`

बारा २ मा मतगणना रोकियो

Nepal One HD १२ वैशाख २०८० १२:३१
प्रमुख खबर

बारा – बारा २ मा उपनिर्वाचनको जारी रहेको मत गणना रोकिएको छ। मतपेटिका राखिएको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लगेपछि बारा २ मा उपनिर्वाचनको मत गणना रोकिएको हो ।

पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा झन् पछाडि पर्न थालेपछि जनमतका प्रतिनिधि मतपेटिका राखिएको कोठाको साँचो लिएर मतगणना स्थलबाट बाहिरिएका हुन्।

बारा २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राख्नु भएको छ ।

पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १३ हजार ८ सय ४ मत ल्याउनु भएको छ भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अहिलेसम्म ९ हजार २३१ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याउनु भएको छ । अहिलेसम्म ३२ हजार मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बारा–२ मा कूल ६८ हजार ८ सय ८७ मत खसेको थियो।


प्रतिक्रिया