सुनको मूल्य घट्दा चाँदी कतिमा भइरहेको छ कारोबार?
अर्थ समाचार
काठमाडाैं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ र चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
