गगनलाई पक्राउ गर्दा सत्ता धरापमा पर्ने ब्रिफिङ, पछि हटे बालेन
काठमाडौं। गगन थापालाई पक्राउ गर्ने योजनाबाट प्रधानमन्त्री बालेन तत्कालका लागि पछि हटेका छन् । थापालाई पक्राउ गरे सबै विपक्षीहरू आन्दोलनमा जाने र भीषण आन्दोलन थेग्न गाह्रो हुने ब्रिफिङ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेपछि प्रधानमन्त्री बालेन र उनका सल्लाहकारहरू पछि हटेको स्रोतले जनायो ।
बालेन सरकारले यसअघि थापाको गतिविधि निगरानी गर्न सादा पोशाकका प्रहरी खटाएका थिए । लगत्तै थापाले आफू नतर्सिने भन्दै बालेनलाई चेतावनी दिएका थिए । त्यसअघि प्रधानमन्त्री बालेनले स्टासट लेखेर कोही पनि नउम्किने भन्दै कडा शब्दमा चेतावनी दिएका थिए ।
खासगरी सञ्चारगृहहरूमा प्रधानमन्त्री बालेनको सचिवालयलको निर्देशनपछि पुगेका प्रहरीले पत्रकारलाई धरपकड गरेपछि थापाले बालेन सरकारको कडा आलोचना गरेका थिए । यसपछि प्रधानमन्त्री बालेन बिच्किए ।
त्यहीबीचमा विचौलिया इनम सापकोटाको आवाजमा कांग्रेसको आधिकारिकता विवादमा गगन थापाले १८ करोड दिएको विषय सार्वजनिक भयो ।
तर, त्यो विषय प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेनको डिजाइनमा योजनाबद्ध ढंगले तयार भएको खुलेको छ । यसबारे कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लगातार बोल्दै आएका छन् । प्रधानमन्त्री बालेन र उनका प्रमुख सल्लाहकार बेन भने जवाफविहीन भएका छन् ।
