स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै – चित्रबहादुर केसी
राजनीति
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै भउको बताएका छन् ।शुक्रबार लुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको उनको भनाई छ । उनले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए । उनले भने “प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, सङ्घीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
