`

ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु

ललितपुर,१९ फागुन – ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ । त्यस अनुसार महिला शशक्तीकरणको साथै ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार ललितपुरको सिद्धिपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ११२ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा सिद्धिपुर सामुदायिक सिकाई केन्द्र (सीएलसी) र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको  हो । 
अभियन्ता एवं उतरी तथा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्न सफल पहिलो महिला पत्रकार सगरमाथा आरोही कल्पना महर्जनले पाँंच वर्षभित्र ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत कार्यक्रम सुरु भएको बताइन् । यो अघि स्कुलस्कुलमा कार्यक्रम गर्दै आएकोमा अवदेखि नगरपालिका, वडा, महिला समूह, सामुदायिक सिकाई केन्द्र (सिएलसी) आदिसँंगको सहकार्यमा प्रत्येक महिना जिल्लाका फरकफरक ठाउँंहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै अगाडि वढ्ने योजना उनले सुनाइन् ।
‘तीनवर्षभित्रमा हामी  निशेषित बालविवाहमुक्त क्षेत्र घोषणा गर्दै पाँंचवर्षभित्रमा जिल्लालाई नै वालविवाहमुक्त जिल्लाको रुपमा अगाडि वढाउने अभियानमा छौं, कार्यक्रममा अभियन्ता महर्जनले सुनाइन् । यस अनुसार पहिलो कार्यक्रम सिद्धिपुरमा भएको उनले जनाइन् । 
कार्यक्रममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणामा आआफूले गर्न सकिने योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
 

स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै – चित्रबहादुर केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै भउको बताएका छन् ।शुक्रबार लुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको उनको भनाई छ । उनले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए । उनले भने “प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, सङ्घीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन”

ए डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित

काठमाडौं, १९ फागुन – सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ। लिगको पहिलो खेलमा उसले फ्रेन्ड्स क्ललबमाथि संघषपूर्ण जित निकालेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। दोस्रो हाफको अन्तिम दुई मिनेट बाँकी रहँदा मेसुकेले ओलुमेउले गोल गर्दै खुमलटारलाई जित दिलाएका हुन् ।

खुमलटारले आज ए डिभिजन लिगमा डेब्यु गरेको हो । उसले पहिलो खेलमा नै जित निकालेर  लिगमा सुखद् सुरुआत गरेको हो। उपअधि लक्ष्य लिएको फ्रेन्डसले भने हारबाट लिग सुरु गरेको छ ।

नेपालबाट तान्त्रिकलगायत प्रयोजनका लागि कुन कुन जीवजन्तुको तस्करी हुने गरेको छ?

नेपालमा वन्यजन्तु संरक्षणका निम्ति राज्यले सकारात्मक पहल थाले पनि ती सुखद र पर्याप्त नभएको जानकारहरूले बताएका छन्। विशेषगरी वन्यजन्तु अपराधको सन्दर्भमा कानुनहरू कार्यान्वयन नहुनु र साना स्तनधारी वन्यजन्तुको आवश्यकताबारे उचित विमर्श र जानकारी नहुनुले विभिन्न चुनौतीहरू खडा गरेको विज्ञहरूको बुझाई छ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घले ५० औँ विश्व वन्य जीवन दिवस मनाइरहँदा बीबीसीले वनका वैभवमा महत्त्वपूर्ण मानिने, नेपालका केही दुर्लभ वन्यजन्तुबारे यहाँ चर्चा गरेको छ।

आफ्नो धारणा प्रस्तुत गरेका अधिकांश जानकारले नेपालमा ”बाघ र गैँडाजस्ता जनावरबारे पर्याप्त चर्चा र काम भए पनि साना स्तनधारी जनावरहरूको संरक्षण बेवास्ता गरिएको” टिप्पणी गरेका छन्।

“वन्यजन्तुबारे हाम्रो बहस बाघ, हात्ती र गैँडामा केन्द्रित भएको छ। तर अन्तर्राष्ट्रिय स्तरमा अवैध व्यापार भइरहेका स-साना वन्यजन्तुको बेवास्ता गरिएको छ। तीनको संरक्षण अत्यावश्यक छ,” मकवानपुरका डिभिजन वन अधिकृत, विष्णुप्रसाद आचार्यले भने।

विश्वमै संवेदनशील, लोपोन्मुख तथा सङ्कटापन्न अवस्थामा रहेका भनिएको वन्यजन्तुहरू नेपालका केही निश्चित क्षेत्रमा पाइने बताइन्छ। तिनीहरूको संरक्षण र सङ्ख्या वृद्धिमा जोड दिनुपर्ने आचार्य बताउँछन्।

नेपालमा पाइने केही दुर्लभ वन्यजन्तु
सालक
विज्ञहरूका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, सुर्खेत, इलाम, ताप्लेजुङलगायत ठाउँमा पाइने सालक लजालु र प्रतिकार गर्न नसक्ने जन्तुमा पर्छन्।पछिल्लो समय सङ्ख्यात्मक हिसाबमा धेरै कम नभए पनि यसको बढ्दो अवैध व्यापारका कारण यसको संरक्षणमा चुनौती बढेको आचार्यको भनाई छ।

उनका अनुसार मकवानपुर जिल्लाका १५० भन्दा बढी सामुदायिक वनमा सालक पाइन्छन्।“यो भुईँ वर्गको जनावर हो। यो कोमल प्रकृतिको हुन्छ र प्रतिकार गर्न सक्दैनन्। त्यसैले मानिसहरूले सहजै मारिरहेका छन्,“ उनले भने।“कतिपयले सालक माछा ठानेर मार्छन्। कतिले चीन र भियतनामलगायत देशमा पुर्‍याउन। त्यसैले हाम्रा जङ्गलमा हिजो प्रशस्त भएका सालक आज सकिँदै गएका छन्।“

सालक तामे र कालो रङ्गका हुन्छन्। यसको शरीरको तल्लो भागमा मात्र छाला हुन्छ र माथिल्लो भागमा कत्ला हुन्छ।“मानिसहरू ५/६ हजार रुपियाँको लागि सालक सिकार गरेको अवस्थामा पक्राउ परेका छन्। राष्ट्रिय निकुञ्ज ऐनमा यसको अङ्ग ओसारपसार गरे १५ वर्षसम्म जेल सजाय वा ५ देखि १० लाख जरिवानाको व्यवस्था छ। तर पनि यसको सिकार नियन्त्रण भएको छैन,” उनले भने।

लघु कर्ण खरायो

जानकारहरू घाँसे मैदानकै अभावका कारण लघु कर्ण खरायो दुर्लभ बन्दै गएको बताउँछन्। अन्य खरायोको तुलनामा यसको कान निकै सानो हुने भएकाले यसलाई लघु कर्ण खरायो भनिन्छ।उनका अनुसार यो खरायो आजभोलि शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका केही भागहरूमा पाइने बताइन्छ।

“तराईका विभिन्न संरक्षित क्षेत्रहरूमा छन्। तर त्यस्ता ठाउँहरूमा नियोजित आगो लगाउने बेलामै यसको प्रजनन गर्ने समय भएकाले निकै प्रभावित बनेका छन्,” उनले भने।माघ, फागुन र चैत यस जनावरको प्रजननको समय भए पनि घाँसे मैदानमा गरिने आगलागी वा खर मास्ने प्रक्रियाले यसको अवस्था संवेदनशील बन्दै गएको बताइन्छ। त्यस्तै मासुका लागि यसको अवैध बिक्री समेत हुने गरेको जानकारहरू बताउँछन्।

विश्वमै ३०० वटा मात्र भएको ठानिएको यस खरायो शुक्लाफाँटामा मात्र ३० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको एक पुस्तकमा उल्लेख गरिएको छ।

जङ्गली याक
नेपालमा धेरै वर्षसम्म नदेखिएको भए पनि छ भन्ने पुष्टि भएको दुर्लभ जनावर हो जङ्गली याक वा वन चौँरी। यो हुम्लाको लिमी उपत्यकाबाट उत्तरतर्फ केही पटक देखिएको जानकारी दिन्छन्, साना स्तनधारी जनावर संरक्षण तथा अनुसन्धान संस्थाका निर्देशक एवं अनुसन्धानकर्ता सन्जन थापा।

यो जनावर नेपाल, भारत र चीनका सुक्खा हिमाली क्षेत्रमा पाइन्छ। नेपालमा यसको सङ्ख्या यकिन नभएको विभागको वेबसाइटमा उल्लेख छ।यो चरणका लागि तिब्बततर्फ जाने गरेको र त्यहाँबाट फर्कन्छ वा फर्कँदैन भन्ने यकिन नभएको उनको भनाई छ।“नेपालबाट चीनतर्फ गएका जङ्गली याकहरूमध्ये निकै कम मात्र फर्कने गरेको पाइएको छ। यो विश्व परिवेशमै लोपोन्मुख जनावर हो,” उनले भने।

मुसे मृग
नेपालमा पहिले पाइने तर हाल अति लोपोन्मुख जनावर हो मुसे मृग। अनुसन्धानकर्ताहरूका अनुसार अहिले यो नेपालमा पाइन्छ या पाइँदैन भन्ने यकिन छैन। अनुहारको भाग मृगको जस्तो देखिने भएकाले इन्डियन सेभ्रोटिन नामक यस प्रजातिलाई मुसे मृग नाम दिइएको जानकारहरू बताउँछन्।

जङ्गल वरपरका स्थानीय बासिन्दाहरूको भनाई र केही अध्ययनको आधारमा यसको उपस्थिति ठम्याइएको बताइन्छ।“यस वन्यजन्तुबारे थुप्रै आकलन गरिएका छन्। पछिल्लो समय यो लोप नै भएको हुनसक्ने ठानिएको छ,” थापाले भने।

लाटोकोसेरो र चराहरू
ठूला जनावरको सङ्ख्या घट्नु, सिकार र अवैध व्यापारबारे छलफल र चर्चा भए पनि चराहरूको सन्दर्भमा यस्ता बहस पर्याप्त नभएको बताउँछन् डिभिजन वन कार्यालय काठमाण्डूका अधिकृत बद्री कार्की।सहरी क्षेत्रमा चरा पाल्ने सोखले अवैध व्यापार बढाएको उनले दाबी गरे। गत कार्तिक महिनामा मात्रै डिभिजन वन कार्यालयले काठमाण्डूका फरक फरक क्षेत्रबाट ६०० भन्दा बढी चराहरू जफत गरेको उनले बताए।

“मासु, औषधिजन्य प्रयोजन र धार्मिक कार्यको लागि चराको व्यापार हुने गरेको पाइयो। धार्मिक हिसाबमा मन्दिरमा छोड्ने परेवाको व्यापार गरेजस्तो गरेर भित्रभित्रै बेच्न नमिल्ने चराहरू पनि राखिएको पाइयो,” कार्कीले भने।यद्यपि, लाटोकोसेरो र गिद्धको संरक्षणमा राम्रो कामहरू भइरहेको उनको भनाई छ।

तर, प्रकृति संरक्षणका लागि काम गर्ने संस्था फ्रेन्ड्स अफ नेचरका निर्देशक तथा लाटोकोसेरोबारेका अनुसन्धाता राजु आचार्यका अनुसार नेपालमा वार्षिक दुई हजार वटा लाटोकोसेरो मारिन्छन् वा तीनको अवैध व्यापार गरिन्छ।संसारभर पाइने लाटोकोसेरोको प्रजातिमध्ये करिब १० प्रतिशत अर्थात् २३ प्रजातिका लाटोकोसेरो तथा हुचिलहरू नेपालमा अभिलेखीकरण भएका छन्।

“यो लगायत अन्य चराहरू प्राय रोग निको हुने अन्धविश्वासमा खानको लागि, चीनमा औषधीय प्रयोजनका लागि र भारतमा तान्त्रिकहरूको प्रयोगका लागि पुर्‍याइन्छन्। कतिपयले घरहरूमा शुभ हुने विश्वासका कारण समेत अवैध रूपमा राख्ने गरेका छन्,” आचार्यले भने।

डाँफे, मुनाल, बगेडी, कालिज, कस्तुरीलगायत चराहरू पनि उल्लेख्य सङ्ख्यामा सिकार हुने गरेको बताइन्छ।“काग, गिद्धजस्ता खान नमिल्नेबाहेक यहाँ सबै किसिमका चरा मारिन्छन् वा तिनीहरूको अवैध व्यापार हुन्छ।“संसारभर पाइने लाटोकोसेरोको प्रजातिमध्ये करिब १० प्रतिशत अर्थात् २३ प्रजातिका लाटोकोसेरो तथा हुचिलहरू नेपालमा अभिलेखीकरण भएका छन्।

“यो लगायत अन्य चराहरू प्राय रोग निको हुने अन्धविश्वासमा खानको लागि, चीनमा औषधीय प्रयोजनका लागि र भारतमा तान्त्रिकहरूको प्रयोगका लागि पुर्‍याइन्छन्। कतिपयले घरहरूमा शुभ हुने विश्वासका कारण समेत अवैध रूपमा राख्ने गरेका छन्,” आचार्यले भने।

डाँफे, मुनाल, बगेडी, कालिज, कस्तुरीलगायत चराहरू पनि उल्लेख्य सङ्ख्यामा सिकार हुने गरेको बताइन्छ।“काग, गिद्धजस्ता खान नमिल्नेबाहेक यहाँ सबै किसिमका चरा मारिन्छन् वा तिनीहरूको अवैध व्यापार हुन्छ।“समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

प्लाष्टिकजन्य सामाग्रीको विस्थापनमा राइनास नगरपालिका

लमजुङ,  १९ फागुन – लमजुङको राइनास नगरपालिकाले प्लाष्टिकजन्य वस्तुको विस्थापन गर्ने भएको छ ।

प्लाष्टिकजन्य वस्तुको विस्थापन गरी वातावरण मैत्री सामान प्रयोगमा ल्याउने तयारी थालेको नगरपालिकाले बुधवार  प्लाष्टिकजन्य वस्तुको विस्थापन दुना, टपरी तथा कपडाको झोला प्रर्वद्वन सम्बन्धी राय, सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ ।

‘व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार’ भन्ने नाराका साथ भएको कार्यक्रममा पालिकाभिका विभिन्न समूह तथा सहकारीले उत्पादन गरेका सामाग्रिहरु प्रर्दशन गरिएको थियो । 

कार्यक्रममा राइनास नगरप्रमुख खड्ग बहादुर गुरुङले प्लाष्टिकजन्य वस्तुको विस्थापन गरी   स्थानीय स्तरमै उत्पादन गरिएको दुना, टपरी प्रयोगले वातवरमा कुनै पनि असर नपर्ने र यसले स्थानीय स्तरमा रोजगारी पनि सृजना हुने वताउनुभयो । नगरप्रमुख गुरुङले दुना, टपरी तथा कपडाको झोला बनाउने सहकारी तथा समुहलाई विशेष धन्यवाद दिदैँ यसमा नगरपालिकाको निरन्तर सहयोग रहिरहने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । 

राइनास सम्भावना बोकेको ठाउँ भएकाले नगरको विकासको लागि सबै एकजुट हुनु पर्नेमा जोड दिदै नगरपालिकाले लिएको परिवर्तनको बाटोमा कसैले पनि स्वार्थ राख्न नहुने नगर प्रमुख गुरुङको भनाई थियो । नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै कृषि उपज उत्पादनमा व्यवसायिकता सँगै  छिटै आत्मनिर्भर हुनेमा  नगरप्रमुख गुरुङले विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै राइनास नगरपालिका उपप्रमुख पुष्पराज खनालले स्थानीयस्तरमै दुना, टपरी तथा कपडाको झोला उत्पादन हुदाँ महिलाहरु आयआर्जनमा जोडिने वताए ।  फुर्सदको समयलाई पनि सदुपयोग गरी आयआर्जनका काम गर्न सकिने भएकोले अतिरिक्त आयआर्जनमा लाग्न सवैलाई आग्रह गरे । 

दुना टपरी तथा कपडाको झोला प्रयोगमा ल्याउदाँ आयआर्जन सँगै वातावरण प्रदुषणमा समेत कमी आउने उपप्रमुख खनालले विश्वास व्यक्त गरे। यसको उत्पादन, प्रयोगसँगै बजारको व्यवस्थापनमा समेत नगरपालिकाले पहल गर्ने उपप्रमुख खनालको भनाई थियो ।  

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रमुख गोर्कणराज सुयलले राइनास नगरपालिका भित्रको फोहोर व्यवस्थापन गर्न तथा स्थानिय कच्चा पदार्थलाई अर्थमा परिणत गर्न पाएकोमा खुसी व्यक्त गरे । घरमा नै बसेर आँफुले जानेको कामबाट पैसा कमाउन सकिने भएकाले नगरपालिकाले थालेको प्लाष्टिकजन्य सामाग्री विस्थापन कार्य सफल हुने विश्वास व्यक्त गरे ।

पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं, १९ फागुन – युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।

टस हारेर पहिले बलिङ गरेको नेपापलले १८० रनको लक्ष्य पाएको थियो। दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सम्पन्न खेलमा नेपालले सात विकेट गुमाएर १२ बल मात्र बाँकी रहँदा जित निकालेको हो।

खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्युगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रनमा समेटिएपछि नेपालले १८० रनको लक्ष्य पाएको थियो।

ब्याटिङ नेपालले निकै कमजोर सुरुआत गरे पनि अन्तिममा आशिफ, कुशल मल्ल र सन्दीपले सम्झनलायक प्रदर्शन गर्दै नेपालाई जिताएका थिए। खेलमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यी ब्याटर लगातार आउट भएपछि नेपाल ७४ रनमा छ विकेट गुमाएको कमजोर अवस्थामा थियो।

खेलमा आशिफले ८६ रन बनाए भने सन्दीपले ३५ र कुशल मल्लले २३ रन बनाएका थिए। आज सन्दीप  आसिफले आठौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।नेपालविरुद्धको  खेलमा आस्साद भालाले तीन विकेट लिए भने सेसे बाउ र सेमो कमियाले समान २/२ विकेट लिएका थिए।
पहिलो पारीमा, बलिङतर्फ नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट गिराएका थिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि समान १/१ विकेट लिएका थिए।

यता पपुवा न्युगिनीका टोनी उराले ३९, हिरी हिरीले ३१ र पिप्लिन डोरिगाले २६ रन बनाएका थिए।यो खेलमा जित निकालेपछि नेपालले ३० खेलमा ३० अंक बनाएको छ। ३१ अंक बनाएको युएई पाँचौ स्थानमा छ।
 

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लग्ने

धनगढी, १९ फागुन – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् । 

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन् ।

उनले पठाएको पत्र अनुसार आइतबार दिउसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । 

‘मुख्यमन्त्री ज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिएको छु ।’

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी पार्टीले समर्थन गर्ने निश्चित रहेको छ । तीन दल संग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ । 

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेको छ । नागरिक उन्मुक्ति पार्टीले समेत प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तीहाई समर्थन हुने छ । 

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए । 

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन

काठमाडौं, १९ फागुन – औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ ।

उद्योगहरूको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सा लगायतका कागजात पठाउन विभागले आग्रह गरेको हो ।

साथै विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरूले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ फागुन ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका-५ का २७ वर्षीय कृष्णबहादुर गुरङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।

कृष्णले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ । 

पर्वतमा चितुवा मर्‍यो

काठमाडौं – पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।

तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उनका अनुसार उक्त चितुवाले बिहान बिहानमात्रै एकजना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो । चितुवालाई बिहान करिब १० बजेतिर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

विद्युत् प्राधिकरणको बाक्सिला सव-स्टेशन अलपत्र

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी)मा नेपाल विद्युत प्राधिकरणको निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ । भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको हो । 

सम्झौताअनुसार २०७६ सालमै बनिसक्नुपर्ने सव–स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । खुला चौंरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन । सव–स्टेशनको बाँकी काम पुरा गर्नका लागि पटक–पटक विद्यूत प्राधिकरण पुग्दा पनि सुनुवाई नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । सव–स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा सेवाग्राही गुणस्तरिय विद्युत सेवाबाट बञ्चित छन् । 

केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्ष्यित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माणको काम थालिएको थियो । बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ । सरासर काम गरे डेढ÷दुई महिनामै काम सकिने अवस्था छ तर निर्माण कम्पनीले काममा चासो नदेखाएको स्थानीयको गुनासो छ । 

सम्झौता म्यादभित्र सव–स्टेशन लगायतका संरचना निर्माणको काम नसकिएपछि भेरिएसन गर्दै पटक–पटक म्याद थप भएको छ । पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताए । 

सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने

काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन ।

गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन ।
 
‘सोमवारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँवाट बाहिर जानेछन भने उनी पुरानै आफनै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थितमा जानेछन, त्यो भने निक्यौल भईसकेको छैन् ।
 
वालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको वालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुब्यावहारको आरोपमा थुनामा गएपछि रिक्त रहदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने वालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए । हाल उनी त्यहाँवाट सरे पछि सभामुख घिमिरे वालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो तर गत सोमवारको मन्त्रीपरिषद बैठकले निर्णय लिए पछि उनी अब बालुवाटर जानेछन् ।
 

प्रचण्ड जाने कार्यक्रममा आज उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको दोहा सम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भाग लिन भएका छन् । सचिवालयका सदस्य बिजय गौतमका अनुसार अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन श्रेष्ठ आज साँझ दोहो, कतार जान लागेका हुन ।

उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहनेछन । फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा साे सम्मेलन हुनेछ । श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।

२५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि  प्रधानमन्त्री जाने सो कार्यक्रम स्थगित भए पछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लागेका हुन् ।

रास्वपा र राप्रपाले राष्ट्रपति चुनावमा मतदान गर्लान् ?

राष्ट्रपति चुनावमा मतदानको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विभिन्न दृष्टिकोणहरू रहेको भएपनि चुनावअघि एउटा निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन्।

आफ्नो चुनावी वाचापत्रमा यसै वर्ष गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुनै राजनीतिक दलमा नलागेका र १० वर्षसम्म राजनीतिक लाभको पदमा नपुगेका नेपाली नागरिकलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखेको थियो।

नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले मनोनयन दर्ता गराएकै दिन र एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बुधवार रास्वपासँग मत मागेका थिए।गणतन्त्रको विपक्षमा रहेको राप्रपाका एक जना प्रवक्ताले मतदान बहिस्कार गर्नुपर्ने देखि चुनावमा सहभागी हुनुपर्नेसम्मका विचार आफ्नो दलभित्र रहेको बीबीसीलाई बताएका छन्।

रास्वपाको धारणा के छ
रास्वपाका कतिपय नेताहरू पार्टीको वाचापत्रमा राजनीतिक दलमा नलागेका व्यक्तिलाई राष्ट्रपति बनाइनुपर्ने उल्लेख भएको भन्दै चुनावमा तटस्थ बस्नुपर्ने पक्षमा रहेको बताइन्छ।उक्त दलका उपाध्यक्ष डोल प्रसाद अर्यालले उम्मेदवारहरूले आफ्नो दलसँग मत मागे पनि कसलाई भोट हाल्ने भनेर निर्णय गर्न बाँकी रहेको बताए।

उनी भन्छन्, “पार्टी खोल्दा देखिकै हाम्रो विचार के हो भने १० वर्ष राजनीति नगरेको मान्छे त्यस्तो सम्मानित पदमा जानुपर्छ भनेर भनेका हौँ। पार्टीप्रति झुकाव नहोस् र तटस्थ व्यक्ति होस भनेर हामीले त्यसो भनेका थियौँ। हाम्रो लक्ष्य त्यो भएपनि अहिले त्यो कतिको सम्भव होला? हाम्रो दलको निर्णय के हुन्छ हामी अहिले नै भन्न सक्दैनौँ।”अर्यालले आफ्नो दलले कुनै उम्मेदवारी नदिएको बताउँदै ‘तटस्थ बस्ने वा मत नहाल्ने भनेर निर्णय नगरेको’ टिप्पणी गरे।

“राजनीतिक पृष्ठभूमि भएकै कारण भोट हाल्दैनौँ भनेर हामीभित्र कुरा चलेको छैन। अन्तिम समयमा हामी संयुक्त रूपमा बसेर निर्णय लिन्छौँ।”आफ्ना पार्टी सभापति रवि लामिछानेले नयाँ नागरिकता लिनुपर्ने निर्णय सर्वोच्च अदालतले गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट रास्वपा अलग भएको थियो।

अदालतको निर्णयबाट सांसद र गृहमन्त्रीको पद गुमाएका लामिछाने आगामी वैशाखमा तय भएको उपनिर्वाचनमा पुन: लड्ने सुरसारमा छन्।उपाध्यक्ष अर्यालले गएको पुस १० गते सत्ता समीकरण निर्माण हुँदा भएको सहमति बमोजिम आफूहरूले उपसभामुख पद पाएको र अहिलेसम्म सरकारलाई समर्थन दिइरहेको बताए।तर भावी दिनमा परिस्थिति हेरेर निर्णय लिनसक्ने उनले सङ्केत गरे।

उनी थप्छन्, “चुनाव आउन बाँकी नै छ। नेपालको राजनीतिमा अझै पनि के के हुन्छ थाहा छैन। हामी अहिले कुनै पनि निर्णय लिने तयारीमा छैनौँ। समय आएपछि निर्णय लिन्छौँ।”राष्ट्रपति चुनावमा बनेको नयाँ समीकरणसँगै गएको पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रिपरिषद्‌बाट बाहिरिएको थियो।सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिनेबारे रास्वपाले कुनै दृष्टिकोण सार्वजनिक गरेको छैन।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावपछि कांग्रेससहित आठ दलीय गठबन्धनलाई सामेल गराएर मन्त्रिपरिषद् विस्तार गर्ने र प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी अघि बढाएको विवरणहरू आएका छन्।रास्वपाका १९ जना सांसदहरू छन्। पाँचौँ ठूलो दल राप्रपाका १४ जना सांसद रहेका छन्।

राप्रपाले के गर्छ?
हिन्दु राष्ट्रको स्थापना र संवैधानिक राजतन्त्रको पक्षमा उभिएको राप्रपाका नेताहरूसँग पौडेल र नेम्वाङ दुवैले आफूलाई निर्वाचित हुन सघाउन अनुरोध गरेका छन्।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बीबीसीसँग भने, “दुई दिनअघि रामचन्द्र पौडेल र आज सुवास नेम्वाङसँग भेटघाट भएको छ। उहाँहरूले राष्ट्रपति चुनावमा साथ, सहयोग र समर्थन माग्नुभएको छ। हामीले कुनै निर्णय गरिसकेका छैनौँ। उपयुक्त समयमा निर्णय लिन्छौँ।”

पार्टीभित्र राष्ट्रपति चुनावको मतदानको विषयलाई लिएर विभिन्न किसिमका धारणाहरू रहेको भएपनि एकमतले निर्णय हुने विश्वास उनको छ।उनी भन्छन्, “भोट हालेर जानुपर्ने मतहरू पनि छ। बहिस्कार गर्नुपर्छ भन्ने पनि छ। तटस्थ हुनुपर्छ भन्ने पनि छ। सबै खाले मतहरू छ तर हाम्रो कुनै फरक धारणा हुँदैन। एउटै धारणा हुन्छ।”

राजसंस्थाको पक्षमा आफूलाई उभ्याएको भएपनि राप्रपाले ‘संविधान र संवैधानिक व्यवस्था’ मा भएका प्रावधान अनुरूप आफूहरू अघि बढी रहेको उनले बताए।उनको भनाइ छ, “हामीले निर्वाचनमा भाग लिएका छौँ। सरकारमा गएका छौँ। राष्ट्रपतिसँग शपथग्रहण गरेका छौँ। यसै सेरोफेरोमा रहेर हामी उपयुक्त समयमा निर्णय लिन्छौँ।”

मत माग्न दुवै उम्मेदवार व्यस्त
फाल्गुन २५ गते तय भएको राष्ट्रपति चुनावका लागि आफ्नो पक्षमा वातावरण बनाउन दुवै उम्मेदवारहरूले बिहीवार पनि मत माग्ने क्रम जारी राखेका छन्।प्रधानमन्त्रीसहित आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले आफ्ना सांसद्हरूको अभिमुखीकरण आयोजना गरेर पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

नेम्वाङसहितको टोलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष माधवकुमार नेपाललाई आफ्ना उम्मेदवारलाई समर्थनका लागि अनुरोध गरेका थिए।

उक्त भेटपछि नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, “राष्ट्रपति निर्वाचनको सन्दर्भमा हामी रामचन्द्र पौडेलको प्रस्तावक रहेकाले हामीले तत्कालै केही भन्न सक्ने परिस्थिति थिएन। उहाँहरूले पनि त्यो कुरा मनन गर्नुभएको छ।”

उनका अनुसार ‘बल्ल बल्ल दुई पार्टीबीच आधिकारिक औपचारिक भेटवार्ता’ हुनु सकारात्मक हो।अहिले राष्ट्रपति चुनावका लागि कांग्रेससहितको गठबन्धनको पक्षमा देखिएको अङ्कगणित कायम रहेको खण्डमा पौडेल देशको सर्वोच्च पदमा पुग्ने निश्चित छ।

राष्ट्रपति चुनावमा गोप्य मतदान हुने भएकाले गठबन्धन टुटाउन अथवा सङ्घीय संसद् र प्रदेशसभाका सांसदहरूको मत तान्न एमालेले प्रयत्न गर्ने देखिन्छ।एमालेले कांग्रेसबाहेक दलसँग मत माग्ने निर्णय गरेको छ भने राष्ट्रिय सहमति कायम हुने भन्दै आफ्ना उम्मेदवारलाई समर्थन गर्न कांग्रेसले एमालेलाई पत्राचार गरेको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

आत्मघाती गोलले म्याड्रिड माथी बार्सिलोनाको जीत

काठमाडौं, १९ फागुन । क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जीतका लागि निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा  अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ । 

मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राती ४ घन्टा बन्द हुने

तनहुँ, १९ फागुन । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ ।तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ ।

‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सुचनामा भनिएको छ ।

‘कर्जा लिएपछि तिर्दिन भन्नु अराजकता’

काठमाडौं । बैंक, वित्तीय संस्थाका संघहरूले कर्जा लिएपछि तिर्दिन भन्नु अराजक क्रियाकलाप भएको टिप्पणी गर्दै यसलाई समयमै नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । बैंकको ऋण नतिर्ने औपचारिक घोषणाका साथै कर्मचारीमाथि आक्रमण हुन थालेपछि बिहीवार बैंक, वित्तीय संस्थाका चारओटा छाता संगठनले संयुक्त विज्ञप्ति जारी गरी ऋण नतिर्ने, कर्मचारीलाई मोसो दल्ने, आन्दोलन घोषणाजस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न माग गरेका हुन् ।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, फाइनान्स कम्पनीहरूको छाता संगठन नेपाल वित्तीय संस्था संघ र लघुवित्तहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरी अराजक क्रियाकलाप नियन्त्रण गर्न माग गरेका छन् ।

‘पछिल्लो समय केही व्यक्तिले बैंकरवित्तीय तथा लघुवित्त संस्थाविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारी हतोत्साही हुने गरी दिइएका धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहारप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून हातमा लिई हुने अराजक घटनालाई समयमैै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान गएको छ भन्नेमा हामी विश्वस्त छौं ।’

बैंक, वित्तीय संस्थाहरूले ४ करोड ८३ लाखभन्दा धेरै निक्षेप खातामार्फत झन्डै ५४ खर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीमार्फत ४८ खर्ब रुपैयाँभन्दा धेरै कर्जा परिचालन गर्दै आएका छन् । यस क्षेत्रले ५३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी सृजना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षमा राज्यलाई ३४ अर्ब रुपैयाँभन्दा धेरै कर तिरेको र कोभिड संक्रमणमा ब्याजदर छूटमार्फत ऋणीलाई प्रत्यक्ष रूपमा १० अर्ब रुपैयाँभन्दा धेरै छूट दिएका छन् ।

यस्तै देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झन्डै ६० लाख निक्षेप खाता तथा ३२ लाखभन्दा धेरै ऋणीलाई सेवा प्रदान गर्नुका साथै २३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी प्रदान गरेको समेत विज्ञप्तिमा उल्लेख छ । बैंकरवित्तीय तथा लघुवित्त संस्थाले नियामक निकायले जारी गरेका नीतिरनिर्देशन तथा विभिन्न ऐनको अधीनमा रही बैंकिङ सेवा प्रदान गर्दै आएको र उनीहरू आफ्ना ग्राहकको हकहिततर्फ सदैव सचेत रहने भएकाले कानूनविपरीत कुनै पनि गतिविधि नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

केही समस्या भएको खण्डमा सम्बद्ध संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुने उनीहरूको भनाइ छ । यस्तै बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाको साथ र सहयोगकोे अपेक्षासमेत संघहरूले गरेका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौँ,। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार)देखि सुरु हुँदै छ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा। शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ। आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ।

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्नुपर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ।

उक्त नामावलीउपर फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर सोही दिनको साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए।

उनका अनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

छक्कापञ्जाका दिपकराज र छडकेका अनमोलकाे एक अर्कालाइ शुभकामना

काठमाडौं, १९ फागुन । नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशक बिच सद्यै लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आजबाट रिलिज हुन लागेको छक्कापञ्जा–४ र छडके– २ को रिलिजमा भने फरक दृश्य देखिएको छ । 

छक्कापञ्जा–४ र छडके–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन । जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य मध्ये एक रहन पुगेको छ । फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दिपकराज गिरीले छडकेलाई शुभकामना दिए भने छडकेका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामन दिएका छन । बिहिवार साँझ दुवैले सामाजिक सञ्जालवाट शुभकामना दिए पछि धेरैले उनीहरु विश्वास र सम्मान प्रकट गरेका छन। 

गिरी र अनमोल दुबैले दुबै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान प्रकट गरेका छन र दुबैले एक अर्कालाई शुभकामना पनि दिएका छन ।

अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्,

‘सानैदेखि मेरो यो मान्यता छ कि , नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलि देखि तपाईहरु समक्ष प्रर्दशनमा आईरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाई दिदीहरुको छक्कापन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र उर्जाको श्रोत हो । 
जय छड्के !
जय छक्का पन्जा !
जय नेपाल ।

त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन, 

अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ, 
भोलि (आज) देखि छड्के र छक्कापन्जा ४ प्रदर्शन हुदैछ, 
धेरैले किन जुधेको भनेर पनि सोधे, 
यो सॉढे होइन जुध्नलाई, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने,
यहाँ दूबै टिमले जित्न सक्छ,
प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाइ शुभकामना
जय नेपाली चलचित्र !!

गरिबलाई मारेर लघुबित्त मोटाउन थालेकाे भन्दै ऋणीहरू आन्दोलनमा

काठमाडौं, १९ फागुन । बारामा लघुवित्त संस्थाबाट पिडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन् ।

लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन । 

बारामा एकै व्यतिलाई समुह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की दिन थालेपछि पिडितहरु संगठित बाध्य भएर लघुवित्त संस्था खारेज गर ऋणाी मार्ने काम बन्द गरजस्ता नारा लगाएर बिरुद्ध प्रदर्शनमा जम्मा हुन थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छिन । उनले आफुले १ लाखको ऋण लिदा लघुवित्त संस्थाले ५ लाख म्मको ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताएकी छिन । आफुले पटक पटक किस्ता तिरे पनि सवा रकम कहिले पनि नघट्ने गरेको उनि बताउँछिन   ।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपतकालीन र सेवा शुल्क गरेर १० हजार काट्छन् । ऋणीको रकम हातमा ९० हजार पुग्छ । अर्का लघुवित्तबाट पिडित बनेकी जीतपुरका राम कोशिला देवीले रुदै भनिन, ‘मेरो छोराले जति कमाएर लिएको ऋण तिरे पनि बैंकले आएर घरमा रहेको गाडी लिएर गएपछि आफ्नो दैनिकी गुजारा गर्ने पनि समस्या भएको र आफ्नो छोरा डरले सधै राति मात्रै घर आउने गरेको दुखेसो पोखिन । 

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौं रहेको रहेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको माना बिश्वकर्मा यतीबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन् ।

एक बर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएका मना बिश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बसेका छन् । उनि काम पाएको बेला कहिले लेबरमा काम गर्छिन भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँ बस्ति जाने गर्छिन । लघुवित्तबाट कर्मचारी घरमा आउदा जसरी भए पनि पैसा तिर्न मानशिक तनाव दिने गरेको समेत उनले बताएकी छिन ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादती बिरुद्ध संघर्ष कमिटिको संयोजक कमलेश साह बताउँछन ।

छिटो–छिटो ब्याज समेत सावाँमा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन ‘ऋण कति पुग्यो भन्ने बारे ऋणीहरुलाई थाहा नै हुदैँन ।

नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल

काठमाडौं – नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ुग्रान्ड गोल्ड मेडलु प्राप्त गरेको छ ।

चीन, भारत, श्रीलंका, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए । प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ुग्रान्ड गोल्ड मेडलु प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टाईले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

नयाँ सिस्टम लागू भएपछि वैदेशिक लगानीमा सहज

काठमाडौं । उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने लगानीकर्ताका लागि अनलाइनबाटै आवेदन दिने ‘सिस्टम’ सुरु गरेपछि सेवाग्राही लाभान्वित हुन थालेका छन्। गत साउन १ गतेदेखि सुरु गरिएको ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ लागू भएपछि तीन दिनभित्रै विदेशी लगानी स्वीकृत हुन थालेको छ।

भिसा सिफारिसको काम पनि एकैदिनमा हुने गरेको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ। अध्यागमन, कम्पनी रजिस्ट्रर्ड कार्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान), आन्तरिक राजस्व विभाग र भन्सार विभागसँग समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेर तथ्यांक प्रविष्ट (डाटा इन्ट्रिगेसन)को काम सुरु भएको छ। यो सिस्टम लागू भएपछि यसअघि दुई ठाउँमा बायोमेट्रिक दिएर इन्ट्री गर्नुपर्ने झमेलाबाट मुक्ति मिलेको छ। भिसा आवेदन पनि एक पटक दिए पुग्छ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी अनलाइन सिस्टम सुरुवाती चरणमा काम गर्न गाह्रो भए लगानीकर्तालाई छिटोछरितो र तथ्यांकमा शुद्धता भएको बताउँछन्। ‘तुरुन्तै नतिजा नदेखिए पनि सबै रेकर्ड सिस्टममा हुन्छ। अब एक क्लिकमै काम सकिन्छ,’ उनले भने, ‘यसअघि आवश्यक फाइल सबै नभेटिने अवस्था थियो। कसले भिसा लग्यो भनेर फाइल खोज्नुपथ्र्यो। अब हरेक महिना कसले के ग¥यो भनेर अनलाइन सिस्टममै हेर्न सकिन्छ।’ कुनै विदेशी लगानीकर्ता भिसा लिन आयो भने सिस्टममा नम्बर राख्ने बित्तिकै पाइने उनले जानकारी दिए।

एकपटक निवेदन गरिसकेपछि अध्यागमनको प्रणालीमा पनि यतैबाट तथ्यांक पठाउने भएकाले ग्राहकले सीधै भिसा आवेदन दिन सक्छन्। निर्यात इन्टेन्सिभका लागि विभागले सिफारिस गरेपछि फेरि भन्सारमा गएर निवेदन दिनु पर्दैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनकाे मतपत्र (नमुना पत्रसहित)

काठमाडौं / निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ ।जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ ।

रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । 

राष्ट्रपतिका लागि आ-आफ्नै ढंगले मत माग्दै ‘दुई चन्द्र’

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका ‘दुई चन्द्र’ रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाएका छन् । गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उनीहरूले आ–आफ्नै ढंगले मत मागिरहेका छन् ।

कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई पत्र पठाएर मतदान गर्न आह्वान गरे । त्यस्तै, उनले दलका शीर्ष नेताहरूसँगको भोटघाटलाई समेत निरन्तरता दिँदै आएको पौडेको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि मत माग्दै बिहीबार आयोजित आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पौडेलको पत्र बाँडिएको छ ।

उक्त पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरे । उनले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको बताए ।

उनले भनेका छन् –‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रूपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु ।’ समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुनसक्ने पनि उनले उल्लेख गरे ।

त्यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ताकै दिन नेपाली कांग्रेसबाहेकका दलहरूलाई आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै पत्र पठाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पठाइको पत्रपछि उम्मेदवार नेम्वाङ दलका नेताहरूसँग मत माग्न आफैं धाइरहनुभएको छ । उहाँले बिहीबार रास्वपाको पार्टी कार्यालयमै पुगेर उक्त दलका सभापतिसमेतका नेताहरूसँग मत मागे । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरूले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेको हो । यद्यपि, नेम्वाङले सांसदहरूलाई भने भटेका छैनन् । उक्त दलले सांसदहरूलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्दा कुनै उम्मेदवारका पक्षमा ह्विप जारी नगरी स्वैच्छामा छाड्ने निर्णय गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

फ्राइडे रिलिजः छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा

काठमाडौं, १९ फागुन । बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा–४ र छडके–२ आजवाट प्रदर्शनमा जाने भएका छन् ।दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजवाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन ।  

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।

उता, निर्भान फिल्म स्कुलको छडके–२ मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके–२ वाट ग्यांगस्टार मुहारमा देखिदैछन । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन । 

दुवै सिक्ववेल मुभी हुन । एकैपटक  सिक्ववेल मुभी  रिलिज भएकाे सम्भवत पहिलाे पटक हाे । 
 

आजबाट सहिद स्मारक लिगः पहिलाे खेल फ्रेण्ड्स र खुमलटारबिच

काठमाडौं, १९ फागुन । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुदैँछ  । शुक्रबारदेखि एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे लिग सुरु गर्नेछ ।

लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको सहभागिता रहनेछ ।

लिग डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल हुनेछन् ।

लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ। खेलहरू स्पेस फाेर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् । 

गत पुस १४ एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भए अनुसार आजवाट खेल सुरु हुन लागेको हो ।

लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब,  त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिम बिच एसपटक भिडन्त हुनेछ  । 

एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यस अघि नै गरे अनुसार क्लबले अनुदान पाइसेका छ । 

यसपटक लिगको बिजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । 

आजको मौसमः काेशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित हल्का वर्षा हुने

काठमाडौं, १९ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा को सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उता राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले जनाएकाे छ ।

यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई सभापति देउवाको बधाई

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् । बिहिबार सामाजिक सञ्जाचलमार्फत देउवाले नेपाली टिमलाई बधाई दिएका हुन् ।

उनले भने, “ श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।”

नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति

काठमाडौं – नेकपा एकीकृत सामाजवादीले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियू निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समिति गठन गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसेले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।

त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जायो – पर्यटनमन्त्री किराती

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहेको बताएका छन् ।

बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको भन्दै उनले विमानस्थल सुविधा र यात्रुमैत्री हुनुपर्ने बताए ।

उनले भने“हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ”, उनले थपे, “मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहँुचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।”

यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई ओलीको बधाई

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।

बिहिबार सामाजिक सञ्जालमार्फत ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् । उनले युएईमाथि रोमाञ्चक जित निकालेर यु -१९ क्रिकेट विश्वकपमा प्रवेश गर्न सफल भएकोमा बधाई दिएका हुन् ।

उनले भने, “हार्दिक बधाई टिम नेपाल ! युएईमाथि रोमाञ्चक जित निकालेर यु( १९ क्रिकेट विश्वकपमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ।”

यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् । बिहिबार सामाजिक सञ्जाचलमार्फत प्रचण्डले नेपाली टिमलाई बाधई दिएका हुन् । उनले देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुर्याएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

उनले भने, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।”

महोत्तरीबाट घुस रकमसहित एक जना पक्राउ

महोत्तरी, १८ माघ – महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । 

बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो ।

साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा लिने क्रममा पण्डित पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।  

जीपको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यु

सिन्धुली – सिन्धुलीमा आज दिउँसो जीपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

जीपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो ।

बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आठ वर्षपछि नेपाली युवा क्रिकेट टोली विश्वकपमा प्रवेश

यूएईलाई पराजित गर्दै नेपाली युवा क्रिकेट टोलीले विश्वकपमा प्रवेश पाएको छ।लगातार तीनवटा संस्करणमा नेपालले यु-१९ विश्वकप खेल्न प्रयास गर्दा यूएई बाधक बनेको थियो।

त्यही यूएईलाई आईसीसी यु-१९ एशिया कपमा बिहीवार ७ रनले जित्दै नेपाल अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि छानिएको छ।यूएईको घरेलु मैदानमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ४८.५ ओभरमा अलआउट हु‍ँदै १९१ रन जोड्यो।

जबाफी ब्याटिङमा आएको यूएईलाई ४८ ओभरमा १८४ रनमा नेपालले सीमित पारिदियो।उपाधि जितेसँगै नेपालको विश्वकप पुग्ने आठ वर्षको पर्खाइ पूरा भएको छ।अन्तिम समयमा दीपेश कँडेलले नाटकीय रूपमा ह्याट्रीक गर्दै तीन विकेट लिएपछि जित सम्भव भएको हो।त्यसको केही बेरअघिसम्म नेपाल उक्त खेलमा हारको सँघारमा थियो।

कट्टर प्रतिद्वन्द्वी
एक समय यू-१९ क्रिकेटमा नेपालको दबदबा थियो।सन् २००० देखि २००८ सम्म लगातार विश्वकप नेपाली टोलीले खेलेको थियो।दश पटक सहभागी हुँदा सात पटक विश्वकपको लागि छनोट भएको थियो।

तर सन् २०१२ पछि नेपालको प्रदर्शन क्रमशः खस्किँदै गयो। सन् २०१८ पछि अहिलेसम्म टोलीले छनोट चरण पार गर्न सकेको थिएन।सन् २०१८ को एशिया कप छनोटमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

न्यूजील्यान्डमा सम्पन्न उक्त प्रतिस्पर्धामा नेपाल, अफगानिस्तान, सिङ्गापुर र मलेशियाबीच डबल राउन्ड रोबिनमा खेल खेलाइएको थियो।त्यसबेला अफगानिस्तानसँग खेलेको दुईवटै खेल हारेपछि नेपाल विजेता बन्न सकेन।सन् २०२० मा नेपाल नछानिनुमा भने वर्षा बाधक बनेको थियो।

वर्षाका कारण खेल बिथोलिएपछि डक वर्थ लुइस पद्धतिको आधारमा भएको निर्णयमा नेपाल युएईसँग मात्र १ रनले पराजित हुन पुग्यो। यूएई भाग्यमानी बन्दै विश्वकपका लागि छानियो।दुई वर्षपछि सन् २०२२ को छनोट खेल हुनुपर्ने थियो। तर कोरोनाभाइरस महामारीका कारण एसीसीले छनोट प्रतियोगिताको आयोजना नै गरेन र पूर्वविजेताको रूपमा यूएईलाई सीधै विश्वकप खेल्ने अवसर दियो।

तर त्यो बेला नेपालको लागि कोभिड महामारी बाधकको रूपमा देखियो।अहिले नेपाललाई यूएईलाई नै पराजित गरी विगतको बदला लिँदै विश्वकप पुग्ने अवसर थियो। र, नेपाली टोलीले त्यसको सदुपयोग गर्‍यो।समाचार बीबीसी नेपालीबाट ।

राप्रपाले आगामी कार्यक्रमको खाका बनाउन गठन गर्यो समिति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।  

केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरुको समस्या समाधानबारे छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्नेगरी केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरन्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

छत्रेश्वरीले जित्यो तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

सुर्खेत, १८ फागुन – तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि  सल्यानको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ काँस्य पदक गरी २७ पदक  हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो । 

त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ काँस्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ काँस्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ। ६ स्वर्ण, ४ रजत १० काँस्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ काँस्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० काँस्य, त्रिवेणी गाउँपालिकाले ४ काँस्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ काँस्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ काँस्य र कालिमाटी गाउँपालिकाले १ रजत र १ काँस्य हात पार्न सफल भएका छन् ।

फागुन १५ देखि १८ गतेसम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रातर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्शलआर्टका खेलमा जिल्लाका १० वटा पालिकाका खेलाडी सहभागी थिए ।

कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता

काठमाडौं, १८ फागुन – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । 

पौडेल र शाहबीच कलंकीदेखि धोबीखोलासम्म रिङरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने, मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने सहमति भएको छ । 

हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्सेनि हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने सहमति भएको बताइएको छ ।

यस्तै, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने उनीहरूबीच सहमति भएको छ ।
 

मेरो लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको बताएका छन् । काठमाडौंमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा गरेका हुन् ।

आफ्नो लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा ठूलो भएको बताए । तर, २६ पुसमा संसदमा केपी ओलीले संसद विघटन गर्नु ठीक थियो भनेपछि संसद विघटनको विपक्षमा रहेकाहरुले सोच्न बाध्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

‘संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ । हामीसँग विगतका तीता अनुभवहरू छन्। राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो। तर, विगतमा त्यस्तो भएन” प्रधानमन्त्रीले भने, ‘यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान नेता उम्मेदवार बनाएका छौँ। उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए । 

‘अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,’ प्रधानमन्त्रीले भने, ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ ।’ 

यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान

कञ्चनपुर, १८ फागुन – कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।

जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने वालिकालाई यौन दुब्र्यबहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको हो ।