नतेरस पर्व आज मनाइँदै, सुनचाँदी तथा नयाँ भाँडाकुँडा किन्ने परम्परा
काठमाडौं। बडादसैँलगत्तै आउने नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। तिहारको सुरुवाती महत्त्वपूर्ण दिनका रूपमा लिइने यस पर्वलाई धन, स्वास्थ्य र समृद्धिको कामनासँग जोडेर मनाउने गरिन्छ।
धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृत कलशसहित प्रकट भएको दिनको सम्झनामा यो पर्व मनाउने परम्परा छ। यो दिन भगवान् धन्वन्तरीलाई आयुर्वेद र स्वास्थ्यका देवताका रूपमा पूजा गर्ने गरिन्छ।
विशेषगरी सुन, चाँदी, तामा तथा अन्य धातुका भाँडाकुँडा किन्ने चलन छ। नयाँ सामान घरमा भित्र्याउँदा धनधान्य र समृद्धि बढ्ने धार्मिक विश्वाससमेत रहिआएको छ। कतिपयले माता लक्ष्मी र धनका देवता कुबेरको पूजा पनि गर्ने गर्दछन्।
त्यस्तै, धनतेरसका अवसरमा यमराजको नाममा दीपदान गर्ने परम्परा पनि छ। धार्मिक विश्वासअनुसार यमदीपदान गर्दा अकाल मृत्युको भयबाट रक्षा हुने मान्यता रहेको छ। यसरी धन, स्वास्थ्य, सुख र समृद्धिको कामनासहित धनतेरस पर्व मनाउने गरिन्छ।
<iframe src=”https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F1439687784310045%2F&show_text=false&width=476&t=0″ width=”1080″ height=”476″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>
