`

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको निर्माण कार्य तीव्र

लमजुङ – राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लामो समय रोकिएको लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ । 

जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याण बेसीसम्मको सडक निर्माण कार्यले गति लिएको हो ।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा लमजुङ सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा लामो समय सडक निर्माण कार्य रोकिएको थियो । तर सरोकारवालाको पहलमा सुन्दरबजारको विवाद समाधानपछि अधिकाँश काम चालू आर्थिक वर्षमै सम्पन्न गर्नेगरी तीव्र गतिमा हुन थालेको हो ।

सुन्दरबजारको पाउदीदेखि मध्यनेपाल र कास्की सिमामा रहेको मादी पुलसम्म लमजुङमा चार खण्डमा काम भइरहेको आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रले बताए । “यसवर्ष पाउदीदेखि सत्रसयसम्म सडक चौडा पारी ग्राभेलिङको काम सम्पन्न हुन्छ,” इन्जिनियर मिश्रले भने, “सत्रसयदेखि रातमाटासम्म जेठ मसान्तभित्र कालोपत्रे सम्पन्न हुनेछ ।”

सोबाहेक रातमाटादेखि मध्यनेपालकै कल्याणबेसीसम्मको काम पनि चालू वर्षमै सम्पन्न गर्ने योजना रहेको इन्जिनियर मिश्रले बताए । बाँकी करिब ६ किलोमिटर सडक खण्डमा केही प्राविधिक व्यवस्थापन बाँकी रहेकोले उक्त ठाउँको काम सुरु हुन नसकेको मिश्रको भनाइ छ । “केहि घर र वन क्षेत्रमा व्यवस्थापन हुन बाँकी छ,” मिश्रले भने, “त्यो पनि व्यवस्थापनको प्रक्रिया सुरु भएकोले ढिलाइ नगरी काम अघि बढाउने प्रयासमा छौं ।”

लोकमार्गअन्तर्गत जिल्लामा कतिपय भागमा कालोपत्रेको भइसकेको छ भने कतिपय भागमा सडक चौडा पार्ने क्रम चलिरहेको छ । 

हाललाई सुन्दरबजार र भोर्लेटारको बजार क्षेत्रका संरचनामा कुनै क्षति नपुर्‍याइ सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

आर्थिक वर्ष २०६४/०६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एक हजार ७ सय ६५ किलोमिटर लामो हुने बताइएको छ ।

सडकखण्डअन्तर्गत अधिकाँश जिल्लामा काम सम्पन्न चरणमा भएको तर लमजुङमा भने निर्माण कार्य सुस्त भएको भन्दै प्रशासनले पनि चासो दिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले आयोजनाको निर्माण कार्यलाई गतिदिन स्थलगत अवलोकनसँगै आवश्यक निर्देशन तथा सहजीकरणका लागि सहयोग गर्ने बताए ।

करिब एक हजार किलोमिटर पुरानो चल्तीको सडक र थप ७ सय ५६ किमि नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको आयोजनाले जनाएको छ । 

चितवनमा किराँतहरुको सम्मेलन

चितवन, ७ फागुन । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । 

सो सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता  हुनेछन् ।

साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव  महासचिव निरन्ती तुम्बापोले जानकारी दिएकी छिन । सो सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुने छ ।
 

विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको छ । किरा्तीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा यो संस्था स्थापना भएको हो ।

के हो म्युचुअल फण्ड ?

काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार शुक्रवारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ५५ लाख ३३ हजार नाघेको छ ।

एउटै कम्पनीको आईपीओमा २७ लाखभन्दा बढी आवेदन पर्ने गरेकोले पछिल्लो समय युवापुस्तालगायत आम जनमानसमा शेयर बजारप्रति बढेको रूचिलाई पुष्टि गर्छ । यसको विपरीत म्युचुअल फण्डले निष्कासन गर्ने इकाईका लागि समयमै पर्याप्त आवेदन नपरेको देखिन्छ ।

यसले धरैलाई म्युचुअल फण्डबारे जानकारी नभएको बुझ्न सकिन्छ । म्युचुअल फण्डको इकाई विक्री खुला हुँदा लगानीकर्ताहरूले ‘आईपीओ’ हो कि भनेर सामाजिक सञ्जालमा जिज्ञासा राखेको पनि पाइन्छ ।

म्युचुअल फण्ड कम्पनीले खडा गरेको कोष हो । यसलाई सामूहिक लगानी कोष पनि भनिन्छ । नेपालमा कम्पनीको आईपीओ केही अवस्था बाहेक प्रतिकित्ता रू। १०० मा पाइन्छ भने यस्ता फण्डको इकाई रू। १० मा पाइन्छ । इकाई पनि आईपीओ जसरी नै सार्वजनिक निष्कासनमा ल्याइन्छ ।

यस्ता फण्डमा लगानी गर्दा कम जोखिम हुन्छ तर तत्काल त्यति धेरै लाभ पनि हुँदैन । त्यसैले नयाँ लगानीकर्ताको लागि दोश्रो बजार भन्दा म्युचुअल फण्डमा गरिएको लगानी बढी सुरक्षित मानिन्छ । कम जोखिम र मध्यम नाफा दिने योजनाका रूपमा म्युचुअल फण्डलाई लिन सकिन्छ ।

यस्ता फण्डहरूले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्दछन् ।

धितोपत्र बोर्डको नियमावलीअनुसार योजनाले एक कम्पनीको साधारण शेयरमा कुल चुक्तापूँजीको १० प्रतिशतसम्म लगानी गर्न सक्छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कांग्रेसमा एकता

काठमाडौँ । राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ ।पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा लिएर नयाँ राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने रणनीतिमा जुटेका हुन् ।

पार्टीभित्रका आन्तरिक विवाद थाँती राखेर कांग्रेस नेताहरू माओवादी केन्द्रलाई विश्वासमा लिन सक्रिय भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, अन्य नेताले पनि पार्टीले अघि सारेको उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने बताउँदै आएका छन् ।

उनीहरू प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष दाहालसहितका नेताहरूसँग वार्ता र छलफलमा जुटेका छन् ।कांग्रेसमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको निर्णयलाई नमान्न भयमा रहेका दाहाललाई आश्वस्त पार्न इतरपक्षका नेताहरू नै लागेका छन् ।आजको नागरिक दैनिकमा समाचार छ ।

जरिवाना मिनाहा भएपछि तिरिसकेकाको के हुन्छ ?

काठमाडौँ । स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् ।उम्मेदवारले बुझाउन बाँकी रहेको जरिवाना सरकारले मिनाहा गरे पनि जरिवाना तिरिसकेका विषयमा भने कुनै निर्णय गरेको छैन ।

गृह मन्त्रालयका उपसचिवसमेत रहनुभएका सूचना अधिकारी दिलकुमार तामाङले जरिवाना राजस्व खातामा दाखिला गरेपछि फिर्ता नहुने बताए ।उनले भने, “मन्त्रिपरिषद्बाट माफी–मिनाहाका लागि मात्रै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो, जरिवाना बुझाएकाको हकमा बोलेको छैन ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम फागुन ५ गते माफी–मिनाहा गरे ।मन्त्रिपरिषद्को फागुन ४ गतेको बैठकले स्थानीय तहका उम्मेदवारको जरिवाना माफी–मिनाहाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा २७६ ले राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोग अर्धन्यायिक निकाय हो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

हिउँद नसकिँदै गर्मी सुरु

काठमाडौँ । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ । नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा विनोद पोखरेलले बताए। उनले भने, “भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ, कतिपय स्थानमा चैत, वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियसआसपासको तापक्रम अहिले पुगेको छ ।” राजस्थानलगायत मरुभूमिले छोएका स्थानमा तातो वायु र हावा एकैसाथ बहन थालेको बताउँदै उहाँले यसको असर नेपालमा एक-दुई दिनयता बढेको गर्मीले आभास गराएको दाबी गरे ।

नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउछन् । भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ । श्रीलङ्कामा भने अन्यत्रका तुलनामा वर्षा राम्रो भएको छ । त्यसकारण गर्मीको प्रभाव बिस्तारै अग्रसर हुँदै छ ।

उनका अनुसार विश्व मौसम सङ्गठन र अमेरिकाको मौसम सङ्गठनको मौसमी विश्लेषणले पनि दक्षिण एसियामा अबको एक सातासम्म तातो वायुको प्रभाव बढ्नेछ । भारतमा तातो वायु बढ्ने र हावाहुरी आउने समय एकैसाथ परेकाले त्यो वायुसँगै उच्च प्रदूषणसहितको वायु नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ । नेपालमा वर्षा नहुँदाको अवस्थामा ठूला सहरमा यतिखेर आन्तरिक प्रदूषणको चाप त्यसै बढी छ । त्यसमाथि भारतबाट हावाहुरीसाथ आउने तातो वायु र प्रदूषणले यहाँको वातावरण झन् दूषित हुने पोखरेलको ठम्याइ छ ।

हिउँदमा वर्षा गराउने प्रणाली प्रशान्त महासागरमा विकसित हुन्छ । तर त्यो विगत तीन वर्षदेखि लानिनोको स्थितिमा छ । वर्षा हुन एलनिनोको स्थितिमा हुनुपर्छ । गत वर्ष केही परिवर्तन भए पनि सन् २०२१ मा यस वर्ष जस्तैको अवस्था रहँदा हिउँदे वर्षा नभएर सुक्खासँगै खडेरी परेको थियो । यस वर्ष पनि त्यही अवस्था दोहोरिएकाले अबका दिनमा वायु प्रदूषणसँगै डढेलो र आगलागीका घटनामा वृद्धि हुने सम्भावना झन् बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिउँदे वर्षाको सम्भावना टर्दै गएको बताएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

पशुपति दर्शनमा सकस

काठमाडौं । भक्तपुर लोकन्थलीका श्याम दाहाल महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न शनिबार बिहान १ बजे पशुपति क्षेत्र पुगेका थिए तर, उनले दिउँसो १२ बजेसम्म पनि पशुपतिको दर्शन गर्न पाएनन्। दाहाल मात्र होइन काठमाडौं शान्तिनगरकी कमला दाहाल शनिबार बिहान ३ बजे पशुपतिको दर्शन गर्न पशुपति क्षेत्र पुगेकी थिइन्। उनले शनिबार दिउँसो २ बजेसम्म पनि पशुपतिनाथको दर्शन गर्न लाइनमा बसिरहेकी थिइन्। सर्वसाधारणलाई पशुपतिको दर्शन गर्न अत्याधिक सास्ती रहेको दर्शनार्थीहरूको गुनासो रहेको छ।

भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्। खाली पेट र खाली खुट्टा झण्डै १२ घण्टा लाइन बस्दा पनि पालो नआउँदा उनी दिक्क मान्दै थिइन्। बिहानको चिसाले नांगो खुट्टा हिउँ जस्तो भएको थियो भने दिनभरिको घामले पैताला भतभती पोलेको पटेलको गुनासो थियो।

सरकारले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि सर्वसाधारणका लागि सहज हुने गरी व्यवस्था गरेको दाबी गरेपनि सर्वसाधारणले भने घण्टौँ लाइन बस्दा पनि दर्शनको अवसर पाइरहेका थिएनन्। झण्डै १२ घण्टादेखि दर्शन गर्ने लाइनमा बसिरहेकी शान्तिनगरकी दाहाल आफूहरू लाइनमा बसिरहेको अवस्थामा पहुँच हुनेहरू सहजै दर्शन गरेर फर्किरहेको बताउँदै थिइन्। ‘पहुँच हुनेले एकै छिनमा दर्शन गरेर फर्किरहेका छन्। हामी रातिदेखि दर्शन गर्ने लाइनमा बसेकाहरूको पालो नै आएको छैनन्,’ उनले गुनासो गरिन्। यो समाचार नागरिक दैनिकमा छ ।

लागूऔषधसहित पोखराबाट तीन जना पक्राउ

पोखरा – पोखराबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १९५ एम्पुल लागुऔषधसहित विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका–५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्‍यो । गुरुङको साथबाट डाइजापाम २० एम्पुल, फेनरागन २३ एम्पुल र बुप्रिनफ्रिन २९ एम्पुलसहित पक्राउ गरेको डिएसपी जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ लागूऔषध कारोबारी पत्ता लागेको उनले बताए । पोखरा महानगरपालिका–२५ हेम्जाको राजमार्गमा शंकास्पद गतिविधिमा संग्लन स्थानीय २६ वर्षीय पवन थापा र अनिष श्रेष्ठको साथबाट लागूऔषध बरामद गरिएको हो।

पवनको साथबाट डाइजापाम, फेनरागन र नुफिन ७/७ एम्पुल फेला परेको छ । श्रेष्ठको साथबाट डाइजापाम, फेनरागन र नुफिन ३४/३४ थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

आज ५ औं निर्वाचन आयोग दिवस, यस्ताे छ प्रमुख निर्वाचन आयुक्तकाे सन्देश

काठमाडौं, ७ फागुन । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाईदै आएको छ।

निर्वाचन आयोगले ७ फागुनमा ५ औं निर्वाचन आयोग दिवस मनाउने निर्णय गरेको छ । २०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो ।

आयोगले निर्वाचन दिबसको अवसरमा ‘सबै सद्यै सँगै’ भन्ने नारा साथ मनाउँने निर्णय गरेको छ । यस्तो छ,  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको सन्देश:

आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै

काठमाडौं, ७ फागुन -जहाँनीया राणा शाषनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ ।
सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मुल समारोह मनाउँदै आएको छ ।

गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो ।काठमाडौंको टुडिखेलमा बिशेष समारोह आयोजना गरिन्छ भने बिदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ ।

आजको मौसमः गण्डकी र प्रदेश १ मा उच्च भागमा हिमपात हुने

काठमाडाैं, ७ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू्–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने प्रदेश नं १ को पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

नेपाल र नामाबियाबिच खेल सुरु: नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने

काठमाडौं, ६ फागुन । आइसिसी विश्वकप लिग–२ अन्र्तगत नेपाल र नामिबिया बिचको खेल सुरु भएको छ ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।

हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।  त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। 

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुने

काठमाडौं, ६ फागुन । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन ।

आइतबार अर्थात ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरुको सुचीमा सांसद अरूण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाह गरेको हो। सजाय मिनाहा भएसगै उनी रिहा हुने भएका छन् । 

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएका हुन । 

नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी गत २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघि भएको टयाक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सो मुद्धाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भए पछि पक्राउ गरी थुनिएको थियो । 

चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताकाे आब्हान ,१६ फागनुसम्मको समयसिमा

काठमाडौं, ६ फागुन । निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गईरहेको उपनिर्वाचतका लागि राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालिन सांसद रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आब्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सुचनामा भनिएको छ। 

पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण

काठमाडौं, ६ फागुन । पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।

पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।

 
गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी 
सार्वजकि सुचनामा भनिएको छ ।  

बिशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले बिश्वास लिएको छ ।

भारतीय सेना पुर्व प्रमुखहरुले छाउनीमा वीर स्मारक अवलोकन गर्ने

काठमाडौं, ६ फागुन । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन आएका भारतीय सेनाका चार पूर्व प्रमुखले आज छाउनीस्थित बीर स्मारका जाने भएका छन ।

हिजो काठमाडौं आएका भारतीय सेनाका प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहागले छाउनीस्थित बिर स्मारको अवलोकन गर्नेछन । 

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार बीर स्मारक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने कार्यक्रम तय भएको छ । 

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहने प्रवक्ता भण्डारीले जानकारी दिए । 

पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने छन । 

२६० औं सेना दिवसको अवसर पारेर नेपाली सेनाले भारतीय सेनाका पुर्व अध्यक्षहरुलाई नेपाल निमन्त्रणा गरेको हो । हरेक शिबरात्रीमा नेपाली सेनाले सेना दिबस मनाउँदै आएको छ । 

नागा साधुबारे सामान्य जानकारीः नागा बन्न झन्डै १२ बर्षसम्म मेहनत र बिभिन्न परिक्षा पास

काठमाडाैं, ६ फागुन । आज हामीले पशुपतिनाथ मन्दिरमा नागा बाबाहरू देखिरहेका हुन्छाैं । महाशिवरात्रीमा सयाैं संख्यामा नागाबाबाहरू पशुपति दशर्न गर्न आएका  हुन्छन । तर, हामीले एउटा नागा बाबा हुनका लागि कति मेहनत गरेका हुन्छन भन्ने कुरा कमै ज्ञान राखेका छाैं । तपाइ मान्नु हुन्छ, एउटा नागा बाबा बन्न लागि १२ बर्ष लामाे  समय गुजारेका हुन्छन । लुगा खाेलेर  हिडने  बितिक्कै काेही नागा बाबा हुन सक्दैनन, त्यसका लागि कठिन रूपमा १२ बर्ष लामाे ज्ञान  लिए पछि मात्रै नागा बाबाकाे उपाधी  मिल्छ भन्ने कुरा कमैलाइ थाहा हुन सक्छ । 

आउनुहोस्,  त्यसका बारेमा सामान्य जानकारी  लिउः 

एक समय भारतबर्षमा मुस्लिमहरूले हिन्दुहरू र तीनका मठ मन्दिरमाआक्रमण गरेका थिए, तीनीहरूसँग लड्नका लागि निकै सकस भए पछि आदिगुरु शंकराचार्यले नागाहरुको निमार्ण गरेका थिए  र उनीहरु बिरुद्ध लडाएका थिए । जसको परम्परा आदिगुरु शंकराचार्यले सुरु गरेका थिए। नागा साधुहरू हिन्दू संन्यासी हुन्, जो नग्न रहन र मार्शल आर्टमा विशेषज्ञ हुनका लागि प्रसिद्ध छन्। तिनीहरू विभिन्न अखाडाहरूमा बस्छन् । 

ईश्वर, धर्म, धर्मशास्त्र, तर्क, हतियार र शास्त्र सबै प्रकारका चुनौतिहरूको सामना गरिरहेका बेला नागा साधुहरुले धर्म, संस्कृति र मन्दिर मठ जोगाउन ठुलै काम गरेको इतिहास छ । इतिहासले यस्ता धेरै गौरवशाली लडाइहरूको वर्णन गर्दछ जसमा ४० हजारभन्दा बढी नागा योद्धाहरूले भाग लिएका थिए।  जस्तो कि मथुरा (वृन्दावन) पछि अहमद शाह अब्दालीले गोकुलमा आक्रमण गर्दा नागा साधुहरूले लडाई गरेर गोकुलको रक्षा गरे। इतिहासमा यो पनि उल्लेख छ कि नागा जातिले औरंगजेब विरुद्धको युद्धमा शिवाजीलाई साथ दिएका थिए ।

मुस्लिमहरुले निरन्तर आक्रामण गरे पछि धर्म र संस्कृति जोगाउन र सनातन धर्मको स्थापनाका लागि शंकरचार्यले धेरै कदम चाले, जसमध्ये एउटा कदम हो, देशको चारै कुनामा चार पीठ निर्माण गर्नु थियो– ती थिए गोवर्धन पीठ, शारदा पीठ, द्वारका पीठ र ज्योतिर्मथ पीठ । अर्को, नागाहरूलाइ तालिम दिएर युद्दमा पठाउनु । 

आदिगुरु शंकराचार्यले सामाजिक उथलपुथलको त्यो युगमा यी चुनौतिहरूको सामना गर्न केवल आध्यात्मिक शक्तिले मात्र पुग्दैन भन्ने महसुस गर्न थालेका थिए। उनले युवा साधुहरूले आफ्नो शरीरलाई बलियो बनाउन व्यायाम गर्नुका साथै हतियार चलाउन पनि सीप हासिल गर्नुपर्नेमा जोड दिए। त्यसैले यस्ता अखडाहरू बनाइयो, जहाँ एक प्रकारको अभ्यास वा हतियार चलाउने चलाउन सिकाइयो, जुन मठहरूलाई अखाडा भनिन्छ। त्यहाँ नाँगाका समुहहरू बनाउन थालियो । 

अन्ततः नागाहरू नै सबैभन्दा ठूलो संन्यासी मात्रै भएनन, जुन सन्यासीहरूको समूहसँग हात र शास्त्र दुवैमा निपुण भए, थिए । शास्त्रमा नमान्नेलाई हतियार बोकेर मनाउने उद्देश्य थियो, त्यो पनि गरियो । उनीहरू नाङ्गै बस्ने गर्दथे, उनीहरूलाई त्रिशूल, भाला, तरवार, मल्ल र आक्रमण युद्धको तालिम दिइएको थियो। 

सामान्य भाषामा पनि, पहलवानहरूले कसरतका चालहरू सिक्ने ठाउँलाई अखाडा भनिन्छ। पछि धेरै अखाडाहरू अस्तित्वमा आए । शंकराचार्यले अखाडाहरूलाई गणित, मन्दिर र भक्तहरूको रक्षा गर्न आवश्यक पर्दा बल प्रयोग गर्न सुझाव दिए। यसरी बाह्य आक्रमणको त्यो युगमा यी अखाडाहरूले सुरक्षा कवचको रूपमा काम गरे। विदेशी आक्रमण हुँदा धेरै पटक स्थानीय राजा (महाराज) ले नागा योद्धा ऋषिको सहयोग लिने गर्दथे । 

त्यसैले उनीहरू जोगी मात्रै होइनन, हतियार चलाउन  निपुण हुन्छन, त्यसको ज्ञान उनीहरुलाई दिइएको हुन्छ । त्यसैले नागा साधुहरू लोकप्रिय छन्। सन्यासी सम्प्रदायका ऋषिहरूलाई संसार र गृह जीवनसँग कुनै सरोकार हुँदैन। गृहस्थको जीवनभन्दा नागाहरूको जीवन सय गुणा कठिन हुन्छ। तर, नागा साधु बन्न धेरै सहज छैन, यसका लागि १२ बर्षसम्म त्याग, तपस्या र बलिदान गर्नुपछ । आउनुहोस, एजेन्सीहरुको सहयोगमा तयार पारिएको यो रिर्पोटः  

नागासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी यहाँ प्रस्तुत गरिएको छः

१, नागा अभिवादनः मन्त्रस् ओम नमो नारायण ।

२) नागाका देवताः  शिवका भक्तहरू, नागा ऋषिहरू शिव बाहेक अरू कसैलाई विश्वास गर्दैनन्।

३) नागा वस्तुहरूः त्रिशूल, डमरु, रुद्राक्ष, तरवार, शंख, कुण्डल, कमण्डल, कडा, चिम्ता, कमरबन्ध वा कोपिन, चिलम, धुनी र भाभूत आदि।

४) नागाको कामः गुरुको सेवा, आश्रमको काम, प्रार्थना, तपस्या र योग गतिविधिहरू।

५) नागा दिनचर्याः बिहान चार बजे ओछ्यानबाट बाहिर निस्किएपछि बिहानभर दिनचर्या र स्नान पछि मेकअपको पहिलो काम गर्छन्। यसपछि हवन, ध्यान, बजरोली, प्राणायाम, कपाल क्रिया र नौली क्रिया गरिन्छ।  र, केवल सात आखाडाले नागा बनाउँछन, सन्तहरूको तेह्र आखाडाहरू हुन्छन ।  केवल सात संन्यासी आखाडाहरूले नागा साधु बनाउँछन्स्, जुन महानिर्वाणी, निरञ्जनी, अटल, अग्नि, आनन्द र आवाहन आखाडाहरू हुन्।

६) नागा इतिहासः सबैभन्दा पहिले वेदव्यासले वनवासी सन्यासी परम्परालाई व्यवस्थित ढंगले सुरु गरेका थिए। उहाँपछि शुकदेव, त्यसपछि धेरै ऋषिमुनिहरूले आ–आफ्नो तरिकाले यस परम्परालाई नयाँ आकार दिए, पछि शंकराचार्यले चारवटा गुम्बा स्थापना गरेर दशनामी संप्रदायको स्थापना गरे । पछि अखाडाको चलन सुरु भयो । ५४७ ईस्वीमा पहिलो अखाडा बनेकाे थियाे, जसकाे नाम अखण्ड आवाहन अखाडा हाे।

७) नाथ परम्पराः नागा, नाथ र नागा परम्परा गुरु दत्तात्रेयको परम्पराका शाखा हुन् भन्ने मान्यता छ । नवनाथको परम्परालाई सिद्ध धर्मको अति महत्वपूर्ण परम्परा मानिन्छ। गुरु मत्स्येन्द्र नाथ, गुरु गोरखनाथ, साईनाथ बाबा, गजानन महाराज, कानिफनाथ, बाबा रामदेव, तेजाजी महाराज, चौरंगीनाथ, गोपीनाथ, चुनकरनाथ, भर्त्रीहरि, जालन्द्रीपाव आदि। नाथहरूमा घुमफिर बढी थियो।

८) नागा उपाधिः चार स्थानमा आयोजित कुम्भमा नागा भिक्षु बनेपछि उनलाई विभिन्न नाम दिइएको छ। इलाहाबादको कुम्भमा उपाधि पाउनेलाई १) नागा, २) उज्जैनमा खूनी नागा, ३) हरिद्वारमा बर्फानी नागा र ४) नासिकमा उपाधी पाउनेलाइ खिचडिया नागा भनिन्छ। यसबाट थाहा पाउन सकिन्छ कि कुन कुम्भमा उनलाई नाग बनाइएको हो, त्याे अनुसार नामाकरण गरिएकाे हुन्छ । यीनीहरूकाे सबैभन्दा ठूलो र महत्त्वपूर्ण पद भनेको सचिव हो।

९) पदहरू पनि उनीहरूको प्राथमिकताको आधारमा दिइन्छ। कोतवाल, पुजारी, बडा कोतवाल, भण्डारी, कोठारी, बडा कोठारी, महन्त र सचिव पदमा छन् । सबैभन्दा ठूलो र महत्त्वपूर्ण पद भनेको सचिव हो।

१०) कठिन परीक्षामा नागाः  नागा साधु बन्न १२ वर्ष लाग्छ। नागा पंथमा सामेल हुन आवश्यक जानकारी प्राप्त गर्न छ वर्ष लाग्छ। यस अवधिमा नयाँ सदस्यहरूले लंगाैटी बाहेक केही लगाउँदैनन्। कुम्भमेलामा अन्तिम व्रत लिएपछि लंगोट छाडेर जीवनभर यस्तै रहन्छन् ।

नागा साधु बन्ने प्रक्रिया कठिन र लामो छ।  अखाडाहरूले नागाको रूपमा कसैलाई  सजिलै स्वीकार गर्दैनन्, त्यसका लागि धेरै परिक्षाहरू लिइन्छ । परिक्षामा पास भएका साधुहरूको सम्प्रदायमा सामेल हुन करिब छ वर्ष लाग्छ, यस अवधिमा नयाँ सदस्यहरूले लंगाैटी बाहेक केही लगाउँदैनन्। उनीहरूलाइ याे भनिन्छ कि नागा उपासना गर्नु भनेको सांसारिक जीवनबाट पूर्णतया अलग रहनु, इन्द्रियलाई नियन्त्रण गर्नु र सबै प्रकारका कामनाहरूको अन्त्य गर्नु हो। त्यसपछि बर्षौंसम्म परीक्षा सञ्चालन गरिन्छ ,जसमा तपस्या, ब्रह्मचर्य, शान्तता, ध्यान, त्याग र धार्मिक अनुशासन र निष्ठा आदिलाई प्रमुख रूपमा परीक्षण गरिन्छ। त्यसपछि उनीहरुले आफ्नो श्राद्ध, मुण्डन र पिण्डदान गर्छन् र गुरु मन्त्र लिएर सन्यास धर्ममा दीक्षा लिन सुरू गर्छन ।

नागा साधुहरूलाई  सुरूमा पहिले ब्रह्मचारी बन्न सिकाइन्छ। यो परीक्षा पास गरेपछि महापुरुषको दीक्षा हुन्छ। पछिल्लो परीक्षण भनेको आफ्नै यज्ञोपवीत र पिण्डदानको हो, जसलाई बिजवान भनिन्छ। अन्तिम प्रक्रिया महाकुम्भको समयमा हुन्छ, जसमा आफ्नै पिण्डदान र दण्डी संस्कार आदि समावेश हुन्छन्। नागा सन्तले शाही स्नान गर्नुअघि नाग साधुहरूले पूरै लुगा लगाएर आफ्नो देवताको पूजा गर्ने गर्छन ।  अन्तिम परीक्षा चाँही  दिगम्बर र त्यसपछि श्रीदिगम्बरको हो। दिगम्बर नागाले लङ्गटी लगाउन सक्छ तर श्रीदिगम्बरले कपडा बिना नै बाँच्नु पर्छ। श्रीदिगम्बर नागको इन्द्रीय नियन्त्रण गरिएको हुन्छ। नागा साधुहरूको धेरै विशेष संस्कारहरूमा तिनीहरूको कामेन्द्रियहरू भंग हुन्छन । अन्तमा कुम्भमेलामा शाही स्नान गरे पछि मात्र उनीहरुलाइ नागा साधुकाे उपाधी  दिइन्छ । यसरी शारीरिक रूपमा सबै नागा साधुहरू अलग हुन्छन्  । यी पुरा गर्नका लागि यी पुरा गर्नका लागि झन्डै १२ बर्षसम्मको समय लाग्छ ।  

१२) नागाका श्रृंगारहरूः   नागाका १७ श्रृंगारहरूमा लंगोटी, भवभूत, चन्दन, खुट्टामा फलाम वा चाँदीको चुरा, औंठी, पञ्चकेश, कम्मरमा फूलको माला, निधारमा रोली टाँसी, कुण्डली, हातमा चिमटा हुन्छ ।  डमरु वा कमण्डल, कपालको लट र तिलक, काजल, हातमा काडा, शरिरमा विभूतिको टाँस्ने र पाखुरामा रुद्राक्षको मालालगायत १७ श्रृङ्गार हुन्छन । 

१३)  नागा साधुहरूकाे बासस्थान: नागा साधुहरू अखाडाका आश्रम र मन्दिरहरूमा बस्छन्। कोही तपस्याका लागि हिमालय वा उच्च पहाडका गुफाहरूमा बस्छन्। अखाडाको आदेश अनुसार पैदल यात्रामा पनि जान्छन् । यसैबीच गाउँमा झुपडी बनाएर धुनी पनि मनाउँछन् । जहाँ बसे पनि  शिबकाे अाराधान गछ्न । 

महाशिवरात्रीमा यस्तो छ ट्राफिक ब्यवस्थापन

काठमाडौं, ६ फागुन । महाशिवरात्रीमा २० लाख भन्दा बढीले दर्शन गर्ने अनुमानका आधारमा पशुपतिक्षेत्र बिकास कोषले आज हुने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्र्दै सर्बसाधरणका लागि नयाँ ट्राफिक ब्यवस्थापन गरेको छ । 


गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ ।

नेपाल ट्राफिकका अनुसार मालबाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ । पशुपति बिकास कोषको सहकार्यमा ट्राफिकले बनाएको नयाँ रुटहरु यस्ता छन् । 

बसहरूः   

१) रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर,  तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने।

२) रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।

३) कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने।

माइक्रोबस तथा टेम्पोः 

१) सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।

२) जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने।

मालबाहक सवारी साधनहरूः

१) जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगंजतर्फ जाने मालबाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ चलाउने ।

२) कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालबाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालबाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने।

३) कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नुपर्ने मालबाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने ।

४) महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालबाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।

५) कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

शिवरात्रीको पशुपतिनाथ मन्दिररमा भक्तजन र साधुसन्तको भिडभाड (फोटोफिचर)

काठमाडौं, ६ फागुन । पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्री मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ । 


आज सेना दिवस, भब्यताका साथ मनाईदैँ

काठमाडौं, ७ फागुन । नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ ।नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको छ । 

सो क्रममा सैनिक मञ्चमा बिशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ । सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारी देखी हेलिकोप्टरवाट पुष्पबृष्टी पनि गरिने्छ । जहाँ राष्ट्रपति बिद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे बिशेष प्रदर्शन गरिनेछ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिस, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहनेछन् ।

नेपाली सेनाको २६० औं दिवसलाई अझ भब्य रुपमा मनाउन भारतीय सेनाका पुर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको छ, जो पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो । 

आजको मौसमः प्रदेश १ र पहाडी भुभागमा आंशिक बदली रहने

काठमाडौं, ६ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

उता राती भने प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सतकर्ता अपनाउन महाशाखाले जानकारी दिएको छ ।

आज महाशिवरात्रि भगवान शिवको पुजा गरि देशभर मनाईदैँ

काठमाडौ., ६ फागुन । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरीन्छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ ।

स्थानीय सरकारद्वारा जग्गा वर्गीकरणमा बेवास्ता

सुर्खेत, ५ फागुन-हुम्लाका सबै गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका जग्गा वर्गीकरण गर्ने कार्यलाई बेवास्ता गरेको पाइएको छ । जग्गा वर्गीकरणका लागि विभागले दिएको समय–सीमाभित्र कुनै पनि गाउँपालिकाले सो कार्य नगरेका कारण यसप्रति बेवास्ता गरेको देखिएको हो ।

जग्गा वर्गीकरणका लागि गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा परिषद गठन गरी जग्गाको वर्गीकरण गर्ने जिम्मा लगाए पनि त्यो हुन सकेको देखिँदैन । परिषद्ले यसतर्फ काम गर्न जागरुकता नदेखाएपछि वर्गीकरण कार्य रोकिएको हो। जग्गा वर्गीकरण आवश्यक कार्य भए पनि गर्न नसकिएको र अब यसबारे गाउँपालिकामा छलफल अगाडि बढाउने मात्र भन्न गाउँपालिकाले भ्याएका छन् ।

मालपोत कार्यालयका प्रमुख रवीन्द्र शाहीले जिल्लाका सात गाउँपालिका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट कुनैले पनि जग्गा वर्गीकरण नगरेको बताए ।

उनले विभागको वर्गीकरणको परिपत्र मेलबाट, लिखित रूपमा गाउँपालिकालाई पठाउने र मौखिक रूपमा फोन गरेर जानकारी गराउँदा पनि कुनैले काम नगर्नु आश्चर्यजनक भएको बताए ।

गाउँपालिकाले भूवर्गीकरण गर्ने कसरतसमेत नगरेकाले सेवाग्राही मर्कामा परेका छन्। भूमि वर्गीकरण गर्ने काम जटिल भए पनि विभागले यसलाई वर्गीकरण गर्न भूउपयोग क्षेत्र वर्गीकरणका आधार तथा मापदण्डसमेत तयार गरेर पठाइसकेको छ ।

भूवर्गीकरण नहुँदा सर्वसाधारणलाई मर्का मात्र हैन, मालपोतबाट उठ्ने राजस्वमा पनि कमी आएको मालपोत कार्यालयले जनाएको छ ।

अंशबण्डा, दर्ताफारी, कित्ताकाटजस्ता काम रोकिएकाले मालपोतबाट संकलन हुने राजस्वमा आधाभन्दा बढीले कमी आएको मालपोत कार्यालयको तथ्यांक छ ।

यसैगरी, भूवर्गीकरण नभएका कारण सधैँ व्यस्त रहने जिल्ला नापी कार्यालयको काम अहिले नक्सा प्रिन्ट गर्नेमा मात्र सीमित भएको छ । भूउपयोग ऐन २०७६ को दफा २० को उपदफा १ अनुसार स्थानीय तहको नगरप्रमुख वा अध्यक्षको अध्यक्षतामा स्थानीय भूउपयोग परिषद् गठन गरी वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । 
 

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढी, ५ फागुन-कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेश तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो ।

बिहीबार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेशसहित पक्राउ गरेको हो । उनको पसलबाट चरेश बरामद गरेको प्रहरीले बताएको छ । 


शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज जोशीलाई लागूऔषधसहित पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार सु.प.प्र. ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट दुई दशमलव ३० ग्राम चरेश, एक थान कोरेम्स सिसि, दश थान स्पास फेला परेको हो । 


खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु

खोटाङ, ५ फागुन -खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु भएको हो ।

चालु आर्थिक वर्ष पाथेका र फेदीका सात वटा सामुदायीक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चार वटा सामुदायीक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने जनकल्याण समाज नेपालका अध्यक्ष एबं लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए । 

आर्थिक वर्ष २०७९/०८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले २८ लाख ८६ हजार सात सय बजेट उपलव्ध गराएको छ । सुरुवाती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बास स्थानको व्यवस्थापन, दिगो जिवीकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ ।

रेडपाण्डाको उपस्थिति/अनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र बासस्थानको नियमित अनुगमन, चोरी शिकार विरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको–क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोग लगायतका गतिविधि सञ्चालन गरिने समाजका अध्यक्ष मगरले जानकारी दिए । फेदीमा रेडपाण्डालाई स्थानीय साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिन्ने गरिन्छ । 

प्राप्त बजेटबाट रेडपाण्डा संरक्षण सम्वन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार दिक्तेलमा जिल्ला स्तरिय सल्लाहकार समितिको गोष्ठी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो । 

फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायीक बनमा लोपोन्मुख बन्यजन्तु रेडपाण्डाको बसोबास रहेको छ । यस्तै, चिउरीडाँडाको सिस्नेहर्कटे, निर्मलीडाँडाको गोपिनी नायपा वन र पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गगलमा रेडपाण्डाको बसोबास रहेको दावी गरिएको छ । रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो । 

गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित बनमा पाईने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने र जिबिकोपार्जनमा सहयोग पुग्ने भएकाले संरक्षण अभियान थालिएको हो ।


वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल

काठमाडौं, ५ माघ-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई उक्त जिम्मेवारी दिएका हुन् ।

डा पौडेल अर्थोपेडिक सर्जन हुन् । उनी दशौं तहका हुन् । वीरमा डा पौडेलले जिम्मेवारी पाएपछि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा रहेका डा भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ ।
 

राष्ट्रपतिमा सहमति हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन् । 

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन् ।

गठबन्धन नभत्किँने र राष्ट्रपतिको विषय केही दिनमै टुंगोमा पुग्ने उनको भनाइ छ । गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ । 

राष्ट्रपतिा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ । दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन् । 

बैसाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने

खोटाङ, ५ फागुन- खोटाङको जन्तेढुंगा गाउँपालिकामा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा आगामी वैशाख २ गतेदेखी वैशाख ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको तयारी गरिएको हो । 

जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ गर्न लागिएको जानकारी दिएको हो । जन्तेढुंगा गाउँपालिकाका–५ चिसापानीको खर्क खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद २ लाख ५५ हजार ५ सय र दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने छन् ।

यस्तै, सेमिफाइनलिष्ट टिमलाई नगद ५०–५० हजारका साथमा प्रमाण–पत्र प्रदान गरिने जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिए । 

गोल्डकपमा उत्कृष्ट एक जना स्ट्राइकर, उत्कृष्ट एक गोल्डकिपर र एक जना उत्कृष्ट एक डिफेण्डरलाई जनही १० हजार तथा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका साथै खेलाडीको प्रोत्साहन गर्ने उद्धेश्यले गोल्डकपको आयोजना गरिएको हो । गोल्डकपमा अनुमानित ३० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । ‘फुटबलको व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको हो,’ अध्यक्ष राईले भने, ‘खेल र खेलाडीसँगँै गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिमा पनि टेवा पुग्ने अपेक्षा राखेका छौँ ।’ 

गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय तथा खेलप्रेमी जनसमुदाय समक्ष सहयोगको अपिल गर्ने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट खेलाडीको उपादनसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए ।

फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिका स्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । 

सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं – सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाँउपालिका-७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबि नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।

 सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो ।

नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्यसमिति बैडतीको अध्यक्षमा भट्ट

बैतडी, ५ फागुन – नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्यसमिति बैडतीको अध्यक्षमा गोविन्द प्रसाद भट्ट निर्वाचित भएका छन् ।

चौथो जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बीरसिंह महरा, शंकरदत्त अवस्थी र तारा कार्की निर्वाचित भएका छन्।

सचिवमा प्रकाश कापडी भट्ट, सहसचिवमा रामप्रसाद बडू, कोषाध्यक्षमा लोकेन्द्र देव भट्ट निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा अनिता जोशी, प्रमानन्द ऐरी, नरेन्द्र विष्ट, दानसिंह विष्ट, लालमती भट्ट, खेमराज भट्ट, विष्णुदत्त भट्ट र दलबहादुर विष्ट निर्वाचित भएका छन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला सहइन्चार्ज प्रेम प्रकाश भट्ट प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल राष्ट्रिय कर्मचारी संघ सुदूरपश्चिम इन्चार्ज बलदेब कपाडी रहेका थिए ।

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, ५ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न ओली भेट्न चिनियाँ राजदूत चेनबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेका हुन् । 

शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी भेटवार्ता भएको थियो ।

ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा प्रचण्डले गठबन्धन नछुट्ने बताएका थिए ।

देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडाैं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् ।

 राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । 

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरेको थियो। भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए  । साथै, अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो।  भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुनेगरि शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएका छन । जवाफमा प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाे प्रधानमन्त्री कायालयले जनाएकाे छ ।

साे भेटमा जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताएका छन । सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले नै मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुने बताएकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

फ्राइडे रिलिजः रामबाबुको फूलबारी

काठमाडाै, ३ फागुन ।  रामबाबु गुरूङद्धारा निर्देशित फूलवारी आजवाट सिनेमा हलमा लागेको छ ।

दयाहाङ राई, बिपिन कार्की प्रियंका कार्कीलगायतको अभिनय रहेका सिनेमालाई कबडडी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन । नेपाल सामाजिक चलचित्र भनिएको फूलवारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन ।

जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, ५ फागुन । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । 
 
शुक्रवार बिहान वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर जनमोर्चाका अध्यक्ष केसीलगायतले ज्ञापन पत्र बुझाएका हुन । केसीको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।  

प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउन केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायतको उपस्थीति थियो ।
 

आजकाे बिनिमयदरः घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं, ५ फागुन । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।

उता, युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४० पैसा र बिक्रीमा १४२ रुपैयाँ ४ पैसा ताेकिएकाे छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ २१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट बैंकले जनाएकाे छ । 

बैकका अनुसार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रुपैयाँ १३ पैसा ताेकिएकाे छ ।

यसैगरी,  कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा ताेकेकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा ताेकिएकाे छ । 

उता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३० रुपैयाँ १२ पैसामा खरिदबित्री भइरहेकाे छ ।

कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १३ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९७ पैसा तोकिएको छ।

तीन वर्षमा एलपी ग्याससँग जोडिएका ३४ घटना

काठमाडौं । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ ।नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म ग्यास सिलिन्डर विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको पाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले आर्थिक वर्ष २०७७-७८ देखि हालसम्म एलपी ग्याससम्बन्धी विस्फोटका घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको तथ्यांक रहेको जानकारी दिएका हुन् । ‘विगतका तीनवटा आर्थिक वर्षमा ग्यास सम्बन्धित विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको देखिन्छ ती घटनामा ४२ जना घाइते भएको तथ्यांक छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी पोखरेलले भने ।

प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष २०७८-७९ मा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका १३ वटा र त्यसअघि १० वटा घटना भएको प्रहरी रेकर्ड छ । यस्तै, चालू आर्थिक वर्षको साउनयताको अवधिमा मात्रै देशका विभिन्न स्थानमा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका ११ वटा घटना भएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

पाँचै वर्ष प्रधानमन्त्री हुने दाउमा प्रचण्ड

काठमाडौं – राष्ट्रपतिको निर्वाचन मिति नजिकिदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ । राष्ट्रिय सहमतिका नाममा माओवादी केन्द्रले साढे दुई वर्षभन्दा बढी समय सरकारको नेतृत्व गर्न पाउनुपर्ने गरी अघोषित सर्तनामा राखेर बार्गेनिङ गर्न थालेको हो ।

पुस १० गते पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरे पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका नाममा अत्तो थापेर एमालेलाई अप्ठेरोमा पार्न खोजेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको फागुन २५ लाई तय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि माओवादी निर्णायक शक्तिका रूपमा देखिएको छ ।

यसै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच बिहीबार बिहान दुई घन्टा कुराकानी भयो । त्यसक्रममा दाहालले एमालेले सरकारलाई पूर्णतः सहयोग गर्नुपर्ने र राष्ट्रपतिमा साझा उम्मेदवार खोजिनुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लम्ब्याउन चाहेको स्पष्ट आभास हुन थालेको एमाले नेताहरूको बुझाइ छ । यो समाचार नागरिक दैनिकमा छ ।

धाप बाँध निर्माणले बागमती स्वच्छ हुने

काठमाडौं – बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँध आयोजनाको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी÷नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित सो बाँध सुन्दरीजलबाट २१ किलोमिटर दूरीमा अवस्थित छ ।

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले बिहीबार शिला अनावरण तथा ढोका खोलेर सो बाँधको उद्घाटन गरे । प्रतिसेकेन्ड चार सय लिटरका दरले पानी छोडिएसँगै महाशिवरात्रिको अवसरमा बागमती नदीमा जलप्रवाह बढ्नुका साथै पानी थप सफा हुने विश्वास गरिएको छ ।

चौबीस मिटर अग्लो बाँध निर्माण गरी बर्सातको पानी सङ्कलन गरेर बाँकी समयमा आवश्यकताअनुसार क्रमशः छाड्ने र बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको आठ लाख ५० हजार घनमिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ ।

त्यसैगरी यस बाँधमा मुख्य ड्याम एउटा, सहायक ड्याम तीनवटा, ड्यामको उचाइ २४ मिटर, ड्यामको माथिको लम्बाइ १७५ मिटर र तालको कुल क्षेत्रफल १२ हेक्टरमा फैलिएको छ । यस ड्यामको निर्माण गोन्जाउ÷रमन÷लामा (संयुक्त) निर्माण कम्पनीले गरेको हो । यो ड्याम निर्माणका लागि २०७१ पुस ३ गते बोलपत्र आह्वान र ठेक्का सम्झौता २०७२ असोज २२ गते गरिएको थियो ।

यो ड्याम निर्माणका लागि ५१ करोड सात लाख ५२ हजार रुपियाँमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म यस ठेक्काअन्तर्गत कुल ४९ करोड १० लाख रुपियाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

चितवन २ को उपनिर्वाचनका लागि तयारी बढाइयो

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ ।

कार्यालयले फागुन १ मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने पनि आयोगले जनाएको छ ।

कुनै मतदाताले विवाह वा बसाइँसराइका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा, कुनै मतदाताको मृत्यु भएको, नागरिकता त्याग गरेको वा विवाह वा बसाइँसराइ गरी मतदाता नामावलीबाट नाम हटाउन निवेदन दिएमा मतदाता नामावली अद्यावधिक गर्ने आयोगले जनाएको छ । त्यसै गरी दोहोरो नामावली हटाउन पनि निवेदन दिन सकिने छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

स्रोत नखुलेको १ लाख भारतीय रुपैयासहित एक पक्राउ

बारा, ५ फागुन । बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपैया फेला पारेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपैयाको दुई सय एक थान भारतीय रुपैया बरामद गरेको प्रहरीको भनाई छ ।