भारतले पटक-पटक नाकाबन्दी गर्दा किन चीनतिर नाका खोल्न सकेनन् ? : अध्यक्ष ओली

राजनीति

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले विकास निर्माणको कामलाई तीव्रता दिएपछि घेराबन्दी भएको दाबी गरेका छन् ।
मंगलबार ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै अरु दलले चिताउनै नसक्नै काम आफूले दुई वर्षमा गरेर देखाएको दाबी गरेका हुन् ।
उनले भने, ‘अरुको हिम्मतले सोच्न पनि नसक्ने काम हामीले गरेर देखाइदिएका छौं । नेपालको उत्तरपट्टि चीन केपी ओली प्रधानमन्त्री हुनुभन्दा पहिले पनि थिएन र ? तर, किन बाटो खोलिएन ? पहिलो पटक नाकाबन्दीको मार खाएको होर ? पहिले पनि धेरैपटक नाकाबन्दीको मार खाएको होइन ? उत्तरतिर नाका खोल्न किन सकेनन् ।’
सरकारले अहिलेसम्म आफ्नो जमिनलाई आफ्नो भन्न नसकेको आरोप लगाए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट