`

नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता, बिधेयक चाँडाे अघि बढाउन माग

लण्डन – गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघले  नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता ब्यक्त गरेका हुन ।संघका अनुसार नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरु अप्ठ्यारोमा परेका छन ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले स्थापनाकालदेखि उठाउदै आएको नेपालीको नागरिकताको निरन्तरताको मुद्धा थप जटिल बन्दै गरेको बताइन् । थाापाले रवि लामिछाने बिरुद्धको फैसलाले तरंगित र सशंकित बनाएको अभिव्यक्ति दिएकी छिन । गैरआवासीय नेपाली संघ नेपाल सरकारका अतिरिक्त देशका सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँद संसदमा थाँती रहेको एनआरएनए सम्बन्धी नागरिकतालाई अगाडि बढाउन उनको आग्रह थियो ।

संघका अर्का अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक छलाङले विदेशमा रहेका नेपालीहरु उत्साहित रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताले गैरआवासीय नेपाली भन्दा नेपाललाई धेरै लाभ हुने विचार व्यक्त गरे । नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरे पनि अहिलेसम्म नागरिकता वितरणको लागि कानूनी बाटो नखोलिएको प्रति उनले ध्यानार्कण गराएका छन् । गैरआवासीय नेपाली सम्बन्धी ऐन २०७७ ल्याउनको लागि गृहकार्य गरिए पनि संसदबाट विधेयक पारित नहुँदा अधिकारहरु पाउने भने पनि अहिलेसम्म अधिकार हात नपरेको उनकाे भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताको विषय नेपालमा निकै पेचिलो बन्दै गएको बताए । उनले गैरआवासीय नेपालीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति केन्द्र भएको बताए ।  उनले भने, ‘गैरआवासीय नेपालीसंग काम गर्न सकेको भए राज्यले अहिलेसम्म मुहार फेरि सकेको हुन्थ्यो । राज्यले अहिलेसम्म नागरिकता दिन नसक्नु दुःखको कुरा हो ।’ उनले गैरआवासीय नेपालीले सिकेको ज्ञान र सिपलाई राज्यको नीति निमार्णमा समेत प्रयाेग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा ८ प्रकारका गैरआवासीय नेपालीहरु बसोबास गर्दै आएको बताउँदै विद्यमान संवैधानिक व्यवस्थाले सबै नेपालीहरुलाई नसमेट्ने विचार व्यक्त गरे । कार्यक्रममा डा. शर्माले विदेशमा बस्ने नेपालीहरुको सम्बन्धमा हालसम्म बनेका कानून प्रावधानको बारेमा बिस्तृत विवरण प्रस्तुत गरेका थिए । शर्माले संविधानमा प्रस्ताव गरिएको नागरिकतामा राजनीतिक तथा प्रशासनिक अधिकारलाई संकुचन गरेर नागरिकतामै विभेद गरिएको बताए । उनले गैरआवासीय नेपालीको अधिकारहरुलाई सुनिश्चित गर्न एनआरएनए विधेयक र एनआरएनए ऐन तत्कालै संसदबाट पारित गर्नुपर्ने बताए । उनले गैरआवासीय नेपालीहरुलाई मताधिकार प्रदान गर्न आवश्यक कानून निमार्ण गर्न पनि माग गरेका छन्।

कार्यक्रममा संघको नागरिकता सम्बन्धी एक समितिका संयोजक दुर्गा आचार्यले एनआरएनएको मागसँग नेपालका सबै राजनीतिक दलहरु सहमत भए पनि समयभित्र नागरिकता विधेयक अघि बढाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले नागरिकता ऐनलाई सदनबाट पारित गर्नको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व लिन अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय राणाले गैरआवासीय नेपाली सम्बन्धी परिचय पत्रनै विभेदपूर्ण रहेको बताए । उनले गैरआवासीय नेपालीहरुलाई पूर्णअधिकार दिएर आर्थिक तथा समाजिक क्षेत्रमा लाग्न मार्ग प्रशस्त गर्नु पर्ने बताए । उनले कानूनी जागरणको लागि काम गर्न एनआरएनएलाई आग्रह गरे ।

लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपको लिए दुई बिकेट

काठमाडौं – त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।


पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ  ओभरको पाँचौँ बलमा दोस्रो बिकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ।

नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।

यो गठबन्धन पाँचै वर्ष टिक्छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दावी गर्नुभएको छ।

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत आज सुदूरपश्चिम पुग्नुभएका पौडेलले हल्ला एकातिर हुने र घट्नाक्रम अर्कोतिर अघि बढ्ने भन्दै वर्तमानको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सहयात्रामा जुन राजनीतिक दलहरु सहभागी छौं। नीतिगत पृष्ठभूमि र कार्यक्रमिक अवधारणाका आधारमा सहयात्रा बनिरहेको छ। यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन। यो सहयात्रा पाँच वर्ष चल्छ । साथै राष्ट्रपति र उपराष्ट्रपति सबै पदहरुमा पूर्व सहमतिअनुसार कार्यान्वयन हुन्छ।’

सत्ता गठबन्धन टुटने भनेर चलिरहेको हल्लामा सत्यता नभएको दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘हल्ला धेरै चल्छ। त्यो हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ । यो तपाईहरु सबैलाई थाहा भएकै विषय हो। हाम्रो लामो अनुभवले पनि यही कुरा बताउँछ । त्यसकारण हल्लामा विश्वास नगर्नका लागि र हल्लाका विषयलाई समाचार नबनाउनका लागि म आग्रह गर्न चाहान्छु ।’

एलन मस्कले गरे ट्वीटरको सीईओमा कुकुरलाई नियुक्त, भन्छन् -‘अन्य मानिसभन्दा स्टाईलिस् छ’

काठमाडौं । एलन मस्कले ट्वीटरको सीईओमा कुकुरलाई नियुक्त गरेका छन् । केही समयअघि ट्वीटरको सीईओ पद छोड्न चाहेको अभिव्यक्ति दिएका मस्कले ट्वीटरमा कुकुरको फोटो सहितको ट्वीट गर्दै ट्वीटरको सीईओमा कुकुरलाई नियुक्त गरेको घोषणा गरेका हुन् ।

मस्कले आफ्नो घरपालुवा कुकुर फ्लोकी शिबा इनु कुकुरलाई सीईओ घोषणा गरेका हुन् । फ्लोकीलाई सीईओ घोषणा गर्दै मस्कले यो अरु मानिसहरुभन्दा राम्रो भएको बताएका छन् । त्यस्तै, मस्कले फ्लोकीको दोस्रो तस्विर सार्वजनिक गर्दै ट्वीटरको नयाँ सीईओ शिबा इनु नम्बरमा निकै राम्रो भएको बताएका छन् । ट्वीटरमै शिबा इनुको तेस्रो फोटो राख्दै मस्कले आफ्नो कुकर स्टाईलिस् भएको अभिव्यक्ति दिएका छन् ।

मस्कले ४४ अर्ब डलरमा ट्विटर सम्झौता गरेपछि तत्कालीन सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका थिए। ट्विटरका पूर्वसीईओमात्र नभई ट्विटरका कानुनी प्रमुख विजया गड्डे र सीएफओ नेल सेगललाई पनि कम्पनीले बाहिरको बाटो देखाएको थियो। दोस्रो तस्बिर खिच्दै मस्कले नम्बरमा निकै राम्रो भएको लेखेका छन् । तेस्रो तस्बिरमा मस्कले आफ्नो कुकुरको स्टाइल गरिएको फोटो राखेर प्रशंसा गरेका छन् ।

जलेर ज्यान गुमाएकी सांसद भण्डारीकी आमाको अन्त्येष्टि, नेताहरूले पार्टीको झण्डा ओढाएर दिए श्रद्धाञ्जली

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ । ग्यास लिकपछि भएको आगलागीबाट जलेर ज्यान गुमाएकी हरिकला भण्डारीको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

भण्डारीको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।

View Post

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदालाई वार्षिक क्यालेन्डरमा समेट्ने सरकारको निर्णय

काठमाडौं । जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा समेट्ने सरकारले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद वैठकले पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवसको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय गरेको हो ।

सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ । यसको अर्थ यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने भएका छन् ।

२०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएका छ ।

महानगरले छोट्यायो सम्पत्ति भाडामा लगाउने ठेक्काको समयावधि, रकमको आधारमा बोलपत्र आह्वान गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आय कर ठेक्का लगाउने समयावधि छोट्याएको छ । महानगरले आन्तरिक आय संकलन हुने शुल्क, दस्तुर तथा सम्पत्ति भाडामा लगाउँदा ठेक्का दिने प्रक्रिया कार्यविधि बनाएर छोट्याएको हो ।

महानगरले आय ठेक्का दिँदा यसअघि सार्वजनिक खरिद ऐन अनुसार ३५ दिने सूचनाबाट बोलपत्र आहवान हुँदै आएको थियो । महानगरले लगाउने आय ठेक्का कम्तीमा एक वर्षको लागि हुने ऐनमा उल्लेख रहेको छ ।

तर अब ठेक्का रकमको आधारमा बोलपत्र आह्वानको सूचना मिति तोकिने भएको छ । कार्यविधिमा महानगरले सार्वजनिक सूचना प्रकाशित गर्दा ठेक्का लगाउने अनुमानित रकम २० लाख रुपैयाँसम्म भए १५ दिनको, २० लाख भन्दा बढी १ करोडसम्मको भए २१ दिनको र १ करोड रुपैयाँभन्दा बढी जतिसुकै भए पनि कम्तीमा ३० दिनको सूचना सार्वजनिक रूपमा प्रकाशन गर्ने उल्लेख छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित गरिनेछ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेकाले यसलाई सुधार्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको बताउँदै यसलाई व्यवस्थित गरिने बताएका हुन् । 

पेशागत मर्यादा र आचरणमा स्खलन आएको तथा मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरूपयोगसमेत भएको बताएका उनले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ हुने गरी काम गर्ने बताए । 
 

कुनैपनि हालतमा यो गठबन्धन भत्किदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो गठबन्धन कुनै नभत्किने प्रष्ट पार्नुभएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहनुभएका श्रेष्ठले बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारमाझ कुराकानी गर्नुहुँदै अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको बताउनुभयो । 


श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय रहेको प्रष्ट्याउनुभयो ।  मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदा वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।’

सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठले बताउनुभयो ।  ‘वर्तमान समीकरणलाई बदल्ने प्राथमिकता हाम्रो छैन । सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौं । तर, समीकरण बदल्ने कुरा छैन । राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो भनेको प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा एतिहासिक परिघटना हो । अहिलेको मुलुकाको आवश्यकता राष्ट्रिय सहमतिको स्थितिको सृजना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।’ श्रेष्ठको भनाई थियो ।

नेता भण्डारीलाई एयरलाइन्सको एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

काठमाडौँ – बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिनुभयो । 

उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते हुनुभएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो । 

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
 

विचौलियाको काम गरेको आराेपमा तीन जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको आराेपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । 

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गरेका छन् । 

एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारत भ्रमणका क्रममा त्यहाँका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन भारत प्रस्थान गरेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । 

बिहीबार खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि भारत गएका छन् । 

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुख घिमिरेको चासो

काठमाडौँ – सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । 

सभामुख घिमिरेले आज बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीलाई फोन गरेर सांसद भण्डारी र उहाँको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । 

आमा छोरा दुवै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारी र उहाँको आमाको उपचारमा कमी हुन नदिन सभामुख घिमिरेले अस्पतालका प्रमुख डा.नकर्मीलाई आग्रह गर्नुभएको छ । साथै सभामुख घिमिरेले चन्द्र भण्डारी र उहाँको आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । 

यता अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । सांसद भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । 

फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सिफारिस गर्नुभएको छ  । बुद्धनगरस्थित निवासमा बुधवार राति ग्याँस सिलिन्डर विस्फोट हुँदा उहाँहरू जलेर घाइते हुनुभएको हो । 

अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सयभन्दा बढीको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सयभन्दा बढीले उम्मेदवारी दिएका छन् ।

१ जना  अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्षका पदमामा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल , उपाध्यक्ष मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जनले उम्मेदवारी दिनुभएको छ । । उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । 

त्यसैगरी, महासचिवका लागि पनि पाँचै जना उम्मेदवार दिनुभएको छ । महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिनुभएको छ ।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै,  कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र सङ्गम अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ  । 

यी हुन् अनेरास्ववियुका उम्मेदवार

​​​​​​​

नेपाल राष्ट्र बैंकले जारी गर्यो एकिकृत निर्देशन (पूर्णपाठ)

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७९ जारी गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले मंगलबार एकीकृत निर्देशन, २०७९ जारी गरेको हो ।


क, ख र ग वर्गका बैंकलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ र सोपश्चात २०७९ माघसम्म जारी गरिएको परिपत्र तथा संसोधनहरू समावेश गरेर परिमार्जनसहितको एकीकृत निर्देशन जारी गरिएको हो ।

बालाजु घटनाबारे सदन बेखवर बस्न मिल्दैन : सूर्य थापा

काठमाडौँ – नेकपा एमालेका सांसद सूर्य थापाले सोमबार काठमाडौँको बालाजुमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।


बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा बोल्दै उनले यस्तो जवाफ मागेका हुन् ।


उनले सदनमा बोल्दै भने, ‘बालाजुको गोगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो ? गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्दछु । सदन बेखवर बस्न मिल्दैन’, सांसद थापाले सभामुखमार्फत ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रकाे सरकारसंग माग : सरकारले शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाओस्

काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले केन्द्रले शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाउन सरकारलाई माग गरेका छन् ।


बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारसंग यस्तो माग राखेका हुन् । उनले बेपत्ता परिवारको पीडालाई ध्यान दिएर यो कामलाई अबिलम्ब अगाडि बढाउन सरकारको ध्यानाकर्षण गरे ।


उनले बैठकमा बोल्दै भने, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउन र बेपत्ता योद्धाहरू अहिलेबारे अहिले पनि सार्वजनिक भएको छैनन् बेपत्ता परिवारका पीडालाई ध्यान दिएर यो कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु।’

सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर हुनुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्नु पर्ने बताए ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको सार्वभौमताको संरक्षक अदालत कामुको भरमा चलेको विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव अझै नटुंगिएको बताए ।

उनले भने–‘महाभियोग नटुङ्गिँदा के गर्ने भन्ने कुरा संविधानमा व्यवस्था छैन संविधानको धारा १११ को १० मा पहिलो संशोधनमा भएको कानुन स्वतः निष्क्रिय हुने व्यवस्था छ ।’ उनले कि संविधानमा व्यवस्था, कि ऐन, नजिर र प्रथा परम्पराबाट आएको व्यवस्थाबाट हुनुपर्ने कि अन्तर्राष्ट्रिय अभ्यासबाट हुनुपर्ने बताए ।

उनले भने–‘हाम्रोजस्तै संसदीय अभ्यास भएको बेलायत र भारतमा पनि एउटा संसद् अन्त्य भएसँगै त्यसमा भएका कुराहरू पनि स्वतः अन्त्य हुने परम्परा छ । हाम्रोमा मङ्सिर २२ गते जुन सर्वोच्च अदालतको संवैधानिक इजलासले जुन फैसला गरेको छ । संसद्को अधिकारलाई महासचिवले प्रयोग गरिएको हुनाले आन्तरिक आदेश दिइएको भनिएको छ । त्यो अन्तरिम आदेशको आधारमा अहिले सांसदले शपथ ग्रहण गरेको २ महिना भइसक्दापनि संसद्मा त्यो अन्तरिम आदेश र त्यो सम्पूर्ण फाइलहरू प्रस्तुत नहुनु मैले दुःखद भन्ठानेको छु ।’ 

प्रतिनिधिसभा बैठक सुरु, नयाँ बसपार्क घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषय, भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेका ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसद प्रकाशशरण महत, विराजभक्त श्रेष्ठसहितले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा सो घटना भएको भन्दै उनीहरुले आर्थिक मन्दीको मारमा परेका व्यवसायीका थप मर्कामा परेका बताए । 

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

काठमाडौं – प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.४३ अंकले आरालो लागेर २१०५ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ३२० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५१ हजार ३११ रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा २ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 

लोसपा निकट बिद्यार्थी संगठनको ५४ सदस्यीय केन्द्रिय समिति गठन 

काठमाडौं –  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक बिधार्थी संगठनको केन्द्रिय समिति बिस्तार भएको छ ।

हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रिय समिति बिस्तार गरेको हो । तत्कालिन जनता समाजवादी पार्टी नेपालवाट अलग भएको बर्ष दिन पछि लोसपाले आफनो बिद्यार्थी संगठनलाई विस्तार गरेको हो । 

अराजकता नियन्त्रण गर्न सांसदहरुकाे माग

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको विषयमा उहाँले सदनले ध्यानाकर्षण गराउनुभयो ।

सांसद लुतप्रसाद विश्वकर्माले नारायणगढ बुटवल सडकखण्ड निर्माणमा तीव्रता दिन माग गर्नुभयो । सांसद नारायणदत्त मिश्रले शहीद दशरथ चन्दको नाममा मेडिकल कलेज स्थापना हुन लागेको खुसी व्यक्त गर्नुभयो । उहाँले लघुवित्त र मिटरब्याजीको हैसियत उस्तैउस्तै देखिएको बताउनुभयो ।

सांसद नारायण दाहालले लघुवित्त र अन्य बैंक तथा वित्तीय संस्थाको ब्याजलाई देखाएर राज्य व्यवस्थामा पथ नै आक्रमण भएको विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो ।

नयाँ बसपार्कमा सोमबार भएको घटनाका बारेमा सत्यतथ्यको जानकारी गराउन माग गर्नुभयो । भुवनबहादुर सुनार, लाक्पा सोनाम ग्याल्जेन शेर्पालगायतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

मसानघाटमा पुगेको प्रेत ब्यूत्याउने प्रयास सफल हुन सक्दैन : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको बताउनु भएको छ।

आज काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले चलखेल गरिरहेको बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्छ।’

महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल खेलिरहेका छन्। त्यो खेल असफल पार्न अनेरास्ववियुका योद्धाहरू देशभक्त योद्धाका रूपमा राष्ट्रिय राजनीतिमा अघि आउन जरुरी छ। स्वाधीनता र स्वाभिमान जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाल्ने कदममा सहयोग गर्न आग्रह समेत गर्दछु।’

महासचिव पोखरेलले नेपाली राजनीतिमा तीन प्रकारका चुनौती रहेको भन्दै ती समस्यामध्ये एक मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई जगाउने षड्यन्त्र रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘आज नेपाली समाजमा जुन प्रकारका समस्याहरू छन्। त्यो समस्याको जगबाट मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि व्युझ्याउने प्रयत्न भइरहेको छ। त्यसको खबरदारी गर्ने काम आजको अनेरास्ववियुले गर्नसक्नुपर्छ ।’

उहाँले मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास कुनै हालतमा सफल नहुने चेतावनी समेत दिनुभयो। उहाँले भन्नुभयो, ‘मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास किमार्थ सफल हुन सक्दैन। लोकतन्त्रलाई संस्थागत गर्न हामी पहरेदारका रूपमा उभिनेछौं।’

नेपालको शानदार जित, नामिबिया २ विकेटले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । 

काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो । 

नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्याएको हो । यसका लागि कुशल भुर्तेलले १३३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन जोडे । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो । 

नाामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो । 

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।
 

काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन (फोटो फिचर)

काठमाडौं – एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन काडमाडौं मंगलबारबाट सुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका हुन् । 

महाअधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गरेका छन् । 

यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताएकी थिइन् । मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताएकी थिइन् । 

महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । आगामी नेतृत्वका लागि आरसी लामिछाने र मोती विश्वकर्मा रसमिक बडालले दाबी गरिरहेका छन् ।

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि

काठमाडौं – हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि सुरू हुने भएको छ।

दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए। 

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको सेयरधनीको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको सेयर कित्ता घट्नेछ। जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो।

डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरू बन्द रहनेछन्। यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

कांग्रेस नेतृत्वको गठबन्धन तोड्नु एमालेकाे सफलता हो : केपी ओली

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताएका छन् । 

काठमाडौंमा मंगलबार अनेरास्ववियुको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु एमालेको सफलता भएको बताएका हुन् । 

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोड्नुमा एमालेको सफलता भएको बताएका हुन् । 

पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाएका उनले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाएका छन् । 

तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उनले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाएका छन् । 

संसदको बनावट अस्थिर राजनीतिकको कारक बन्ने खालको रहेको भन्दै ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्काे एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो । कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन ।’ 
 

नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन् : केपी ओली

काठमाडौं – प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् । 

काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् । 

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे । 

देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने भन्दै उनको भनाइ छ । 

‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तरचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तरचढाप आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्काे एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा  हो। कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’ 

यो देशकाे समस्याको समाधान हामी गर्छौं : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन् । उनले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताए ।

उनले भने, ‘यो देशमा समस्या छन् । ती समस्याको समाधान हामी गर्छौं । हामी भनेको नेकपा एमाले, एमाले राष्ट्रिय हित, राष्ट्रिय गौरव र स्वाभिमानको पक्षमा काम गर्छ । ’


अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताए ।


धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने उनको भनाई छ ।

संसदीय अभिलेख व्यवस्थापनमा सभामुखको निर्देशन

काठमाडौं –  सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिएका छन् । 

मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै उनले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिए । उनले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए । 

सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए । उनले संसद् संग्रहालयको समेत निरीक्षण गरे । 

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी थिए । 

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।    

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट १५.७८९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको गत २९ माघमा बसेको सञ्चालक समितिको बैठककाे निर्णयअनुसार गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने भएकाे हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा मात्र लगानीकर्ताले लाभांश कम्पनीले जानाएको छ । 

गृहमन्त्रालयद्धारा प्रहरीलाई निर्देशन : माेबाइल लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्नु

काठमाडौँ – गृहमन्त्रालयले सोमबार काठमाडाैंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिनुभएकाे हाे । 

यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ ।

अनेरास्ववियुको २३ औं महाधिवेशन शुरु, पार्टीले अध्यक्ष ओलीले उदघाटन गर्ने

काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च  अनेरास्वियुको महाधिवेसन आजवाट सुरु भएको छ ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ । 

नि:शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ ।

‘यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रिय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिदै भनेकी छिन, ‘तीनवटा केन्द्रिय आयोग पनि निमार्ण हुनेछन, जुन 
आयोगमा १५ जना सदस्य हुनेछन ।’ उनका अनुसार सहमतीयवाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

मंगलबार अपरान्ह १२:३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिईन् ।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

माछापोखरीमा यातायात मजदुरले अस्थायी प्रहरी बिट पनि जलाए

काठमाडौं – आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौंको माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन्।

दिउँसो १ बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुईवटा भ्यान जलाएका थिए। प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन्।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

भोलिबाट काठमाडाैँमा सार्वजनिक सवारी नचल्ने (विज्ञप्तिसहित)

काठमाडौँ – भोलिदेखि काठमाडौँमा सार्वजनिक यातायात नचल्ने भएको छ ।

ट्राफिक प्रहरीको जयादतीको विरूद्धमा उत्रिएका यातायात मजदुरको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरूले सोमबार एक प्रहरी भ्यानमा आगजनी गरेका छन भने १० भन्दा बढी मजदुर पक्राउ परेका छन । 

उनीहरूले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका थिए । प्रहरीले आन्दलोनमा दमन गरेपछि बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले दुईवटा प्रहरीको गाडीमा आगो लगाएका छन

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी – कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–१ वनगाउँबाट सोही स्थान बस्ने २५ वर्षीय यमबहादुर घर्तीमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले ६ सय ६० ग्राम लागूऔषधसहित घर्तीलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कांग्रेस सभापति देउवा र भारतीय बिदेश सचिवबिच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राबिच भेटघाट भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका बिदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटवार्ता सके पछि बिदेश सचिव कांग्रेस सभापति देउवालाई भेटन पुगेका हुन । 

यसपछि बिदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशको सचिवस्तरीय बार्ताका लागि क्वात्रा आज नेपाल आएका हुन ।

मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले गरे चक्रपथमा चक्काजाम 

काठमाडौं – ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले सडक अवरुद्ध गरेका छन् ।

मजदुर कुटिएको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका हुन । आज यातायात व्यवसायीले काठमाडौँको गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै यातायात व्यवसायीहरुले सडक अवरुद्ध गरिएका हुन ।

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । 

सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको मन्त्री राईले जानकारी दिइन् । 

सोमबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक दलका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ ।