`

मुलुकको आर्थिक अवस्था सङ्कटमा पुग्दा पनि सरकार गम्भीर हुन सकेन : अध्यक्ष ओली

Nepal One HD १९ वैशाख २०८० १६:०३
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था सङ्कटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाउनुभएको छ ।

मंगलबार काठमाडौँमा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक सङ्कटमा सरकार गम्भीर हुन नसकेको र भागबन्डामा रमाइरहेको समेत बताउनुभयो । उहाँले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ता बाहेक केही नदेख्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

व्यपारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्वौ कमाएको तर देश घाटामा गएको उहाँको भनाइ छ । उहाँले अबको डेढ वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिने देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गर्नुभयो । ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गर्नुभयो ।

उहाँले देशलाई बर्बादीबाट जोगाउने काम नेकपा एमालेबाहेक कसैले गर्न नसक्ने दाबी गर्नुभयो ।


प्रतिक्रिया