`

आज ग्याल्पो ल्होसार

काठमाडौँ – शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदै आइरहेका छन् ।

आज पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरीएको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । यसैक्रममा समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको हो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो भन्ने गर्छन् ।

आजको मौसम: प्रदेश १ सहित ३ वटा प्रदेशमा हिमपात हुने

काठमाडौं, ९ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूर(पश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु महाशाखाले अनुरोध गरेको छ। 
 

सुटिङ सेटमा ढिलो पुगेपछि यस्तो सम्म तनाव बेहोरे गोविन्दाले

एजेन्सी – बलिउडमा यस्ता केही कलाकार छन्, जो सुटिङ सेटमा कहिल्यै पनि समयमा पुग्दैनन् । उनीहरूकै कारण कैयौंपटक निर्माताले तनावको अवस्था झेल्नु परेको छ ।

किनकि सुटिङ सेटमा यी कलाकार नपुगुन्जेलसम्म सुटिङका सबै काम रोकिएका हुन्छन् । सन् ९० को दशकमा अभिनेता गोविन्दाले त यो मामिलामा सबै हद पार गरेका थिए । त्यस समयमा गोविन्दाले आफ्नो अभिनयका कारण लाखौंको मन जिते । तर सुटिङ सेटमा ढिलो पुग्ने मामिलामा उनी अगाडि नै थिए ।

यहीकारण उनले कैयौं तनावको सामना गर्नुपरेको थियो । यस्तै रणवीर कपूर, रणवीर सिंह र राजेश खन्ना पनि काममा ढिलो पुग्ने गर्छन् । अभिनेत्रीमा करीना कपूर पनि सुटिङ सेटमा समयमै पुग्नमा ढिला गर्छिन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठक राष्ट्रपति चुनावको विषयमा नै केन्द्रित रहेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

महराले गणतन्त्र र संविधानको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने माओवादीको मुख्य लक्ष्य रहेको बताउदै राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका निम्ति सक्दो पहल गर्ने बताए ।

राष्ट्रपति निर्वाचनको मुखैमा पूर्वराजाको ‘सहकार्य प्रस्ताव’ले गरेको सङ्केत

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि प्रमुख दलहरू राजनीतिक जोडघटाउमा लागिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूसँग “सहकार्य”को प्रस्ताव गरेपछि त्यसबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनअघि विशेषगरी सत्ताधारी गठबन्धनका माओवादी केन्द्र र नेकपा एमालेबीच “दूरी बढिरहेको” विवरणमाझ पूर्वराजाको प्रस्तावलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।पूर्वराजाको भनाइले राजसंस्था फर्काउन पहल गरिरहेका राजनीतिक शक्तिहरू उत्साहित देखिए पनि गणतन्त्रका पक्षधर दलका एक नेताले शाहको अभिव्यक्तिलाई उनको “रहर”का रूपमा मात्रै लिन सकिने बताए।

पूर्वराजा शाहले यसअघि पनि विभिन्न अवसर पारेर दिइने शुभकामना सन्देशमा गणतान्त्रिक व्यवस्थाले देशमा “शान्ति र स्थिरता नदिएको” भन्दै आलोचना गर्ने गरेका थिए गएको दशैँका अवसरमा उनले दिएको सन्देशमा पनि राजनीति “सुविधाभोगका लागि केन्द्रित हुँदै गएको” भन्दै आलोचना गरिएको थियो।

पूर्वराजाको पछिल्लो प्रस्ताव
पूर्वराजा शाहले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा “नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने” उल्लेख गरेका छन्।आफूले यसअघि नेपाली जनताको निर्णय स्वीकारेको पूर्वराजाको भनाइ छ।गणतान्त्रिक व्यवस्थाप्रति सङ्केत गर्दै उनले “देशमा शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको” टिप्पणी गरेका छन्।

शाहको सन्देशमा “अब देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने” भनिएको छ।

दलहरूको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शाहको भनाइ उनका पुराना दिनको झल्को मात्र भएको टिप्पणी गरे।“ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ उहाँमा अझै पुरानो झल्को आइरहन्छ, दुई/चार जना मान्छे वरिपरि देख्यो भने त्यो पुरानो झल्कोले अलिअलि उक्साउँछ, त्यति मात्र हो,” ओलीले आइतवार विराटनगरमा पत्रकारहरूसँग भने।गतसाता एमालेकै केन्द्रीय सदस्य दुर्गा प्रसाईँले आयोजना गरेको एउटा राजनीतिक अभियानको ओलीको गृह जिल्ला झापामा भएको उद्घाटन समारोहमा पूर्वराजा शाह पनि सरिक भएका थिए।

“कोसँग सहकार्य गर्ने? ज्ञानेन्द्रजी आफैँ ‘पोल्टिक्स’मा हिँडिरहनु भएकै छ, अस्ति मेचीमा गएर दियो बाल्नुभयो, भएकै छ त,” पूर्वराजा शाहले गरेको सहकार्यको प्रस्तावप्रति ओलीको टिप्पणी थियो।नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि अस्तित्वमा नै नरहेको राजसंस्थासँग सहकार्य सम्भव नभएको टिप्पणी गरे।

“उहाँले सहकार्य भनेर फेरि राजा हुने कुरा गर्नुभएको होला त्यो सम्भव छैन। अहिले हुँदै नभएको राजसंस्थासँग सहकार्यको कुरै भएन नि! नागरिकको हैसियतले सहकार्य हुन सक्ला,” महतले बीबीसीसँग भने।आफ्नो संवैधानिक दायरा “नाघेर” शाहले सत्ता हातमा लिएका कारण राजतन्त्र अन्त्य भएको भन्दै महतले फेरि राजतन्त्र फर्काउने कुरा पूर्वराजाको “रहर” मात्रै हुने टिप्पणी गरे।

‘राजनीतिमा ठाउँ दिनुपर्छ’
नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दूराष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दल शाहसँग सहकार्य गर्न तयार हुने बताए।शाहलाई पनि राजनीतिमा ठाउँ दिनुपर्ने उनको भनाइ छ।

“हाम्रो दलले कठिन दिनमा पनि राजसंस्था पुनर्स्थापनाका लागि आवाज उठाइरहेको भएकाले यसलाई सकारात्मक लिने नै भयो। राजाको सन्देशलाई अरू दलहरूले पनि गम्भीरतापूर्वक लिएर अभिभावकीय भूमिका दिनुपर्छ भन्ने हाम्रो भनाइ छ,” उनले भने।

राप्रपाले नेपालमा “षड्यन्त्रपूर्वक” गणतन्त्र घोषणा गरिएको आरोप लगाउँदै आएको छ। श्रेष्ठले पूर्वराजालाई दलहरूले निषेध गरिरहेको तर जनताले स्वागत गर्ने गरेको दाबी गरे।

‘भूमिका खोजिरहेका’ पूर्वराजा
देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे पूर्वराजासँग भेट गर्ने विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूले उनको भूमिका औँल्याइदिएका कारण पनि राजाले यस्तो वक्तव्य दिएको हुनसक्ने बताउँछन्।“बाहिर देखाउँदैनन् तर मुख्य पार्टीकै मान्छेहरू गएर उनलाई भेटिरहेका छन्। त्यसकारण उनलाई ‘मेरो भूमिका छ’ भन्ने लागेको हुनसक्छ,” सम्पादक घिमिरे भन्छन्।

“राष्ट्रपतिको चुनावको आसपास सरकार, गठबन्धन भत्कन सक्छ। एउटा अराजकता पनि आउन सक्छ। उनलाई बोल्ने समय यही हो भन्ने लाग्यो होला।”पार्टीहरू असफल हुँदा जनताको स्वाभाविक सान्त्वना पूर्वराजाले पाइरहेको उनको ठम्याइ छ।

नेपालमा राजतन्त्र हटाइपछि भएका संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढाउने काममा पूर्वराजालाई संलग्न नगराएका कारण पनि राजनीतिक असन्तुष्टिको विकल्पका रूपमा राजतन्त्रको भूमिका कतिपयले औँल्याउने गरेको घिमिरे बताउँछन्।

दलहरूका कामगराइप्रति असन्तुष्टि देखिएका समयमा उनी पूर्वराजाको प्रस्तावलाई सकारात्मक रूपमा लिन सकिने बताउँछन्।“उनले मलाई भूमिका देऊ भनेनन्। हामी सहकार्य गरौँ भने त्यो एउटा राम्रै सुरुवात हो जस्तो लाग्छ मलाई चाहिँ,” उनले भने।

पूर्वराजाले राजतन्त्रबारे पनि दलहरूसँग छलफल चलाउन खोजेको आफूले आकलन गरे पनि त्यसका लागि दलहरू अझैसम्म तयार नदेखिएको घिमिरेले बताए।“पार्टीहरू अहिले पनि छलफलका लागि तयार छैनन्। यसलाई खतरा मानेर पार्टीहरू एक हुनुपर्छ भन्ने पनि हुनसक्छ। तर उनीहरूबीच बढ्दो अविश्वासले त्यो पनि सहज चाहिँ छैन,” घिमिरेले भने।

माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वकालमा युद्धको एक पक्ष रहेको राजतन्त्रका प्रतिनिधिलाई शान्ति पक्रियामा नसमेटिका कारण नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसकिरहेको उनले ठम्याइ छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम हुँदैन – उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम नहुने बताएका छन् ।

मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिए । उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिएका हुन् ।

उनले भने – “मन्त्रालयको पूँजीगत खर्चको कार्यान्वयन कमजोर छ, सुधारका लागि मन्त्रालयले तीन वटा कार्यदल बनाएर सुधारको पहल गरेको छ, धेरै आयोजनाको राम्रो अवस्था नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठा गिर्न थालेको छ, अब प्रतिष्ठा उँचो हुनेगरी काम गनुपर्छ, बैठकमा जे निर्णय हुन्छ, त्यो कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गर्न नसकिने निर्णका बारेमा पहिल्यै भन्नुपर्छ”

केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना छ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरेका छन् । सोमबार पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डले यस्तो बताउका हुन् । उनले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिए।

उनले भने – “माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन । हामी आफ्नाआफ्ना कुरामात्र लिएर आउने भइयो । दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला । जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेण्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने उनले बताए । केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना रहेको पनि उनले बताए ।

राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु – पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देखेको बताएका छन् । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले आयोजना गरेको कामर्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताउए ।

उनले भने “जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ”

बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

काठमाडौं – बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्नेछ । प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेशसभा सचिवालयमा दुई विधेयक आज दर्ता गरिएको सचिवालयले जनाएको छ ।

दोल्ती पावर कम्पनीको आईपीओ निष्काशन

काठमाडौं, ८ फागुन । दोल्ती पावर कम्पनीले सोमबार आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि सोमबार निष्काशन गरेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।

आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जानाएकाे छ। साथै, कम्पनीले सर्वसाधारणका लागी छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबारको प्रतिशेयर १०० रुपैयाँअंकित दरको १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित् निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्री खुला गरेको छ । 

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले उक्त आईपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत ७ गते सम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

सो आइपिओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । दोल्ती पावर कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले स्थानिय बासिन्दाले आयोजनाको कार्यालय नौमुले दैलेख, एनआइसी एसिया बैंकको नर्वाचवार कार्यालय दैलेख, ग्लोबल आइएमई बैंकको देवकोटा चोक दैलेख र प्रभु बैंकको देवेन्द्रचोक कार्यालय दैलेख शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, एनआइसी एसिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । 

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
 

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, ८ फागुन ।कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज सोमबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी र नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य अनुसार भारतीय सुन्तला ११० रूपैयाँ, कालो अंगुर र अनार २२० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १२०, अम्बा १००, आभोकाडो ४००, किवि ३५० प्रतिकेजी र केरा १५० रुपैयाँ दर्जन रहेको छ ।

यस्तै कन्य च्याउ प्रतिकेजी १०० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानिय ज्यापु ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ३०, तोरी साग २० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ । यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैया, हरियो खु्र्सानी ९० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

यसैगरी, राजमा घिउ सिमी ८० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ३० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ११० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती १५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

कर्णाली अस्पतालवाट ४ हजार बढीकाे मेघा अपरेशन, जुम्लाबाहिरका पनि बिरामी आउन थाले

जुम्ला, ८ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेशन गर्न सफल भएको छ । 


प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार ०७१ सालमा सेवा सुरु गरेको प्रसुति सेवा मात्रै चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले लिएका छन् । 

सो अस्पतालवाट ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन भने ३२ हजार ७ सय ४० जनाले अन्तरंग सेवामा भर्ना भएर उपचार गराएका छन । 

४८ हजार ३ सय बिरामीलाइ आकस्मिक सेवा दिएको कर्णाली अस्पतालले  ४ हजार ३ सय ८५ वटा मेजर अपरेसन सफल पारे पछि वरपरका जिल्लावाट बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा विस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका हिमाली भेगवाट पनि बिरामी आएर उपचार गर्ने क्रम बढदै गएको बुढाले जानकारी दिए ।
 

पुर्व मन्त्री श्रेष्ठको ८८ औ बर्षमा निधन

काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । 


वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।


विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् ।उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

टस जितेर नामिबिया फिल्डिङमा

काठमाडौ‌ । आइसिसी विश्वकप लिग– २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर नामिबियाले पहिला फिल्डिङ राेजेकाे छ ।

टियु क्रिकेट मैदान जारी खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नामिबिया सुरुवाती तीनै खेलमा नै पराजित भएको छ । जारी खेलमा नामिबिया स्कटल्यान्डलाई हराउन चाहन्छ । नेपालसँग तीन विकेटले पराजित स्कटल्याण्डलाई पराजित गर्ने दाउमा नामिबिया छ । तर, तीन खेल अगावै लिग च्याम्पियन बनिसकेको स्कटल्यान्डमाथी बिजय हासिल गर्न भने नामिबियालाई त्यति सहज छैन ।

क्याडिजलाई २–० ले पराजित गरेकाे बार्सिलोनाकाे शीर्षस्थान कायमै

काठमाडौं, ८ फागुन । बार्सिलोनाले फेरी पनि सहज जित हासिल गर्दै स्पेनिस ला लिगाको शीर्षस्थान कायमै राखेको छ। 

घरेलु मैदानमा क्याडिजलाई २–० ले पराजित गर्दै बार्सिलोनाले शीर्षस्थान कायमै राखेको हो । 

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ८ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधिमाथी दाबेदारी पनि कायमै राखिरहेकाे छ । 

४३औं सम्म बराबरीको खेल भए पनि त्यसपछि सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नै रोबर्ट लेवान्डोस्कीले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनाका लागि अग्रता दोब्बर पारे । लेवान्डोस्कीकाे साेही गाेल नै जीतका लागि निर्णायक भयाे  ।

यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले २२ खेलबाट ५९ अंक हासिल गरेको छ भने पराजित क्याडिज २२ अंकसहित १७औं स्थानमा छ ।

म्यानचेस्टरको लेस्टर सिटी माथी सानदार जीत

काठमाडौं, ८ फागुन । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथी सानदार जीत निकालेको छ ।

इंग्लिस प्रिमियर लिगमा युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेर सानदार जीत निकालेको हो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियाे । ५६ औं मिनेटमा रासफर्डले फ्रेडको पासमा दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाइृ २–० को अग्रता दिलाए ।

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे ।  ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्न सफल भए ।

 
यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा  छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

दुबईमा ९३ किमी लामो ‘इन्डोर’ हरितमार्ग बन्ने, जहाँ साईकिलिङ र पैदलमात्र हिडिने छ

काठमाडौं, ८ फागुन । डिजाइनकर्ता युआरबीले भने जस्तो काम भयो भने दुबई स्थायित्व र कल्याणको लागि नयाँ केन्द्र बन्न सक्छ किनभने दुबइलाई रूपान्तरण गर्नका लागि महत्वाकांक्षी, वातावरणमा केन्द्रित डिजाइनहरूको श्रृंखला प्रस्ताव गरिएको अर्थात ९३ किलोमिटर ९५८ माइलमा फैलिएको ‘इनडोर’ जलवायु नियन्त्रित दिगो सहरी राजमार्ग ।

यदि यो बनाइयो भने, ‘द लूप’ संसारको कुनै पनि ठाउँमा सबैभन्दा ‘स्मार्ट’ साइकल चलाउने र दौडने पूर्वाधार हुनेछ । युआरबीका सीईओ बहरश बगेरियन भन्छन, ‘यो परियोजनाको लक्ष्य दुबईलाई पैदल वा साइकलमार्फत संसारको सबैभन्दा जोडिएको लामाे सहर बनाउने हो।’

यो विशाल संरचना दुबईलाइ वरिपरि जोडनका लागि यसरी डिजाइन गरिएको छ कि त्यहाँका बासिन्दाहरूलाई शहर वरिपरि हिंड्न वा साइकिलिङ गर्न, रूखहरू र बोटबिरुवाहरूले भरिएको काररहित ‘हरियो कोरिडोर’मा सजिलाे गरी रमाइलो गरुन । 

युआरबीले दुबईको मरुभूमिको लागि ठूलो कृषि पर्यटन परियोजना पनि बनाएको छ जुन यस क्षेत्रमा दिगो कृषि, वातावरणीय शिक्षा र हरित पर्यटनको लागि नयाँ ‘बेन्चमार्क’ बन्न सक्छ, यदि यो निर्माण गरियो भने ।

‘द लूप’बाट अलग, ‘एग्री हब’ ले लगभग ४० हेक्टरमा शिक्षा र अनुसन्धानको लागि होस्ट स्पेसहरू, साथै इको लजहरू, फार्म, पसलहरूऽ फार्म टु टेबल्, रेस्टुरेन्टहरू र क्याफेहरू त्यहाँ निर्माण हुनेछन । 

बागेरियन भन्छन्  ‘एग्री हबको भ्रमणले पाहुनाहरूलाई दिगो अभ्यासहरू बुझ्न र थप संलग्न हुन मद्दत गर्नेछ, यसले जनताको मन खोल्छ,’ उनी अगाडी भन्छन्, ‘मानिसहरूले कृषि पर्यटनलाई गलत बुझेका हुन सक्छन् तर तिनीहरू त्यहाँ पुगे पछि यो सोच्छन् कि खेती उपकरणहरू हेर्दै, खेतहरू हेर्दै र फलफूल टिप्न हिडन पाउनुको मज्जा अरु कहाँ पाईन्छ ?  यस परियोजनाको साथ हामीले कृषि पर्यटन मोडेललाई उचाईमा पुर्‍याउने प्रयास गरिरहेका छौं, त्यसैले यसले सबैलाई फाइदा पुर्‍याउँछ, चाहे तपाईं खुद्रा विक्रेता होस्, चाहे तपाईं किसान हुनुहुन्छ, विशेष गरी यदि तपाईं उपभोक्ता हुनुहुन्छ भने । त्यहाँ सबैका लागि हरियाली अर्थतन्त्रको कुरा हुनेछ ।’ 

बगिरेनले यसअघि दुबईको ‘द सस्टेनेबल सिटी्’ को फेज २ को डिजाइनको नेतृत्व गरिसकेका छन र हाल यिती, ओमान र अबुधाबीको यास भन्ने टापुमा निर्माणाधीन यस्तै हरित समुदायहरूमा काम गरेको उससँग अनुभव पनि छ।

‘पूरै विश्व हरियाली अर्थतन्त्रतर्फ अघि बढिरहेको छ,’ बाघेरियन भन्छन, ‘सबैभन्दा बलियो अर्थतन्त्रहरू ती हुन गइरहेका छन्, जसले यस प्रकारका परियोजनाहरूका साथ सकेसम्म चाँडो सम्भव अवसरलाई सदुपयोग गर्दै दिगोपनतर्फ संक्रमण गर्न सक्षम हुनेछन्।’

एग्री हबको यो संरचना ठूलो स्टिल क्यानोपीको बनाइनेछ र प्रि–कास्ट कंक्रीटले प्यानल लगाइनेछ, जसमा साइटको सञ्चालनबाट कार्बन लागत हुनेछन।

युआरबी ले परियोजना शून्य फोहोर र साइटमा यातायात इन्धनरहित हुने लक्ष्य राखेको छ। जैविक फोहोरबाट ऊर्जा उत्पादन गर्न यसको आफ्नै बायोग्याँस प्लान्ट हुनेछ, अरू विकासका भागहरू आंशिक रूपमा भूमिगत हुनेछन – भवनहरू चिसो राख्नका लागि।

दुबईमा ताजा पानीको अभाव भएकोले यो परियोजना जैबिक खेती, जहाँ नुनिलो पानीमा बाली उब्जनी गरिन्छ, र सार्वजनिक क्षेत्रहरूमा सिँचाइ गर्न साइटबाट पुनः प्रयोग गरिएको खैरो पानी प्रयोग गर्न डिजाइन गरिएको हो। यी क्षेत्रहरूमा खडेरीमा पनि सहनशील बोटबिरुवाहरू साथै वर्षा बगैंचा र बायोरटेन्सन क्षेत्रहरू रहनेछन् जसलाई सिँचाइको आवश्यकता पर्दैन र चराहरू र कीराहरूको लागि बासस्थान सिर्जना गर्दछ।

‘द लूप’ जस्तै, एग्री हबलाई सिँचाइको लागि पुनः प्रयोग गरिएको पानी प्रयोग गर्न डिजाइन गरिएको छ र पूर्णतया गति ऊर्जा प्रयोग गरेर संचालित हुन्छन।

युआरबीका अनुसार परियोजनाहरु निजी लगानीकर्ताहरुद्वारा वित्त पोषित हुनेछन र यो हाल कृषि हबको विकासको लागी सबै भन्दा राम्रो साइट स्थापना गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ । बागेरियनले २०२४ मा नै एग्री हबको निर्माण सुरु हुने आशा राखेका छन्। यदि लूप सञ्चालनमा आयो भने २०४० सम्म दुबईमा  साइकल चालक र पैदलमार्गीहरुका लागि तयार हुन सक्छ।

इंग्लिस प्रिमियरमा टोटेनहम हटस्परको २–० जीत

काठमाडौं, ८ फागुन । टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथी बिजय हासिल गरेको छ । 

इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम माथी २–० ले बिजय हासिल गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्ट ह्यामले टोटेनहमलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । र, ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । 

७२औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल हुन पुगे । 

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २४ खेलबाट ४२ अंक पुगेको छ । पराजित वेस्ट ह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ ।

गौतमबुद्ध विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान शुरू हुने भएको छ ।पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिरा एयरवेजले उडान गर्ने भएको हो ।

जजिराको उडान पुनस् शुरू हुनुअघि सोमवार एउटा चार्टर्ड उडान हुँदै छ ।उक्त विमानस्थलमा क्यानेडेली एयरलाइन्सले चार्टर्ड उडान गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आइतवार चार्टर्ड उडान गरेर आउने भनिए पनि विविध कारणले रोकिएको र सोमवार आउने कार्यतालिका रहेको जानकारी दिए ।उनका अनुसार मौसममा सुधार र अन्य प्राविधिक कुरामा सुधार भएसँगै जजिरा एयरवेजले उडान गर्ने समय मागेको छ ।

जजिराले फागुन २५ गते बिहानदेखि उडान गर्नेछ । अहिले आन्तरिक उडान मात्रै हुँदै आएको उक्त विमानस्थलबाट जजिरा एयरवेजले मंगलवार, बिहीवार र शुक्रवार उडान गर्नेछ ।

यसअघि पनि जजिराले सातामा तीन उडान गर्दै आएको थियो । मौसम प्रतिकूलताको कारण उक्त एयरलाइन्सले गौतमबुद्ध–कुवेत उडान रोकेको थियो ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने

काठमाडौं, ८ फागुन ।  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । 

राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेकाे हाे  । 

यसअघि नै जारी सुचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो ।

बैंकका अनुसार कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ ।

खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्दीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्ने काँग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए ।

ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन् ।फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन आयोगले तय गरेकाले कांग्रेसले ११ वा १२ गते पदाधिकारी र कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने तयारी छ ।

‘राष्ट्रपति बन्न पार्टीमा धेरै नेता योग्य र सक्षम हुनुहुन्छ,’ ती नेताले भने, ‘तर हाम्रो (कांग्रेस) बाट पौडेलजीलाई उम्मेदवार बनाउने एक प्रकारको समझदारी छ।’पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सकारात्मक हुने कांग्रेस नेताहरूको बुझाइ छ ।

माओवादीले राष्ट्रपतिमा सहयोग गर्नेमा आश्वस्त देखिएका कांग्रेसनिकट एक नेताले भने, ‘प्रचण्ड (पुष्पकमल दाहाल) जीले कांग्रेसले उठाउने उम्मेदवारका विषयमा सभापतिसँग एकपटक छलफल गरेर पार्टीबाट निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू

काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।

नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए ।

सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्। भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् ।

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्। यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ ।परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् ।समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

इन्जुरी समयमा मेस्सीले फ्रि किक, पीएसजीको जीत

काठमाडौं, ८ फागुन । पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो । 

यसअघि काइलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे । 

तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याई दिए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।

तर, खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुन गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्‍यो । 

लिग वानमा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १–० को हार बेहोरेको थियो ।
 

माओवादी पदाधिकारी बैठक ४ बजे

काठमाडौ । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 
 

आजको मौसमः प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको उच्च भागमा हिमपात हुने

काठमाडौं, ८ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

।

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक–दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन अनुरोध गरेको छ ।
 

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

काठमाडौं, ७ फागुन । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् ।

उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लागेकी हुन् । कूटनीतिक स्रोतका उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने छिन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।

राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ । साथै उनी धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने छिन् ।

माओवादीले डाक्यो पदाधिकारी बैठक

काठमाडौं – राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने

काठमाडौं – कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ ।

विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७:५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:५ मा कुवेतका लागि उड्ने उनले बताए ।

एनआइसी एसिया बैकलाई ११ हजार जरिवाना

वीरगंज,वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।  

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एन आई सी एसिया बैकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगंज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगंज महानगरपालिकाले जनाएको छ ।

महानगरले विगत एक साता यता नगर क्षेत्र भित्र जथाभाबी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।

एक लाख बढी कतारी रियालसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जना पक्राउ परेका छन् । 

एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस्  नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, ७ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलकाे मुल्य सार्बजनिक गरेकाे छ ।

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ३५ रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, रातो आलु २६ रुपैया, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ ताेकाेकाे छ ।

यस्ताे, लाेकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग ३० रुपैया, पालूगो साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० र हरियो धनिया ३० रुपैयाँ कायम गरिएकाे छ ।्रर

यता, ताजा रहु माछा ३३० रुपैयाँ केजी, मुंगरी माछा ३१० रुपैयाँ केजी, ताजा बचुवा माछा २६० रुपैयाँ केजीमा काराेबार भइरहेकाे छ भने  ताजा छडीको माछा प्रतिकेजी २४० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

बालालु घटनामा पक्राउ परेका ४० माथी अनुसन्धान सुरू, थप पक्राउ पर्दै

काठमाडौं, ७ फागुन । गत १  फागुनमा  नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारीसाधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ ।

आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

गत १ फागुनमा यातायात मजदुर आन्दोलनका नाममा प्रहरीका दुईवटा भ्यानमा आगलागी भएको, लोत्से मल तोडफोड भएको तथा मोबाइल पसल लुटपाट भएको थियो । सो तोडफोड र लुटपाटको घटना पछि यातायात मजदुर संगठनले सवारी साधान बन्दको घोषणा गरेका थिए भने पीडित ब्यापारीले पसल तोडफोड गर्नेलाइ हिरासतमा लिइ अनुसन्धान गर्न माग राखेका थिए ।

आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए। साथै, प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडीसमेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको सो घटनाले उग्र रूप लिएको थियो । साथै,  आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमा समेत आगो लगाइएको थियो।

‘प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने थप केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिएर अनुिसन्धान गर्नेछौ,’ प्रवक्ता रिजालले सञचारकर्मीसँग भने ।

टर्की भुकम्पः १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

इसतानबुल, ७ फागुन । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ। टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्। तीमध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर, उनीहरुको नाम भने खुलेको छैन ।

गत फेब्रुअरी ६ मा ७।८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढीको ज्यान लिएको सार्वजनिक भईसकेको छ । सो भुकम्पमा परी लाखौं व्यक्तिहरु सुरक्षित आवासविहीन हुन पुगेका छन ।

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। तर, पछिल्ला केही दिनमा उनीहरूको संख्या थोरैमा झरेको छ। चिसो मौसम र लामो समय भग्नावशेष हटाउन नसक्दा बाँकीलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बने पनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीव्रता दिइरहेका टर्कीका अधिकारीले बताएका छन्।

उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ

कैलाली, ७ फागुन । कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन । उनको रिहाईका लागि कैलाली जिल्ला  प्शाशन कार्यालयले आवाश्यक कानुनी पक्रिया सुरु गरेको छ । तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोली अझैसम्म टुंगो भने लागिसकेको छैन् ।   

यदपी, नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भए पछि त्यसका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन । 


२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । 
एक दशक अगाडीका सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो । 


शिर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित

काठमाडौं, ७ फागुन । शीर्ष स्थानमा रहेको को बायर्न म्युनिख ३–२ गोलले पराजित भएको छ ।शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३–२ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । तर, ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

उता, खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २–१ को अग्रता दिलाए। ८४ औं मिनेटमा पुग्दा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले थप एक गोल गरे पछि मन्छेनग्लाडबाख ३–२ ले विजयी भयो ।बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेर आठौं स्थानमा छ ।

आजकाे काराेबारः अमेरिकी डलरमा वृद्धि हुँदा युरोपियन युरोको मूल्य घट्यो

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले आइबारको विनिमय दर सार्वजनिक गरेको छ।आइतबार अमेरिकी डलरमा वृद्धि भएको छ भने युरोपियन युरोको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो। यो मूल्य अघिल्लो कारोबारको मूल्य भन्दा १८ पैसा बढेको हो।

आइतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ३० पैसामा काराेबार हुनेछ यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा एक रुपैयाँले घटेको छ । शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा कायम गरिएको थियो।

उता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रूपैयाँ ६२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ ६४ पैसा तोकिएको छ। अघिल्लो कारोबार भन्दा ९३ पैसाले अष्ट्रेलियन डलर घटेको छ। शुक्रबार यसको खरिदमूल्य ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

आइतबार क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३३ पैसामा काराेबार हुनेछ ।

यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८४ पैसा र बिक्रीमा २९ रूपैयाँ ९७ पैसामा काराेबार हुनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १० पैसा, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४४ पैसा तोकिएको छ।

रियल म्याड्रिडलाइ पछयाउँदै बार्सिलोना, रातीको खेलमा २–० को जीत

काठमाडौं, ७ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनाले उपाधी दावी गरेको छ ।्र

रियलले घरेलु टोली ओसासुनालाई २–० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याउँदै उपाधि दावेदारी गरेको हो ।

पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा दोस्रो हाफमा नै फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए र ८९औं मिनेटमा भिनिसियसले गोल गरेका थिए भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै रियलको २–० को अग्रता दिलाए । 

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औं स्थानमा छ ।


सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

काठमाडाैं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताएका छन् ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उनले जनाएका छन ।

‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ,’ बक्तब्यमा भनिएकाे छ, ‘तसर्थ, ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ।’

प्नधानमन्त्रीकाे शुभकामना सन्देशकाे पुर्णपाठः

७३ औं प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण
परिस्थितिसम्म आइपुगेको छ ।

आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ । तसर्थ, ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ ।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छ ।

प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत् देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

७ फागुन २०७९

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री

लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन राष्ट्रतिको आग्रह

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिनु पर्नेसमेत उल्लेख गरेकी छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

‘‘सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ’ । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ’, राष्ट्रपति भण्डारीले भनेकी छिन ।

आठराई गाउँपालिमा ऐतिहाँसिक पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने

तेह्रथुम – तेह्रथुमको आठराईमा यही फागुन १७ गतेदेखी ऐतिहाँसिक पहिलो गाउँपालिका अध्यक्ष कप रनिङ प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नं २ स्थीत पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । सांस्कृतिक कार्यक्रम साथमा विभीन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए  ।

प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल ,खुल्ला प्रुष भलिबल,सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य  र धान त्यस्तै ब्याडमिन्टन डब्बल र माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगिता  हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फ विजेताले नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्ने भएको छ । त्यस्तै दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

महिला तर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङप पाउने भएका छन् ।  उपविेजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन । त्यस्तै खुल्ला पूरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने भएका छन् । 
 
सांस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार पाउने भएका छन् । त्यस्तै धान नाच प्रतियोगितमा प्रथमले १० हजार नगद र प्रमाणपत्र र दोश्रो हुनेले नगद ८ हजार र प्रमाणपत्र पाउने भएका छन् ।

ब्याडमिन्टन तर्फ विजेताले २० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन् । माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा क्रमस ३ हजार २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्रथम दोश्रो र तेश्रो हुनेले पाउने छन । प्रतियोगितामा फुटबल तर्फ वेष्ट किपर,वेष्ट डिफ्रेन्स,वेष्ट प्लेयर,हाईस्कोर र भलिबल तर्फ वेष्ट सटर,वेष्ट लिफ्टरलाई पुरस्कार दिइने भएको प्रतियोगिता आगामी फागुन २४ गते सम्पन्न हुनेछ ।