`

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादी केन्द्रको निर्णय

Nepal One HD ८ फागुन २०७९ २२:०५
प्रमुख खबर

नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठक राष्ट्रपति चुनावको विषयमा नै केन्द्रित रहेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

महराले गणतन्त्र र संविधानको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने माओवादीको मुख्य लक्ष्य रहेको बताउदै राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका निम्ति सक्दो पहल गर्ने बताए ।


प्रतिक्रिया