासिक रु ४०÷४५ हजारको नाफा हुने गर्दछ । पाँच कामदार राखेर फार्म सञ्चालन गर्दै आउनुभएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन सरकारलाई आग्रह गर्नुभएको छ ।

किसानद्वारा उत्पादित दूधलाई सङ्कलन गरेर आत्मनिर्भर बनाउनमा निकै ठूलो सहयोग गरेको छ ‘एस के डेरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ बाँकेले । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ को पुरैनीमा रहेको उक्त दूध डेरीमा बाँके र बर्दियाका गरी पाँच हजार किसानले दूध सङ्कलन गर्ने गर्छन् । प्रालिका प्रोडक्सन इञ्चार्ज सन्तोष पौडेलका अनुसार विसं २०७६ देखि उक्त उद्योगले किसानका दूधलाई सङ्कलन गर्दै आएको छ । सो प्रालिमा ३२ जना कर्मचारी कार्यरत छन् । उहाँका अनुसार किसानबाट सङ्कलित दूधलाई चिसो बनाएर प्रयोगशालामा परीक्षण गर्दै परामिटरले परीक्षण गरेर दूधको ‘फ्याट’ निकाल्ने गरिन्छ ।

फ्याटबाट निकालिएको दूधलाई ४५ डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिरलगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उहाँले बताउनुभयो । “हामीले किसानबाट सङ्कलन गरेका दूधलाई ४५ डिग्रीको चिसो तापक्रममा राखेर दूधका विभिन्न परिकार बनाएर बजारमा पठाउँछौँ ।” उहाँले भन्नुभयो, “हामीकहाँ राम्रो भोल्टेजका कारण प्याकिङ गरेर राखिएका सामान बिग्रने सम्भावना हुँदैन । हामीले गुणस्तरलाई बढी ध्यान दिएका छौँ ।”

प्रालिक उत्पादन प्रमुख पौडेलका अनुसार प्रत्येक दिन किसानबाट एक हजार पाँच सय लिटर दूध सङ्कलन गरेर पाँच सय लिटर पनिर, एक हजार लिटर दही, दुई सय लिटर दूधको आइसक्रिम बनाइन्छ । यसरी बनाइएका दूधका परिकार बाँकेमा मात्र नभई बर्दिया, दाङ, सुर्खेत, जुम्लादेखि काठमाडौँसम्म जाने गर्छ । साढे पाँच कट्ठाको क्षेत्रफलमा निर्मित उक्त दूध डेरी बनाउनका लागि सबै मेसिन भारत र चीनबाट ल्याइएको उहाँले बताउनुभयो । अनुदान बिना तीनजना युवाले मिलेर रु आठ करोडको लगानीमा अत्याधुनिक प्रविधिमा उक्त उद्योग सञ्चालन गरिएको हो ।

बिना अनुमति मेडिकल सञ्चालन गर्ने पक्राउ

बेदकोट – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । “वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ ।”

औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ ।

प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका छ मेडिकल पसलमा खनतलासी गरेको थियो । ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त –१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन् ।

दुई जना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ । भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन् । पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको थियो ।

यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११ मेडिकल सञ्चालकलाई समातेको थियो । उनीहरुलाई औषधि सम्बन्धी कसुरमा जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

प्रहरीको खानतलासका क्रममा विना इजाजतका औषधि बिक्री वितरण गर्दै आएको, नाम बिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधि बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको छ ।

मुुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्ने भएको छ  । केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाका बारेमा छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो । 

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ः०० बजे बस्नेछ । 

सभापति देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ । 

गत २७ असारमा बस्ने भनिएको काँग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधनपछि स्थगित भएको सो बैठक साउन २ गते  अर्थात् भोलि बस्दैँछ । 

आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

हवाई भाडा आजबाट ६ प्रतिशत वृद्धि हुने

काठमाडौं – वायुसेवा सञ्चालक संघले ६ प्रतिशत हवाई भाडा वृद्धि हुने भएको छ। आज साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने भएको हो।

सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ। 

‘वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्ती जारी गरेको छ।  व्यवसायीका अनुसार सबै दुरीमा करिब ६ प्रतिशत रहेको छ।

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा पानी पर्ने

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोसी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

साथै मधेस प्रदेश लगायत कोसी प्रदेशका तराई भू भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। 

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० साउन ०१ गते (सोमबार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका एक दुई, कोसी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

२०८० साउन ०२ गते (मङ्गलवार)
दिउँसो
:  मधेस प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशका तराईका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर आंशिकदेखि सामान्य  रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
२०८० साउन ०३ गते (बुधवार)
दिउँसो
:  देशभर आंशिकदेखि सामान्य  रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ / उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

“चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता पूरा गर्न राजनीति दलहरू जिम्मेवार हुनुपर्छ”, आइतबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, “विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरु गर्दा राजनीतिक दलहरु र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुनु आवश्यक छ ।”

आजै भेरीगङ्गा नगरपालिका–८ मा लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपूर्जा वितरणको काम भइरहेको बताउनुभयो । “सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ”, उहाँले भन्नुभयोे, “आयोगमार्फत जतिसक्दो चाँडो लालपूर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौँ ।”

उहाँले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको काम भइरहेको बताउनुभयो । “एक–डेढ वर्षमा सबै काम सम्पन्न गरेर यस्ता पुर्जाहरू वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेष्ता दिने काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “कोही पनि नेपाली नागरिक भूमिहिन भएर बस्नुपर्ने अवस्था हुँदैन ।”

उपप्रधानमन्त्री खड्काले भेरीगङ्गा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै घरमा स्वच्छ खानेपानी पुर्याउने सरकार लक्ष्य रहेको जानकारी दिनुभयो । “थुप्रै खानेपानी आयोजनाहरू सुरु भएका छन्, केही सम्पन्न हुँदैछन्”, उहाँले भन्नुभयो, “नागरिकलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने प्रतिबद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौँ ।”

उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको बताउनुभयो । “खेलाडी प्रोत्साहन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएका छौँ”, उहाँले भन्नुभयो, “खेल क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि सरकार प्रतिबद्ध छ ।” उहाँले कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको बताउँदै कर्णालीलाई खेलमय बनाउने गरेर सङ्घ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगीताले कर्णालीको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

काठमाडौँ / पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।

सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उहाँले सुनाउनुभयो । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

साउनको सोमबार रु. सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन । एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ ।

साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

रोल्पा / जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

‘बजेटमा शीर्षक छ, कहाँ खर्च हुन्छ अत्तोपत्तो छैन’

काठमाडौँ / राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मुलुकमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र बालबालिकाको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने भएको छ ।

मोरङ, झापा र तनहुँमा रहेका बालसुधार गृहको अनुगमन तथा निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएपछि समितिले सहरी विकास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो ।

निरीक्षणका क्रममा झापाको दमकमा सरकारले गुणस्तरीय शिक्षासहितको ‘चिल्ड्रेन प्याराडाइज’ स्थापना गर्न तीन वर्षअघि नै बजेटमार्फत उद्घोष गरे पनि त्यो सञ्चालनमा नआएको पाइएको थियो । भक्तपुरमा सञ्चालित बालसुधार गृहमा भने एउटै कोठामा क्षमताभन्दा बढी बालबालिका राखिएको र खानेपानीलगायत अन्य व्यवस्थापन पनि अत्यन्त कमजोर देखिएको समितिको ठहर छ ।

समितिको आज बसेको बैठकमा सदस्य गोपालकुमार बस्नेतले बजेट वक्तव्यमा संस्थाका लागि बजेट विनियोजन भए पनि उक्त रकम कहाँ गइरहेको छ भन्ने अत्तोपत्तो नभएको बताउनुभयो ।

समिति सदस्य मदनकुमारी शाह (गरिमा)ले मोरङको तुलनामा भक्तपुरमा रहेको बालसुधार गृहको व्यवस्थापन अत्यन्त कमजोर रहेको, बालबालिका र युवालाई क्षमताभन्दा बढी एउटै कोठामा राखिएकाले शारीरिक हिंसाको पनि प्रश्न उठ्ने प्रशस्तै सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुधार गृहभित्रै हिंसा र दुर्व्यवहारको सम्भावना छ, त्यहाँ रहेका बालबालिकालाई शिक्षा आर्जन गर्ने अधिकार सुनिश्चित हुनुपर्छ ।”

सदस्य नरबहादुर विष्टले बालबालिका राखिएको भवनको अवस्था हेर्दा सुधार होइन, यातनागृह जस्तो देखिएको उल्लेख गर्दै त्यहाँ सुधार र रूपान्तरण नभई अव्यवस्थित देखिन्छ, भन्नुभयो । समिति सदस्य बीना पोखरेलले बजेट वक्तव्य र शीर्षकमा सुधार गृहका लागि बजेट विनियोजन भए पनि योजना छैन, त्यो कहाँ लगियो भन्ने अहिलेको मूल प्रश्न बनेको छ भन्नुभयो ।

अर्का सदस्य गोपाल भट्टराईले तनहुँको ढकालटारमा रहेको बालसुधार गृहलाई बहुवर्षीय बनाइनुपर्ने र बालबालिका र युवालाई छुट्टाछुट्टै व्यवस्थापनको जरुरी रहेको बताउनुभयो । सदस्य युवराज शर्माले बालगृह सुधारसम्बन्धी दृष्टिकोण र उद्देश्यमा तीनै तहका सरकारको कमजोर रहेको बताउँदै त्यसमा तत्काल सुधारको खाचो औँल्याउनुभयो ।

सांसद सुमित्रा विसी र तुलसा दाहालले बालसुधार गृहको भौतिक पूर्वाधार, शिक्षा र सुरक्षामा तत्काल सुधार गर्न जरुरी रहेको बताउनुभयो । बैठकमा सभापति मायाप्रसाद शर्माले सुधार गृहमा रहेका बालबालिकालाई जेल होइन, सुधारको आभाष दिलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतबाट अभियोगको फैसला समयमा नहुँदा सङ्ख्या बढ्दै गएको देखिन्छ, सुधार गृहमा ठूलो सङ्ख्यामा बालबालिका रहे पनि रोजगारी दिलाउने तालिम, प्रशिक्षण छैन, त्यो आवश्यक छ ।”

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

विधेयक पेश प्रक्रिया नमिलेको भन्दै रास्वपा र राप्रपाद्वारा सदन अवरोध, संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं / विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा  अवरोध सिर्जना भएसँगै स‌सद् बैठक स्थगित भएको छ ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराए पनि अवराेध नहटेपछि सभामुख घिमिरेले  स‌सद् बैठक  १५ मिनेटका लागि  स्थगित गर्नुभएकाे छ । 

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

काठमाडौँ / परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । उहाँ सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भई मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।

परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा समेत कुराकानी गर्नुहुने बताइएको छ ।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो । प्रारम्भिकरूपमा यो सङ्गठन ‘बिम्स्टेक’ (बङ्गलादेश–भारत–श्रीलङ्का–थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो ।

सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई बिम्स्टेकका रूपमा चिनिन्छ ।

सांसदहरूले भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं / संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले  सूचना प्रकाशित गरी सांसदहरूलाई आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। 

सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१)बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था  छ।

सोही व्यवस्थाअनुसार सचिवालयलले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो।

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं / सरकारले प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई पेश गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक संसद्मा पेश गरेका हुन्। अहिले सो विधेयकमाथि दफावार छलफल जारी छ।

विधेयकमा राप्रपा ,नेमकिपा र राश्वपाले विरोध जनाएका छन्। राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका प्रेम सुवाल र राश्वपाका सोबिता गौतम र सुमना श्रेष्ठले विधेयक संविधान विपरित आएको बताउनुभएको छ।

सांसद् श्रेष्ठले यो विधेयक संविधान विपरीत रहेको बताउनुभयो । उहाँले यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो रु भन्दै प्रश्न समेत गर्नुभएको छ। सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त विपरीत विधेयक टेबल भएको भन्दै उहाँले आपत्ती जनाउनुभयो।

गम्भिर प्रकृतिका मुद्दामा कसैलाई छुट दिन नहुने उहाँको भनाइ छ। दफावार छलफल सकिए मिटरब्याजीसम्बन्धी कानुन बनाउन विधेयक आजै पारित हुनेछ।

ललिता निवास प्रकरणः आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ / ललिता निवास प्रकरणका आरोपितलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले सो प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धान नसकिएकाले थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

नेप्से सूचक १२.१६ अंकले बढ्याे

काठमाडौँ / चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । नेप्से सूचक १२.१६ अंकले बढेर २०९७।०९ विन्दुमा आएको छ । २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ । ४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने अलि सुस्त देखिएको छ ।

अन्तिम दिन लगानीकर्तालाई बैंकलाई साँवा–ब्याजको कित्ता बुझाउने तथा अन्य प्रकारका करहरु तिर्ने चटारो हुन्छ । यस्तै, कम्पनी तथा संस्थागत लगानीकर्ता पनि यही काममा केन्द्रित भएका हुन्छ ।

यस दिन २८६ कम्पनीको ७१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जी परेका छन् ।

वलिकहरुले शुल्क लिदा रसिद पनि नतिर्ने र कर पनि नर्तिने : सांसद् साह

काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शाहले वकिलहरुले मनपरी शुल्क लिने गरेको भन्दै वकिलहरुको न्यूनतम र अधिकतम रकम तोक्नुपर्ने बताए । उहाले वकिलहरुले मुद्दाको ठेक्का लिने गरेको भन्दै मुद्दा हार्यो भने क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उहाले वलिकहरुले शुल्क लिदा रसिद पनि नतिर्ने र कर पनि नर्तिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

देशैभर देखिएको गुठी जग्गा सम्बन्धिको समस्या तत्काल हल गर्न सांसद बाँस्कोटाको माग

काठमाडौँ / नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर देखिएको गुठी जग्गा सम्बन्धिको समस्या तत्काल हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बाँस्कोटाले पुस्तौँपुस्तादेखि जमिन जोतिरहेको व्यक्तिको नाममा जमिन दर्ता हुन नसकेको र गुठीसम्बन्धी समस्या समाधान गर्न तत्पर हुनुपर्ने बताउनुभयो । उहाले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा गुठीको समस्याबाट पीडितलाई न्याय दिनुपर्ने उल्लेख गर्नुभयो ।

बाँस्कोटाले लम्पिस्किनको समस्यामा परेका किसानलाई राहातको प्रवन्ध गर्न र उक्त रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग मागसमेत गरे ।

सहकारीकर्मीसंग छलफल गरेर समस्याको समाधान गर्नुपर्छ :विश्वप्रकाश शर्मा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसंग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरु आन्दोलित भएको अवस्थामा सरकारले उनीहरुसंग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

उहाले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले लामो समयदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘रुससँग पर्याप्त विष्फोटक पदार्थ छ ‘

मस्को / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ ।

युक्रेनले संयुक्त राज्य अमेरिकाबाट क्लस्टर हतियार प्राप्त गर्न थालेको सन्दर्भमा तत्क्षण विस्फोट हुन नसक्ने क्लटर बमले नागरिकहरूमा निम्त्याउने दीर्घकालीन जोखिमप्रति सर्वत्र र चिन्ता चासो व्यक्त भएको छ । अमेरिकाले निर्यात गरेका विवादास्पद हतियारहरू लामो समयसम्म विस्फोट नभइ त्यसै रहने हुँदा त्यो जनसाधारणका निम्ति गमभीर जोखिम हो ।

“रसियासँग विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ,” राष्ट्रपति पुटिनले एक सरकारी टेलिभिजनका पत्रकारलाई भन्नुभएको छ । उहाँले भन्नुभयो “यदि क्लस्टर बम हाम्राविरुद्ध प्रयोग भएमा त्यसको बदलामा हामी पनि जवाफ दिन सक्छौ, त्यो हाम्रो अधिकार हो, देशलाई त्यस्ता हतियार आवश्यक परे पनि अहिलेसम्म हामीले त्यसको प्रयोग गरेका छैनौँ । ”

रुसले युद्ध मैदानमा क्लस्टर हतियार प्रयोग गरेको आरोप ह्युमन राइट्स वाच र युक्रेनी सेनाले लगाएका छन् । क्लस्टर हतियारमाथि धेरै देशले प्रतिबन्ध लगाएका छन् । विशेष गरी युरोपमा त्यो अवैधानिक मानिन्छ । ओस्लो महासन्धिअनुसार पनि त्यसको प्रयोग गैरकानुनी हो । तर दुःखको कुरा रुस,अमेरिका र युक्रेन उक्त महासन्धिका पक्षराष्ट्र होइनन् ।

यसैबीच, मानवतावादी संस्थाहरूले क्लस्टर हतियारको प्रयोगका निन्दा गरेका छन् । उनीरूले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने अमेरिकी निर्णयको पनि भत्र्सना गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने कठिन निर्णय आफूबाट भएको बताउनुभएको छ । युक्रेनको रित्तिएको गोलाबारुद भण्डारलाई भरथेगका निम्ति अप्रिय निर्णय गर्नुपरेको उहाँले सार्वजनिक रुपमा भन्दै आउनुभएको छ ।

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

फुङ्लिङ / ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।

फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताउनुभयो । बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अमिताभ ठाकुर नेतृत्वमा आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भीर समस्या देखिएका पाँच जनाको शल्यक्रिया गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो । शल्यक्रिया गरिएका बिरामीलाई जिल्ला अस्पताल ताप्लेजुङका चिकित्सकको निगारानीपछि घर पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

नगर उपप्रमुख ओझाका अनुसार फक्ताङ्लुङ गाउँपालिकाका एकजना र फुङ्लिङ नगरपालिकाका छ जना गरी सात जना बिरामीको शल्यक्रियाको तयारी गरिएको थियो । “एकजनाको रक्तचापमा समस्या देखिएको र एकजनाको घाउसहितको सङ्क्रमण देखिएकाले घाउ नसुकी शल्यक्रिया सम्भव नहुने चिकित्सकले बताएपछि उहाँहरुको पाठेघरको शल्यक्रिया हुन नसकेको हो”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँहरुको उपचार गरिने उहाँको भनाइ थियो ।

नगरपालिकाको लामो प्रयासपछि शिविर सम्भव भएको भन्दै उपप्रमुख ओझाले चालु आर्थिक वर्षको बजेटममार्फत शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य निर्देशनालय धनकुटालगायत स्थानीय नागरिलाई शिविर सफलतापूर्वक सम्पन्न गरेकोमा आभार व्यक्त गर्नुभयो । महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुने भएकाले समयसमयमा उपचार गरी परामर्श लिनुपर्ने शिविरमा संलग्न चिकित्सको भनाइ छ ।

पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयमा ट्युमर, डिम्बाशयमा सिस्ट ९डल्लो० पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको सङ्क्रमणलगायत समस्या महिलामा देखिने गरेको चिकित्सकको भनाइ छ ।

जिल्ला अस्पतालका एमडिजिपी डा महेश्वर गोसाँइले महिलाले वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्ने, महिनावारीको समयमा प्रयोग गरिने प्याड लामो समयसम्म प्रयोग गर्न नहुने, दैनिक कपडा परिवर्तन गर्नुपर्ने, यौनी बाहिरको भाग सफा र सुख्खा राख्नुपर्नेलगायत सल्लाह दिएको बताउनुभयो । नियमित व्यायामले पाठेघरलाई स्वस्थ बनाउन मद्दत गर्ने उहाँको भनाइ थियो ।

खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिँदा धेरै रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

श्रमिकको ज्यालावृद्धिको माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसद्वारा पदयात्रा

काठमाडौँ / नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ज्यालावृद्धिको माग गर्दै पदयात्रा गरेको छ ।

उक्त संस्थाको आयोजनामा आज श्रमिकलाई जिउन पुग्नेगरी ज्यालावृद्धि हुनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रा गरिएकोे हो । सो संस्थाका महासचिव अजयकुमार राईले मूल्यवृद्धिका कारण श्रमिकले खाइपाइ आएको तलबले परिवार पाल्नसमेत समस्या भएकाले तिनको ज्यालावृद्धिको माग गर्दै दबाबमूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

“श्रमिकको न्यूनतम पारिश्रमिक कम्तिमा १५ हजारबाट बढाएर रु २५ हजार पुर्‍याउनुपर्छ भन्ने हाम्रो माग हो,”– उहाँले भन्नुभयो । उक्त संस्थाले यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यस्तै सातवटै प्रदेश सरकारलाई समेत श्रमिकको ज्याला बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइसकिएको महासचिव राईले बताउनुभयो ।

पदयात्रामा श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गरलगायतका प्लेकार्ड र व्यानरसहित नारा लगाइएको थियो ।

राष्ट्रपति पौडेलबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गर्नुभएको हो ।

सङ्घीय संसद्बाट पारित भई नेपालको संविधानअनुसार प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

शिक्षा क्षेत्रको बिकासमार्फत नै मुलुकको बिकास गर्नुपर्छ :सभामुख घिमिरे

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रको बिकासमार्फत नै मुलुकको बिकास गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यसअघि शिक्षा क्षेत्रको उचित बिकास हुन नसकेका कारण मुलुकपछि परेको भन्दै शिक्षा क्षेत्रको बिकासमार्फत मुलुकको बिकास गर्नुपर्ने बताउनुभएको हो । शिक्षा र शैक्षिक जनशक्तिको ठिक ढंगले बिकास गर्न सकेको मुलुकहरु धेरै अगाडी पुगेको उहाले बताउनुभयो । उहाले व्यवहारिक र गुणस्तर शिक्षाको आवश्यकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले शिक्षा क्षेत्रमा देखिएका मुद्धाहरुलाई सम्बन्धीत निकायका पुराउन महासंघले आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा बिभिन्न कलेजहरुलाई सम्मान गरिएको थियो ।

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो

किमाथाङ्का / सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो ।

आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए ।

बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन ।

बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ । बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको छ । बाढीका कारण करोडौँका भौतिक संरचनामा क्षति पुगेको छ ।

अमेरिका बन्दुक हिंसाः चार जनाको हत्या

वासिङ्टन / अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।

एकचालिस वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । निजका बारेमा जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा निजको नजिक जानुको सट्टा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

यो वर्ष अमेरिकामा बन्दुक हिंसाका तीन सय ८२ घटना भएका गैरनाफामुखी समूह ‘गन भइलेन्स’ले आफ्नो पछिल्लो प्रकाशनमा उल्लेख गरेको छ ।

यसैबीच, अमेरिकी समाचार संस्था एपीले बन्दुक हिंसाबारे प्रकाशन गरेकोा एक समाचारमा यो वर्ष बितेका छ महिनामा भएका आम नरसंहारका २८ वटा घटनामा एक सय ४० जनाले ज्यान गुमाएका जनाइएको छ ।

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्को बैठक बोलाउछु: प्रधानन्यायाधीश कार्की

काठमाडौँ / प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उहाँले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताउनुभयो ।

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फछ्र्योटमा कठिनाइ भएकाले जतिसक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको उल्लेख गर्नुभयो । सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाँली हुन लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो, तर न्याय परिषद्को बैठक बस्न नसक्दा ढिलाइ भएको छ ।”

समयमा न्यायाधीश नियुक्त भएमात्र मुद्दाको फछ्र्योटमा तीव्रता हुने उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ, त्योअनुरुप हुन नसक्दा पाँच न्यायाधीशले मात्र काम गर्नुपरेको अवस्थामा मुद्दाको चाप बढेको हो ।” उहाँले सर्वोच्च अदालतमा मुद्दा फछ्र्यौट प्रक्रिया तीव्ररुपमा अघि बढाएको र अहिलेको तरिकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फछ्र्यौट गर्न सकिने बताउनुभयो ।

आर्थिक वर्ष २०६७/६८ सम्मका मुद्दाको छिनोफानो भएको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले एक वर्षको अवधिमा तीन हजार पाँच सयभन्दा बढी पाँच वर्ष नाघेका मुद्दा फछ्र्योट भइसकेको बताउनुभयो । पुराना मुद्दालाई हप्ताको चार दिन चार इजलासमा प्राथमिकता दिएर हेरिरहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश कार्कीले उच्च र जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्ने योजनाका साथ काम गरिरहेको र आफूले अनुगमनका क्रममा पनि मुद्दा फछ्र्योट प्रभावकारी तरिकाले भएको पाएको जिकिर गर्नुभयो ।

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग भएको छलफलमा उहाँले संविधान, कानुन र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठन अगाडि बढाइने बताउनुभएको हो ।

“गृह मन्त्रालय र माहतहतका सङ्गठनको समग्र सुधारको योजना बनाउँदै छौँ”, उहाँले भन्नुभयो, “नेपाल प्रहरी र अनुसन्धान एकाइलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढङ्गबाट कुनै पनि घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छौँ, प्रहरीलाई निष्पक्ष ढङ्गबाट अनुसन्धान गरेर अभियोजनमा जान निर्देशन दिएका छौँ, प्रहरीले कानुन, तथ्य र प्रमाणलाई हेरेरै मात्र काम गर्छ ।”

भ्रष्टाचार तथा अपराधसम्बन्धी कार्यको अनुसन्धान अगाडि बढाउन खोज्दा त्यसमा संलग्न विषयगत क्षेत्रबाट गुनासो आउने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कुनै पनि दबाब र प्रभावबाट मुक्त रहेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

“अनियमिततामा संलग्न राजनीतिक, प्रशासनिक वा उद्योग व्यवसाय क्षेत्रका व्यक्ति पक्राउ पर्न लागे भने सम्बन्धित क्षेत्रका व्यक्तिले विरोध गर्न थालेपछि कारबाही कसलाई गर्ने रु”, उहाँले प्रश्न गर्नुभयो, “के गरिब र निमुखालाई मात्रै कारबाही गर्ने रु धनीलाई छुट्टै, गरिबलाई छुट्टै ऐन कानुनको अपेक्षा गर्नेरु त्यो हुँदैन ।”

प्रहरी सङ्गठनभित्रको गुटबन्दीले सिङ्गो सङ्गठनलाई असर पारेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले फौजी सङ्गठनभित्रको गुटबन्दी अन्त्य गर्न मन्त्रालय लागेको बताउनुभयो । “राजनीतिक नेतृत्वबाट गरिएको काम रोक्न, आर्थिक चलखेललाई रोक्न, शक्तिकेन्द्रको भूमिकालाई रोकेर ऐन र नियमलाई ठीक ढङ्गले व्यवस्था गर्न सक्यौँ भने मात्र सुरक्षा निकायले गतिका साथ काम गर्न सक्छ”, उहाँले भन्नुभयो ।

आफूले सदनमा पनि प्रहरी सङ्गठनभित्र रहेको ३० वर्षे सेवा अवधि हटाउने उल्लेख गरेको चर्चा गर्र्दै गृहमन्त्री श्रेष्ठले सो व्यवस्था जसरी भए पनि हटाइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कानुन बनाएरै ३० वर्षे व्यवस्था हट्छ, सबैले सो व्यवस्था हटाउन पर्छ भन्ने तर कहिले हटाउने भन्नेमा विवाद हुने गरेको छ”, उहाँले भन्नुभयो, “३० वर्षे प्रावधान हटाउन प्रहरी महानिरीक्षक धेरै नै सकारात्मक हुनुहुन्छ, उहाँ ९आइजिपी० ले यो हटाउन आफूले के त्याग गर्नुपर्छ म तयार छु भन्नुभएको छ ।”

सोह्र वर्ष सेवा पुगेको प्रहरी जवान र हवल्दार, १८ वर्ष सेवा पुगेको प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकलाई २० वर्षमा निवृत्तिभरण ९पेन्सन० पाउने गरी स्वेच्छिक अवकाश दिने व्यवस्थालाई आफूले कार्यान्वयनमा ल्याई छाड्ने दृढता व्यक्त गर्दै त्यसका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको उपप्रधानमत्री श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले हरकोणबाट प्रहरी जवान, हवल्दार, सहायक निरीक्षकलाई कसरी उच्च मनोबलका साथ काममा लगाउने भनेर पहल गरिहरहेको उहाँले जानकारी दिनुुभयो । “२४ घन्टा काम गर्नु परेको छ, ‘डिप्रेस फोर्स’ लिएर कसरी काम गर्न सक्छौँ रु”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी जवान र जुनियर अधिकृतको बढुवा नियमित गर्न लोकसेवा आयोगसँग छलफल भइरहेको छ ।”

छलफलमा सहभागी नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकहरुले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा वर्तमान सरकारले चालेका कदम सरहानीय रहेको बताउनुभएको थियो । उहाँहरुले नीतिगत तथा संरचनागत सुधार, प्रहरीको सेवा सुविधामा समयानुकूल वृद्धि, वृत्तिविकासमा ध्यान दिनुपर्ने, सरुवा, बढुवा र वैदेशिक तालिमलाई पूर्वानुमानयोग्य बनाउनुपर्ने, दण्डहिनतालाई प्रश्रय दिन नहुने, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउनुपर्नेलगायत सुझाव दिनुभएको थियो । छलफलमा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, पूर्वप्रहरी प्रमुख, प्रहरीका पूर्वउच्च अधिकारीको सहभागिता थियो ।

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडौँ / काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।

त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गर्नुभयो । उहाँले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो ।

राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिनुभयो ।

यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

बैतडी / जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताउनुभयो ।

यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि रु पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो । सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर रु १३ करोड ३२ लाख २६ हजार बजेट खर्च गर्न हुन सकेन । उक्त नगरपालिकाबाट रु ६० करोड ४० लाख ७८ हजारमध्ये रु ४७ करोड आठ लाख ५२ हजार बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सिगास गाउँपालिकाबाट रु ५० करोड २० लाख ९३ हजार बजेटमध्ये रु आठ करोड ७१ लाख छ हजार खर्च हुन नसकेको उक्त कार्यालयले जनाएको छ । सिगासले रु ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये रु ५८ करोड ९३ लाख चार हजार खर्च गरेको छ । उक्त नगरपालिकाले रु आठ करोड ७१ लाख २२ हजार खर्च गर्न बाँकी देखिएको छ ।

पाटन नगरपालिकाबाट रु ७४ करोड १६ लाख ४१ हजारमध्ये रु ६१ करोड ५८ लाख ५२ हजार मात्रै खर्च गरेको देखिएको छ । उक्त नगरपालिकाले रु १२ करोड ५७ लाख ८९ हजार खर्च गर्न बाँकी रहेको छ । यसैगरी पुर्चौंडी नगरपालिकाबाट रु ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च भएको छ । उक्त नगरपालिकाले रु आठ करोड ७७ लाख ६२ हजार खर्च गर्न बाँकी देखिएको छ । डिलासैनी गाउँपालिकाले पनि रु ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये रु ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र रु सात करोड ९२ लाख खर्च गर्न बाँकी रहेको छ ।

दोगडाकेदार गाउँपालिकाले रु ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये रु ४७ करोड ९२ लाख ५४ हजार खर्च गरेको छ । उक्त गाउँपालिकाबाट रु सात करोड ७७ लाख छ हजार खर्च बाँकी रहेको छ ।

पञ्चेश्वर गाउँपालिकाको रु ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये रु ३९ करोड ३९ लाख २९ हजार खर्च भएको र रु आठ करोड २९ हजार खर्च गर्न बाँकी रहेको हो । शिवनाथ गाउँपालिकाको रु ४० करोड ४२ लाख ३२ हजारमध्ये रु ३४ करोड १८ लाख ६२ हजार खर्च भएको र रु छ करोड २३ लाख ७० हजार खर्च गर्न बाँकी देखिएको छ ।

सुर्नया गाउँपालिकाको रु ४९ करोड २२ लाख ८१ हजार बजेटमध्ये रु ४४ करोड दुर्ई लाख ७७ हजार खर्च भएको र रु पाँच करोड २० लाख चार हजार खर्च गर्न बाँकी रहेको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन् । उहाँले भन्नुभयो, “पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ ।”

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ / चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।

त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच/पाँच जनासम्म र प्रदेशमा तीन/तीन तथा जिल्लामा दई/दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।

यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चाको नेतृत्व चार/चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ ।” हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्दै आउनु भएको छ ।

बिजय लामा र सुमिना लो को मागौत आस्याङले भाउ खोज्ने सार्वजानिक

काठमाडौँ / बिजय लामा र सुमिना लो को स्वरमा नयाँ गित मागौत आस्याङले भाउ खोज्ने सार्वजानिक भएको छ ।

फुलकुमार बम्जनको शब्द संगित र कमल सौरागको संगित संयोजनमा तयार उक्त गितको अडियोलाई कुमार रानाले मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन । मागौत आस्याङले भाउ खोज्ने गितको भिडीयोमा धन बहादुर तामाङ्गको निर्देशन,बिजय लामाको छायाकंन,पदम सुवेदीको सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन देख्न सकिन्छ ।

अम्बिका म्युजिकको पोष्टमा तयार भिडियोमा याङगी दोङ तामाङ्ग,संगिता थिङ्ग र सुनिल मोक्तान लगायत अन्य कलाकारको अभिनय रहेको छ ।

मागौत आस्याङले भाउ खोज्ने गितलाई गायक बिजय लामाकै अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरीएको छ ।

राष्ट्रिय भलिबल टिमका कप्तान थापा बर्खास्त

काठमाडौं / नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा साेमबार विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए । 

दर्शकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिको सिफारिसमा थापालाई कप्तानबाट हटाइएको संघले जनाएको छ ।