चितवन-२ मा भारी मतसहित रवि लामिछानेको शानदार विजय

प्रमुख खबर

काठमाडौं – चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् ।
अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए ।
जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।
नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपचुनावमार्फत प्रतिनिसभामामा पुन: इन्ट्री मारेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया