`

मुलुकमा अब दुईथरी कानुनको आवश्यकता भयोः सांसद शाही

Nepal One HD २९ माघ २०८१ १८:३५
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मुलुकमा अब दुईथरी कानुनको आवश्यकता भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले कानुनजस्तै सभामुख, प्रहरी, सरकारी वकिल र न्यायाधीश पनि एउटा ओली नेतृत्वको र अर्को देशको बनाउनुपर्ने बताए ।

उनले भने, ‘म अनुरोध गर्न चाहन्छु, कानुन दुई वटा बनाउनुस् अब। एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ। अर्को नेपालको कानुन बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ। बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन?’


प्रतिक्रिया