`

प्रि ओपन सेसनमा नेप्से सुचकमा सामान्य वृद्धि

काठमाडौं, १७ फागुन  ।  प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।  प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
 

अमेरिकी डलरको भाउ घट्दा युरोको भाउ बढ्यो

काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।बुधबार अमेरिकी डलरको भाउ २७ पैसाले ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। यसअघि मंगलबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसा बढेको छ। मंगलबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा कायम गरिएको थियो।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसा तोकिएको छ। यो मूल्य मंगलबारको तुलनामा ३ पैसाले बढेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

यस्तै, बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ४४ पैसा तोकिएको छ। मंगलबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको थियो ।

बुधबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २८ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ।

उता,  राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३२ पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १० पैसा तोकिएको छ । 

यसैगरी, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ५४ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९० पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८६ पैसा कायम गरिएकाे छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६२ पैसा तोकिएको छ। 

रुपन्देहीमा डिएसपी सहित १४ प्रहरीलाई कारवाही

भैरहवा ।प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८÷७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन ।भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरिक्षक, २ जना प्रहरी नायब निरिक्षक, १ जना प्रहरी बरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो ।

यस्तै यसै अवधिमा ६ जनाले राजिनामा, ४ इन्सपेक्टर सहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले भने । 

प्रहरीले कारवाही मात्र नगरि राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्सपेक्टर सहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरिक्षकमा ३ जना, प्रहरी नायब निरिक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ । 

आर्थिक वर्ष २०७८÷७९मा ७ जना ले राजिनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारावाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले भने ।

कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नती हुने गरेको छ । पदोन्नती भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिना पिच्छे पुरस्कृत गदैृ आएको थियो । प्रहरी उपरिक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हाले देखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्याकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिदै आएका थिए ।

यस्तै प्रहरी उपरिक्षक मनोज केसीले पनि कार्यभार सम्हाल्दा प्रहरी इन्ट्रिग्रीटी अवार्ड भन्दै मासिक रुपमा प्रहरी कर्मचारीहरुलाई सम्मान गर्ने गरेका थिए । सधै गलत गर्नेलाई प्रहरीलाई कारवाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप अवार्ड दिने गरेको थियो । 

ठूलो परिमाणमा लागु औषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पु¥याउने लगायतका सूचकको आधारमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरिएको थियो । अवार्डले प्रहरी बीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेका थिए । 

प्रतिपक्षको कुर्सीमा कांग्रेस र एमाले दुबै

काठमाडौं / प्रतिनिधसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुबै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन् 

‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्षिप्त प्रतिक्रिया दिदै भने । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्धा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।

उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारवाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद सचिवालयमा पनि जानकारी गराईसकेको छ ।

टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत 

काठमाडौं, १७ फागुन । युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पूनरागमन जितमा  जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटका ले गोल गरेर जीत पक्का गरेका हुन । 

एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट खेलमा पछि युभेटसलाई  १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरीमा ल्याई दिए । 

४३औं मिनेटमा एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो तर पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने  दोस्रो हाफ युभेन्टको पक्षमा पार्दै ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ भने त टोरिनो ३१ अंकसहित नवौं स्थानमा छ ।्

सिद्धार्थ र प्रिमियर इन्सुरेन्सको एकीकृत कारोबार सुरु

काठमाडौं, १७ फागुन । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्।

दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो । बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो।

दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन् । यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ । दुवै कम्पनी एक भएपछि २ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको हो । 
 

प्रिमियर लिगमा म्याचेस्टरको ३–० को जीत

काठमाडाैं, १७ फागुन । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो ।

एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा  फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

 ७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।
 

यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, १७ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा पफलपफुलकाे मुल्य सार्बजनिक गरेकाे छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेकाे छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएकाे छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा  किनबेच भइरहेकाे छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएकाे छ ।

ब्रोबाउली ३० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया २० रुपैयाँ पाइने समितले जनाएकाे छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेकाे छ।
 

विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौं – बागलुङमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार विद्यालय जाँदै गरेकी बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट लडेकी मगरकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङलेजनाएको छ । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी हुन् ।

नया घासँ पलाउने र बिषालु जीवनष्ट हुने बिस्वासमा स्थानिय लगाए डढेलो

महोत्तरी १७ फाल्गुन । गर्मियाम वढेसगैँ महोत्तरीका उत्तरी क्षेत्रका जंगलहरुमा स्थानियहरुले डढेलो लगाउन थालेका छन ।

नया घासँ पलाउने र बिषालु जीव नष्ट हुने बिस्वासमा स्थानियहरुले नै डढेलो लगाउन थालेका हुन ।

जिल्लाका उत्तरी क्षेत्रमा रहेका घना जंगलहरुमा ३ दिन यता डढेलो लागेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताए । सामुदायिक तथा सरकारी मातहतमा रहेका जंगलहरुमा खुलेआम स्थानियले डढेलो लगाएता पनि सरकारी वन रक्षकहरु भने मुकदर्शक बनेका छन ।

जंगलभित्रको पारिस्थितिक प्रणालीलाइ नै असन्तुलन हुने गरि लगाइएको डढेलो आफैमा घातक भए तापनी डिभिजन वन कार्यालय तथा सागरनाथ वन परियोजनाहरुको बेवास्ता गरेकाे स्थानिय रामचन्द् साहले जनाए । 

तर, जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष झाले भने डढेलोको बिषयमा अघिल्लो बर्षभन्दा यो बर्ष निक्कै चनाखो रहेको दावी गरे । यसपाली पानी नपरेको हुनाले आगलागी र डढेलोको समस्या त्यतिकै पनी बढन सक्छ,´ उनले भने, नियतबश कसैले आगो लगाउछ भने त्यो अपराध हो, त्यसतर्फ हामी संवेदनशील छौ ।´ उन्ले यसो भने  दुई दिनभित्र मात्र टुटेस्वर, गौशाला, पाटुलगायतका ठाउँहरुमा आगलागी भएको छ ।

बर्दिबासमा नै रहेको नेवार डाडा र कामी डाडामा लागेको डढेलो नियन्त्रण ४८ घण्टापछी मात्र भएको थियो । ससस्त्र प्रहरी, सामुदायिक वनका सदस्य र वनका कर्मचारीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएको अध्यक्ष सुदर्शन काफ्लेले जानकारी दिए ।

डढेलोको कारण रुख, बिरुवा नष्ट हुँदै जानुले पानीका मुहानहरु सुक्दै गएका छन भने डाले घासँमा समेत समस्या वढदै गएको छ ।

आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ

भक्तपुर, १७ फागुन  । प्रहरीले आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी बृत थिमि भक्तपुरमा राखिएको छ  ।  

केपी ओली कप फाइनल: सातदोबाटो र मछिन्द्रबिच प्रतिस्पर्धा हुने

काठमाडौं, १७ फागुन । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । 

आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो ।

आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुदैँ आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुदैछ । 

नेकपा एमाले निकट युवा स‌‌घकाे आयाेजनामा भईरहकाे खेलकाेमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।

राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !

काठमाडौं, १७ फागुन । बाग्मती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ ।नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशवाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढने संकेत गरेको हो ।

मुख्यमन्त्री कार्कीसँग हिजो बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् । ‘राप्रपाका साथीहरुले सरकारवाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नु भएको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुबै पार्टी बिच घनिभुत छलफल भएको छ ।

यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकी छिन । राप्रपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारवाट बाहिरिने निर्णय गरे पछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो । बुधवार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएकाे सांसद शाहीले जानकारी दिएकी छिन । 

उता, बाग्मती प्रदेशमा रहेका तीन मन्त्रीले आइतवार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सकेका छन । माओवादीका शालिकराम जम्मेरकट्रेल नेतृत्वको सरकार मा रहेका तीन मन्त्रीहरु मा खानेपानी मन्त्री उद्धव थापा, ऊर्जा तथा सिंचाइ मन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री राजु बिष्टले राजिनामा दिइसकेका छन ।

टर्‍यो सम्भावित विमान दुर्घटना

काठमाडौँ । अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए।

सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए।

होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार पाँच सय फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार पाँच सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार पाँच सय फिटमा रहेका थिए।पहिलो अवतरण गर्ने पालो बुद्व एयरको थियो। विमानस्थलमा रहेका एटीसी (एयर ट्राफिक कन्ट्रोलर)ले अवतरणको अनुमति कसैलाई दिएको थिएन।

अवतरण अनुमतिको पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले निगमसँगको दूरी एक हजार फिटबाट दुई सय फिटनजिक बनाएपछि दुर्घटनाको सम्भावना बढ्न पुगेको थियो।

अनुमति र बिनाकुनै जानकारी एक्कासि कतार एयरवेजको जहाज १२ हजार आठ सय फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम (टिकास)मा अलर्ट आएको र निगमका पाइलटले एटीसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

थामिएन रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को

काठमाडौँ । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९र८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।

विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)मा जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले भने, “मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ ।

माघमा मात्रै पाँच हजार ८३७ महिलासहित ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो सङ्ख्या वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । सो अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ ।

सात महिनामा सबैभन्दा धेरै मलेसियामा जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार छ । सो अवधिमा कतारका लागि १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, संयुक्त अरब इमिरेट्स (यूएई) नौ हजार ७७० र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो पटक विगतको तुलनामा युरोप र एसियाली मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ ।

गत माघ महिनामा रोमानिया जान ८०४, जापान ८८२, साइप्रस ४१७, क्रोएसिया ४७१, माल्टा २७०, पोल्यान्ड ७२० र पोर्चुगल जान ४५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

५ करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ ।

सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आहृवान गरेको नेपाल समाचारपत्रलाई बताए । उनका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरूगरेको थियो। सबै सरोकारवालासँगको छलफलपछि करिब एक महिनाअघि दरबारमार्गको किडी नक्सा तयार भएको थियो।

करिब एक वर्ष अवधिमा निर्माण र सौन्दर्यीकरण गर्ने काम पूरा गर्ने जिकिर गर्दै कामपाले नामअनुसारको क्षेत्रको व्यवस्थापन गर्ने बताएको छ । यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काष्ठमण्डपको आकृतिसहितको रेलिङ निर्माण गरिसकेको छ।

विभागीय निर्देशक थापाले भने, नयाँ ढल, बाटो, फुटपाथ अपग्रेडिङ, सडकबत्ती जडान, ल्वमा बत्ती राख्ने, बाटोको दुवै साइडमा लाइटिङ जडान गर्ने, गमला सजावट, मौसमअनुसारको फूल, गार्डेनिङ, ग्रेनाइट बिच्छाउने, अन्डर ग्राउन्ड पार्किङलगायत सबै संरचना परिवर्तन गरी नयाँ स्वरूपको दरबारमार्ग बनाउने तयारीमा लागेका छौं । टेन्डर प्रक्रिया पूरा गर्न करिब ३ महिना लाग्नेछ ।

महानगरले छुटपाथमा बटुवा र पर्यटक बस्न मिल्ने गरी छुट्टै संरचना बनाउने भएको छ। संघीय राजधानीका मुख्य रूपमा रहेको व्यापारिक क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा यसअघि राजधानीको बागबजार, पुतलीसडक, बानेश्वर, माइतीघरदेखि कोटेश्वर, सिनामंगलदेखि त्रिभुवन अन्तर राष्ट्रिय विमानस्थल सडकसम्म सौन्दर्यीकरण गरिसकेको छ।

दरबारमार्गको भने बेग्लै किसिमको सजावट गर्न लागिएको छ। सो क्षेत्रमा प्रविधिमैत्री फुटपाथ निर्माण, डिस्प्ले बोर्ड, कारोपण गर्नेलगायतका योजना रहेको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सर्वोच्च अदालतले कहिले पाउँछ प्रधान्यायाधीश ?

काठमाडौं । सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम ९कामु० को जिम्मेवारीमा छोडेको छ ।संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनतर्फ ध्यान दिइएको छैन ।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्थाअनुसार अहिले हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।कार्कीको कार्यकाल २०८० भदौ २५ सम्म छ । सर्वोच्चका न्यायाधीशका लागि ६५ वर्षे उमेर हद तोकिएको छ ।

संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था संविधानले गरेको छ ।संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ ।

प्रधानन्यायाधीश र संवैधानिक निकायमा प्रमुख र पदाधिकारीहरू नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ६ सदस्यीय संवैधानिक परिषद् रहने व्यवस्था छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको नेता, प्रतिनिधिसभाका उपसभामुख सदस्य हुने व्यवस्था छ ।

प्रधानन्यायाधीशको पद रिक्त भएमा नियुक्ति सिफारिस गर्दा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि सवैधानिक परिषद्को सदस्यका रूपमा व्यवस्था छ । यो समाचार नागरिक दैनिकमा छ ।

कोरोनाविरुद्धको दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ ।यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा अभियान गौतमका अनुसार पहिलो चरणमा ५५ वर्षमाथिका सबैलाई खोप दिइने छ ।साथै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घरोगी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई लक्षित गरी दोस्रो मात्रा बुस्टर डोज खोप दिने भएको हो ।

पूर्ण खोप लगाएको तीन महिना पूरा भएका, पहिलो बुस्टरडोज लगाउन छुटेका र पहिलो बुस्टर डोज खोप लगाएका छ महिना पूरा भएकालाई दोस्रो बुस्टर मात्रा खोप लगाउन डा गौतमले आग्रह गरे ।

कोरोना भाइरसबाट सङ्क्रमण भएकाहरुले सङ्क्रमणमुक्त भएको एक महिनापछि मात्र बुस्टर डोज लगाउन मिल्ने गौतम बताउछन् ।स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार सो अभियानका लागि सरकारले कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्टको १५ लाख डोज खोप प्राप्त गरेको छ ।

डा गौतमका अनुसार, सरकारले खोप सबै प्रदेशमा पठाइसकेको छ र लक्षित जनसङ्ख्या पहिचान गरी प्रदेश सरकारले खोप लगाउन सुरु गरिसकेको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडाै‌, १७ फागुन । प्रतिनिधिसभाको बैठक बस्दैछ । 

आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।

आजको मौसम: देशको पहाडी भुभागमा हल्का बर्षा हुने

काठमाडौं, १७ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनका महाशाखाले अनुरोध गरेको छ ।

गोलरक्षक सिल्भा मैदान बाहिरनु पर्दा चेल्सी माथी दबाब 

काठमाडौं, १६ फागुन । टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन् ।

आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिना भन्दा बढी आरम गर्नुपर्ने भएको हो ।

‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण थियागोले सोमबार क्लबको प्रशिक्षणमा खुट्टाको जाँच र स्क्यान गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानको नतिजाका आधारमा थियागोको लिगामेन्टमा समस्या  छ । सिल्भा निको नहुन्जेलसम्म मेडिकल टिमको निरिक्षणमा रहने छन् । आशा छ उनी चाँडै नै मैदानमा फर्किनेछन् ।’

सन् २०२० मा फ्रेन्च क्लब  पेरिसेन्ट जर्मन (पिएसजी) बाट चेल्सी पुगेका ब्राजिलियन सिल्भाले इङ्लिस क्लबबाट एक सय नौ खेल खेलेका छन् । खराब खेलिरहेको चेल्सी माथी गोलरक्षक सिल्भा पनि एक महिना बाहिर रहनु पर्दा थप दबाब बढेको सञ्चारमाध्यमले जनाएका छन् । 

अवैध लागूऔषध ब्राउनसुगरसहित धनगढीवाट एक नियन्त्रणमा

कैलाली, १६ फागुन । धनगढी उपमहानगरपालिका– ९ त्रिबेणीघाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ परे्का छन ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगर सहित सोही उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  हो । 

अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

उनी माथी थप छानबिन भईरहेको छ । 
 

भृकुटीमण्डप जग्गा लिज प्रकरणः पुर्ब मन्त्रीसहित सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दाेषी ठहर

काठमाडौं, १६ फागुन । ्विशेष अदालतले पुर्व मन्त्रीद्धय टेकबहादुर गुरुङ र बद्रीप्रसाद न्यौपाने लाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टी नेता न्यौपानेलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पुर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो ।

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्नका लागि सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा बिशेष अदालतले आज दोषी ठहर गरेको हो ।

स्वतन्त्र पार्टीले तोक्यो ७ वटै प्रदेशका सभापति

काठमाडौं, १६ फागुन  । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेका छ ।

जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने रहने गरी जिम्मेबारी तोकेको हो । 

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेृशमा सभापतिमा प्रकाश विष्ट चयन गरी जिम्मेवारी तोकेको हो ।

अब १५ प्रतिशत बढी ब्याँज दर लिने लघुबित्त कारबाहीमा पर्ने, राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। 

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको र पीडितहरुले आत्महत्यासमेत गरेको गुनासो आएपछि राष्ट्र बैंकले मंगलवार सूचना जारी गरेको हो। 

‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ,’ जारी सूचनामा भनिएको छ ।

राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त र फाइनान्स कम्पनी फरक संस्था भएको सूचनामै उल्लेख गरेको छ। 

ऐश्वर्या र अभिषेकको दुबईमा छ एक शानदार घर

मुम्बई, । विश्वको सबैभन्दा धनी शहरमा पर्ने दुबईमा घर किन्नु बलिउड स्टारका लागि एउटा शोख नै हो । यो देश बलिउडलाई यति मनपरेको छ कि अधिकांश अभिनेता अभिनेत्रीले त्यहाँ घर नै किनेका छन् । दुबईका स्थानीय रियल स्टेट कारोबारीका अनुसार एक बिलासी जीवन बिताउनका लागि धनी भारतीय दुबईमा घर किन्न मन पराउँछन् ।

बलिउडका नाम चलेका कलाकारहरुले दुबईमा घर नै किनेका छन् । जसमा शाहरुख खानदेखि अनिल कपुरसम्म पर्छन् । ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनसँग दुबईमा एक शानदार घर छ, जहाँ हरेक सुविधा उपलब्ध छन् ।

गीतकार सागर उदासका दुई कृति लोकार्पण

फागुन १६ तनहुँ दमौलीका सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक भएका छन्।

राजधानीमा एक कार्यक्रममार्फत उनका दुई कृतिहरू एकसाथ विमोचन भएका हुन्। गीति सङ्ग्रह ‘सागर सुसेली’ मा १०९ वटा श्रृजना समेटिएका छन्।

४ वर्ष अगाडि कृतिबारे सम्पूर्ण तयारी भए पनि कोभिड र विविध कारणले ढिलाइ भएको गीतकार सागर उदासले विमोचन समारोहमा बताए। अर्को कृति ‘फैलिन्छ कि माया’ मा १२३ वटा श्रृजनाहरू छन्। कृतिमा मन-मुटु, माया-प्रेम, राष्ट्र- प्रेम र कोभिड्का पीडाहरू झल्किएका छन् । उनको दर्जनौं गीत रेकर्ड भइसकेका छन्।

गण्डकी वाङ्मयय प्रतिष्ठानका अध्यक्ष उदासले आफ्नो व्यवसायिक कर्मसँगै साहित्य, पर्यटन प्रवर्द्धनमा समेत पनि उत्तिकै क्रियाशिल छन्।  विसं २०५० मा रेकर्ड भएका उनका पहिलो गीत आइसिंह लामाको संगीतमा देवकुमार लामाले गाएका ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो। सागर उदासका पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गीति एल्बम र २०७० मा दोस्रो एल्बम ‘रवी’ रेकर्ड गरेका थिए।

 विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार ललिजन रावल, वसन्त वित्यासी थापा अध्यक्ष गीतकार संघ नेपाल, बिबि अनुरागी वरिष्ठ संगीतकार, राजन राज शिवाकोटी गायक, तारा प्रसाद वस्ती सहित्यकार, कन्सेप्ट नेपालका संयोजक पवन शाक्य लगायतले सागर उदासको गीति संग्रहको चर्चा गरेका थिए।

सिरहामा तीन किलो गाँजासहित दुई समातिए

सिरहा, १६ फागुन । गोलबजार नगरपालिका–१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका–३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । 

प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 

कला संस्कृतिको नयाँ खोज गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्छ – पर्यटनमन्त्री

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्ने बताउका छन् ।

मंगलबार नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा उनले जोड दिए ।

उनले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरे । समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको भन्दै उनले गणतन्त्रको मर्मलाई कदापि भुल्न नहुनेमा जोड दिए ।

देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन

काठमाडौँ – आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । निर्वाचनका लागि देशभरका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको हो । उक्त समितिले क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ ।

यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकिएको छ । निर्देशनालयका निर्देशक अधिकारीले गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थिति निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताए ।

सुनसरीमा २८५ किलो गाँजाससहितको गाडी छाडी भाग्ने ड्राईभरको खोजी जारी

सुनसरी, १६ फागुन । करीब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको सबारी चालकको खोजी कार्य जारी छ ।

हरिनगर गाउँपालिका– ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकमा नियन्त्रण्मा लिएको बिआर १ एके ६१०० नम्बरको भारतीय स्कारपियो गाडीको सवारी चालकको खोजी कार्य जारी राखिएको हो । 

सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सबारी चालक सो गाडी रोक्ने वित्तिकै गाडी छोडेर भागे पछि खोजी कार्य जारी राखिएको हो ।

सशष्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको  गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । 

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैकिङ कसूर मुद्दाका फरार रहेका एकलाई प्रहरीले पक्राउ गरेको छ ।काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

नेपाली सेनाले गर्यो साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार

काठमाडौं, १६ फागुन । नेपाली सेनाले साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार गरेको छ । 

नेपाली सेनाका अनुसार गत माघ १४ देखी फागुन १३ गतेसम सर्प र बिच्छीले टोेकेका ५२ जनाको उपचार गरेको हो ।

जसअनुसार पुर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पुर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदुरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।

नारायणीमा हाम फालेका युबकको १ किमी तलबाट जीवितै उद्धार

चितवन, १६ फागुन । भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ ।

खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फाले पछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिबितै उद्धार गरेको हो ।
 

हाम फालेको जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट महतोलाई जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो । 

फागुन २२ सम्म बिमा अभिकर्ताले इजाजतपत्र नवीकरण नगरे खारेज हुने

काठमाडौं, १६ फागुन ।  बिमा प्राधिकरणले बिमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो ।

फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बिमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सुचनामा जनाईएको छ ।

उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ 

बाग्मती प्रदेशले हात्तिको आक्रमणमा निधन भएका तीन परिवारलाई १–१ लाख राहात दिने

हेटौडा, १६ फागुन । बाग्मती प्रदेशले हात्तिको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख राहात दिन भएको छ ।

आन्तरिम तथा कानुन मन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सो निर्ण गरेको हो ।

उनका अनुसार जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका मकवानपुर मनहरी– ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया–५ का सन्तलाल माझी र सिन्धुली कनपा–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
 

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दै : विमलेन्द्र निधि

सप्तरी, १६ फागुन । कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् । 

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए । 

९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । 

पञ्चायतकालमा पञ्चायतविरूद्धमा सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पु¥याउने काम पत्रकारले नै गर्दै आएको बताए । 
 

लमजुङमा आगलागीबाट वृद्धको मृत्यु

लमजुङ, १६ फागुन । लमजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–८, खिन्चोक बेंसीमा बस्दै आएकी ९१ वर्षीया हाँगी कामीको टहरासँगै जलेर मृत्यु भएको छ ।

 सोमबार राति टहरामा आगलागी भएपछि सुतिरहेका उनको जलेरै मृत्यु भएको देखिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार हाँकी कामी एक्लै पकाएर खाने र टहरामा एक्लै बस्ने गर्थिन् ।   

उनलाई रेखदेख गरिरहने एकजना रहेको र जेठीपट्टीका नातिनातिना गाउँमा रहेपनि हाँगी एक्लै बस्दै आएकी थिइन् । आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएका छन् ।

छिमेकीले राति अबेर आगो निभाए पनि वृद्धा सकुशल उद्धार गर्न नसकेको र लत्तकपडा, भाँडाकुँडा, चामल, मकैलगायत खाद्यान्न सबै जलेको इलाका प्रहरी भोटेओडारका इन्सपेक्टर राजन तिमिल्सिनाले बताए ।   

चिसो बढेपछि आगो ताप्न आगो फुकेकोमा हावा चल्दा खाटमुनि राखेका दाउरामा आगो सल्केको र खाटमा सुतिरहेकी उनी जलेको देखिएको उनले बताए । 

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं, १६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् । 

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा  बहराइन प्रस्थान गर्ने कार्यक्रम छ । 
आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ । 
 

रक्सी भनेर सेनिटाइजर खाने डाँगी उपचारका लागि नेपालगञ्जमा

सुर्खेत, १६ फागुन । रक्सी भन्दै सेनिटाइजर सेवन गर्दा एकजना बिरामी परेका छनु ।

सल्यान बागचौर नगरपालिकामा इमान डाँगीले रक्सी भनेर सेनिटाइजर सेवन गर्दा बिरामी भएका हुन् ।

बागचौर नगरपालिका–९ डाँगीगाउँ बस्ने अन्दाजी ५२ वर्षका ईमान डाँगीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भएको २ सय ५० मिलिलिटरको बोतलमा राखेको सेनिटाइजर सेवन गरेपछि बिरामी परेका हुन् ।

बिरामी भएका डाँगीलाई उपचारका लागि स्थानिय सहज पोलिक्लिनिक थारमारेमा सामान्य उपचार गरिएको थियो । थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको र त्यहाँ पनि सम्भबः नभए पछि नेपालगञ्ज रिफर गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

उनको स्वास्थ्य अवस्थामा सुधार हुदैँ आएको छ ।