`

भारतविरुद्ध खेल्दै नेपाल

Nepal One HD २१ कार्तिक २०८३ ११:२१
खेलकुद

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध ब्याटिङ थालेको छ।

ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा जारी खेलमा टस जितेको भारतले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालले समूह चरणको दोस्रो खेल मंसिर २२ गते यूएईसँग खेल्नेछ भने तेस्रो तथा अन्तिम खेल मंसिर २४ गते पाकिस्तानसँग खेल्ने तालिका छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *