`

गगन थापाको उपस्थितिमा कांग्रेसको सुकुन्दा र्‍याली

Nepal One HD २२ कार्तिक २०८३ १७:५३
समाचार

काठमाडौं । शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसर पारेर नेपाली कांग्रेस काठमाडौं महानगर समितिले शनिबार साँझ सुकुन्दा र्‍याली निकालेको छ।

कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा काठमाडौंको लगन टोलबाट सुरु भएको र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकीसहित सुकुन्दा प्रदर्शन गरिएको थियो।

र्‍याली लगनबाट ब्रह्म टोल, वन्दे, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुने कार्यक्रम रहेको छ।

त्यस्तै, नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाल संवतकाे नयाँ वर्ष र दीपावलीको अवसरमा निकालिएको र्‍यालीले काठमाडौंको ऐतिहासिक सांस्कृतिक पहिचान, परम्परा र सम्पदाको महत्त्वलाई उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *