`

राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा झलनाथ भेटन डल्लु पुगे रामचन्द्र पौडेल

काठमाडौं, २२ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन ।आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन ।

राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालसँग आज विहान भेट गरेर आफनो पक्षमा मत मागेका छन । नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लू पुगेका थिए ।

आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो

काठमाडाै, २२ फागुन । म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले  ७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।इ‌ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।
 

पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए । 

दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै न्युनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औं मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे । 

उता, खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७–० को फराकिलो जीत हासिल गर्न सफल भयो । 
 

यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ भन्  युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।

बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन

काठमाडौं, २२ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन ।

सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा साे धारणा राखेका हुन । 

‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’

गत शुक्रवार सर्बोच्च अदालतले फौजदारी मुद्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्धा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क बिर्तक भईरहेको बेला माओवादी नेताहरुले हिजो त्यसको प्रतिबाद गरेका थिए भने सत्तारुढ ९ दलले जनयुद्धकालिन अर्थात संक्रमणकालिन मुद्धा अघि बढाउन सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन ।

हरि, रबिन र अरुण तिवारीको सहकार्यमा जन्मिएको कति कुराको चर्चा

काठमाडौँ । गायक रवि बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो रिलिज गरिएको छ । इञ्जिनियर गायक बर्तौलाकै अफिसियल च्यानल रबिन बार्तौलाबाट बजारमा आएको कति कुरामा लोकप्रिय गीतकार अरुण तिवारीको शब्द तथा चर्चित संगीतकार हरि लम्सालको शब्द शृजना रहेको छ

। सन्दीप कार्कीको एरेन्ज रहेको सार्वजनिक गीत स्टुडियो भर्सनमा तयार पारिएको छ । जसमा गायक बर्तौला नै फिचर छन् । गिीतले एउटा सत्य लुकाउनलाई हजार झुट बोल्नु पर्ने, चुकाउनेलाई थाहा हुन्छ कसको मूल्य कति पर्छ, भन्ने लगायतका मर्मस्पर्शी भावहरुलाई समेटेको छ । पेशाले निर्माण व्यबसायी समेत रहेको गायक बर्तौलाको सार्वजनिक गीतको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । हेर्नुहोस् भिडियो

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

सप्तरी २२ फागुन । एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाईदै आएको होली पर्व शुरू भएसंगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ।

जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ का ७० वर्षिय सुला रजकले बताए।

उनले भने,´श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत होलीको एक हप्ता अगाडी त्यो पनि ग्रामीण भेगमा कतै कतमात्रै गुन्जिने, सुनिने देखिने गरेको छ, पहिले बुवाको पालोमा गीत गाएरै फागु आएको महशुस  हुन्थ्यो , ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्योअहिले त्यसमा निकै कमि आएको छ ।’

‘जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब न्युन सुन्न नपाइने गरेको राजविराज नगरपालिका वडा नं १३ बिषहरियाका ७० वर्षिया किशुनदेव यादवले बताए।

उनले थपे,´पहिले पहिले त गाउँको कुनै निश्चित ठाउँमा गाउँका मानिसहरू एक ठाउँमा भेला भई अबेर रातिसम्म जोगीरा गाइन्थ्यो । गाउँका केटाकेटी ,महिला बृद्धबृद्धा र जोगीरा गाउँने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे।गाउँ नै आनन्दित हुन्थे तर अहिले त्यस्तो रौनक छैन’

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमि आएको यादवको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसंगै ज्येष्ठ नागरिकले पनि रमाईलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका २ का ६० वर्षिया सावित्री देवी देवले  बताईन् ।

होलीको अबसरमा गाईने जोगिरा मधेसको पहिचान र गौरव हो।यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्ने देवको भना छ । उनले थपे, ´ यसको संरक्षणमा युवावर्ग अगाडि आउन जरुरी छ।`

समाजिक सदभाव ,मेलमिलाप साथ सरस्वती पूजाको मूर्ति सेलाएसँगै ढोलको ताल संगै सुरुहुने हुने होली पर्व ! लार , परालको ठूलो झुप्रो बनाएर होलिका दहनको भोलिपल्ट माल पुवा ,पूरी खाएर रम्दै रंग ,अबिर एक आपसमा दल्दै खुसी उमंगले मधेसमा होली मनाईने प्रचलन रहेको छ।

पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल

काठमाडौं, २२ फागुन ।  बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो ।

स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । 

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ ।  पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ ।

रियल म्याड्रिड गाेलरहित बराबरीमा रोकियाे

काठमाडाैं, २२ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । 

बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

रियलको २४ खेलबाट ५३ अंक छ । रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।

फागु पुर्णिमाले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोसः सभामुख

काठमाडौं, २२ फागुन । सभाभुम देवराज घिमिरेले फागुन पुर्णिमाले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास ब्यक्त गरेका छन ।

फागु पुर्णिमाका अवसरमा शुभकानाम ब्यक्त गर्र्दै सभामुख घिमिरे सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोस भनी शुभकामनासमेत ब्यक्त गरेका छन ।

फागु पूर्णिमा (होली पर्व) को अवसरमा  सम्माननीय सभामुखको शुभकामना

फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

यस फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वको रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।

साँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको छ । हिमाल, पहाड र तराईमा फरक फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघूलन गर्न समेत मद्धत गरेको छ । जुनसुकै क्षेत्रमा बस्ने नेपालीहरुलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको छ ।

विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो । परम्परागत चाडवाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो । तर, चाडवाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नैपर्दछ । 

अन्त्यमा, होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

२२ फागुन, २०७९

देवराज घिमिरे
सभामुख

होली पर्वका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा अर्थात् होलीको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्दैश जारी गर्दै होलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

उनले भनेकी छिन् “नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो” “तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास मैले लिएको छु ।”

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा होली पर्व मनाइने गरिन्छ ।

फागु पुर्णिमा एकताको प्रतिक: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागु पुर्णिमाले एकताबद्ध हुन प्रेरित गरेको भन्दै शुभकामना ब्यक्त गरेका छन। 

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) ंका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुन ।

प्रधानमन्त्रीकाे शुभकामना सन्देश:

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल-पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) २०७९ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्दछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्नसमेत अभिप्रेरित गर्दछन् ।

अन्त्यमा, नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२२ फागुन २०७९ पुष्पकमल दाहाल ‘प्रचण्ड’

मुस्ताङ साक्या बौद्ध संघले भन्यो- बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन

काठमाडौं, २१ फागुन – साक्या बौद्ध संघले मुस्ताङमा सञ्चालन हुन लागेको बौद्ध कलेजको विषयमा विभिन्न सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै कलेज सञ्चालनको लागि भारत अग्रसर भएको भन्ने समाचार झुटो भएको बताएको हो ।

विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएका समाचारको संघले खण्डन  गरेको छ ।

संघले बौद्ध दर्शनको संरक्षणका लागि भौतिक संरचना निमार्ण गर्न भारतीय दुतावासलाई अनुरोध गरेको र सो अनुसार स्थानीय दाताहरुले भूमिदान गरी बौद्ध कलेज स्थापना गर्न लागिको प्रस्ट पारेको छ ।

समाचारका साथै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार यसै विषयमा दिएको अभिव्यक्तिको समेत ‘संघ’ले खण्डन गरेको छ । ओलीको टिप्पणीले जनमानसमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ ।

आज फागु पूर्णिमा अर्थात् होली

काठमाडौं – आज फागुन पुर्णिमा । पहाडी जिल्लामा आज विभिन्न रङ्ग तथा अबीर लगाएर मनाइँदैछ । यस्तै भोलि पनि विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । होली पर्वको अवसरमा काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्तगरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छिन् ।

होलीमा काठमाडौं उपत्यकामा साढे ८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले शान्तिपूर्ण रूपमा होली पर्व मनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको जानकारी दिए । उनले होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिए । उनले भने– ‘होलीमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन पूर्ण सुरक्षाको व्यवस्था गरेका छौं ।’ उनका अनुसार मादक पदार्थ, लागु औषध सेवन, ओभर स्पिड, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन, दुईजना भन्दा बढी सवार भएको मोटर साइकललाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सबै मातहतका निकायलाई निर्देशन दिइएको छ ।

प्रहरीले त्यसबाहेक क्युआरटी र विशेष चेकिङलाई निरन्तरता दिने जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सुरक्षा योजना तयार गरी काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पठाएका छन् भने उपत्यका प्रहरी कार्यालयले सो योजना प्रहरी प्रधान कार्यालयमा पेस गरेको छ ।

पाँच दिनअघि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सुरक्षा जारी गरी शान्तिपूर्ण रूपमा होली खेल्न अपिल गरेको थियो । होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरूको समूहमा होली नखेल्न आग्रह गरेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

श्रम सम्झौता भएका जापान र मरिससमा श्रमिक जान पाएनन्

काठमाडौं । सरकारले ४ वर्ष अघि श्रम सम्झौता गरेका जापान र मरिससमा अझै पनि श्रमिक जान पाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेपछि ती मुलुकमा जान कहिले पाइन्छ भन्दै ठूलो संख्याका युवायुवती सोधखोजका लागि आइरहेको वैदेशिक रोजगार विभागले बताएको छ ।

जापान र मरिसस नेपालीले रुचाएका गन्तव्य हुन् । ती मुलुकमा रोजगारी गर्न पाए पारिश्रमिक राम्रो पाइने धेरैको अपेक्षा छ । श्रम मन्त्रालयले भने श्रम सम्झौता भए पनि प्राविधिक विषयमा छलफल भइरहेकाले ती देशमा श्रमिक आपूर्ति गर्ने विषयमा टुंगो लाग्न नसकेको बताउँदै आएको छ । ‘श्रम सम्झौता भए पनि कतिपय विषयमा छलफल र परामर्श गर्नुपर्ने देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘श्रम सम्झौतापछि पनि कैयौं विषयमा छलफल गर्नुपर्ने भएकाले श्रमिक आपूर्ति गर्ने विषयमा केही ढिलाइ भएको हो । श्रम सम्झौता भएको देशमा कामदार पठाउन कार्यविधि बनाइरहेका छौं ।’ हतारमा श्रम सम्झौता गरिएकाले थुप्रै विषयमा स्पष्टता हुन नसकेको उनले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

एकैपटक चितवन- २ मा उपनिर्वाचन गर्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित भएर खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको छ । आइतबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन निर्वाचन क्षेत्र नम्बर २ र राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सांसदको रिक्त रहेको पदका लागि एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको जानकारी दिए ।

‘आगामी फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त भएपछि खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी आयोग गरिरहेको छ,’ उनले भने, ‘तीनवटा निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्दा थप निर्वाचन सामग्री खरिद गर्नुपर्दैन । मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने अनुमान गरेका छौं ।’ यसअघि आयोगले चितवन – २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच एआईजी पदमा बढुवाको तयारी

काठमाडौँ । सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको हो । गत मङ्सिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको हो ।

हाल राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता कायम रहेका कारण गृह मन्त्रालयले बढुवाका लागि निर्वाचन आयोगमा अनुमतिका लागि पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त एआईजीको पदमा बढुवाका लागि कारणसहित खुलाएर आयोगमा पत्र आएको जानकारी दिए । ‘एआईजी रिक्त रहेको र बढुवा नगर्दा डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यतासहितको कारण खुलाएरै आयोगमा बढुवा अनुमतिका लागि पत्र आएको छ, आयोगले हेर्दै छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

तरकारी भान्छामा पुगेपछि आउँछ विषादी परिक्षणको रिपोर्ट

काठमाडौँ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।

कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो । लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी तरकारी स्टलमा पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिक्री भइसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बिहान ७–८ बजेतिर बजारबाट तरकारीको नमुना सङ्कलन गर्छ र १० बजेतिर विषादी परीक्षणको रिपोर्ट तयार हुन्छ । समितिका अनुसार सामान्यतः कालीमाटी बजारमा तरकारी राति १२ बजेदेखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ७–८ बजेसम्ममा कालीमाटीबाट खुद्रा व्यापारीले त्यो तरकारी लगिसकेका हुन्छन् ।

तरकारी भान्छामा पुर्‍याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन् । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : लिङ्ग वा समुदायबारे फरक मत

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ । नेपालको संविधानको धारा ७० ले ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने’ व्यवस्था गरेको छ । राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला वा फरक समुदायका पुरुष उम्मेदवार हुनुपर्ने राजनीतिक दलको बुझाइ छ ।

राष्ट्रपति पदको निर्वाचनमा दुवै जना पुरुष उम्मेदवार हुनुहुन्छ । निर्वाचनबाट राष्ट्रपति पदमा पुरुष नै निर्वाचित हुने सुनिश्चित भइसकेको अवस्थामा उपराष्ट्रपति पदको उम्मेदवारबारे विवाद देखिएको छ । संविधानबमोजिम उपराष्ट्रपति पदमा फरक समुदायको पुरुष उम्मेदवार नै भए हुने राजनीतिक दलको बुझाइ छ तर संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला हुनैपर्ने बताउँछन् ।

उनी भन्छन्, “राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार दुवै जना समुदाय र लिङ्गका हिसाबले पनि फरक–फरक हुन्छन् ।” संविधानमा ‘र’ या ‘वा’ प्रयोग भयो भन्नेमा अलमलिन नहुने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आइसीसी बिश्वकप लिग–२: युएईसँग नेपालकाे आज अन्तिम खेल

काठमाडौं, २२ फागुन  । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ । 

सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित हुनु परेको थियो ।

अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।

आठ इन्टरनेट कम्पनी कारबाहीमा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालिलाई कारबाही गरिएको हो। यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७(२) बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ।

यसबाहेक प्राधिकरणले आफ्नो निर्देशनविपरीत विभिन्न किसिमका चाडपर्वमा प्रवद्र्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गरेको देखिएकाले तीनवटा सेवाप्रदायकलाई थप कारबाही गरेको छ। कारबाही पर्नेमा वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेट रहेका छन्। यी कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ। यस्तै प्राधिकरणले नेपाल टेलिकमलाई पनि कारबाही गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नौ दलको निर्णय 

काठमाडौं, २१ फागुन – सत्ता गठवन्धन आवद्ध नौ दलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ ।

नौ दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायको विषयमा अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले द्वन्द्वकालीन घटनाका समस्या समाधान गर्ने विषय देशकै साझा एजेण्डा भएको बताए । 

उनले यसलाई सकारात्मक निष्कर्षमा पुर्याउन सबै पक्ष लाग्नुपर्ने बताए ।

माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ – प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्ने बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले माओवादीहरु एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु कमजोर हुने दाबी गरे । डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवसहितका पूर्वमाओवादी नेताहरुलाई एकजुट हुन आह्वान गर्दै प्रचण्डले भने, एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

युवामाझ लोकप्रिय बन्दै सुचिन्दा र सन्जिबको ‘तिमी मेरो’

गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’सार्वजनिक भए संगै चर्चा बटुल्न सुरु गरेको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दरचना र अमन प्रधानको नै सगीत रहेको गीत वेष्टन पप जनरामा बनाइएको छ ।

गायिका सुचिन्दा श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभिनय रहेको गीतको भिडियोमा पछिल्लो समय मुलुकबाट युवाहरु विदेशिने ट्रेन्ड र बिदेशमा रहेका प्रेमीलाइ कुरिरहेकी प्रेमिका बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा देखाइएको छ। भावसागर इन्टरटेन्टमेन्ट च्यानलबाट रिलिज गरिएको भिडियोलाइ पछिल्लो समयका चर्चित भिडियोहरु निर्देशन गरिसकेका सफल निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन् भिडियोमा उत्सब दाहालको क्यामेरा, अस्मिता राईको मेकअप ,र बिकास दाहालको सम्पादन रहेको छ

। सानै उमेर देखि नै गायन, नृत्य र कलामा अब्बल सुचिन्दा श्रेष्ठको यसअघि “एक चोटि आईदेउन” बोलको गीत सार्वजनिक भै चर्चा बटुलिसकेको छ भने नेपाली कथानक चलचित्र “शान्ति”मा मुख्य भुमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोता समक्ष दर्बिलो उपस्तिथि जनाईसकेका छन। ताप्लेजुङ्को सिरिजँघा १ सिनाममा जन्म भै हङकङलाई बसोबास गर्दै आएका समाजसेवी वसन्त थेवे ‘तिमी मेरो’को भिडियो निर्माता हुन् ।

प्रचण्ड विरुद्ध मुद्दा लगाउनु माओवादीलाई गिज्याउनु – बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको बताएका छन् ।

आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निहुँ खोज्या हैन रु

माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताए । उनले भने “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ । माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ । ” उनले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्ने बताए ।

उनले माओवादीबीच एकता हुन नसक्दा यसअघि नै धेरै कुरा गुमाउन परेको गुनासो गरे ।

मुलुकलाइ द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन् – गिरिराजमणी पोखरेल

महोत्तरी – माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाइ द्वन्द्वतर्फ धेकेल्न केही सक्ति लागिपरेको बताएका छन् ।

विशाल बस्नेत/ न्युज कारखाना

प्रधानमन्त्री प्रचण्डविरुद्ध भएको फैसलालाइ संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए ।

आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले संक्रमणकालिन न्यायका काममा ढिला भएको स्विकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्‍याउनुपर्ने तर्क गरे ।

‘द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,’ उनले भने । 

कांग्रेससहितको ८ दलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् ।  राष्ट्रपति निर्वाचनपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्‍याउँदैन ।’

८ दलीय गठबन्धनमा अझैँ  राप्रपा, राष्ट्रिय  स्वतन्त्र पार्टी थपिनेमा पनि उपमाहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

 शक्तिपृथकिकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससगँ पुग्दा प्रकान्तरले देशलाई  फाइँदा नै पुग्ने जिकिर गर्दै उपमाहासचिव पोखरेलले  शक्ति  दुरुपयोग गर्ने प्रवृत्तिलाई यस्ले चेक एण्ड व्यालेन्समा राख्ने दाबीसमेत गरे ।

जन्ताले खोजे जस्तो नहुँदा मूलधारका पार्टीको बहुमत  नआएको दाबी गर्दै  सरकारले  प्रणाली निर्माणलाई  चुस्तदुरुस्त र अर्थतन्त्रमा देखिएका जटिल समस्यालाई हल गर्ने बताए ।

मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द

लमजुङ, २१ फागुन – लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द भएको छ ।

आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द  भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ ।

दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्‍याएको संरचना गत वर्षनै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन समयमा देशभर विद्युत अभावका कारण उत्पादन बन्द गर्न नसकिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

दुई वर्षअघिको १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्र बाँयातर्फ बेसीसहर–११ अन्तर्गत किनारमा लगाइएका ग्याबिन जालीमा क्षति पुर्‍याएको थियो । सोही ग्याबिन मर्मत तथा अन्य संरचनामा स्तरोन्नति गर्न तीन साता समय निर्धारण गरिएको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि दुई महिनाभन्दा बढी समय लाग्ने भए पनि अहिले पनि राष्ट्रव्यापी विद्युत अभावका कारण तीन हप्तामा काम सक्ने गरी तयारी गरिएको केन्द्र प्रमुख बस्नेतको भनाइ छ ।

संरचना निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताको आधारमा केसी अधिकारी जेभीले संरचना मर्मत गर्न लागेको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि ११ करोड ३३ लाखमा सम्झौता भएको छ । जलविद्युत केन्द्रको सिभिल संरचना मर्मतका लागि १६ चैतदेखि ६ गतेसम्म २१ दिन विद्युत सटडाउन हुने र सो अवधिभर ड्यामका सबै ढोका खुल्ला गरिने हुँदा नदी आसपास नजान केन्द्रले अनुरोध पनि गरेको छ ।

राप्ती नदीमा डुबेर एक युवकको मृत्यु

चितवन, २१ फागुन – काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ । उनको आइतबार दिउँसो २:३० बजे शव फेला परेको हो ।
 

प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशको लिखित आयो, द्वन्दपीडितलाई न्यायिक प्रकियामा जान रोक्न नहुने तर्क

काठमाडौं, २१ फागुन – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध रिट दर्ता गर्न दिइएको सर्वोच्च अदालतको आदेशमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने विषय अनन्तकालसम्म अल्झाइ राख्न नहुने उल्लेख गरिएको छ ।

माओवादी अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको नैतिक जिम्मेवारीले आफूले लिने बताएका थिए । त्यसैलाई आधार बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ लगायतले गत कात्तिक २४ गते सर्वोच्च अदालतमा रिट दिएका थिए । उनीहरूले दाहाललाई पक्राउ गर्न माग गरेकोमा त्यसलाई सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेको थियो । त्यस विरुद्ध उनीहरूले सर्वोच्चमा निवेदन दिएका थिए ।

उनीहरूको निवेदनमाथि फागुन १९ गते शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दाहाल विरुद्धको निवेदन दर्ता गर्न आदेश दिएको हो। फागुन २० गते शनिबार अदालत बन्द रहेकाले लिखित आदेश आइतबार सार्वजनिक भएको छ ।

सर्वोच्चको आदेशमा द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाइ राख्न नमिल्ने उल्लेख छ । आदेशमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लघंनका घटनाहरूको शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएका फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्त बमोजिम पीडितहरूले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपुरण पाउने विषयहरू विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाई राख्न मिल्ने देखिँदैन ।’

लागूऔषधसहित अत्तरियाबाट एक महिला पक्राउ

धनगढी, २१ फागुन – कैलालीमा गोदावरी नगरपालिकाको अत्तरियामा किराना पसल सञ्चालन गर्दै आएकी एक महिला लागूऔषधसहित पक्राउ परेकी छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन् ।

उनी ३१ ग्राम लागूऔषधसहित शनिबार साँझ पक्राउ परेकी हुन्। उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित उनलाई पक्राउ गरिएको बताइएको छ ।

धनकुटाबाट १ सय ६ केजी गाँजा बरामद

धनकुटा, २१ फागुन – धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ । कोसी राजमार्गको धरान–धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

गाडी चालक भने फरार रहेको बताइएको छ । शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

दार्चुलामा ग्यास लिक भएर एक रेष्टुरेन्टमा आगलागी

दार्चुला – दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ । जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो ।

शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने खुलेको छैन ।  प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताउँदै प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

माओवादीका सबै भङ्गालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रधानमन्त्री [पूर्णपाठ]

काठमाडौं, २१ फागुन – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताए ।

आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपील गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको दिन हामी कसैले पनि कमजोर सावित गर्ने नसक्ने गरी बलियो हुन्छौँ। सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै सहिदहरूलाई जनताका सहिदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन ।’

यस्तो छ सम्बोधनको पूर्णपाठ

हामी माओवादी आन्दोलनका विभिन्न धाराका प्रतिनिधिहरू यहाँ उपस्थित छौँ। यस फाउन्डेसनले आज दिन खोजेको सन्देश शक्तिशाली सन्देश हो भन्न ठान्दछु। यो कार्यक्रमको अर्थ र महत्व धेरै ठूलो र दूरगामी छ। मैले यहाँ पार्टी अध्यक्षको रूपमा मात्रै नभई प्रधानमन्त्रीको रूपमा समेत बोल्दा नेपाल सरकारका केही महत्वपूर्ण काम र सहिद तथा बेपत्ता योद्धाको सम्मान र सपनालाई केन्द्रमा राखेको छु।

केही दिनअघि सहिद तथा बेपत्ता योद्धाका परिवारको तर्फबाट बालुवाटारमा कार्यक्रम भएको थियो। त्यहाँ एकराज भणडारीले सबैको तर्फबाट केही विषय गम्भीर ढंगबाट राख्नुभएको थियो। र, मैले यी भावना तथा विचारहरूलाई गम्भीर रूपमा लिएको छु भनेको थिएँ। अहिले पनि मैले तपाईहरूले उठाएका मुद्दाहरूलाई गम्भीर रूपमा नै लिएको छु।

हामी कमजोर छैनौँ। हाम्रो आन्दोलन कमजोर छैन। माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले पनि कमजोर छैन। हामी विभिन्न धारामा भए पनि यिनीहरू एकठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबर्जस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका भ्रम छर्ने, अनि घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन्। 
हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखेकै कुरा हो, त्यो बेला पनि हामीविरूद्ध ठूलो घेराबन्दी गरिएको थियो। त्यसकारण अहिले एकताबद्ध हुनुपर्छ भन्ने हामी सबैलाई जुन वोध भएको छ, यो एउटा शक्ति ठान्छु। म सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु। एकचोटी माओवादी एकठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन्। माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरू गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन, म विशेष रूपमा तपाईहरूलाई अपील गर्दछु– दृढ संकल्पका साथ एकठाउँ उभिउँ।

काठमाडौंकै जगडोलमा सम्पूर्ण सहिदहरू र बेपत्ता योद्धाहरूको समृति र सरकारबाट घोषणा गरिएका सहिदहरूको नाम उल्लेख गरिएको पार्क उद्घाटन गरिसकेको छु। यो आफैमा ठूलो परिघटना हो। फागुन १ गतेलाई जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक निर्णय र वैधानिक घोषणा भयो। यो आफैमा अर्को एउटा कोशेढुङ्गा नै हो। जनयुद्ध, यसका सहिदहरू र बेपत्ता योद्धाहरूका त्याग तपस्या र बलिदानलाई स्थापित गर्न कुरामा सरकार दृढतापूर्वक लागिरहेको छ। अहिले पटकपटक गरिएका सहिद घोषणालाई राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको छ। यी सबै निर्णयहरूले के कुरालाई राम्रोसँग संकेत गरेको छ भने हजारौं सहिद तथा बेपत्ता योद्धाहरू र तिनका सपनाहरू कसैले जबर्जस्ती बदनाम गर्न खोज्दैमा वा दबाउन खोज्दैमा त्यो दबिनेवाला छैन। 

फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने योजना जनयुद्धकालदेखि नै सुरू गरिएको थियो। झापा विद्रोह र जनयुद्धलाई जोड्ने उद्देश्यका साथ सुरू गरिएको सहिद सप्ताह यसपटक पनि विविध रूपमा मनाइएको छ। त्यसकारण जनयुद्ध र यसका उपलब्धि दबिनेवाला छैनन्। केही भूतप्रेतहरू बाटोमा निस्किँदैमा इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने कुरा हुँदैन।

अहिले सरकारको तर्फबाट सहिद तथा वेपत्ता योद्धालाई सम्मान गर्ने प्रक्रिया जसरी एकपछि अर्कोगरि अगाडि बढेको छ, यसबाट प्रतिक्रियावादीहरू आतंकित भएका छन्। तिनीहरू फेरि एकपटक माओवादीसँग तर्सेका छन्। त्यसकारण माओवादीका विरूद्ध तथानाम गालीगलौज गर्ने, विभिन्न खालका षड्यन्त्रहरू गर्ने, बदनाम गर्ने फेरि प्रयास गरेका छन्, जुन कुरा हिजो हामी जनयुद्धकाल र शान्तिकालमा पनि पटकपटक देखेका छौं। भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीतिविरूद्ध भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको रणनीति हो। हामी यसरी नै गएका छौँ। यो तथ्य नेपालको इतिहासमा स्थापित भएको छ। 

अहिले माओवादीहरू एकठाउँमा उभिएर सहिद बेपत्ता योद्धाको भावना र सपनालाई सम्मान गर्ने संकल्प ग¥यौँ भने त्यो दिन फेरि आउनेछ, जहाँ हाम्रो नयाँ विजय हुनेछ। मैले विभिन्न उतारचढाव, घुम्तीमोड, अप्ठ्याराहरू पार गर्दै अहिले फेरि देशको नेतृत्व गर्ने र क्रान्तिका उपलब्धि संस्थागत गर्ने अवसर पाएको छु। संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ। यस कुरामा अहिले प्रहार हुँदैछ। यो उपलब्धिबाट विरोधीहरू आत्तिएका छन्, त्यसैले फेरि हामी माओवादीहरू फेरि एक ठाउँमा आउन जरूरी छ।

माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ।

सहिद स्मारक लिग : आर्मी र संकटा गोलरहित बराबरीमा

काठमाडौं, २१ फागुन – त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै आर्मी र संकटाले समान अंकसमेत बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि बराबरीमा रोकिनु परेको हो ।

आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् ।

नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा, चलचित्र दर्ता आह्वान

काठमाडौं, २१ फागुन । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आउँदो वैशाखमा हुने भएको छ ।

सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । 

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामिण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । 

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरुलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए । उनका अनुसार महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ।

गत वर्ष गोरखाको लाप्राकमा महोत्सव गरिएको थियो । 
 

सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका भट्टको लोभलाग्दो सफलता

काठमाडौं, २१ फागुन – डडेलधुराको गन्यापधुरा गाउँपालिका-४ मा जन्मिएका गणेश भट्टको बाल्यकाल उतै वित्यो। एसएलसीसम्मको अध्ययन गाउँपालिकामै गरेका भट्ट उच्च शिक्षा अध्ययनका लागि २०६९ मा धनगढी झरे र सरस्वति मावि गेटा भर्ना भए। पछि उनी सुदूरपश्चिमाञ्जल क्याम्पसमा भर्ना भए। त्यहाँ पढ्दै गर्दा उनलाई धनगढीमा बस्न मन लागेन। र, गणेश भट्ट २०७२ सालमा सपनको सहर काठमाडौं छिरे। यहाँ उनले कोटेश्वर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे।

काठमाडौं आउँदै गर्दा भट्ट रित्तो थिए। तर, सपनाका चाङ भने थुप्रै थिए। उनी मोडलिङ गर्न चाहन्थे। त्यससँगै उद्यमशीलता र समाजसेवा पनि। तर, चिनेजानेका कोहिँ छैनन्। गोजी रित्तो छ। आफ्नो सपनालाई कसरी पुरा गर्ने भन्ने चिन्ताले उनलाई सताइरहन्थ्यो। मध्यम वर्गीय परिवारका भट्टले सहज जीवनयापनका लागि थुप्रै ठाउँमा काम खोजे। धेरै ठाउँमा त काम पनि गरे। अपेक्षित जीवनयात्रा नचलेपछि भट्टले विचमा विदेश पलायन हुने सोच नबनाएका पनि होइनन्।

तर, आफ्नै देशमा रहेर केही गर्नुपर्छ भन्ने भावनाले उनलाई सधैँ प्रेरित गरिरह्यो। त्यसैले बेला-बेला उनको विदेश जाने सोच पनि त्यसै मरेर जान्थ्यो। कोरोनाकालको लकडाउनले पनि उनको विदेश जाने सोचलाई केही हदसम्म रोक्यो। सोही समयमा उनी घर फर्किए। काठमाडौंमा काम गरेर अध्ययन गरिरहेका भट्टलाई गाउँमा समय विताउन निकै सकस भइरहेको थियो। कोरोना महामारीको त्रास अलि कम भएपछि उनी पुन: काठमाडौं फर्किए।

अरुसँग पैसा मागेर उनी काठमाडौं त आए तर कोरोनाकालको लामो समयदेखिको कोठाभाँडा तिर्न बाँकी थियो। उनलाई अब कोठाभाँडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो। साथीभाइहरूसँग सरसहयोग माग्दै उनले त्यो गर्जो त टारे। अब साथीभाइहरूलाई तिर्ने पैसाले पिरोल्न थाल्यो।

फेरि उनी कामको खोजीमा भौतारिए। र, लामो संघर्षपछि काम पाए। उनलाई साथीभाइहरूसँग चिनजान गर्ने भोक थियो। सम्बन्ध बनाउने रहर थियो। काम गर्दै उनले आफ्नो मोड्लिङ गर्ने सपनालाई पुरा गर्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको साधिन्यता बढाए। यही यात्राका क्रममा २०७७ सालमा उनले पहिलो पटक दसैं गीत बिरानो ठाउँमा अभिनय गर्ने अवसर पाए।

पहिलो अभिनयलाई दर्शकले रुचाइदिए। उनमा पनि म केही गर्नसक्छु भन्ने आत्मविश्वास बढ्दै गयो। त्यसपछि उनी गीत निर्माता र निर्देशकको नजरमा पर्दै गए। अहिले उनले दर्जनौं गीतमा अभिनय गरिसकेका छन्।

‘मलाई अभिनय गर्ने रहर सानैदेखि थियो। तर, अहिले आएर यो सपना पुरा हुँदै गएको छ,’ २५ वर्षीय भट्ट भन्छन्। उनले आफूले यस क्षेत्रमा उत्कृष्टता हासिल गर्दै जाने बताएका छन्। उनको निरन्तरको संघर्षकै कारण राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट २०७९ वर्षको ‘रारा म्युजिक अवार्ड’ जिते। जसलाई सांगीतिक क्षेत्रमा उत्कृष्ट अवार्डका रुपमा लिइन्छ।

त्यसपछि उनले उत्कृष्ठ अभिनय गरेवापत चौथो एपिक नेपाल म्युजिक अवार्ड २०‍७९ को नोमिनेसनमा परे। यसले उनलाई ख्यातिप्राप्त कलाकारहरूसँग चिनजान गर्ने मौका पनि दियो। यसलाई भट्ट आफ्नो अभिनय जीवनको कोशेढुंगाका रूपमा लिन्छन्।

‘छोटो समयमा नै यसरी अवार्डेड हुँदा खुसी लागेको छ। यसले आगामी दिनमा अझैँ राम्रो गर्नसक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनले भने, ‘अहिले त मैले नृत्य र अभिनय कलाश पनि लिन थालेको छु। मेरो मनमा अभिनयप्रति रुची थियो। यसमा लाग्न मैले ठूलो संघर्ष गर्न पर्‍यो। तर, दत्तचित्त भएर आफ्नो कर्ममा लाग्ने हो भने एक दिन सफल भइन्छ भन्ने आत्मविश्वास बढेको छ। अरु युवाहरूलाई पनि म सफलता प्राप्तिका लागि आफ्नो उदेश्यबाट विचलित नहुन आग्रह गर्छु।’

भट्टसँग अभिनयमात्र नभएर व्यापार व्यवसायसँगको अनुभव पनि छ। उनले आगामी दिनमा पनि अभिनय यात्रालाई नै निरन्तरता दिने बताएका छन्। ‘म उद्यमशीलताका साथ अभिनयमा केन्द्रित रहने छु। सफलता प्राप्तिका लागि ठूलो संघर्ष गर्नुपर्छ भन्ने मलाई थाहा छ। सधैँ यही मर्मभित्र रहेर काम र अभिनय यात्रालाई अगाडि बढाउने छु,’ उनले भने।

रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं प्रहरीको आग्रह

काठमाडौं, २१ फागुन – जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ। विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो ।

सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ । होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नर्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।

‘कसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउनुहोला,’ प्रहरीले भनेको छ, ‘ट्राफिक नियमको पूर्ण पालना गरौँ । मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ । भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनुहोला ।’ 

प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा थाहा पाएमा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिएको छ । कानुनविपरीतका गतिविधिहरू गरेको पाइए जरिबाना र कारबाही गरिनेसमेत गरिने प्रहरीले चेतावनी दिएको छ ।

परिसरले महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि आग्रह गरेको छ ।

इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्के

ईस्लामबाद, २१ फागुन । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन । 

आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरुले इमरान खान माथी मनौबैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् । 

इस्लामाबाद प्रहरीले ट्वीट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सुचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ ।

टविटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनु परेको छ ।’

प्रहरी आफनो घरमा आएपछि इमरान खानले ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्वसेना प्रमुख जनरल बाजवा माथि गम्भिर रुपमा आक्रोश पोखेका छन ।

उनले जवाफ टविट लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ? ‘

यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो । 

इमरान खान पर्सी अर्थात मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनु पर्ने गरी एउटा अदालतकाे आदेश छ। 

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो एजीएम

काठमाडौं, २१ फागुन । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थको चैत २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । 

सभामा गत वर्षको नाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 
सभा होटल न्यू ईरा बुटवलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा ठाकुर निर्वाचित

भैरहवा, २१ फागुन । सिद्धार्थ उद्योग वणिज्य संघको ६४ औ साधारणसभा तथा अधिवेशनबाट ठाकुर कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । १ हजार एक सय सात मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । मतदान प्रक्रियाका लागि २ हजार १ सय ९३ जना मतदाता रहे पनि १ हजार ८ सय २८ मतदान भएको थियो । ४२० मतान्तरले विजयी बनेका श्रेष्ठको प्रतिद्वन्द्वीको रुपमा विजय पाण्डेले ६८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।

२९ पदका लागि ४६ जना उम्मेदवार रहे पनि केही पदबाहेक सबै पदमा मतदान भएको थियो । पदाधिकारी तर्फ  संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, वाणिज्य तर्फको उपाध्यक्षमा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्ष तर्फ दिलीप कुमार कान्दु,  महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्वाचित भएका छन् । 

कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, वाणिज्य महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने  र कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिए । 

ए डिभिजन लिगमा तीन खेल हुदैँ

काठमाडौं, २० फागुन । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। 

अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ । 

जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग भिडने छ । यो खेल भने ५ः ३० मा सुरु हुनेछ । 

उता, अपरान्ह साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।