`

सन्दीप र क्यानलाई बहिष्कार गर्न माग गर्दै युवाहरुद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरुद्ध विरोध प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतीघरमा युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।

नाबालिक बलात्कार आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई गत भदौमा निलम्बन गरेको थियो । तर मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । बिहीबार साँझ सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरिएको थियो ।

सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन् ।

माओवादी स्थायी कमिटी बैठक सुरु, यस्ता छन् बैठकको एजेण्डा !

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार दिउँसो बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि बस्ने भनिएको बैठक पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को व्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो। बिहीबार बैठक सुरु हुनेबित्तिकै स्थगित भएको थियो। त्यसपछि शुक्रबार अन्तिम समयमा बैठक स्थगित गरिएको थियो ।

सातौं पर्वत महोत्सव अन्तर्गत भलिबलको उपाधी फलेवास नगरपालिकालाई

गण्डकी ।  सातौँ पर्वत महोत्सव अन्तर्गत गण्डकी प्रदेशका स्थानीय तह स्तरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको फलेवास नगरपालिका विजयी भएको छ । शनिवार भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिका विरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले खेल जितेको हो ।

सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो भने महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनलको यात्रामा आएको थियो । प्रतियोगितामा प्रथम बनेको फलेवासले दुई लाख रुपैयाँ नगद सहिद मेडल र प्रमाणपत्र पाएको छ। दोस्रो बनेको महाशिलाले एक लाख नगद सहित मेडल र प्रमाणपत्र पाएको छ ।

तथा सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद ३०/३० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका छन् । विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट सटरलाई २५ सय, उत्कृष्ट ब्लकरलाई २५ सय, उत्कृष्ट लिफ्टरलाई २५ सय, उत्कृष्ट सर्भिसलाई  २५ सय र उत्कृष्ट डिफेन्डरलाई २५ सय रुपैयाँ पुरस्कार दिइएको छ ।

‘जनतामा भ्रम दिएर राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको हो’ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माअ‍ोवादी केन्द्र  ढुलमुले चरित्रको रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टी बैठकमा पेस गरेका राजनीतिक प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षामा यस्तो उल्लेख गरिएको छ ।

प्रतिवेदनमा नेपालले भनेका छन्  माअ‍ोवादीको वर्ग अडान स्पष्ट छैन, सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रीय हुँदै गएको छ’  नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको उल्लेख गरेका छन् । उनले भनेका छन् ,  ‘दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ, यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । ’

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भन्दै यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको बताएका छन् । यो पार्टी राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रियताको नारा दिएर उदाएको अध्यक्ष नेपालले बताएका छन् । ‘सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्नेछ’ उनले भनेका छन् ।

सत्तारुढ दललाई अध्यक्ष नेपालको प्रश्न : ‘वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहन्छ ?’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म थेग्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिवारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटनमा उनले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले खटपट सुरु भइसकेको देखिरहेका छौँ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो रु यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरू कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ ।’

वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो रु भनी प्रश्न समेत गरे । उनले माओवादीलाई ढुलमुले पार्टी भनेका छन् । अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अहिलेको सत्ता साझेदार दलहरूबिच सैद्धान्तिक र वैचारिक विषयमा व्यापक विवाद देखियो: रमेश लेखक

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलको संवैधानिक भूमिका दाबी गरिरहेको नेपाली काँग्रेसले अहिलेको सत्ता साझेदार दलहरूबिच सैद्धान्तिक र वैचारिक विषयमा व्यापक विवाद देखिएको टिप्पणी गरेको छ ।

सरकारमा सहभागी नभएका विपक्षी दलहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री प्रकरणमात्र नभएर सरकारमा सहभागी दलहरूबिच सैद्धान्तिक विषयमै व्यापक विवाद देखिएकाले आफूहरूले सूक्ष्म ढङ्गले हेरिरहेको टिप्पणी गरे ।

काँग्रेस सभापति देउवासहित माधव कुमार नेपाल र महन्त ठाकुरबीच भएको छलफलमा पनि सत्ता साझेदार दलहरूबिच बढिरहेको दूरीका सन्दर्भमा छलफल भएको थियो । पुरानै गठबन्धन ब्युँताउन सकिने बारेमा नेताहरू छलफलमा छन् ।

बैठकपछि नेकपा एसका अध्यक्ष माधव नेपालले गृहमन्त्री रवि लामिछाने नै फर्किन चाहेको र प्रधानमन्त्री दबाबमा परेकोबारे अहिले आफूले केही बोल्दा बिग्रने भन्दै पर्खिएर हेर्न ठिक हुने बताए । अर्का नेता महन्त ठाकुरले भने कानुन बमोजिम हुनुपर्ने टिप्पणी गरे ।

दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्ताबेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको थियो ।

महाधिवेशनका दूरगामी प्रभाव, सो पार्टीका जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने निचोेड महाधिवेशनको मूल व्यवस्थापन समितिले निकालेको छ ।

विभागका सचिव गगन विष्टले स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, मुख पत्र ‘नवयुग’ पत्रिकालाई नयाँ तालिकाबमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेला गर्ने तयारी भएको बताउनुभयो ।

उहाँले पत्रिकालाई सैद्धान्तिक पत्रिकाका रूपमा चौमासिक रूपमा प्रकाशन गरिने जनाउनुभयो ।

बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । 

बिपक्षी दलका नेताहरुलाई सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफनो पार्टीको तर्फवाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन । सो पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन । यद्धपी, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोली बस्ने बैठकवाट नाम टुंगाइनेछ ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकवाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीवाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन्  । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ । बैठक भोली पनि बस्नेछ ।,

प्रेस चौतारी स्थापना दिवसको दिन पुरस्कार वितरण गरिने

काठमाडौँ – नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ ।

माघ २२ गते काठमाडौँमा हुन गइरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सूचना तथा कार्यक्रम विभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा.बालकृष्ण चापागाईँ (रुपन्देही)लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख)वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ ।

यसैगरी, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई(सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा)लाई दिन लागिएको चौतारीले जनाएको छ ।

प्रचण्ड भेट्न एकाबिहानै बालुवाटार पुगे ओली

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा खटपट चलिरहेको छ । अवैध नागरिकताका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएका थिए । तर नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने सोही पदमा पुनः फर्कने कसरतमा छन् ।

तर, प्रधानमन्त्री दाहाल भने पासपोर्ट लगायत विषय अझै विवादमा रहेको र लामिछानेको नागरिकताबारे अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफूसँग नै राख्ने पक्षमा छन् ।

माओवादीको दैलो अगाडी दुर्गा प्रसाईको केन्द्रीय कार्यालय

काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियानले आज काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरेको छ ।

अभियानका संयोजक दुर्गा प्रसाईँका अनुसार आज शनिवारबाट काठमाडौँको पेरिसडाँडामा अभियानको कार्यालय स्थापना गरिएको हो ।

अभियानको कार्यालय वैदिक सनातन धर्म अनुसार गरिएको संयोजक प्रसाईँले जानकारी दिनुभयो । प्रसाईँले यही फागुन १ गतेबाट राष्ट्रव्यापी जागरण अभियान सुरु गर्दै हुनुहुन्छ ।

सङ्घीयता खारेजी, वैदिक सनातनसहितको हिन्दु राज्यको स्थापना र बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै प्रसाईँको महाअभियान सुरु हुँदैछ ।

प्रसाईँको नेतृत्वमा फागुन १ गते झापाको मेची पुलबाट दियो बालेर अभियान सुरु हुनै लाग्दा यता केन्द्रीय राजधानीमा समेत कार्यालय राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादीको जनयुद्ध दिवसलाई काउन्टर दिने गरी अभियान सुरु गर्नुभएका प्रसाईँले आफ्नो अभियानको केन्द्रीय कार्यालय पनि पेरिस डाँडामै रोज्नुलाई थप महत्त्वका साथ हेरिएको छ ।

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडाैँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले  १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गर्नुभएकाे हाे ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा भने कार्य विभाजन हुन बाँकी छ । मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिनुभएकाे हाे । जसअनुसार ९ जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा अर्का नेता सरोजकुमार यादव नियुक्त हुनुभएकाे छ भने सञ्जयकुमार यादव अर्थमन्त्री बन्नुभएकाे छ । यसैगरी वसन्तकुमार सुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दा महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री बन्नुभएकाे छ ।

यसैगरी सुरिताकुमारी साह सामाजिक विकास मन्त्री, सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बन्दा मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बन्नुभएकाे छ । यस्तै राज्यमन्त्रीहरुमा अबुल कलाम आजाद, केशव राय र संञ्जय कुमार यादव रहनुभएकाे छ । मन्त्रीहरूको आजै प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ दिलाउनुभएकाे छ ।

बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै प्रकाश ढकालको नयाँ गित कर सार्वजानिक

काठमाडौँ – वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गित कर सार्वजानिक भएको छ । राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गितलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन । कर गितमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीले समुह स्वरमा साथ दिएका छन भने गितको भिडियो अर्जुन लोहारको छायाकंन र रमेश बि.क.रसार्ईलीको सम्पादनमा तयार भएको हो ।

प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन । जनताले हरेक पाईला पाईलामा कर तिर्नुपर्ने,युवाले देश छाडेर विदेशीनुपर्ने,जनताको करमा नेता र ठुलाबडाले रजाईं गर्ने,बैंकको चर्को ब्याजका कारण जनताले आत्महत्या गर्नुपर्ने,संघियता खारेज गरीनुपर्ने,भ्रष्ट नेताको सम्पत्ति छानबिन गरीनुपर्ने जस्ता भाव समेटएिको गितबाट गायक ढकालले जनताका पिडा पोख्दै तमाम समस्या समाधानका लागि तत्काल कद्म चाल्नुपर्ने माग राखेका छन ।

गायक तथा सर्जक प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति,बैमानी मोया,खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गित चर्चित छन । कर गितको सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।

भिडियो

नेपाली केटी एप बनाएर लाखौं रकम ठगी गर्ने ८ जना पक्राउ

काठमाडौं – ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको हो।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए।

त्यसपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन्।

यस्तै वीरगन्जका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत पनि पक्राउ परेका छन्।
एसएसपी सिद्धिविक्रम शाहका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए। ठगी गर्ने समूहका नाइके राजु पटेल हुन्। उनी व्यवस्थापकको भूमिकामा थिए।

उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए। जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे।

‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले बताए। यसरी मेसेजमा पठाएको एपको लिंक खोलेपछि ‘नेपाली केटी चाहिन्छ?’ भन्ने जस्ता मेसेजहरू फोनमा देखिन्थ्यो। एप फोनमा डाउनलोड भएसँगै ह्याक हुने गरेको उनले बताए।

यसरी एप बनाउने दुई जना युवाहरू छन्। २० वर्षीय साहिल र १९ वर्षीय शिवशंकरले एपको विकास गरेको एसएसपी शाह बताउँछन्। उनीहरूले इ–वालेटबाट विभिन्न बैंक खातामा पठाएको पनि प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।

प्रमाणपत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न सक्दैन : अध्यक्ष ओली

दमक – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भएको छ ।

झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिँदै उहाँले प्रमाणपत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने पनि बताउनुभयो। आफ्नो गृहनगरमा निर्माण हुने सो भवनको शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले यहाँका सवै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफू जानकार रहेको र बाँकी आवश्यकता पूर्तीमा पनि लागिरहेको उल्लेख गर्नुभयो। शिक्षालय भवनसम्म आउने सडक कालोपत्रे अब तुरुन्तै हुने भन्दै कसैले रोक्न चाहेर पनि त्यो योजना नरोकिने उहाँले बताउनुभयो। सो क्रममा ओलीले शिक्षालयको भवन तोकिएकै समयमा पूरा गर्न समेत निर्देशन दिनुभयो भने भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख राम थापाले केही योजनाहरु निर्माण शुरु भएर पनि निर्माण व्यवसायीको ढिलासुस्तीले पूरा हुन नसकेको बताउनुभयो । उहाँले पूर्व प्रधानमन्त्री ओली समक्ष त्यस्ता योजनाहरुको निर्माणलाई तिव्रता दिने वातावरण बनाई दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

पूर्वमन्त्री घनश्याम भुसालले आफ्नै गाडी डिभाइडरमा ठोके

काठमाडौं – पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेका छन् । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।

सर्वाेच्चको आदेश : बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

काठमाडौं – सर्वोच्च अदालतले बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गराउन अन्तरिम आदेश दिएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै  सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला कर्मचारीलाई सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद नलाग्ने ठहर गर्दै सर्वाेच्चले उनीहरुलाई लोकसेवाको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

                   
​​​​​​​

 

मानव बेचविखन अनुसन्धान व्युरोद्धारा भारतबाट १२ जना महिलाहरुलाई उद्दार

काठमाडौँ / नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १२ जना महिलाहरूलाई भारतबाट उद्धार गरेको छ । ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मङ्सिर र पुस महिनामा भारत पुराई दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलाहरूलाई उद्धार गरिएको जनाएको हो ।

निज महिलाहरू मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्धार गर्न ब्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको सहकार्यमा उनीहरूको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काकडभित्ता, जमुनाह, सुनौलि लगायतका नाकाहरू प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।

मानव बेचबिखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुने सक्ने भन्दै उनीहरूको पहिचान गरी खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । त्यस्तै ब्युरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्धार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रिकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्धार गरिएको ब्युरोका निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयादिल्ली पुराउने ६ जनाको गिरोहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

काठमाडौँ – राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले उपाध्यक्ष अर्याललाई शपथ गराउनुभएको हो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी

काठमाडौं –  प्रतिनिधिसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार पनि जारी छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुका लागि आयोजित संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको शुक्रबार पनि जारी रहेको हो ।

बिहीबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन शुक्रबार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।

जग्गाको विवाद मिलाउन लाखौंको डिल सीडीयोले नै फर्जि अख्तियारको व्यक्तिखडा गरी ७० लाखको डिल गरेको खुलासा

सिराहा / सिराहाबाट गोरखाकालागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जग्गाको विवादित मिलाईदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सिआईविले अनुसन्धान सुरु गरेको छ ।

सिरहाका तत्कालिन सीडीओ कवाडीको यहि विवादले सरुवा समेत रोक्का गरी सेवाग्राहीसंग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेपछि सिआइवीले उनीमाथी अनुसन्धान सुरु गरेको हो।

जग्गाको विवाद मिलाउन सीडियोसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘वार्गेनिङ’ सुरु भएको स्रोतले बताएको छ। सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एकलै हडफिन् खोजको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सीडीयोले जग्गाधनीलाई विभिन्न किसिमको धाक धम्की देखाएर अनत्यमा आर्थिक वार्गेनिङ सुरु गरेको स्रोतले जनाएका छन् ।

डिल अगाडी नबढेपछि सीडीयोले नै फर्जि अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्तिखडा गरी नयाँ डिल सुरु गरेको थियो। उनी सप्तरी राजविराजका निर्माण व्यसायी हाल लाहान स्थित कोठा भाडामा बस्दै आइरहेको स्रोतले बताएको छ। उनले सेवाग्राहीसँग आफू अख्तियारको ठुलो हाकिम रहेको भन्दै सेवाग्राहिसँग पैसाको वार्गेनिङ सुरु गरिएको स्रोतले बताएका छन्।

सेवाग्राहिसँगको पटक पटकको छलफल पछि ७० लाखमा ‘डिल’ भएको थियो। सेवाग्राहिले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राहि र विचौलियाविच बार्तालाप भएको थियो।

जमिनको मुद्दा मिलाउन सेवाग्राहि र सीडीयोसँग भएको वार्तालाप

सेवाग्राही– अहाँ जरे भेट करैला आवके छलै सर। (तपाईसँग भेट्न आउँ भनेको सर)।
सीडीयो कवाडी– आई फूर्सद नै है, काईल अपने आईल जाउ। (आज फूर्सद छैन तपाई भोली विहान भेट्न आउनुस्) । सर हम पुस्पेन्द्रजौडे (सीडीयोले खडा गरेको विचौलिया) बात करलियै। सर मैले पुस्पेन्द्र सँग कुरा गरें।
सीडीयो– उ के आद्मी है हमरा कोनो सम्मझेमे नई आरहल है। सायद उपर से आईल है, आन्दाज। यी आदमी हमरा ज्यादे पे्रसर करहल है। गृह सः,आ टङ्गालो स खवर आईव रहल है। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहस सेहो प्रेसर आईवरहल है। हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छ; कहली हम।
(उ को मान्छे हो मैले पनि चिन्न सकेको छैन। सायद माथिबाट आएको हो। यो मान्छेले मलाई साह्रैै पे्रसर गरिरहेको छ। गृहबाट र टंगालबाट पनि फोन आईरहेको छ।  ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईरहेको छ। मैले ‘कार्वाही भईरहेछ, प्रक्रियामा छ; भनेको छु।’)

सेवाग्राही– हमरा उनका (पुस्पेन्द्र) पर विश्वास नै भरहल है। अहिजोरे वार्गेनिङ्ग कैरती।
(मलाई उनी (पुस्पेन्द्र)संग विशवास भईरहेको छैन। तपाई सँगै बार्गेनीङ्ग गर्न पाए हुन्थ्यो।)

सीडीयो–ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी। यना फोनमे बात कके नै फसाउ।
ईबात फोनपर नै करु। काईल आउ, सात बजे बैसक बात करैछि।
(यस्तो कुरो फोनमा नगरौं,  भोली आउनु भेटेरै कुरो गरौं। इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौं। भोली विहानै आउनु वसेरै कुरा गरौंला।)

पुस्पेन्द्र र सेवाग्राहिविच भएको कुराकानी
पुस्पेन्द्र–म काठमाडौं मै छु। जिल्लाले सीआईवीमा मेल पठाई दिएको छ। मेल हेरेर सलट्याएर आउँछु। तपाइँहरु पनि सम्पर्कमा आउनु भएन। मेल आएको छ।
सेवाग्रही : हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो।

पुस्पेन्द्रःम मेल हेरेर भन्छु। यति दिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस्। मैले अनुसन्धानको सचिवसँग कुरा गरेको छु। जिल्लाबाट केही हुँदैन। म विभिन्न कामले व्यस्त रहेँ.।म जुनसुकै ठाउँमा पनि भेटौला।  तपाइँकै घरमा पनि भेटौंला।

सेवाग्रमही :मलाई वुवाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनु भएछ वास्तविक केहो ? पुस्पेन्द ६७ लाख जिल्ला र माथी सम्मलाई भो,।

सेवाग्राही :अनि तपाईलाई व्यतिगत ३ लाख दिनुपर्ने भनिएको छ। पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहा पाए। ‘सीडियोले तपाईंको नम्वर दिनुभयो। हामीले तपाईं भनेको पनि सीडियो नै हो भन्ने बुझ्छौं।

पुस्पेन्द्र :तपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो। तपाईंहरु जिल्ला छोडेर माथि जानु भयो। अहिले फेरी जिल्ला मै फर्काउने भएपछि तपाईंहरुलाई महगो पर्यो। फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ।

सेवाग्राहीः पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो  कति दिने भन्ने हो।
पुस्पेन्द्रः हामीले किस्ता भनेपनि एक महिनामा तपाईहरुले जति जति सकिन्छ,  दिंदै जानु होला। तर पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला।
सेवाग्राहीः हामी १० लाखसम्म दिने भनिरहेको थिएँ। तर १४ लाख लिएर भोली आउँछु।

घटना यस्तो हो:

करिव २०५९ सालमै माओवादी द्धन्दकालकै बेला जिल्लाको मिर्चैया नगरपालिका ६ का राजेश्वर साह र तत्कालिन माओवादी नेता स्व. रामप्रताप साहविचको जग्गा विवाद मिलाउन त्यतीवेला माओवादीमै रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्ष समेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) र माओवादीकै केहि नेताहरुले उनीहरुसंग ९५ हजारको कपाली र २४ कठ्ठा जग्गा समेत नागेन्द्रको नाममा पास गरिएको स्रोतले जनाएको छ । २० वर्षपछि राजेश्वरले माओवादी नेताहरुलाई गुहार गरे पश्चात नागेन्द्र कुमार पासवान (ज्वाला सिंह)संग व्यापक छलफल र पहल गरेपछि पटक–पटकगरी जम्मा ७ कठ्ठा जग्गा फिर्ता गरेपनि १७ कठ्ठा जग्गा भन्ने अझै उसकै नाममा रहेको स्रोतले बताए ।

पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका ६ को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं. १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री (‘उनकै जग्गा फिर्ता गरेको ’)गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।

तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माओवादीमा तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पासवान पनि भुमिगत समुहमा लागेका थिए । त्यहि जमिनको विषयमा गोइतसंग पनि पार्टीमा विवाद र दवाव बढेपछि पासवान जयकृण गोइतसँग छुटिएको माओवादी नेताहरु बताउँछन् ।

‘दाजुभाईको विवादमा रहेको जग्गा तत्कालिन माओवादीले झगडा मिलाउने नाममा नागेन्द्र पासवानको नाममा राखेको माओवादीका नेताहरु बताउँछन् । जमिन महगो हुँदै गएपछि पासवानमा कुनियत देखिदै गएपछि पार्टीनै छोडेर हिडेको माओवादी नेताहरुको भनाई छ ।’

गोइतले पनि सोहि जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छुट्टिएर आफ्नै नेतृत्वमा दुई वर्षपछि २०६३ सालमा नागेन्द्रले जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समूह गठन गरेको थियो । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ ।

स्रोतका अनुसार, ‘ ज्वाला सिंहले फिर्ता गरेको ७ कठ्ठा जग्गामा जग्गा धनीको भाई स्व. विन्देश्वर साहको छोरा रोहित साहले केहि राजनितिक व्यतिहरुको उक्साहटमा करिव ६ महिना अगाडी जिल्ला प्रशासन कार्यालयमा अंश दिलाइ दिन निवेदन दिएकोे थियो। निवेदन दिए पश्चात सिडियोले यो डिल करिव ६ महिना देखि गरिरहेको स्रोतको दावी छ।

जग्गाको अहिलेको बजार मुल्य (मार्केट भ्यालु) करिव ७ करोडको रहेको स्रोतले बताएका छन् । यसमा अख्तियार र सीवीआईले पनि सेवाग्राहिलाई सघाउँदै आएको स्रोतको भनाई छ। सीडीयो कवाडी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् । मुकेश कुमार यादब

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

काठमाडौं – बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

क्यानले आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि लामिछानेलाइ टिममा समावेश गर्ने निर्णय गरेकाे हाे ।

जघन्य फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि क्यानले उनको निलम्बन फुकुवामात्र नगरी  राष्ट्रिय टिममै समावेश गरेको हाे ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेका थिए । सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् ।  सन्दीप केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए ।

सन्दीप टोलीमा फर्किएसँग बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ ।

काभ्रेको भकुन्डेबेशिमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु,बसमा आगजनी

काभ्रे – नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट भकुण्डेतर्फ जाँदै गरेको बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिँदा बालिकाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। यतिबेला बिपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।

रविलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

सुर्खेत – रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।

‘भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ’ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन्।

जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१० वर्षअघि ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएकाे थियो ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी  बाँकेबाट पक्राउ परेका  हुन् उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।

दोषी ठहर भएकामध्ये एकजनालाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो । साबिक बलिया गाविस– ५ का महादेव बजगाईंले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै तीनजनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।

सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

काठमाडौँ – बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।

नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ । लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो ।

निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।

सांसदलाई जनउत्तरदायी बनाउनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले सांसदलाई जनउत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरूको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभएको हो ।
नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट प्रभावकारी काम खोजिरहेको भन्दै उहाँले छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सबै मिलेर सांसदका सबै अधिवेशनहरूलाई व्यवस्थित गर्नुपर्ने र सांसदहरूले पनि यसमा झन् बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
सङ्घीय संसद् सचिवालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा राष्ट्रपति चुनावका सन्दर्भमा पनि छलफल हुने छ ।

एमालेका अध्यक्ष ओली आज विराटनगर जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)प्रदेश १ को आयोजनामा सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन गर्न अध्यक्ष ओली आज विराटनगर जान लाग्नुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भव्य समारोहका बीच एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । एक्स्पो स्थलमा राखिएका करिब चार सय स्टलहरूमा उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादनको प्रवर्द्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।

उद्घाटनमा बटुकहरूद्वारा स्वस्तिक वाचनदेखि शान्तिका दूतका रूपमा १३ वटा परेवा र बेलुन उडाउने सम्मका कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

उद्घाटन अघि अपराह्न १२ बजे विराटनगरको ट्राफिक चोकबाट सबै जातजातिको परम्परा र सांस्कृतिक पहिचान झल्किने पोसाकमा झाँकीसहितको र्‍याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको बताए ।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने जनाएको छ । कांग्रेसले उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ ।

बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरे

बागलुङ – बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्।

बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले बताए।

जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी थापाले बताए।

आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अहिलेकै संविधानमा टेकेर राजतन्त्र पुर्नस्थापना गर्ने राप्रपाको चेतावनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धबल शमशेर राणाले अहिलेकै संविधानमा टेकेर राजतन्त्र पुर्नस्थापना गर्ने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताए । उनले सनातन हिन्दूराज्य र राजतन्त्र स्थापना गर्न कसैले रोक्न नसक्ने जिकिर गरे । प्रतिनिधिसभामा एमाले सांसद रघुवीर पन्तले राप्रपाका सांसद र मन्त्री संविधान बाहिर गएर गणतन्त्रविरुद्ध बोलेको आरोप लगाउँदै आलोचना गरेका थिए ।

त्यसको प्रतिवाद गर्दै राणाले राजतन्त्र पुर्नस्थापना गर्न संविधानले नरोक्ने चेतावनी दिए । ‘हाम्रो पार्टी संख्यामा सानो भएपनि जनताको मनमा बस्न सफल भएको छ । एक जना माननीयले हामीलाई संविधान विपरित बोलेको आरोप लगाएका छन्’, उनले भने, ‘म चेतावनी दिन चाहन्छु सनातन हिन्दूराज्य र राजतन्त्र पुर्नस्थापनाका लागि संविधानले रोक्न सक्दैन । हामी विद्रोह नगरी यही संविधानमा टेकेर उपयुक्त समयमा राजसंस्था पुर्नस्थापना गरी छाड्छौं ।’

सत्ता साझेदार दल एमाले र राप्रपाका नेताहरूबीच संघीयता, संविधानको विषयमा संसदमा घोचपेच चलेको थियो ।

प्रतिनिधिसभा बैठक : सांसदले उठाए सडक स्तरोन्नतिको विषय

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकाैँ वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले  स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन चलाउन मिल्ने गरी  निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद ईश्वरी घर्तीले रोल्पामा पर्यटन र अन्य विकासभन्दा सबैभन्दा पहिला सुरक्षित सडक निर्माणको आवश्यकता आँैल्याउनुभयो । सांसद छिरिङ डम्डुल लामा (भोटे) ले पनि जीर्ण सडकको मर्मत तथा स्तरोन्तिका लागि आग्रह गर्नुभयो । सांसद अच्युतप्रसाद मैनालीले देशभरिका पुलको अवस्था कमजोर रहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै मर्मतका लागि आग्रह गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले देशको विभिन्न भागमा आत्महत्या गर्ने क्रम बढिरहेको सन्दर्भमा उच्चस्तरीय न्यायिक समिति गठन गरी सो नदोहोरिने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अम्बिका बस्नेतले गएराति काठमाडौँ वडा नं ६ मा आगलागीका कारण करोडाैँको क्षति भएको जानकारी गराउँदै उचित क्षतिपूर्ति र राहतका लागि  सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमृतलाल राजवंशीले सुकुम्बासीको समस्या गम्भीर हुँदै गएको सन्दर्भमा भूमि आयोगको काम प्रभावकारी रुपमा अघि बढाउन माग गर्नुभयो । सांसद अमृतादेवी अग्रहरिले संसद्लाई राष्ट्र समृद्धिको चिन्तन गर्नुपर्ने थलोका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले इटहरी अस्पतामा सम्बन्धित विज्ञ चिकित्सकको कमी भएकाले जनताले उपचारमा दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद इश्वरबहादुर रिजालले दोलखामा बाँदरको आतङ्कले कृषिमा आत्मनिर्भर हुन अग्रसर किसान उठिबासको अवस्था पुगेको जानकारी गराउँनुभयो । उहाँले तत्काल सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरानुभयो ।  सांसद डा चन्द्रकान्त भण्डारीले गुल्मीमा बाँदरले बालीनाली नष्ट गरेर किसानलाई दुःख दिइरहेको जानकारी गराउँदै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै रोकथाम गर्नका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसदद्वय उर्मिला माझी र एकनाथ ढकालले सङ्क्रमणकालीन न्यायलाई छिट्टो निष्कर्षमा पु¥याउन माग गर्दै उक्त विषय उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऐनबहादुर शाही ठकुरीले मुगुमा बाढीपहिरोका कारण भौतिक संरचना र मानवीय क्षति भएको जानकारी गराउँदै पीडितलाई राहत र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पीडितको अवस्था दयनीय भएकोे र  त्यहाँ बिजुली, सडक, पुल, खानेपानीको अभाव भएको जानकारी गराउनुभयो ।  सांसद कान्तिका सेजुवालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारीका लागि आर्थिक अभावका कारण आवासको व्यवस्था हुन नसकेको जानकारी गराउनुभयो ।

सांसद गगन थापाले बैंकको ऋर्णले थिचिएका साना किसानलाई नियमअनुसार पाउने अनुदान र सहुलियत तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा ठेक्का भएको पुल समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन परियारले यती एयरको विमान दुर्घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

गगन थापाको सरकारलाई प्रश्न – बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगरुञ्जेल कुर्ने हो ?

काठमाडौं – नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारले साना किसानले दिने बाचा गरेको क्षतिपूर्ति उपलब्ध नगराएकोमा ध्यानाकर्षण गराउनुभएकाे छ ।

बुधबार प्रतिनिधि सभाको  बैठकमा बोल्दै थापाले अहिले सयौँ किसानहरु कृषि मन्त्रालयमा धाएर रोइ कराई गरिरहेका भन्दै अझै पनि सरकारले किसानलाई झुलाउने काम गरिरहेकोे आरोप लगाउनुभयाे ।

बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानहरुका कुखुरा बर्डफ्लुको कारण देखाँदै नष्ट गरिएका तर सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड अझैसम्म नदिएको उहाँले बताउनुभयाे ।

‘किसानहरुले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन दिन्छु भन्छ तर दिँदैन सरकार झुलाउँछ । बैंकले उनीहरुलाई अँठ्याउँछ । सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगरुञ्जेल कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउने समिति बनाउने कि सरकारले निर्णय गरेको रकम दिने हो ?’ थापाले प्रश्न गर्नुभयाे ।

प्रतिनिधिसभा उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्छ : पूर्वकानुनमन्त्री पौडेल

काठमाडौँ – प्रतिनिधिसभा सदस्य बन्नका लागि आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले बताएका छन् ।बुधबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले अहिले २५ वर्ष नपुगी संसदीय चुनावमा उम्मेदवार बन्न पाइँदैन तर यसलाई घटाएर १८ देखि २० वर्ष बनाउनु पर्नेमा जोड दिएका हुन् । पूर्वकानुनमन्त्री पौडेलले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत रहेको बताए । त्यसैले त्यसलाई सच्याउन आवश्यक रहेको पौडेलको भनाइ छ । उनले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने मत राखे ।

उनले भने, ‘अब हजुरहरूले संविधानमा पनि सुधार गर्न जरुरी छ । उम्मेदवार बन्न पाउने उमेर घटाउनुपर्छ । प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बन्न २५ वर्ष तोकिएको कुरा १८ औँ शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका, फ्रान्समा १९/२० वर्षका मानिसहरू मेयर भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नैपर्ने के छ ? युवाहरूलाई आकर्षित गर्न पनि २५ बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ ।’

पूर्वमन्त्री पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए । उनले अहिले राजनीतिक दलबाट समानुपातिक निर्वाचन प्रणाली विकृत रूपमा प्रयोग भइरहेको टिप्पणी गरे ।

रास्वपाका नेता गणेश कार्कीको टिप्पणी : पार्टीले राजनीतिक रुपमा गल्ती गर्‍यो

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले राजनीतिक रूपमा पार्टीले केही गल्ती गरेको स्वीकार गरेका छन्।

आज आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई विधि र नैतिकता सिकाउनु र केपी ओलीले समर्थन र सद्भाव देखाउनु दुखद भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखेका छन्, ‘हामीलाई हेरेर प्रचण्डहरूले विधि र नैतिकताको कुरा गर्ने। हामीलाई ओलीहरूले समर्थन र सद्भाव देखाउनु पर्ने। यस्ता दिनको हामीलाई अपेक्षा थिएन, यस्ता दिन हामीले चाहेकै थिएनौँ। तर भोगिरहेका छौँ। राजनीतिक रूपमा नै केहि गल्ती त हामीबाट भएकै छ। केहि गल्ती हामीबाट हुन लागेकै छ।’

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

काठमाडौं – सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नुपरेको छ ।

सिंहदरबार पूर्वी गेटमा मङ्गलवार दिउँसोदेखि ढल फुटेकाे छ । हालसम्म पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल भएको छैन । पूर्वी गेट वरपरका स्थानीयहरु ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषदमा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा संघीय संसदमा पठाउने बताए ।

सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रावधानहरुको प्रभावकारी रुपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि बिग्रन नदिने  बताए ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयहरुका सचिव लगायतको उपस्थिति थियो ।

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि बिहीबारका लागि सारिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक बिहीबारका लागि सारिएको हो ।

माओवादीले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो ।

राष्ट्रियसभा अध्यक्षले ‘सभामुख निवास’ नछाडदा अन्यौंल, सभामुखलाई निवास पाउनै मुश्किल

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन् ।

लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासवाट तत्कालिन सभामुख कृष्णबहादुर महरा ‘हटनु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । यौन दुब्र्यब्यबहारको आरोपमा महरा हटे पछि लामो समयसम्म रिक्त रहेको सो भवनमा तिमिल्सिना सरेका थिए ।

तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासवाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । तर, अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गा¥हो भईरहेको छ ।

‘पुरानो सभामुख निवासवाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौं,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्धपी, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ ।