१०४ रनको शतकीय साझेदारीपछि काठमाडौंको लुम्बिनीलाई १६१ रनको लक्ष्य
खेलकुद
काठमाडौं । एनपीएल अन्तर्गत काठमाडौं गोर्खाजले साबिक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो।
जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे। यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी गरे। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए।
लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २र२ विकेट हात पारे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
