`

शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै आज सर्वोच्च अदालत  रिट दर्ता

काठमाडौँ– नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै आज सर्वोच्च अदालत  रिट दर्ता भएको छ ।

 नेपाली काँग्रेस संसदीय दलका नेता  देउवालाई अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् ।  सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । 

आदेशअनुसार आज रिट निवेदन दर्ता भएको छ भने भोलि माघ २५ गते पेसी तोकिएको छ ।  यसअघि सर्वोच्चका रजिष्टारले उक्त रिट दरपिठ गरेका थिए ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं, सरकारमा भने जाँदैनौं : शेखर कोइराला

काठमाडौँ – नेपाली काँग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा काँग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। अन्य दलहरूसँग सहमति गरेर काँग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ।

नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहामा उद्घाटन गर्दै कोइरालाले भने, ‘२५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला। राष्ट्रपति निर्वाचनमा काँग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। काँग्रेसकै उम्मेदवारले जित्छ।’

काँग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए। ‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। काँग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन,’ उनले भने।

उनले काँग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताए। ‘हामी सरकारमा जान्दैनौँ, प्रतिपक्षमै बस्छौँ,’ उनले भने।

भाेली दिउँसो विप्लवले पत्रकार सम्मेलन गर्ने

काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले बुधबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

विप्लवले पत्रकार सम्मेलनमार्फत पछिल्लो बन्दी रिहा, मुद्दा फिर्ताको विषय र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी दिने बताइएको छ ।

सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने छन् । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

काठमाडौँ – राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहण गरेसँगै अर्यालले संघीय संसद्‌मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

पदभार ग्रहणअघि अर्यालले मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी थिइन् । पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी उनी २०७० मा एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन् । माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुनिएकी हुन् ।

कृषि क्षेत्रको समस्या समाधान गर्न एमालेको १२ सुझाव 

काठमाडौं – नेकपा एमालेको कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि १२ बुँदे सुझाव दिएको छ । च्यासलस्थित पार्टी कार्यालयमा बसेको विभागको बैठकले तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने १२ बुँदे सुझाव सरकारलाई दिएको हो । 

एमाले पोलिट्ब्युरो सदस्यसमेत रहेकी  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थित सो बैठकले सरकाले मलको सहज आपूर्तिको सुनिश्चितता गर्ने, वनस्पति र कुहिने फोहरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोस्ट प्लान्ट उत्पादन केन्द्रहरु स्थापना गरी रासायनिक मलको वैकल्पिक व्यवस्था गर्ने, किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गर्ने, उत्पादित कृषि उपजहरुको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था गर्ने, खुला पशु तथा वन्यजन्तुको आक्रमणको समस्या दीर्घकालका लागी समाधानको व्यवस्था गर्ने, तीनै तहका सरकारको प्रभावकारी समन्वयमा संघीय सरकारले नीति निर्माण गर्ने, संचालनमा रहेका कृषिउपज बजारहरुको प्रभावकारी नियमन गर्ने, स्थानीय उत्पादनहरुलाई बिक्री वितरणका लागी प्राथमिकता दिन सुझाव दिएको हो । 

साथै बैठकले अक्सन सेन्टरको विकास गरी किसान र व्यापारी बीचको सप्लाई चेनको दूरी कम गर्ने, बैंकहरुबाट प्रदान सहुलियत कृषि कर्जामा अध्ययन गर्ने र किसानहरुले सहज रुपमा पाउनु पर्ने संय्नत्र निर्माण गर्न सुझाव दिएको विभाग प्रमुख गिरधारीलाल न्यौपानेले जानकारी दिए । 

साेमबार बसेकाे विभागको सो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सहभागिता थियो । 

सिंहदरवारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक

काठमाडौं – प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । 

बैठकमा ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको छ । 

राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।  

जसपाले पठायो संघीय मञ्चलाई एकीकरणका लागि पत्र

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल)ले पार्टीले एकताका लागि संघीय लोकतान्त्रिक मञ्चलाई पत्राचार गरेको छ ।

एकता वार्ताका समितिका संयोजक राजेन्द्र श्रेष्ठले एक पत्र लेख्दै पार्टी एकताका लागि कुमार लिङदेन नेतृत्वको संघीय मञ्चलाई पत्राचार गरेका हुन । 

‘हाम्रो पार्टी राजनीतिक समितिको बैठकले निति, सिद्धान्त र बिचार मिल्ने राजनीतिक दलसँग ठोस रुपमा पार्टी एकताको पहल गर्न पार्टी बार्ता समिति गठन गर्नुको साथै त्यसको बैचारिक आधारको रुपमा पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने निष्कर्ष निकालेको छ,’ श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, ‘अत: पार्टी एकताका लागि बिचाराधारात्मक तथा संगठनात्मक बिषयमा वार्ता एवम छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अघि बढाउन चाहान्छौं ।’

जसपाको राजनीतिक समितिको गत १८ र १९ पुसमा बसेको बैठकले बिचारधारा मिल्ने पार्टी एकता गर्नका लागि श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि प्रचण्ड–ओली कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि छलफल भएको थियो । राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन् ।

१० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ । तर २६ पुसमा कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको विषय अघि सारेका छन् ।

एमालेमा दलको उपनेता, प्रमुख सचेतक र सचेतकमा कसले मार्ला बाजी?

काठमाडौं – नेकपा एमाले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक हुनका लागि संसद्मा रहेका नेताहरूले लबिङ गरिरहेका छन् । 

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रपतिमा चर्चा भएपछि उहाँको ठाउँमा कसले उपनेताको जिम्मेवारी पाउने हुन् भन्ने चर्चा भइरहेको छ । 

नेम्वाङ लामो समयसम्म सभामुख, संविधानसभाको अध्यक्ष र उपनेता पनि भइसक्नु भएकोले यसपालि नयाँ अनुहारले मौका पाउनु पर्ने माग एमालेमा छ । संसदीय दलको नेताको अनुपस्थितिमा दलका सांसदहरूलाई निर्देशन दिने, संसद्मा उठाउनु पर्ने विषय जानकारी गराउने, सभामुख र सरकारसँग समन्वय गराउने भूमिका दलका उपनेताले निर्वाह गर्नुपर्दछ ।

एमालेका एक पदाधिकारीका अनुसार उपाध्यक्ष विष्णु पौडेललाई  दलको उपनेताको जिम्मेवारी दिने सम्भावना प्रबल छ । पौडेल  उपप्रधान तथा अर्थ मन्त्रीको जिम्मेवारीमा रहनु भएकोले समय व्यवस्थापनमा समस्या हुने भएकोले दोस्रो व्यक्तिको खोजी हुन सक्ने एमाले वृत्तमा चर्चा छ । 

तथापि नेम्वाङको शीतल निवासको यात्रा तय नभएमा उहाँले नै यही पदमा दोहोर्‍याउने सम्भावना पनि उत्तिकै छ । दलको उपनेतामा पार्टी सचिव टोपबहादुर रायमाझीको नाम पनि चर्चामा छ । 

यस्तै संसद्मा आफ्नो दलका तर्फबाट बोल्ने सांसदहरूको पालो लगाउने, दलको नेताको निर्देशन संासदहरुलाई प्रवाह गर्ने,सभामुखसँग आफ्ना पार्टीका एजेण्डा र मागबारेमा नियमित छलफल गर्ने जिम्मा भएको प्रमुख सचेतकमा एमाले धेरै नेताहरूले चासो देखाएका छन् ।  छविलाल विश्वकर्मा, लीलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र विद्या भट्टराई, नेता गोकुल बास्कोटालगायतका सांसदहरू आफूले संसद्मा प्रमुख सचेतकको भूमिका निर्वाह समन्वयकारी ढंगले गर्ने दाबी गर्दै आउनुभएको छ । 

सचेतकको लागि अच्युत मैनाली, दिपा शर्मा, ठाकुर गैरे, उर्मिला थेबेको नाम चर्चामा छ । 

एमाले स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनपछि मात्र संासदहरुलाई यी जिम्मेवारी तोक्ने मनस्थिति बनाउनु भएको छ । ७९ सांसदसहित एमाले संसद्मा दोस्रो ठुलो दलको हैसियतमा छ  ।

मंगलबार नेप्से परिसुचक ०.५८ अंकले ओरालो

काठमाडौं / प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये माइक्रो फाइनान्समा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

गायक प्रकाश ढकाललाई आयो गित नहटाए जेल हाल्ने धम्की

काठमाडौँ – गायक प्रकाश ढकाललाई अपरिचित व्यक्तिले फोन गरी कर गित युटुवबाट नहटाए जेल हाल्ने धम्की दिएका छन् ।


वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गित कर सार्वजानिक भएको थियो । राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गितलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन । कर गितमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीले समुह स्वरमा साथ दिएका छन भने गितको भिडियो अर्जुन लोहारको छायाकंन र रमेश बि।क।रसार्ईलीको सम्पादनमा तयार भएको हो ।

प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन । जनताले हरेक पाईला पाईलामा कर तिर्नुपर्ने,युवाले देश छाडेर विदेशीनुपर्ने,जनताको करमा नेता र ठुलाबडाले रजाईं गर्ने,बैंकको चर्को ब्याजका कारण जनताले आत्महत्या गर्नुपर्ने,संघियता खारेज गरीनुपर्ने,भ्रष्ट नेताको सम्पत्ति छानबिन गरीनुपर्ने जस्ता भाव समेटएिको गितबाट गायक ढकालले जनताका पिडा पोख्दै तमाम समस्या समाधानका लागि तत्काल कद्म चाल्नुपर्ने माग राखेका छन ।

गायक तथा सर्जक प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति,बैमानी मोया,खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गित चर्चित छन ।

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । 

बैठक बस्नुअघि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा नागरिकता विधेयकसहितका जनसरोकारका विधेयकलाई अघि बढाउने सहमति भएको थियो । 

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।

कांग्रेस अहिले नै सरकारमा सहभागी हुँदैन : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ ।  राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।  

फरक प्रसङ्गमा उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए । लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ, सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।” उनले भने । 

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

काठमाडौं – उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । 

जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

जिल्ला अदालतको फैसलाविरुद्ध  जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुवै पक्षले दिएको पुनरावेदनमाथि शुक्रबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

सो आदेशसँगै अब शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ । 

aul


 

प्रधानमन्त्री प्रचण्डलाई थप २ मन्त्रालयको जिम्मा

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मा थप २ मन्त्रालय तोकिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले सरकार छोडेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई तोकेकी छन् ।

यस अघि रास्वपाका सभापति रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले नै सम्हाल्दै आएका थिए । आज सोमबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति जारी गर्दै उक्त मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको जनाएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्का माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री शिशिर खनाल र माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री डोलप्रसाद अर्यालले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले राजीनामा दिएका थिए।

मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा बिदेशी चलखेल र प्रभाव बढ्नु दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा बिदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन् ।

स्थिरता, समृद्धि र परिबर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनौट गरेका राजनितीक दलहरुले सत्ताको छिनाझम्टिमा आफुलाई केन्द्रित गर्नुबाट मुलुक थप सड्ढटग्रस्त बनेको भन्दै थापाले सत्ताको फोहरी खेलमा लिप्प भई दलहरुबाट बिदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको समेत बताए । आफू सत्तामा पुग्न र टिक्न बिदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आबश्यकता भएको उनको जिकिर थियो । काम गरेर बाच्न सकिने अवस्था नभएको , दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै थापाले समस्याको समाधान गर्न भन्दा थप ब्रम्हलुट गर्न राज्यसत्ता अग्रसर भएबाट मुलुक संकटको दलदलमा भासिएको बताए ।

स्पष्ट बिचार र अलग पहिचान सहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजिबिकाको बिषयलाई जोडदार ढङ्गबाट उठाउन राप्रपा नेपाल चाडै नै सडकमा आउने समेत उनले जानकारी दिए । पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानलाई प्रभाबकारी रुपमा अघि बढाउन उनले नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : नारायणमान बिजुक्छेँ

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबको १३ औ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन काँग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गन नसकेको आरोप लगाउनुभएको हो ।

सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भए पनि सत्ताको मोहले काँग्रेसले त्यो जिम्मेवारी छाडेको उहाँले बताउनुभयो । उहाँले बिचार नमिल्नेहरूको सरकार बनाएर दलहरूले गैर जिम्मेवारीपन देखाएको धारणा पनि राख्नुभयो । बिजुक्छेँले संसदमा जनसरोकारका विषय र आफ्ना बिचारहरूका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताउनुभयो ।

त्यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा राख्नुभयो । कार्यक्रममा पत्रकार रमेश गिरी, नारायणसुन्दर किलम्बु लगायतलाई सम्मान गरिएको थियो ।

लुम्बिनी गुरुयोजना पहिलो प्राथमिकतामा : पर्यटनमन्त्री किराती

भैरहवा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।  मन्त्री भएपश्चात पहिलो पटक विमानस्थल आएका मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्ति सरकारको तर्फबाट कुटनितिक पहल माथिल्लो तहबाट पनि भइरहेको बताए । 

‘उच्चस्तरीय वायुसेवा निगमका टोलीहरु पनि कोलम्बोतर्फ यसैका लागि जादै छन्, पराराष्ट्र मन्त्रीहरुको तर्फबाट पनि कयौ देशमा उडानको कुरा सुरु गरेका छौँ, राष्ट्रिय ध्वाजाबाहक विमान यहाँ ल्याउने सन्दर्भमा किन आउन खोजेको छैन भनेर बुझने छौँ,’ मन्त्री किरातीले भने, ‘के कारणले नेपाल एयरलाइन्सले यहाँबाट उडान गरेन, त्यो बुझ्छु र आवश्यक काम अगाडि बढाउनेछु ।’ 

उनले प्रधानमन्त्रीको तहबाट अब हुने भारत भ्रमणमा एजेण्डाको रुपमा आइएलएस सञ्चालन र एयर रुटको विषय पर्ने जानकारी दिए । 

‘विमानस्थल सञ्चालन र सम्बन्धित् निकाय र शाखाहरु यहाँ आउनु एक अर्काको अन्तरसम्बन्सँग जोडिएकोले दुबैलाई एकैसाथ अगाडि बढाउन मन्त्रालयले पहल गर्नेछ,’ उनले भने, ‘श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ । मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुनेछ ।’ 

मन्त्री किरातीले लुम्बिनी गुरुयोजनाभन्दा बाहिर कसैले जाने साहस नगर्न अनुरोध गरे । ‘सबैभन्दा पहिला यो गुरुयोजना सम्पन्न गर्नुपरेको छ । तोकिएको समयभन्दा २८ वर्ष किन लम्बियो भन्ने मेरो नै प्रश्न हो,’ उनले भने । लुम्बिनी गुरुयोजना पहिलो प्राथमकिता भएको उनको भनाइ छ । 

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा समस्या देखिएको, भारतीय नागरिकलाई नोअब्जेक्सन लेटर दिने व्यवस्था नभएको, मौसमको खराबीमा प्रयोगहुने रेडियो नेभिगेसन प्रणाली (ईन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम– आईएलएस) उपकरण उपयोग नहुँदा अन्तर्राष्ट्रिय उडान रोकिएकोमा ध्यानाकर्षण गराउँदै सञ्चालनका लागि पहल गर्न अनुरोध गरे । 

गौतमबुद्ध विमानस्थलबाट जजिरा र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि पछिल्लो केही समय रोकिएको छ । 

नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

काठमाडौं – नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । दुई समुह विच एक आपसमा झगडा हुँदा ढुङ्गा हानाहान भएको हो ।


सोमबार क्याम्पस परिसरमा संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

शेखर(गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर(पक्षका विद्यार्थी नेताहरुले जानकारी दिए ।

भारतका मोन्टी देसाई राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्ति भएका छन् । करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई देसाईलाई नेपाल क्रिकेट संघ क्यानले औपचारिक नियुक्ति दिएको हो ।

राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा फागुन २ गतेदेखि हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् ।

नेपाली टोलीले अहिलेसम्म कुल २४ खेल खेल्दा आठ जित, १४ हार र दुई बराबरीसहित १८ अंक पाएको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । 

अब नेपालले १२ खेल खेल्न बाँकी छ। ओडीआई मान्यता जोगाउन नेपालले १२ मध्ये अधिकांश खेल जित्नुपर्ने दबाबमा छ। नेपालले स्कटल्यान्ड र नामिबियासँगको श्रृंखलापछि यूएई र पपुवा न्यू गिनीसँग त्रिविमै खेल्नेछ।

रविका समर्थकहरुले जलाए पत्रिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेका समर्थकहरु विरोधमा उत्रिएका छन् । लामिछानेविरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकहरु सांकेतिक विरोधमा उत्रिएका हुन् ।

सांकेतिक विरोधस्वरुप उनीहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू विरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए ।

लामिछानेले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा आफ्नो छवि बिगार्न लागेको आरोप लगाएको भोलिपल्टै युवाहरुले पत्रिका जलाएका हुन् ।

रविलाई गोकुल बास्कोटाको समर्थन : ‘दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो’

काठमाडौं – एमाले नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले सभापति रविले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका हुन् ।

उनले प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु धेरै राम्रो भएको बताएक छन् । रविले निस्फिक्री बोलेको टिप्पणी उनले गरेका छन् । बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ‘रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो । प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो ।’

रविको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उनले बताएका छन् । पत्रकार सम्मेलनमा रविले नेता बास्कोटालाई नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा चित्रण गरेका थिए ।

सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् ।


आइतबार संघीय संसद् भवन परिसरमा पत्रकारहरु माँझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे ।


उनले भने, ’सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा लागेको छ ।’ त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।


सर्वोच्च अदालतको फैसलापछि रास्वपालाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ । मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन । मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं । मेरो कोसिस त थियो–राष्ट्रिय सहमति नै गरौं भनिराखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो ।’

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने बताएको पनि स्मरण गरे ।

रवि लामिछाने भने – म डराएर राजनीति गर्न आएको हैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफु डराएर राजनीति गर्न नआएको बताएका छन् ।

आज पार्टी बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछानेले आफु डराएर राजनीति गर्न नआएको बताएका छन् ।

मिडियाप्रति आक्रोशित भएका लामिछानेले आफूविरुद्ध बिना प्रमाणका समाचार प्रकाशित गरेमा आफ्नै किसिमले कारवाही गर्ने चेतावनी दिएका छन् ।

लामिछानेले मिडियाका मालिक र सम्पादकहरुलाई आफूसँग चुनाव लड्न चितवन-२ मा आउन चुनौती दिएका छन् । मिडियाले अदालतलाई प्रभावमा पार्न लगातार गलत कुरा मिडियामा ल्याएको आरोप लगाएका छन् ।

लामिछानेले ठुला मिडियासँग सरकार र नेताहरु डराएको भन्दै आफु मिडियासँग नडराउने बताए ।

लामिछानेले आफूले विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको गुनासो गर्दै पत्रिकाको कुनामा सो बारेको समाचार देख्दा दुख लागेको बताए ।

गृहमन्त्रालयमा बोलाए अहिल्यै जान्छु,पदको लोभ छैन : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतान्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीमा बोलाए आफू जान तयार भएको बताएका छन् ।

आज सरकारबाट बाहिरिने जानकारी गराउँदै सभापति लामिछानेले गृहमन्त्री बोलाए आफू जान तयार रहेको जानकारी दिएका हुन् । पदको लोभलेभन्दा पनि कामको लोभले गृहमन्त्रलयमा बोलाए फेरि आफू जान तयार रहेको बताए ।

उनले भने– ‘अहिले यति गाली गर्दा पनि बोलाए भने म गृहमन्त्रालयमा जान्छु । जान्छु पदको लोभले होइन, कामको लोभले जान्छु । के काम गरेछु म देखाइदिन्छु । हामीले १२ वर्ष धाएको मान्छेलाई १२ मिनेटम काम गरेर पठाइदिएका छौँ ।’

वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई सरकारले निर्मम ढङ्गले कारबाहीको दायरमा ल्याउँछ : सुरक्षामन्त्री अर्याल

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई सरकारले निर्मम ढङ्गले कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरूसँग छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेलाई सरकारले कुनै पनि हालतमा संरक्षण नगर्ने र निर्मम ढङ्गले कारबाहीको दायरमा ल्याइने बताउनुभएको हो । उहाँले अहिले संस्थागत ठगी गरे बदनामी हुने डरले म्यानपावर कम्पनीले नै व्यक्तिलाई अघि सारेर ठगी गरेको आशङ्का रहेको धारणा राख्नुभयो । यस क्षेत्रमा हुने गरेको ठगिएका बारेमा आफू जानकार रहेको र त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नका लागि मन्त्रालयका विभिन्न निकायलाई निर्देशन नै दिइसकेको जानकारी दिनुभयो । उहाँले आफू मन्त्री भएदेखि श्रमिककै हकहितका लागि काम गरिरहेको दाबी गर्नुभयो ।

श्रम, रोजगारका क्षेत्रमा काम गर्नका लागि आफूलाई सबै टिमबाट सहयोग प्राप्त भएकाले वैदेशिक रोजगारीको क्षेत्रका अन्य समस्याहरू अवगत गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

सम्पत्ती शुद्धीकरण सम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि हाे : प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताएका छन् ।


आइतबार प्रतिनिधिसभाकोे बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन माग गरे । उनले सरकारले बेलैमा अन्तर्राष्ट्रिय जगत्लाई विश्वस्त बनाउने गरी विधेयक ल्याएर संकटबाट मुक्त गर्नुपर्ने बताए ।

उनले भने, ‘सम्पित्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन बनेको विधेयकलाई हालसम्म पनि संसद्मा ल्याइएको छैन, यो गम्भीर विषय हो, गत पौषमा एफएटीएफको टोली नेपालको स्थलगत मूल्यांकन गरेर फर्कियो । उसले नेपाललाई तत्काल यससम्बन्धी कानुन बनाऊ, नत्र तिम्रो देश ग्रे जोनमा पर्छ भनेर सुझाव दिएको छ । उसले तोकेको मापदण्ड पूरा नगर्दा कतिपय ठूला देशहरू आर्थिक विकासको ठूला सञ्जालबाट बाहिरिएका छन् । जसको कारण ती देशहरूले आर्थिक संकटको सामना गर्नुपरेको छ । यस्तोमा हाम्रोजस्तो देशले दण्डित हुने अवस्था बन्यो भने संकटपूर्ण अवस्था आउन सक्छ ।’

‘नेतालाई आर्थिक सहयोग गर्न पालिकाको सिफारिस नचाहिने, गरिब जनतालाई किन चाहिने ?’

काठमाडौँ – सांसद धनराज गुरुङले सरकारले जनतालाई सेवा दिन कन्जुस्याइँ गरेको बताएका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका सांसद गुरुङले नेताको आचरणकै कारण मुलुक बन्न नसकेको भन्दै नेता नै सच्चिनुपर्ने बताए।

नेताको व्यवहार नसच्चिएसम्म नेपालमा भ्रष्टाचार नरोकिने बताए। उनले सरकारले जनतालाई सेवा दिन सरकारी निकाय गम्भीर नभएको भन्दै उनले सरकारी सुविधा पनि नेताका लागि मात्रै भएको बताए।

उनले भने, ‘गरिब जनताको स्वास्थ्य उपचार तथा अरू कुनै कामका लागि आर्थिक सहयोग दिनुपर्‍यो भने सरकारले पालिकाको सिफारिस ल्याऊ भन्छ। सिफारिस ल्याए पनि निकासा हुँदैन। तर नेताका लागि कुनै सिफारिस चाहिँदैन सजिलै पाउँछ। यो अवस्था किन रु यसलाई सुधार गर्नुपर्छ।’

राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता

काठमाडौँ– राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

मनोनयनका लागि साँझसम्मको समय छ । रिक्त पदको यही माघ २५ गते उपनिर्वाचन हुँदैछ ।

सांसद तेजुलाल चौधरीकाे प्रश्न : ‘थारुहरूको भावनामाथि सरकारले किन दमन गरिरहेको छ ?

काठमाडौँ – नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले जातिय आधारमा सरकारले थारुहरूको भावनामाथि दमन गरिरहेको भन्दै प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभाकोे बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।


उनले भने, ‘थारुहरूको भावनामाथि सरकारले किन दमन गरिरहेको छ ? टिकापुर घटना नेपालमा राजनीतिक आन्दोलनका घटनाहरूमध्ये त्यस्तो ठूलो घटना होइन, हामीले थुप्रै घटनाहरु देखेका छौँ, बसमा गुडिरहेका ५० औं यात्रीलाई बमले उडाइएको छ । त्यस्तो घटनामा दोषीले उन्मुक्ति पाउने, अनि थारुहरूले आफ्नो पहिचानको लागि संघर्ष गर्दा उनीहरूलाई दमन गर्ने र जेलमा थुन्ने गरिएको छ, यो न्यायसंगत भएन ।’


नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संसद्मै यस्तो माग गर्दै आएका छन् भने अन्य दलका सांसदहरूले पनि यो विषयमा आवाज उठाउन थालेका छन् ।

प्रतिनिधिसभाको बैठक  सुरु

काठमाडौं – प्रतिनिधिसभाको बैठक बसिरहेको छ । 

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । 

जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस गर्ने कार्यसूचीमा छ ।

रविलाई प्रधानमन्त्री प्रचण्डले भने : अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म सँग नै रहन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।


आइतबार बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन लामिछानलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने प्रचण्डको भनाइ थियो ।


प्रचण्डले भने, “सर्वोच्चको पूर्णपाठ आउन बाँकी छ । शक्ति पृथकीकरणको सिद्धान्तमा इमानदार, बफादर छौँ । तपाईंको मन्त्रालयको संख्या घटाउन खोजेको होइन, जतिवटा मन्त्रालय तोकिएको छ, त्यो दिइन्छ, तपाईं उपनिर्वाचन लड्नुभयो र निर्वाचित हुनुभयो भने सरकारमा आउने कुरा स्वाभाविक छ । अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म (प्रधानमन्त्री)सँग नै रहन्छ । अरू विकल्प सोच्नुस् ।”

लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ । सरकारबारे निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । उक्त बैठकले सरकारमा रहने वा बाहिरिने ठोस निर्णय गर्नेछ ।

अध्यक्ष ओलीले आज संसदमा समसामयिक राजनीतिको विषयमा सम्बोधन गर्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा समसामयिक राजनीतिको विषयमा सम्बोधन गर्दैहुनुहुन्छ ।

बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले विगतमा नेकपा र एमालेको सरकारले अघि बढाएका राम्रा कामहरुको विवरण र वर्तमान सरकारले अघि बढाउन चाहेका विकास र समृद्धिका कार्यक्रमहरुको चर्चा गर्नुहुनेछ ।

सम्बोधनमा अध्यक्ष ओली काँग्रेसप्रति आक्रामक ढंगले प्रष्तुत हुनुहुने स्रोतको भनाइ छ । उहाँले काँग्रेसका सरकारले गरेका अनियमितता,भ्रष्टाचार र गैह्र संवैधानिक कामहरुको भण्डाफोर गर्ने तयारी छ । वर्तमान राजनीतिलाई गिजोल्न काँग्रेसले गरिरहेको प्रयास र यसका सुत्राधारहरुका बारेमा समेत अध्यक्ष ओलीले आजको सम्बोधनमा समेट्ने जनाइएको छ ।

कांग्रेसका नेताहरुले दिवंगत पूर्वगभर्नर शरीरमा ओढाएर पार्टीको झण्डा

काठमाडौं – नेपाली कांग्रेसका नेताहरुले दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, सुनिलबहादुर थापा, प्रकाशमान सिंह लगायतका नेताहरुले जबराको बबरमहलस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित जबरा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।

निर्णायक बैठक बस्नुअघि प्रधानमन्त्रीसँग भेटे रविले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेका रास्वपाका सभापति लामिछानेले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग् भेटवार्ता गरेका हुन् ।

सरकारबाट बाहिरिने चेतावनी दिएपछि उसले सरकारमै रहने वा बाहिरिने भन्ने निर्णय गर्न सकेको छैन । सो निर्णयमा निर्णय गर्न रास्वपाको पदाधिकारी तथा केन्द्रीय समिति बैठक बस्दैछ ।

उक्त बैठक बस्नुअघि सभापति लामिछानेले बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले एक घण्टा छलफल गरेका छन् ।

रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज ‘विशेष पत्रकार सम्मेलन’ गर्न लाग्नु भएको छ ।
उहाँले आज र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि विशेष पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।


उहाँँले आइतबार आफ्रनो सामाजिक सञ्जालमार्फत यस्तो बताउनु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।’


उहाँले सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताउनु भएको छ । उहाँले भन्नु भएको छ , ‘सिधाकुरा नगरेको धेरै भएछ।’

प्रथम गभर्नर राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैङ्क, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

उहाँले केही समयअघि ट्विट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उहाँको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

“नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु”, उहाँले भन्नुभएको छ । 

अर्थमन्त्री पौडेलले यस दुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । 

राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

७७ वर्षीय आमाको आर्शिवाद लिंदै दुर्गाप्रसाइले घोषणा गरे धर्म र राष्ट्र बचाउने महाअभियान

काठमाडौं । समाजसेवी दुर्गा प्रसाइको संयोजकत्वमा आजदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरु भएको छ ।
शनिबार काठमाडौैंको पेरिस डाँडामा केन्द्रीय कार्यलय स्थापना गर्दै उक्त अभियान सुरु गरिएको हो ।

महाअभियानले १ सय १ एक जनाको केन्द्रीय कार्यसमिति घोषणा गर्दै आजबाट अभियान सुरु भएको जनाएको हो ।
महाअभियानको संयोजक प्रसाइले आफ्नी ७७ वर्षीय आमाको आर्शिवाद लिँदै अभियान सुरु भएको घोषणा गर्नुभयो । उहाँले आफ्नो अभियानले राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने , सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउने बताउनुभयो ।

आफ्नो अभियानले विकास र समृद्धिका लागि स्वदेशी तथा वैदेशिक लगानीको प्रवर्द्धन गर्ने,बन्द भएका सरकारी उद्योग कलकारखाना तथा व्यवसायको सुचारु गर्न दवाव दिने,जनताको जीवनस्तर माथि उकास्न गरिवी न्युनीकरणका कार्यक्रमहरु लागु गर्न दवाव दिने लगायतका ऐजेन्डाहरु उठाउने उहाँले बताउनुभयो ।


संयोजक प्रसाइले आफ्नो अभियानले वर्षेनी लाखौं युवाहरुलाई रोजगारी दिने, देशभित्र रहेका सक्षम र विज्ञ व्यक्तिहरुलाई आर्थिक समृद्धिको कार्यक्रममा अघि बढाउने, देशभित्र रहेका खानी तथा खनिज पदार्थहरुको अध्ययन गरी उत्खनन् गर्ने ऐजेण्डासमेत बोकेको बताउनुभयो ।
उहाँले आफुहरुले किसानको हकहितका लागि आवाज उठाउने, कृषिको आधुनिकीकरण तथा व्यावसायीकरणमा जोड़ दिने बताउनुभयो ।

एक दशक पछि शिव हमालको विरहको गीत “खोलिको दोभानो”

काठमाडौं – दर्जनौ कलाकारहरूको सांगीतिक जीवन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका लोकप्रिय सर्जक तथा गायक शिव हमालको १० वर्षपछि नयाँ सेन्टिमेन्टल गित खोलीको दोभानो भर्खर मात्र सार्वजनिक भएको छ । 

पछिल्लो केही समय बिरहका गितबाट मनोरञ्जनात्मक गीततर्फ आफ्नो कलम चलाउनुभएको हमालले नयाँ गीत सार्वजनिक भएसँगै चुनौती र अपेक्षाको रुपमा लिएको बताउनुभयो । 

बिरहको गितमा प्राय माया प्रेमलाई विषय बनाउने हमालले यो पटक पनि दुई मायालुको जोडीलाई गीतको कथा वस्तु बनाएका छन् । गीतमा बिक्रम परियार र सुनिता अधिकारीले सुमधुर आवाज दिएका छन् । गीतको लय तथा शब्द सिर्जना हमाल आफैंले बनाएका छन् भने भिडियोमा पनि निर्माण युनिटले निकै मेहनत गरेको देख्न सकिन्छ । 

दीप सागर,राजकुमार अधिकारी र आरुसी कार्कीको मनमोहक अभिनय रहेको गीतमा मौसम हिमालीको निर्देशन रहेको छ । 

अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन अर्थमन्त्री पौडेलको निर्देशन

भैरहवा । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् । रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग भैरहवामा छलफल गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउँदै छौँ । अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउछौँ । अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गरेका छन् ।

अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम तथा योजना पूरा गर्नेतर्फ ध्यान नदिँदा ती आयोजना पूरा नभएको, शर्त कार्यान्वयन नभएको उल्लेख गर्दै विदेशी दातृ निकायले दिने सहयोगमा पनि अप्ठ्यारो भइरहेको बताएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय दातृ निकायले दिएको पैसा खर्च गर्नुस् न पहिले भन्छन् तर हामी त्यता ध्यान दिदैनौँ । गरिएका शर्त पालना गर्दैनौँ, अनि कहाँबाट सहयोग आउँछ ?’