`

राष्ट्रिय सभागृहमा देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन सुरु

Nepal One HD २२ कार्तिक २०८३ १६:४०
फोटोफिचर

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन सुरु गरेको छ। शनिबार राष्ट्रिय सभागृहमा आयोजित समारोहबीच देउवाले अधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहअघि बटुकहरूले स्वस्तिवाचन गरेका थिए। त्यसपछि देउवा पक्षका नेताकार्यकर्ताले विभिन्न सांस्कृतिक झाँकीसहित र्‍याली निकालेर अधिवेशनस्थल पुगेका थिए।

अधिवेशनको उद्घाटन सत्रमा देउवासँगै कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत नेताहरू सहभागी छन्।

देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशनलाई शक्ति प्रदर्शन र संगठनात्मक गतिविधिका रूपमा अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *