`

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उपयुक्त होइन : प्रवक्ता महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनयुद्ध दिवसमा सरकारले दिएको बिदा उपयुक्त नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दिएको बिदाबारे चौतर्फि आलोचना भइरहेको बेलामा कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो । राष्ट्रिय दिवसको रुपमा मान्यता दिनका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ ।’

सरकारको हतारमा गरेको निर्णयले राष्ट्रिय दिवसको महत्वलाई हलुका बनाउने उनको भनाइ छ । यसअघि कांग्रेसका महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत नेताहरुले पनि सरकारको विरोध जनाइसकेका छन् ।

 

एनएमबि लघुवित्तको घट्यो नाफा

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

एनएमबि लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५० लाख ३२ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा ९३.०७ प्रतिशतले नाफा कम रहेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड २५ लाख रुपैयाँ  नाफा आर्जन गरेको थियो ।  

यता, एनएमबिको समीक्षा अवधिमा खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले घटेर १६ करोड ९३ लाख रुपैयाँमा आएको छ । गतवर्ष यस लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसामा झरेको र इपीएस २२ रुपैयाँ १३ पैसा थियो ।

एनएमबि लघुवित्तको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री

काठमाडौं – नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाएको छ ।


परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरे अनुसार राहात सामग्री आज पठाएको हो ।

यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्र मन्त्री  विमला राई पौड्यालले टर्कीका समकक्षी एच ई मिस्टरसँग टेलिफोन वार्ता गरेर नेपाल सरकारको तर्फवाट दु:ख ब्यक्त गरेकी थिइन । 

मन्त्रालयका अनुसार टर्कीको  बिनाशकारी भुकम्पमा अमूल्य जीवन गुमाउने र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै  परराष्ट्र मन्त्री राईले टर्कीका जनतासँग ऐक्यबद्धताका लागि सबै सम्भव सहयोग गर्न नेपाल तयार रहेको जनाएकी थिइन ।

परराष्ट्र मन्त्रालयले राहत सामग्री ढुवानी गर्नेका लागि सहयोग गर्ने तथा उदार सहयोगी सम्बन्धित सबै सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सलाई हार्दिक धन्यवाद दिएको छ ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

काठमाडौँ – नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

काठमाडौंस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित रहेको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा भारतीय बिदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन । उनले अब नेपालका समकक्षि अर्थात परराष्ट्र मन्त्रि बिमला राईसँग द्धिपक्षीय छलफल गर्नेछन ।

प्रधानमन्त्रीद्धारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरिक्षण

धनगढी – प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरागहको निरिक्षण गरेका छन ।

आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरिक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए ।

आजैवाट सुरु हुने कञ्चनपुर महोत्सब उदघाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् । 

उनी आजै काठमाडौं फर्कने छन । प्रधानमन्त्रिमा नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदुरपश्चिम भ्रमणमा गएका हुन । 

राष्ट्र, धर्म र संस्कृति बचाउ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी (फोटो फिचर)

झापा – पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन् । 

झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन् । एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन्  ।

नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री किराती

विराटनगर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताएका छन् । 

सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताएका हुन् । 

नेपाली जहाजहरु दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताएका उनले नेपालमा बनेका विमानस्थल पूर्णरुपमा चलाउन कार्ययोजना मागेको बताए । 

अर्बौं रुपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उनले विमानस्थल सञ्चालनका लागि नीतिगत रुपमा पहल गर्ने जानकारी दिए । 

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिएका उनले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गरे । 

सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त : प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेपछि आन्दोलनले उग्र रुप लिएको छ । सो आन्दोलन नियन्त्रणका लागि प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।

प्रहरीले सो आन्दोलन नियन्त्रणमा लिएर साम्य वातावरण सिर्जन गर्न खोजेपनि प्रहरीले सो आन्दोलन नियन्त्रणमा लिन सकिरहेकोे छैन । अहिले झन आन्दोलनले थप उग्र रुप लिँदै गएको छ । १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको डीएसपी लक्ष्मण शाहीले बताए ।

जनयुद्ध दिवसबारे गगन र विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्न–पार्टीको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ?

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारको १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णयप्रति पार्टीको धारणा सार्वजनिक नभएको नेतृत्वप्रति प्रश्न उठाएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनमा मनाउने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जसअनुसार सोमबार सार्वजनिक बिदा दिइएको छ । 

तर, यसबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक नभएकोप्रति नेता रिजालले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको धारणा राष्ट्रपतिको निर्वाचनपछि आउने हो भन्दै व्यंग्यसहित प्रश्न गरेका छन् ।

‘सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू,’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् । 

रक्षामन्त्री उप्रेती दिल्लीमा, भेटे भारतीय समकक्षी सिंहलाई

दिल्ली – पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटेका छन् । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ । 

पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आएका थिए । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन् । 

यसअघि पराराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन् । उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्केसकेकी छिन् । 

मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन । 

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा आएका छन् । 
 

आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

दाङ – लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै नेकपा माओवादी पाटी परित्याग गरेकी छन् । 

गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको उल्लेख गरेकी छन् । उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी हुन् । 

साविक नेकपबाट एमाले र माओवादी केन्द्र पुनः आ–आफ्नै अस्तित्वमा फर्किंदा आफू माओवादीमै रहेको र आफ्नो सापटी पैसा लिन जाँदाको विषयलाई लिएर मन्त्रीबाट राजीनामा दिन लगाइएको प्रसङ्ग उल्लेख गर्दै उनले पछि पार्टीले वास्ता नगरेको र ‘युज एण्ड थ्रो’ गरेको बताएकी हुन् ।

 
‘दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेँ । श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन । तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने ग¥यो । माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन्,’ उनले राजीनामापत्रमा उल्लेख गरेकी छन्, ‘तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु ।’ 


राजीनामापत्र 

मितिः२०७९/१०/२४


क. अध्यक्ष
जिल्ला समन्वय दाङ कमिटि, नेकपा (माओवादी केन्द्र)

विषयः राजीनामा सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा म दुई ठूला पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकता भई बनेको नेकपा पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएँ । मेरा श्रीमान दिवंगत उत्तरकुमार वलीको योग्दानको कदर गर्दै मलाई पार्टीले उम्मेदवार बनायो । श्रीमानकै लोकप्रियता, मप्रति जनताले गरेको सहानुभूति र तत्कालीन पार्टीको योग्दानले मैले प्रदेशसभामा विजयी हासिल गरेँ । तत्कालीन उपनिर्वाचनमा मलाई बढि सहयोग माओवादी केन्द्रका कमरेडहरूबाट भएको अनुभूति मलाई भयो, र मैले दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेँ । श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन ।  तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने ग¥योे । माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझेँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन् । तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अबस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटिमा नजोड्ने जस्ता कार्यले मप्रति अपमान गरेको अनुभूति भएको छ । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु ।
धन्यवाद ।

विमला कुमारी खत्री (वली) दंगीशरण ७, दाङ 
निवर्तमान प्रदेशसभा सदस्य

सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता, उच्चस्तरीय भ्रमण हुने

काठमाडौं – नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । 

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट  दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतमा केन्द्रित थियो । 
सभामुखमा निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् । 

बेलायती राजदूत पोलिटसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । 

‘बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’ 

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । 

जवाफमा बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् । 

उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गरिन् । 

नेपाल –भारत सचिवस्तरीय बैठक जारी

काठमाडौ‌ – नेपाल –भारत सचिवस्तरीय बैठक जारी छ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुगे लगतै बैठक सुरु भएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । सिमा सबन्ध, बातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षिय चासोको बिषयमा कुराकानी हुनेछन् ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री कैलालीको गेटा कलेज निरिक्षणमा, सहिद दशरथ चन्द बिज्ञान प्रतिष्ठानमा नाम फेरिने

कैलाल- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ (गेटा मेडिकल कलेज), कैलाली पुगेका छन् ।

२०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाले सुदुरपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गररेका थिए।

गेटा कलेज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न शिक्षामन्त्रीसमेतको हैसियतले उक्त प्रस्ताव क्याबिनेटमा पेश गर्न स्वीकृती प्रदान
 गरेको जानकारी लिए।

सो निर्णयले नेपालमा स्वास्थ्य शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुर्याउने प्रधानमन्त्रिको विश्वास ब्यक्त भएको छ।

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौ – आज १२ औं विश्व रेडियो दिवस विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र शान्ति’ तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।

भारतीय बिदेश सचिव याक एन्ड यति होटलमा, नेपाल-भारत सचिवस्तरीय बैठक सुरु

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुगेका छन ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । सिमा सबन्ध, बातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षिय चासोको बिषयमा कुराकानी गर्नेछन । त्यसपछि पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन । 

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री  विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन ।  सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् । 

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।

‘जनयुद्ध दिवस’ मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध

काठमाडौं –  सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ । 

तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पवकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ । 

तर, सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन् । सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् । 

फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक आज अपराह्न बस्दै

काठमाडौँ  – निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

आज अपराह्न ३ः०० बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीतिक संयन्त्रमा भइरहेको छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवारीका बारेमा छलफल गर्नेछन् ।

“मुख्यतः पार्टीको जिम्मेवारी बाँडफाँडको विषयमा छलफल हुनेछ, साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ”, केन्द्रीय सदस्य तथा सांसद मनिष झाले भन्नुभयो। 

आइतबार बसेको सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनुपर्ने माग गर्नुभएको थियो। लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगसँग यसबारेमा छलफल भइरहेको जनाउनुभएको थियो। तर, अपराह्न निर्वाचन आयोगले १० वैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा १६ सय उजुरी

काठमाडौँ – गत मङ्सिर ४ को निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा १६ सय उजुरी परेका छन् ।

मधेस प्रदेशबाट सबैभन्दा धेरै ५५५ र गण्डकी प्रदेशबाट सबैभन्दा कम ९३ उजुरी परेको काँग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ । ४३ जिल्लाबाट केही केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्यलगायत कारबाहीको सिफारिसमा छन् । कारबाहीमा परेका र उजुरी परेका कतिपय नेता माओवादी उम्मेदवार भएका निर्वाचन क्षेत्रमा बागी उम्मेदवार बनेका थिए ।

तत्कालीन पाँचदलीय गठबन्धनलाई असहयोग गरेको भन्दै केन्द्रीय सदस्य दिनेश कोइराला पर्साका पूर्व जिल्ला सभापति अजय द्विवेदी, महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कैलालीका पूर्व जिल्ला सभापति गोविन्दराज जोशीसहित ८५ जनालाई काँग्रेसले कारबाही गरिसकेको छ ।

तर निर्वाचनपछि माओवादी केन्द्र नै काँग्रेससँग गठबन्धनमा नरहेको अवस्थामा पार्टीमा विद्रोह गर्नेलाई के गर्ने भन्नेमा काँग्रेसमा अन्योल छ । काँग्रेसले माघ मसान्त अर्थात आजसम्म चुनावमा अन्तर्घात गर्ने विरुद्ध उजुरी गर्न समय दिएको थियो । देशभरबाट एक हजार ६ सय उजुरी सङ्कलन गरिए पनि ती उजुरीमाथि अध्ययन गर्ने आनन्दप्रसाद ढुङ्गाना संयोजकत्वको अनुशासन समितिले भने अझै पूर्णता पाएको छैन ।

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

काठमाडौं – भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुग्नुभएकाे छ ।  दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबबार काठमाडौं आइपुग्नुभएकाे हाे  । 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ । नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

सचिव क्वात्रा भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनुहुनेछ । सो छलफलपछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लञ्च’ कार्यक्रममा सहभागी हुनुहुनेछ । पराराष्ट सचिबले दिएको लन्चपछि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री  विमला राईसँग द्विपक्षीय भेटघाट गर्नुहुनेछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुनेछ । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उहाँ त्यसका लागि बालकोट जानुहुनेछ। 

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नुहुनेछ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उहाँ स्वदेश फर्कने कार्यक्रम छ ।

जनमत र उन्मुक्तिका नेता जानै छाडे संयन्त्रको बैठकमा

काठमाडौं – सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुई घटक दल सहभागी हुन छाडेका छन् । केही दिनयता विकसित राजनीतिक घटनाक्रममा उनीहरु संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ । 

गत शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएन । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा बनेको एमालेको सरकार ढल्न पुग्यो भने सत्ता गठबन्धनको हातबाटै गुमेको सरकारको नेतृत्व कांग्रेसले पाएको छ । 

यसको भोलिपल्ट शुक्रबार बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति मात्र होइन जनमत पार्टी पनि सहभागी भए । 

आइतबार पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संयन्त्रको बैठक बसिरहेको छ । जसमा उन्मुक्ति र जनमतका नेता सहभागी छैनन् । 

जारी बैठकमा संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । 

फागुन-१ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले  (फागुन-१) मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

आइतबार दिउँसोको मन्त्रिपरिषद बैठकले फागुन १ गते माओवादी केन्द्रले मनाउँदै आइरहेको जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । मा‌ओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा माओवादी केन्द्रले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिनुभयो ।

उहाँले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएकाले समयमा नै निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने विषयलाई प्रमाणित गरेकामा आयोगलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य निरन्तररुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायकपर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

साथै उहाँले मतदानस्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाधरूपमा प्रयोग गर्नसक्ने स्थितिको सिर्जना गर्न तथा निर्वाचनको समयपूर्व मतदाता शिक्षालाई घर परिवारस्तरसम्म पु¥याउन देशभरका सबै माध्यमिक विद्यालयलाई लक्षित गरी निर्वाचनसम्मबन्धी विशेष जागरण अभियान सञ्चालन गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गत आर्थिक वर्षमा भएका मुख्य गतिविधि र प्रतिवेदनको सारांश प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्वाचनको सञ्चालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान तथा कानुनको अधिनमा रही कार्य सम्पादन गर्दै आएको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताउनुभएको थियो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै निर्वाचन आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपथिति थियो ।

चितवन-२ मा १० वैशाखमा उपनिर्वाचन हुने

काठमाडौं – निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । 

रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आइतबार आयोगले जारी गरेको विज्ञप्तिअनुसार चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गनै्र गरी मिति तोक्ने निर्णय गरेको छ । 

यसबारे आयोगले जारी विज्ञप्ति

मिति :  २०७९ माघ २९ गते

निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । 

चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका श्री रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९।१०।१३ मा आदेश भै आएको र संघीय संसदको च.नं. ३२ मिति २०७९।१०।१९ को पत्रबाट श्री रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो । 

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।  

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ । 

(शालिग्राम शर्मा पौडेल)
सहसचिव एवं प्रवक्ता

ज्ञानेन्द्र शाहीकाे सरकारलाई प्रश्न : ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन’?

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन भन्दै प्रश्न गरेका छन् ।


आइतबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थीहरुका लागि किताब उपलब्ध गराउन सरकारसंग माग गरेका हुन् ।

शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गर्दै सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ? यो प्रश्न हो’ ‘छिटो भन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’

संघीय संसदमा निशुल्क शिक्षाको कुरा भइरहने तर, विद्यार्थीले किताब नपाइरहने अवस्था बदलिनुपर्नेमा उनको जोड छ । हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर, अहिले (माघ २९ गते)सम्म किताब नपुगेको भन्दै उनले छिटो भन्दा छिटो किताब उपलब्ध गराउन माग गरेका हुन् ।

पूर्वसांसद कर्मा घलेको निधनमा संसदमा शोक प्रस्ताव पारित

काठमाडौं – प्रतिनिधिसभाले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले घलेको निधनप्रति सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । 

नेपाली काँग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको ५९ वर्षको उमेरमा यही २४ माघमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

‘कर्माको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ संसदले पारित गरेको शोक प्रस्तावमा उल्लेख छ । 

शोक प्रस्ताव पारित गरेसँगै आगामी ३ फागुन बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । 

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरुलाई शपथ दिलाएका हुन् ।

निर्धारिथ समयभन्दा दुई घण्टा ढिलो मन्त्रीहरुले शपथ लिएका हुन् । शपथ समारोहबा लागि तयारी बनाइएको मञ्च हावाहुरीले उडाएपछि दिउँसो १ बजे तोकिएको शपथ ३ बजे सारिएको थियो ।

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना, तथा राप्रपा र जनमतबाट एक–एक मन्त्री नियुक्त भएका छन् ।

आज आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै, मन्त्री यादव राप्रपा र गुप्ता जनमत पार्टीका हुन् । सरकारलाई समर्थन गरेको जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

साढे २ खर्बले घटायो सरकारले चालु आर्थिक वर्षको बजेटको आकार (पूर्णपाठ)

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आर्थिक बर्षको बजेटको आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने भएको छ ।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभामा बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन्। उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।

यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ ।

यसअघि १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो । खर्च नहुने बजेट अर्थमन्त्रालयमा समर्पण गरेर पठाउनुपर्नेछ ।

देशको अर्थतन्त्र चरम दबाबमा परेको छ : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताए ।

राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको उनको भनाइ छ । तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको उनले बताए । यसपटक सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने पौडेलले जनाए । उनले भने, ‘चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन ।’

एमालेका सांसद रघुजी पन्तकाे प्रश्न : ‘सरकारले केही नगर्ने अनि राष्ट्रपति जस्तो संस्था किन विवादमा पर्ने ?’

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले केही नगर्ने अनि राष्ट्रपति जस्तो संस्था किन विवादमा पर्ने भन्दै प्रश्न गरेका छन् ।


आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ‘सरकारले केही नगर्ने अनि राष्ट्रपति जस्तो संस्था किन विवादमा पर्ने ?’ भन्दै प्रश्न गरेका हुन् । उनले शुक्रबार भएको राष्ट्रपतिको सवारीलाई लिएर चर्को आलोचना भइरहेको बेलामा सरकारले राष्ट्रपति सवारीको मापदण्डलाई लोकतन्त्र अनुकूल बनाउन ध्यानकोमा आपत्ति जनाए ।

उनले भने, ‘मेरो सवारी कसरी चलाउने भन्ने राष्ट्रपतिको भूमिका हुँदैन । त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको सुरक्षा संयन्त्रले गर्छ । त्यसैले यो समस्याको समाधान राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको तहबाट हुनुपर्छ ।’

लोकतन्त्रमा लोकको आवाजप्रति सरकारी प्रतिबद्ध हुन नसकेको उनको भनाइ छ । उनले सांसदलाई पनि गाली गर्न थालेकाले आफूले लोगो समेत छोप्न परेको गुनासो गरे ।

सरकारमा सहभागिता हुनकाे लागी आन्तरिक गृहकार्य गर्दै रास्वप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागिताका लागि आन्तरिक गृहकार्य थालेका छन् ।

आज बिहान बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट निस्के लगत्तै लामिछानेले छलफल शुरु गरेका हुन्।

संयन्त्रको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले लामिछानेलाई फेरि सरकारमा आउन आग्रह गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धारामा अहिले लामिछानेसहितका नेताहरु छलफलमा छन् ।

अनेरास्ववियुको महाधिवेशनकाे तयारी पूरा, सहमति नभए विद्युतीय मेसिनबाट मतदान हुने

काठमाडौं – एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् । 

नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताएकी उनले यदी सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिएकी हुन् । मतदान प्रक्रियामा जाँखा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताइन् । 

आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकीी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताइन् । 

रेशम चौधरीलाई रिहा गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।

आज धनगढीमा समाजवादी प्रेस संगठनले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालले भने, ’ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशममात्र होइन हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

रेशम टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौं आएर बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगरे सभापति शेरबहादुर देउवाबीच भेटवार्ता गरेका छन । नेकपा एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार मुख्यमन्त्री बनेका शाह आइतबार काठमाडौँ आइपुगेका हुन् ।

प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत सिद्ध गर्न नागरिक उन्मुक्ति पार्टी वा माओवादी केन्द्रको साथ चाहिने छ ।

मुख्यमन्त्री शाहलाई कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन हुनुपर्छ । मुख्यमन्त्री शाहले नाउपाका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने तयारीमा रहेका छन् ।

त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । 

विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ  गरेको प्रहरीले जनाएको छ । 

इन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चितवन–२ मा चाँडै निर्वाचन गराउन रबिकाे उच्चस्तरीय संयन्त्रको बैठकमा माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् ।

आइतबार वालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन्।

सभापति लामिछानेले भने, ‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसवारे निर्वाचन आयोगसँग कुराकानी भईरहेको जानकारी दिनुभएको छ।’
उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पुर्व सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।

नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वोच्च अदालतले चितवन–२ वाट बिजयी लामिछानेको सांसद पद अस्विकृत गरेको थियो । उक्त फैसाला पछि चितवन–२ सांसदबिहिन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिए पछि फेरी निर्वाचन लडने मनस्थीतिमा छन् ।

नेपाली दूतावासहरूमा ‘श्रमिक हेल्पडेस्क’ राख्ने सरकारको निर्णय 

काठमाडौँ – श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशस्थित नेपाली दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को विशेष निर्देशन र पहलपछि दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो।

माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि डेस्क राख्न निर्देशन दिनुभएको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो।

मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भन्नुभयो, “विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीज्यूले चासो राख्दै हेल्पडेस्क राख्न भन्नुभएको थियो। प्रधानमन्त्रीज्यूको निर्देशनपछि हामीले आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौँ। सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेशागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ। निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ।”

विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्कको व्यवस्थासम्बन्धि माघ २५ गतेको निर्णयमा भनिएको छ, “विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरूका समस्यालाई तत्काल सम्बोधन गर्न तथा समस्या समाधानमा थप सहजीकरण गर्नका लागि विदेशस्थित सबै नेपाली नियोगहरूमा श्रमिकहरूका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा प्रतिवेदन गर्न सबै नियोगहरूमा श्रम डेस्क ९लेबर डेस्क० स्थापना गर्ने सम्बन्धमा यही मिति २०७९।१०।२५ गते सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको छ। 

त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै “डेडिकेटेड फोकल प्वाइन्ट” तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ। यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकहरूका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ।”

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति

काठमाडौँ – सत्ता गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । बैठकमा सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने सहमति भएको छ ।

सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउन कोशिस जारी राख्ने सहमति भएको लिङ्देनले बताउनुभयो । बैठकपछि पत्रकारहरुलाई प्रतिकृया दिनुहुँदै उपप्रधानमन्त्रीसमेत रहनुभएका लिङ्देनले राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको बताउनुभयो । उहाँले यसअघि बाहिर आएको कुरा भ्रमपूर्ण रहेको समेत प्रष्ट्याउनुभयो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली,रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित (सहमतिपत्रसहित)

काठमाडौं – सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । 

गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । 

वार्तापछि संघका अध्यक्ष डा लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ । 

साथै चिकित्सकलाई कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको छ ।