`

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालसँग युएई पराजित

काठमाडौं, १८ फागुन – आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ ।  नेपालसामू युएईलाई सात रनले पराजित भएको हो ।

नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे दिपेस कडेलले  ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे ।  

सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन् । सुबास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरे ।

यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।  

नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले। देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए ।

बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो ।

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी भने स्थिर

काठमाडौं, १८ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोेबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । 

यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोबिएको थियो । 

आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।   

माधव नेपाललाई भेटेर मत मागे सुवास नेम्वाङले

काठमाडौं, १८ फागुन । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन् ।  

नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् । 
 

यू-१९ मा नेपाल टस जितेर ब्याटिङमा

काठमाडौं, १८ फागुन । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस जितेको छ।आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा नेपालका देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ ।

कारको ठक्करबाट पैदलयात्री ३६ वर्षीया सावित्राको मृत्यु

झापा, १८ फागुन । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छिन् ।

उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएकाे छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ : २८ पदकाे लागि ४६ जनाकाे उम्मेदवारी

भैरहवा-आगामी २० फागुनमा हुने सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि ४६ जनाले उम्मेदवारी दिएका छन । संघकाे ६४ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट २८ पदका लागि ४६ जना उद्योगी व्यवसायीले उम्मेदवारी दिएका हुन् । ११ फागुनदेखि सुरु भएकाे निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्ष पदमा २ जनाले मनाेनयन पत्र दाखिला गरी दर्ता  गरेका छ्न । वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचनमा हाेमिएका छन् ।  नयाँ नेतृत्वका लागि दुईवटा प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य  र अरुण गाेयन्का, वाणिज्य उपाध्यक्षमा गाेविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलीप कुमार कान्दु,कर्पाेरेट उपाध्यक्षमा राेहितकुमार अग्रवालकाे उम्मेदवारी परेकाे प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गाैडेलले जानकारी दिए ।  ।

महासचिवमा कृष्णप्रसाद घिमिरे र गाेपाल भण्डारी, काेषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गाैरब श्रेष्ठ,  सचिवमा  धर्मबिर शर्मा र मंगल भण्डारी सह काेषाध्यक्षमा संजय कुमार बेरिवालकाे उम्मेदवारी परेकाे छ । कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र  विकास कुमार गोयनका,  बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र  प्रितम रौनीयार,  वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेले उम्मेदवारी दिएकी छन् । 

यस्तै खुला उद्योग सदस्यमा ५ पदकाे लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल,  रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दुकाे उम्मेदवार छ ।  खुला वाणिज्य सदस्य तर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी,  दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीकाे उम्मेदवारी परेकाे निर्वाचन अधिकृत गाैडेलले जानकारी दिए ।

रूपन्देही जिल्ला कार्यक्षेत्र रहेकाे संघमा २ हजार २ सय २८ सदस्य रहेका छन भने यस पटका २ हजार १ सय ९३ जनालाइ मात्रै मताधिकार रहेकाे छ । ।

प्रतियोगितामा सहभागी हुन करांते खेलाडी श्रीलंका प्रस्थान

भैरहवा,१८ फागुन ।  तेस्रो अन्तराष्ट्रिय  खुल्ला करांते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराते खेलाडी श्रीलंका तर्फ प्रस्थान गरेका छन ।

मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको करांते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरुषेत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले एक कार्यक्रमका बीच माला लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे । ्र

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल करांते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केशीले मार्सल आर्ट भगवान गौतबुद्धसंग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तराष्टिय स्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराते खेलाडिलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए ।

विदाई कार्यक्रममा खेलाडिलाई विदाई शुभकामना दिदै मदन भण्डारी स्पार्ट एमेडमीका केन्द्रिय अध्यक्ष धु्रव आचार्यले  नेपाली खेलाडिहरु ज्हिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरुद्ध खेल खेल्ने बताए । 

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं, १८ फागुन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११०

रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ४० रुपैयाँ, भान्टा लाम्चो ७० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगतिः आठ वर्षमा ५९ प्रतिशत

सुर्खेत, १८ फागुन ।   निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ।

टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउनुका साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ।

चिनिया कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालिले १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण गरिसकेको छ। तोकिएको समय भन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिनको सहायताले सुरुङ निर्माण भइसकेको हो।

चिनिया कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९र०८० मा काम सम्पन्न गर्नेगरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएर  पावरहाउस तथा सर्ज साफ्ट, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम चलिरहेको छ। बाँध र विद्युत् उत्पादन गृह निर्माणका काम सञ्चालनमा छन्।  

सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने  अनुमान छ। आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ। सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरी भेरी नदीको पानी बबईमा खसाली जलविद्युत तथा सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न हुँदै छ। ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो रहने बताएको छ। १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा मिसाइने छ।

बिरोध शैली परिबर्तनः कैलालीका ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने

धनगढी, १८ फागुन । चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन् । 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी बिरोध जनाउन लागेको हाे । 

बित्तिय संस्थाहरुले ब्याजदरमा चर्को मूल्य बढाएपछि धनगढीको व्यवसायबाट बिस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै  केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दैै आएका छन । दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको ब्यावसायीले आज भने नगद जम्मा नगरेर बिरोध शैली परिवर्तन गर्न लागेका हुन ।

हिजो बुधबार व्यवसायीले नेपाल राष्ट्र बैंक, धनगढी अगाडि विरोध प्रदर्शन गरेका थिए । यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुदैँ आएका छन। 

भारतको पुर्वी क्षेत्रको निर्वाचन परिणामः भाजपा अग्रता बढयो, कांग्रेस १ मा सिमित

नयाँ दिल्ली, १८ फागुन । उत्तरी पुर्वी भारतका तीन राज्यमा भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ ।

भारतको पुर्वी क्षेत्रमा हालै भएको बिद्यानसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले अग्रता लिन सुरू गरेकाे छ । 

भारतका उत्तरी राज्य त्रिपुरा, मेघाल्याड र मेघालयमा गत फ्रेबुअरीमा भएको निर्वाचन परिणाम सार्वजनिक भईरहदाँ तीन मध्ये दुई राज्यमा भाजपा र भाजपाको गठबन्धनले अग्रता लिईरहेको रिर्पोट आएको छ । 

प्रारम्भिक निर्वाचनको नतिजामा भाजपा त्रिपुरामा अगाडी रहेको देखिएको छ भन जहाँ भाजपाले ६० सिटमध्ये १७ सिटमा अगाडि छ । साथै, टीएमपी पार्टी ३ सिटमा अगाडि छ ।
 

यसै अनुसार नागाल्याण्डमा बीजेपीसँगको गठबन्धन एनडीपीपी ६ सिटसहित अगाडि छ भने  मेघालयमा भने एनपीपीले अग्रता लिएको देखिन्छ ।

आइसिसी विश्वकप लिग–२ः आजबाट सन्दिप लामिछाने पनि मैदानमा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजवाट नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने जोडिने भएका छन । नाबालिग बलात्कारको मुद्धामा बिदेश जान उनी माथी लगाईएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युईए गएका लामिछानेले आज युएई बिरुद्ध नेपालले खेल्ने खेल आबद्ध हुनेछन ।

 सर्वोच्च अदालतको आदेशमा ढिला हुदाँ बिगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन । प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।

घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ ।नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।

यस खेलमा बिजेता टोलीले २०२४ मा  श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्वका साथ हेरेको छ ।

नेपाली टोली:

रोहित पौडेल कप्तान‌, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, ९श्याम०, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

चलचित्र पत्रकार संघमा प्रेस चौतारी हाबी, अध्यक्षमा समिर बलामी बिजयी, उपाध्यक्षतर्फ कुबेर गिरी

काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

काठमाडौं हिजो अबेर सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए । 

यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई बिजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मतमा सिमित भए । 

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् ।  यसैगरी, सदस्यहरुमा सुष्मा कार्की अनुप भट्टराईलगायत बिजयी भएका छन । 

अध्यक्ष र महासचिवलगायत अधिकांस पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी भएको माधव तिवारीले जानकारी दिए ।

महोत्तरीमा गाँजा सहित एक जना पक्राउ

महोत्तरी ।  लागुऔषध गाँजा सहित महोत्तरीमा एक जना पक्राउ परेका छन  ।

४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा न.५ बस्ने नवल किशोर मण्डललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका मण्डलकै घरवाट उक्त गाँजा फेला पारेर उन्लाइ तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश पोखरेलले जानकारी दिए ।

मण्डललाइ  प्रहरीले जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि वढाएको छ ।

इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै

काठमाडौ‌, १८ फागुन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ। 

आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेकाे हाे  । 

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा घरेलु टोली आर्सनलले  ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल २–० को अग्रता दिलाए  भने ७१औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले थप अघि बढाए । 

८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जितलाई सुनिश्चित गरिदिए ।

जित पछि शीर्षस्थानसहित आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ भने पराजित एभर्टन २१ अंक जोडेर १८औं स्थानमा सिमित छ ।

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज प्रशिक्षण 

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलको सांसदहरूको आज प्रशिक्षण हुदैँछ । रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षण्मा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई उपस्थित हुनेछन । 

कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसो १ बजेबाट सो प्रशिक्षण सुरु हुनेछ । 

सो प्रशिक्षणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी्, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रि समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरूको उपस्थित रहनेछन् ।

विदेशी पर्यटकले गर्ने औसत खर्च निकालिँदै

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताएका हुन् ।

बैङ्किङ प्रणाली (डिजिटल पेमेन्ट)मार्फत पर्यटकले गर्ने खर्चको तथ्याङ्क पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्याङ्कमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्याङ्क निकाल्न सहयोग पुग्ने उनको भनाइ छ । अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सांसदले छानेका सडकमा ५ अर्ब ३२ करोड खर्च

काठमाडौं । मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा निर्माणाधीन सडकमा हालसम्म ५ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । आआफ्ना निर्वाचन क्षेत्रमा सडक पूर्वाधार बनाउन सांसदहरूले छनोट गरेका योजनामा चालू आर्थिक वर्ष (आव) २०७९/८० को फागुन दोस्रो सातासम्म उक्त रकम खर्च भएको हो ।

सासंदहरूको छनोटमा सडक बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ शीर्षक परियोजना बनाएर सडक निर्माणलाई निरन्तरता दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैतमा सबै निर्वाचन क्षेत्रमा सडक बनाउने कार्यक्रम शुरू गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारबाट औपचारिक रूपमा उनले सबै निर्वाचन क्षेत्रमा ३ वर्षभित्र सडक निर्माण गरिसक्ने घोषणा गरेका थिए ।

तर, उक्त घोषणाअनुसार २०८० सम्ममा ती सडक बनिसक्ने सम्भावना छैन । सबै निर्वाचन क्षेत्रको सडकको कुल लम्बाइ २ हजार २१० किलोमीटर हुने मन्त्रालयले आकलन गरेको छ । गत आवमा विनियोजन गरेको बजेट सबै खर्च हुन नसके पनि चालू आवमा भने बजेट खर्च सकारात्मक देखिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए । सडक विभागले अधिकांश सडकको ठेक्का व्यवस्थापन गरिसकेको उनको भनाइ छ ।

‘निर्वाचन क्षेत्रका सडकको प्रगति राम्रो देखिएको छ,’ पोखरेलले भने, ‘तर बजेट छैन ।’ चालू आवमा ती परियोजनाका लागि ७ अर्ब रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये शुक्रवारसम्म ३ अर्ब ८० करोड रुपैयाँ खर्च भएको छ । यस्तै, गत आव २०७८र७९ मा उक्त परियोजनाका लागि २ अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विभागका अनुसार उक्त वर्ष १ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको थियो ।

कुल निर्वाचन क्षेत्रमध्ये अब ५ क्षेत्रमा मात्रै ठेक्का सम्झौता हुन बाँकी रहेको विभागले जानकारी दिएको छ । अन्य निर्वाचन क्षेत्रमा ठेक्का सम्झौता भइसकेको छ । यो परियोजना शुरू हुँदा ३ वर्षभित्र सम्पन्न गर्ने भनिए पनि आव २०८१र८२ सम्ममा मात्रै सबै सडक बनिसक्ने विभागको प्रक्षेपण छ । यी क्षेत्रमा रणनीतिक सडक बनिसक्दा ५५ अर्ब रुपैयाँ लगानी हुने विभागको आकलन थियो । बोलकबोल हुँदा यो रकममा केही कमी आएको विभागले उल्लेख गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

विश्वासको मत पर्खंदै कांग्रेससहितको गठबन्धन

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पखाईमा छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै फागुन १३ मा बनेको कांग्रेससहितको आठ दलीय गठबन्धमा आवद्ध दलहरू सरकारमा जाने बाटो खुल्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने– ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुन्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने उहाँको भनाइ छ ।

गत पुस १० मा पाँच दलीय गठबन्धनका नेताहरूबीच कमजोरी हुँदा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०सहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले फेरि भत्काइएको दाबी गर्दै उहाँले भन्नुभयो–‘पार्टीको तर्फबाट अहिले नै को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइसकेको छैन । म आफू भने अब मन्त्री बन्दिनँ ।’

फागुन १७ देखि चैत्र ५ गतेसम्मका लागि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आचारसंहिता लागु भएसँगै सरकार पुनर्गठनको विषय केही समयका लागि टरेको हो । उक्त निर्वाचन आचारसंहितका हट्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने जनाउनुभएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

दक्षिण कोरियाको प्राथमिकतामा पर्यो नेपाल, २०२३ मा २२ हजार कामदार लैजाँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ ।

पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग ९एचआरडी०ले श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिए।

उनले भने, “नेपालबाट ईपीएसमार्फत कोरिया जाने श्रमिक छनोट प्रक्रिया पारदर्शी छ, एचआरडीले तोकेको मापदण्डअनुसार छिटो श्रमिक तयार गर्न सकेका छौँ । त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ ।”यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

आइसिसी यू-१९ : नेपाल युएई भिडदै, बिजेता श्रीलंका विश्वकपमा पुग्ने

काठमाडौं, १८ फागुन । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। 

इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान  १०ः ४५ मा सुरु हुने यस खेलमा विजयी भएमा नेपाल २०२४  मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाली यू–१९ टोली

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर ९विकेटकिपर० दीपक डुम्रे ९विकेटकिपर०, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

एक्लै हिडने हात्तीको आक्रमणबाट बारामा एककाे मृत्यु

बारा, १८ फागुन ।  हात्तीको आक्रमणबाट बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन् ।

दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् ।

यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन् । स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ ।

हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिती रहेको सापकोटाले जानकारी दिए ।

हात्तीको बथानबाट छुटिएर हिडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुदै आएको छ । 

घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ ईलाका प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक संजिब ओलीले बताए ।

केहीदिन अघिमात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षिया रुकैदा खातुनको समेत मृत्यु भएको थियो । 

नामाकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

बिराटनगर, १८ पुस । दोस्रो कार्याकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाई घोषणा गरेको हो । 

हिजो भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र बिपक्षमा ४ मत खसेको थियो । ।

‘सैनिक बिद्रोह” आरोपमा दुई अधिकारी सैन्य हिरासतमा, अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं, १८ फागुन । नेपाली सेनाले हिरासतमा लिएका दुईजना वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

सैनिक हिरासतमा रहेका कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई सैनिक प्रहरीले दुई दिनअघि आफ्नै हिरासतमा लिएको थियो।

शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले तीन दिनभित्र उनीहरूलाई अदालतमा उपस्थित गराउन नेपाली सैनिकलाई आदेश दिएको हो।

उनीहरूसँगै उनीहरूमाथि लगाइएका आरोपका सबै फाइलहरू ल्याउन पनि अदालतले आदेश दिएको छ। सेनाले उनीहरू दुवैलाई आर्थिक अनियमितताको आरोप लगाएको छ। तर पारिवारिक स्रोतका अनुसार उनीहरूमाथि ‘सैनिक विद्रोह’को आरोप छ।

यसअघि यस्तै एउटा आरोपमा सेनाका जनरल प्रेम शाहीलाई सेनाले दुई महिनादेखि हिरासतमा राखिरहेको छ। उनको बारेमा समेत सेनाले परिवारलाई कुनै जानकारी दिएको छैन।

सैन्यस्रोतका अनुसार जनरल शाहीलाई सघाएको आरोपमा यी दुई अधिकृतहरूलाई पनि सेनाले हिरासतमा राखेको हो।

आजको मौसमः तीन प्रदेशमा चटयाङसहित बर्षा हुने 

काठमाडौं, १८ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै गण्डकी प्रदेशको पहाडी भू(भागमा स्थानीय वायुको  सामान्य प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने  देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको  छ ।

सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ – मन्त्री किराती

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको बताएका छन् । बुधबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएकाले सरकार योजनाबद्ध तवरले अगाडि बढेको उनले बताए । उनले हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको बताए ।

वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै नेपाल वायुसेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने दाबी गरे ।

मर्स्याङ्दीमा नुहाउने क्रममा बगेर एक कामदार बेपत्ता

लमजुङ – लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटबाट मर्स्याङ्दी नदीले बगाउँदा एक जना कामदार बेपत्ता भएका छन् । नुहाउने क्रममा ती युवकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए ।

तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरपालिका ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाललाई मर्स्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।

काम गरेर मंगलबार साँझपख घर फर्किने क्रममा मर्स्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको डीएसपी श्रीमलले बताए । उनका अनुसार बेपत्ता युवकको खोजीकार्य भइरहेको छ । बुधबार साँझसम्म थलाललाई भेटिएको छैन ।

हात्तीपाइलेको औषधी हात्तमा दिएर जान्छन् स्वास्थ्यकर्मी, धेरैले खादैनन्

धनगढी – कैलालीमा ११ औं चरणमा सुरु भएको हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मीको औषधी खुवाउने पुरानै शैली दोहोरिएको पाइएको छ ।

फागुन ११ गते देखि सुरु भएको आम औषधी सेवन कार्यक्रम अन्तरगत यस पटक स्वास्थ्यकर्मीको आफ्नो प्रत्यक्ष निग्रानीमा मात्रै औषधी सेवन गराइनु पर्ने नीति रहेको छ । तर स्वास्थ्यकर्मीले भने यस अघिकै शैलिमा हातमा औषधी दिएर जाने गरेका छन् । 

‘मंगलबार स्वास्थयकर्मी आएर औषधी खानुहोला भन्दै  ट्याब्लेट दिएर गएका छन्,’ धनगढी–४ चटपकुरमा होटेल व्यवसाय गरिरहेका प्रेम भट्टले भने, ‘पहिला यति धेरै औषधीका ट्याब्लेट दिँदैनथ्यो यस पटक औषधी बढाएर दिइएका छन्, स्वास्थ्यकर्मीले कागजमा दिएको औषधी र्‍याकमा राखेको छु ।’

सोही ठाउँकी व्यवसायी स्मृति ओझाले पनि स्वास्थ्यकर्मी आएर औषधी दिएर गएका बताइन् । दुई/तीन जना स्वास्थ्यकर्मी आएर औषधी खानुहोला भनेर छोडेर गएका उने बताइन् । ‘९ ट्याब्लेट औषधी दिएर खानुहोला भन्दै स्वयंसेविकाले दिएर गएका छन्,’ उनले भनिन्, ‘हातमा औषधी दिएर कसैले खादैन, यसरी औषधी खुवाउने कार्यक्रम सफल पनि हुँदैन ।’

पसल–पसलमा आउने स्वयंसेविकाले पसलमा आवद्ध मानिसको संख्या हेरेर सोही अनुसार औषधी छाडेर गएका उनले बताइन् । ‘पशलमा कतिजना हुनुहुन्छ भनेर सोधे,’ उनले भिनन्,’ हामीले चार जनाको विवरण दियौं, सवैलाई औषधी खानुहोला भनेर कागजमा बेरेर दिएका छन् ।’

मंगलबार मात्रै चटरपुर स्थित शहिद गेट आसपासका सवै व्यवसायीलाई स्वास्थ्यकर्मीले हातमा औषधी दिएर गएका ओझाले बताइन् । 

धनगढी–५ का विकास रानाले पनि विगत जस्तै यस पटकपनि स्वास्थ्यकर्मीले हात, हातमै औषधी दिएर गएका बताए । ‘स्वास्थ्यकर्मी घर घरमै आएर परिवारका सदस्यको संख्यामा आधारमा औषधी दिएर गएकाछन्,’ उनले भने, ‘त्यसरी दिएको औषधी कतिले खान्छन्, कतिले खादैनन् ।’ विगतमा पनि स्वास्थ्यकर्मीले हातमा औषधी दिएर खानुहोला भनेर जाने गरेका भन्दै उनले भने, ‘यस पटक पनि त्यसै गरी औषधी दिएर गएका छन् ।’

सरकारले गत बर्ष देखि हातमा औषधी दिन नपाइने र स्वास्थ्यकर्मीकै निग्रानीमा औषधी खुवाउनु पर्ने व्यवस्था गरेको छ । हातमा औषधी दिँदा धेरैले नखाने गरेका कारण स्वास्थ्यकर्मीकै निग्रानीमा औषधी खुवाउने नीती ल्याइएको हो । औषधी खुवाउने कार्यक्रममा स्वयंवेविका संगै स्वास्थ्यकर्मीलाई समेत परिचारल गरिएको छ । 

तर स्वास्थ्यकर्मीले समेत औषधी हातमा दिएर जान थालेपछि कैलालीमा ११औं चरणमा औषधी खुवाउने अभियान पनि सफल हुनेमा आशंका उत्पन्न भएको छ । 

गत बर्ष देखि कैलालीमा तीन प्रकारको औषधी खुवाइने गरिएको छ । औषधी खुवाउँदा उम्मेर अनुसार ९ वटा ट्याब्लेट सम्म औषधी आनु पर्ने हुन्छ । ती औषधी खाना खाएपछि स्वास्थ्यकर्मीकै निग्रानीमा खुवाइनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमका सम्पर्क व्यक्ति मिनबहादुर धामीले बताए । 

‘विगतमा स्वयंसेविकालाई मात्रै खटाएर औषधी खुवाउँदा धेरै मानिसले औषधी खाएनन्,’ सम्पर्क व्यक्ति धामीले भने, ‘त्यसैले गत बर्ष देखि स्वयंसेविकासंगै स्वास्थ्यकर्मीलाई पनि खटाएर उनिहरुकै निग्रानीमा मात्रै औषधी खुवाउने नीति ल्याइएको छ, हातमा औषधी दिएर जान पाइदैन ।’

घरघरमा जान स्वयंसेविकाले सहजिकरण गर्नुपर्ने र स्वास्थ्यकर्मीले प्रत्यक्ष निग्रानीमा औषधी खुवाउने पर्ने उनले बताए । ‘पहिलो दिन घरमा कोही भेटिएन वा कुनै व्यक्तिले खाना खाएको छैन भने त्यसतो ठाउँमा दोश्रो दिन पनि जाने गरी स्वास्थ्यकर्मी परिचालन गरेका छौं,’ उनले भने, ‘हामीले विभिन्न ठाउँमा अनुगमन गर्दा हातमा औषधी दिएको भेटाएका छैनौं, तर धनगढीमा हाताहातमा औषधी दिने गरेको भन्ने सुनियो त्यसबारेमा छानविन गर्ने छौं ।’

धामीका अनुसार कैलालीका फागुन २५ गते सम्म हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइने अभियान सञ्चालन गरिने छ । कुनै पनि व्यक्ति नछुटुन् भनेर औषधी खुवाउने अभियान लोमो समय सम्मका लागि सञ्चालन गरिएको उनले बताए । 

कैलालीको कुल जनसंख्या मध्य कम्तिमा ८० प्रतिशत नागरिकलाई औषधी खुवाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए । गत बर्ष कैलालीमा ८० दशमलव ८ प्रतिशत नागरिकले औषधी खाएको तथ्याङ्क छ । 

यसअघि कैलालीमा ९ पटक सम्म औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिएपनि लक्ष्य पुरा हुन नसक्दा कार्यक्रम विफल भएका थिए । लगातार ५ बर्ष सम्म ६० प्रतिशत नागरिकले औषधी खानुपर्ने भएपनि कैलालीमा त्यस अनुसार औषधी नखाएपछि हात्तीपाइले रोग निवारण कार्यक्रम ९ पटक सम्म सञ्चालन गरिएको थियो । ९ पटक सम्म दुई प्रकारका औषधी मात्रै खानु पर्ने प्रवाधान राखिएको थियो । 

९ पटक सम्म ६० प्रतिशत नागरिकले औषधी नखाएपछि कैलालीमा गत बर्ष देखि तीन प्रकारका औषधी खुवाइन थालिएको छ । तीन प्रकारका औषधी खुवाइदा दुई बर्ष सम्म लगातार ८० प्रतिशत नागरिकले औषधी खानुपर्ने हुन्छ । लगातार ८० प्रतिशत नागरिकले औषधी नखाएमा कैलालीमा आगामी बर्ष पनि हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउन अभियान सञ्चालन हुन सक्ने छ  ।

भ्रष्टाचारमा ‘ठूला माछा’ समाउन चुनौती के छन् ? के भन्छ अख्तियार ?

समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको जग्गा भाडा लगाउने प्रकरणमा सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने दोषी ठहर भए पनि ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन राजनीतिक इच्छाशक्तिको अभाव नेपालका लागि सबैभन्दा ठूलो चुनौती रहेको विज्ञहरूले बताएका छन्।

उक्त प्रकरणमा दोषी ठहर भएका ९ जना विरुद्ध अर्को साता सजाय निर्धारण गरिने बताइएको छ।अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकाले निलम्बनमा रहेका गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्। भृकुटीमण्डप फन पार्क मेला सञ्चालक रहेका गुरुङलाई विना प्रतिस्पर्धा १५ वर्षका लागि जग्गा भाडामा दिने निर्णय गरिएको थियो।

चुरे भावर पार्टी हुँदै राजनीति अघि बढाएका न्यौपाने पछिल्लो समय आम जनता पार्टीमा क्रियाशील थिए।विशेष अदालतले दुई पूर्वमन्त्रीहरूलाई दोषी ठहर गरेको एक दिनपछि बीबीसीलाई प्रतिक्रिया दिँदै अख्तियारका पूर्वप्रमुख आयुक्तले भ्रष्टाचार नियन्त्रण सम्बन्धी संयन्त्रहरूको गिर्दो साखप्रति चिन्ता जनाएका छन्।ट्रान्सपरेन्सी इन्टरन्याश्नलको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १८० देशमध्ये ११० औँ स्थानमा सूचीकृत भएको थियो।

‘ठूला माछा’ समाउन के छन् चुनौती
अख्तियारले ससाना कर्मचारीलाई लक्षित गरे पनि भ्रष्टाचारमा संलग्न ठानिएका शक्तिशाली व्यक्तिलाई नछोएको भन्दै ठूला माछा भनेर त्यस्तै व्यक्तिलाई लक्षित गर्ने गरिन्छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नेपालमा भ्रष्टाचारका मुद्दाहरूमा कारबाही अघि बढाउन राजनीतिक इच्छाशक्तिको अभाव रहेको बताए।उनले भने, “प्रधानमन्त्री र अख्तियारका प्रमुख आयुक्त मिलेर गर्ने हो भने धेरै ठिक हुन्छ। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूको निगरानी गर्न थाल्यो भने भइहाल्छ। ठेगानमा आइहाल्छ नि।”

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त तथा आयुक्त नियुक्तिमा हुने राजनीतिक प्रभावका कारण भ्रष्टाचार नियन्त्रणका प्रयास प्रभावित भएका हुनसक्ने उनी ठान्छन्।उनको भनाइ छ, “अख्तियारका आयुक्तहरूले दबाब त सहनु पर्ने होइन। किनभने उनीहरूलाई निकाल्न त्यति सजिलो छैन। नेताहरूले नै नियुक्त गरेको हो। त्यही भएर केही सम्बन्ध होला।”

अख्तियार दुरुपयोग अनुसन्धानको वेबसाइटका अनुसार यस आर्थिक वर्षमा अहिलेसम्म १० हजार भन्दा बढी भ्रष्टाचारका उजुरी दर्ता भएका छन्।सबैभन्दा धेरै उजुरी सङ्घीय मामिला र स्थानीय तह, शिक्षा, गैरकानुनी सम्पत्ति आर्जन र नक्कली शैक्षिक प्रमाणपत्रजस्ता विषयमा धेरै छन्।

उपाध्याय तल्लो ओहदामा काम गर्नेहरूलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसमा सुधार हुनुपर्ने ठान्छन्।उनले भने, “भ्रष्टाचार नेताले गर्छन्। साना मान्छेलाई मात्र समातेर के काम हुन्छ र? अलिकति कडाइ गर्नुपर्‍यो।”

अख्तियार के भन्छ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले ‘व्यक्ति’ भन्दा पनि ‘मुद्दामा’ आधारित रहेर आफूहरूले भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्ने बताए।उनी भन्छन्, “त्यस्ता खालका विषयहरू आउँदा हामीले कुनै पद वा व्यक्ति विशेष वा कुनै ओहदाको विषय भनेर उजुरी लिने वा व्यक्ति विशेषलाई लक्षित गरी अनुसन्धान गर्ने गर्दैनौँ।”उनले अनुसन्धानबाट देखिएका तथ्य र प्रमाणका आधारमा कुनै पनि अनियमितता वा भ्रष्टाचारमा दोषी देखिने जोकोहीमाथि मुद्दा चलाउने नीति सङ्गठनको रहेको बताए।

उनले भने, “कुनै पनि उजुरी प्राप्त भएपछि यो ठूलो खालको मान्छे वा यो सानो खालको मान्छे भनेर अख्तियारले कहिल्यै पनि हेर्दैन। जुन विषयमा उजुरी परेको हो त्यसमा पर्याप्त छानबिन गरेपछि जो जो दोषी देखिनुहुन्छ त्यस्तो अवस्थामा उहाँहरूलाई मुद्दा दायर गर्ने हो।”

मन्त्री, सचिवहरूलाई समेत आयोगले मुद्दा दायर गरेका उदाहरण दिँदै उनले अख्तियारले आफ्नो संवैधानिक भूमिका अनुसार निष्पक्ष भएर कर्तव्य निर्वाह गर्ने बताए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अघिल्लो आर्थिक वर्षबाट सात हजार भन्दा बढी उजुरी यो आर्थिक वर्षमा सरेर आएको थियो।

गएको कार्तिकदेखि पुससम्म २४३ वटा उजुरी विस्तृत अनुसन्धानमा गएको, १००९ वटा कारबाहीका लागि पठाइएको र १९० जना विरुद्ध ३३ वटा आरोप पत्र दायर गरिएको जनाएको छ।अख्तियारका पूर्व प्रमुख आयुक्त उपाध्याय न्यायालयमा देखिएका कतिपय समस्याले भ्रष्टाचार सम्बन्धी मुद्दाहरूको छिनोफानोमा समय लागिरहेको टिप्पणी गर्छन्।

उनले भने, “हाम्रो अदालतले कुनै मुद्दा चार पाँच वर्ष लगाइदिन्छ कुनै तुरुन्तै गरिदिन्छ। अदालतमा पनि व्यापक सुधार गर्नुपर्ने अवस्था छ। अहिले प्रधानन्यायाधीश नै छैनन् त्यसको पनि प्रभाव परेको छ। विगतमा स्वयं प्रधानन्यायाधीश नै भ्रष्टाचारमा सामेल भएको भन्ने कुरा उठेको छ। त्यस्तो भएपछि के हुन्छ?”समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४० जना घाइते

काठमाडौं – जन्ती बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साह रहेका छन् ।

भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस अनियन्त्रित भई पल्टिँएको हो । को मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट भरुवा बन्दुक बरामद

डडेल्धुरा, १७ फागुन – डडेल्धुराबाट भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको परशुराम नगरपालिका–१० धनुके टोलको जंगलमा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

मंगलबार साँझ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट कुरमुलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

कञ्चनपुर, १७ फागुन कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका-१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् । उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९माघा १६ गते १बर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भिमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौं : मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा यूएन डिपीको नेपालस्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संवेदनशील भूउपयोग नीति तथा योजना सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विविधताको रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताए ।

कर्णाली भूबनोटको आधारले प्रदेश सरकारले हिमाल पहाड र तराईको भूगोल र माटोको विविधताको रक्षा र गर्न भूउपयोग नीति निर्माण गर्न लागेको बताए । सङ्घले निर्माण गरेको  भूउपयोग नीतिमा टेकेर भूउपयोग नीति निर्माण गर्न लागेकाले सङ्घ सरकारको भूउपयोग नीतिमा बाझिएका केही प्रावधान तथा बुँदामा सुझाव सहित सच्याउन पहल गर्ने मुख्यमन्त्री शर्माको भनाइ छ ।

रोजगार बन्दै कारागारका कैदीबन्दी

सुर्खेत – सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन् ।

कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए । उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ । मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ ।’

आकारअनुसार ५ सयदेखि ७ सयसम्म मुडा बिक्री हुँदै आइरहेको कमलराज खत्रीले बताए । एउटा टोपी ४ सय रूपैयाँमा बिक्री गर्ने गरेको उनको भनाई छ । कारागारमा बुनेका सामान गुणस्तरीय र टिकाउ हुने भएपछि बजारको मागअनुसार पुर्‍याउन गाह्रो भएको उनले बताए।

‘एउटा मुडाबाट २ देखि ३ सयसम्म आम्दानी हुन्छ‚’ उनले भने‚ ‘जेलभित्र खाली बस्नुभन्दा शिप सिकेर मासिक ३ देखि ४ हजारसम्म आम्दानी हुँदै आइरहेको छ।’ कारागार निकै जीर्ण र साँघुरो हुँदा काम गर्न समस्या हुने गरेको उनको भनाई छ।

कारागारलाई सजाय काट्ने स्थलसँगै शिप सिक्ने स्थलका रुपमा विकास गर्ने उद्देश्यअनुसार नै कैदीबन्दीलाई शिपमूलक तालिम प्रदान गर्दै आइरहेको  सल्यान कारागारका प्रशासन प्रमुख राजन कँडेलले बताए ।

‘लामो समय कारागारमा बसेकालाई समाजमा फर्कउँदा कुनै पनि काम गर्न सहज होस् भन्ने उद्देश्य हामीले लिएका छौं‚’ उनले भने । यसबाट उनीहरुलाई कैद भुक्तान गरी घर फर्कंदा समाजमा पुनःस्थापना हुन सहज हुने कँडेलको भनाई छ ।

कारागारमा १५ महिला र १२० पुरुष गरी १३५ कैदीबन्दी रहेका छन् । आमाको संरक्षणमा ३ बालबालिका रहेका छन् ।

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्छ : प्रधानमन्त्री

काठमाडौं, १७ फागुन-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताए । 

उहाँले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।

नेकपा एसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने

काठमाडौं, १७ फागुन-नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।बुधबार बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको छ ।एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन् ।

पूर्णबहादुर खडका भन्छन्- प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

सुर्खेत, १७ फागुन – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् । 

गृहनगर सुर्खेत आएका उपसभापति खडकाले सो सहमति अनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको उपसभापति खडकाले जानकारी दिए ।

माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने जनाईरहेको बेला उपसभापति खडकाले उक्त कुरा बताएका हुन् । उनले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने जानकारी दिए । 

एक करोड भन्दा बढीका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ

चितवन, १७ फागुन -एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहनासहति तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो ।

सुराकीको आधारमा भारतीय डब्लु बी १२ ए भी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाई छिपाई ल्याएका ती गहनासहित उनीहरूलाई प्रहरीले पक्राउमा गरेको थियो ।

पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बङ्गाल, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् ।

उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाई छिपाई ल्याएका सुनका ६३.८९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रुपियाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

दर्ता बिना संचालनमा रहेका पसल तथा फर्महरु दर्ता गर्न भक्तपुर नगरपालिकाकाे निर्देशन

भक्तपुर १७ फागुन। भक्तपुरका धेरै पसलहरु नगरपालिकामा दर्ता विना संचालनमा भएको पाइएको छ ।भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको सल्लाघारी, चुनदेवी र घलाटेमा फागुन १५ र १६ गते दुई दिनमा ३५ वटा पसल अनुगमन गर्दा धेरै पसलहरु नगरपालिकामा दर्ता विना संचालन गरिएको पाइएको हो ।

अनुगमनमा मोतिलाल दुगडको दुगड वर्डस् एण्ड सन्स् प्रा.लि. नगरपालिकाको दर्ता प्रमाणपत्र पसलमा नभएकोले पसलमा देखिने गरी राख्न निर्देशन दिइएकाे छ।

त्यस्तै ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज) दर्ता प्रमाणपत्र नभएको र दर्ता विना २०७५ सालदेखि संचालन गरेकोले तीन दिनभित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन र बाटोमा मोटर साइकल पार्किड्ड नगर्न समेत निर्देशन दिईएकाे छ।

त्यस्तै सोलु खाजा घर, सूर्य गणेश इन्टर प्राइजेजलाई भने तीन दिनभित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएकाे छ भने यसैगरी ३५ वटा पसल र फर्महरुलगाएतलाई पनि तीन दिन भित्र दर्ता कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक प्रजापतिले जानकारी दिए ।

शम्भुनाथका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं, १७ फागुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएसँगै नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।