`

बडी सेमिङको शिकार बनिन् अनुष्का

मुम्बई, १० फागुन । साउथ फिल्मकी अभिनेत्री तथा ‘बाहुबली’ फेम अनुष्का शेट्टी हालका दिनमा चर्चामा छिन् । अनुष्का हालैमात्र बेगलुरुको एक मन्दिरमा आमाका साथ सेतो कमिज सुरुवालमा देखिएकी थिइन् । निकै सुन्दर देखिएकी अनुष्काको शरीर अन्य समयको भन्दा मोटो देखिएपछि उनी बडी सेमिङको शिकार बनेकी छन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको बद्लिएको शरीर देखेर फ्यानहरु छक्क परेका छन् । कतिपयले भने उनको तस्वीरलाई ट्रोल बनाइरहेका छन् । अनुष्का बडी सेमिङको सिकार भएको पहिलोपटक होइन । यसअघि पनि उनको शरीरलाई लिएर सामाजिक सञ्जालमा भद्दा कमेन्ट पनि गरिएको थियो ।

कतिपयले उनले फिल्म ‘साइज जिरो’का लागि वजन बढाएको भने पनि अहिले उनले स्वास्थ्य कारण वजन नघटाएको बताइएको छ ।

अनुष्काले सन् २००५ को तेलुगु फिल्म ‘सुपर’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि ‘विक्रमार्कुडु’, ‘डन’, ‘अरुन्धति’, र ’सहित’ जस्ता कैयौं फिल्ममा अभिनय गरिन् । अनुष्का दक्षिण भारतको लोकप्रिय र सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीकी रुपमा चिनिन्छिन् । उनले अभिनेता प्रभासका साथ ‘बिल्ला’, ‘मिर्ची’, ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबली २ः द कन्क्लूजन’मा सहकार्य गरिसकेकी छन् ।

बढ्यो चिनियाँ राजदूतको सक्रियता

काठमाडौं, १० फागुन । नेपालका लागि चिनियाँ राजदूत छन सोङले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । 

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयले नेपालका राजनीतिक दलका नेताहरुको छलफल चलिरहेका बेला राजदूत सोङले पनि आफ्नो सक्रियता बढाएका हुन् । 

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका राजदूत सोङले अपरान्ह एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेसँगै तरंगित बनेको राजनीतिक अवस्थामा राजदूत सोङले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाललाई भेटेका हुन् । 
 

‘फुल और काँटेकी हिरोइन १२ बर्ष पछि बलिउडमा

मुम्बई, ११ फागुन । भनिन्छ, हरेक अभिनेत्रीको आ–आफ्नै समय हुन्छ । के तपाईलाई अजय देवगनको सह–अभिनेत्री मधु शाह याद छ ?  हो उनै मधु शाह, जो फिल्म ‘फुल और काँटेमा १९९१ मा देखिएकी थिइन् ।

हालै उनको  नयाँ फिल्म ‘अन कट ‘ को टिजर सार्वजनिक भएको छ र जुन फिल्मवाट उनले आफ्नो दमदार अभिनयले दर्शकलाई निकै प्रभावित बनाउने देखाउने अडकलबाजी गरिएको छ ।

टिजर सार्बजनिक भए पछि अब १२ वर्षपछि अभिनेत्री शाहले आफना फ्यानका लागि केही नयाँ ल्याउदैछिन भन्ने चासोको विषय बनेको थालेको छ । 

धेरैले यो पनि सोचिरहेका होलान कि यतिका बर्ष उनी कहाँ थिइन ? खासमा उनी यस अवधिमा धेरै तमिल, तेलुगु र मलयालम फिल्महरू गरेकी थिइन्। अब उनी बलिउडमा फर्कने भएकी छिन ।

अब १२ बर्ष पछि ‘अन कट’वाट ठुलो पर्दामा देखिने भए पछि उनका फयानहरुले उनलाई प्रतिक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

एक हजार क्लबमा पठान

काठमाडौ, १० फागुन । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।

सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको 
यशराज फिल्मले जनाएको छ । 

गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । 

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।

स्वास्थ्यमन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान

काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्। उनी गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेका हुन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी त्यहाँ गएका हुन् ।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता रहनेछ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी पनि गएका छन् ।

जर्बजस्तीको आरोप लागे पछि दार्चुलाका एक वडा अध्यक्ष फरार

दार्चुला, १० फागुन । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलका एकजना वडा अध्यक्ष फरार भएका छन ।

जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन ।

फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका  हुन । 

फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको सुचनाः ९ जनालाई ७ दिन भित्र हाजिर हुन निर्देशन

काठमाडौं, १० फागुन । नेपाल प्रहरी प्रधानले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।

एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । 

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ। 

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक आज

काठमाडौं, १० फागुन ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको सूची पठाइसकेका छन् । 

आगामी २ं५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन ।
 

१३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराईसकेको छ ।

बागमती प्रदेश सभाको बैठक बस्दै

हेटौडा, १० फागुन । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।बाग्मती प्रदेश सभाको पहिलो अधिवेसनको दशौं बैकक अपरान्ह २ः १० मा बोलाइएको हो । 

सम्भावित कार्यसुची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।

सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ । 

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

एमाले खेलकुदको अध्यक्षमा पर्शुराम बस्नेत

बिराटनगर । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्। 

दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन । उनको नेतृुत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ ।

फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन । बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेसन सम्पन्न भएको छ ।

बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए ।

यस्तो छ चन्द्र भण्डारीको स्वास्थ्य अवस्था

मुम्बई, १० फागुन । आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुदैँ गएको छ ।  

नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. डा. अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

उनका अनुसार ५ लिटर अक्सीजनमा मात्र राखिने भनियता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । 

पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ म संग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका योगराज कडेँलले भने । 

गत बिहिवार शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो । 

नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल

काठमाडौं। नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल नियुक्त भएका छन् । 

यसअघि यू–१९ क्रिकेट टोलीको कप्तानी सम्हालेका गुलशन झा यूएईमा हुने विश्व क्रिकेट लिग टू अन्तर्गतको सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तान जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् ।

नेपालसहित कतार, हङकङ, मलेसिया, सिङ्गापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएई सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरसँग फागुन १२ गते प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुल माथी रियल म्याडिड्रको ५–२ को जीत

काठमाडाैं, १० फागुन । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार  ५–२ को जित दर्ता गरेको छ ।रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५–२ को सानदार जित दर्ता गरेको हो ।

एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।

खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । १४औं मिनेटमा फेरी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर पारे । 

तर, कप्तान करिम बेन्जेमाको पासमा गोल २१औं मिनेटमा भिनिसियसले गोल गरे भने पहिलो हाफको ३६औं मिनेटमा रियलका भिनिसियसले  २–२ गोलको बराबरीमा ल्याए । 

४७औं मिनेटमा  मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाए । ६७औं मिनेटमा कप्तान बेन्जेमाले पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए । 

यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।

प्रतिनिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पेश गरिदैँ

काठमाडौं, १० फागुन । संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गरिने सम्भावित कार्यसूची रहेको छ । 

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्नेछन ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण  निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पनि संसद्मा पेस गर्ने कार्यसुचीमा उल्लेख छ ।

१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो ।

विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ ।

सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’

यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले भने । दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ ।यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

सप्तरीकी महिलाले जन्माईन एकैपटक तीन सन्तान

सप्तरी, १० फागुन । सप्तरी जिल्लाक‍ो रुपनी गाउँपालिका एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिएकी छिन् ।

रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।

सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो दुई जना छोरा र एक जना छोरी जन्म दिएक‍ो स्थानीय सन्तोष यादवले जानकारी दिएका छन । दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ भने छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।

प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको हो ।

एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने भएकोले  सहयोग गरिदिन यादवले सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।

ओलीको प्रलोभनमा पर्लान् माधवकुमार नेपाल ?

काठमाडौं । ‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ। महिलालाई खाइहाल्यो। तर तिनले लगाएको सुनको बाला बच्यो। त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ। र, बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई झ्याम्पै पारेर खाँदो रहेछ। साथीहरू बाला देखेर नलोभियौं।’

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ २२ गते प्रतिनिधिसभा बैठकमा उक्त नीतिकथा सुनाउँदै नेपाली कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादी केन्द्रलाई लोभमा फसेको बटुवासँग तुलना गरेका थिए।

ओलीले एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुअघि पुस १० गते भएको समझदारीमा कायम रहन माओवादीलाई आग्रह गरेका थिए।निर्वाचनमा गठबन्धन गरेर लडेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री छाड्न नमानेपछि उनी एमालेसँग सहकार्य गर्न पुगेका थिए।

एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि दाहाल राष्ट्रपतिसहितका सबै पद उसैलाई छाड्दा कुनै पनि बेला धोका हुनसक्ने निष्कर्षमा पुगे। प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत पाएपछि दाहाल चुनावअघिको गठबन्धनप्रति लचिलो देखिएका छन्।

त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका दाहालले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिइसकेका छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने छनक पाएपछि ओलीले कांग्रेसलाई व्यंग्य गर्दै प्रतिनिधिसभा बैठकमा सुनाएको बाघ र बालाको नीतिकथा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालमा प्रयोग गर्न खोजेका छन्।यो समाचार नागरिक दैनिकमा छ ।

राष्ट्रपति निर्वाचन : मनोनयनपत्र दर्ता गर्ने समय छोटिँदै

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ ।प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो ।

राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले नयाँ समीकरण बनाउने र भत्काउने खेलमा अहिले शीर्ष नेताहरू रणनीतिक रूपमा सक्रिय छन् ।

कुन दल र को राष्ट्रपति हुने भन्ने कुरा निश्चित हुन अझै केही समय लाग्ने छलफलमा जुटेका नेताहरूको धारणा छ ।संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सांसदले मात्रै मतदान गर्न पाउने सो निर्वाचनमा प्रमुख दल काँग्रेस र एमालेले आ–आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास भित्रभित्रै गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचनमा मतदाता निश्चित रहेकाले दलीय समीकरण कस्तो बन्ने हो ? त्यसैबाट राष्ट्रपति को बन्छ ? भन्ने प्रस्ट हुनेछ ।अझ यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले समेत चलखेल सुरु गरिसकेकाले थप पेचिलो बनेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० पुसको सहमतिनुसार एमालेकै भागबाट राष्ट्रपति निर्वाचित गर्नुपर्ने अडान लिँदै आएका छन् ।यो समाचार राजधानी दैनिकमा छ ।

भावी राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपा नेताले देउबालाई भेटदै

काठमाडौं, १० फागुन । सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकातान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शिर्ष नेताहरुले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताब लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटबार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शिर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाँही कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरु बिच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको र कुनै निष्कर्ष ननिस्की रहेको बेला लोसपाले आफनो अध्यक्ष ठाकुरलाई अघि सारेको हो ।   

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीका हिमाली भेगमा हिमपात हुने

काठमाडाैं, १० फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश नं १ का पहाडी भुभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उता, राती प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै प्रदेश नं १ का पहाडी भुभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु महाशाखाले अनुरोध गरेको छ ।

सभामुखको भूमिकामा अब्बल भएर देखाउनेछु – सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभामुखको भूमिकामा अब्बल भएर देखाउने बताएका छन् । मंगलबार स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित आयोजित खेलकुद महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताए।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उहाँले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताए । “म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु”, उनले भने, “तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”

‘अमेरिकी स्रामाज्यबाद’ बिरुद्ध जनमोर्चाले चितवन–२ मा उम्मेदवारी दिने

काठमाडौं, ९ फागुन । आगामी १० बैशाखमा हुने चितवन– २ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले भाग लिने निर्णय गरेको छ । 

मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले चितवन– २  बाट उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरिरहेको बेला जनमोर्चाले नेपालको उनको उम्मेदवारी बिरुद्ध उम्मेदवारी दिने निर्णय लिएको हो ।

‘बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको साबभौम सत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यबाद ज्ञापन गरेको थियाे । लामिछानेको गृहमन्त्रीमा पुर्नबहाली हुन नसकेको खुसि ब्यक्त गर्दै आएको जनमोर्चाले उनको बिरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो । जनमोर्चाको सो निर्णयसँगै औपचारिक रुपमा चितवन– २मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ । 

चितवन– २मा उम्मेदवारी दिने निर्णय लिए पनि सो पार्टीवाट को उम्मेदवार हुने त्यो भने जनमोर्चाले सार्वजनिक गरेको छैन । 

प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सफलता हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका छन् ।

बधाइ दिदै उनले भनेका छन् “आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकुलेनले ३१, काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा, जितु नेपाल र प्रियंका कार्की देखिने

काठमाडौं – चर्चित ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा कलाकार जितु नेपाल देखिने भएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले नयाँ स्वरुपमा आउने ‘मुन्द्रेको कमेडी क्लब’ मा आफू आफ्नो आफू देखिने बताए ।

अब ‘मुन्द्रेको कमेडी क्लब कान्तिपुर टेलिभिजनमा आगामी चैत २ गतेदेखि हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने भएको छ । यसअघि यो कार्यकम्र नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको थियो ।

सो कार्यक्रममा प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनेछन् । यस्तै दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम रानाको पनि भूमिका रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्नेछन् ।

देउरालीलाई पाणिनी गाप स्तरीय रनिङ शिल्डकाे उपाधी

फागुन ९, अर्घाखाँची । पाँचौ पाणिनी गाउँपालिका स्तरीय रनिङ शिल्डमा जित निकाल्दै लगातार तेस्रो पटक  देउराली मावी पटौटिले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

पाणिनी गाउँपालिकामा आइतबार र सोमवारसम्म सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अङ्क ल्याउदै द्यौराली मावी पटौटिले तेस्रोपटक रनिङ शिल्ड जित्न सफल भएको हो ।

यो पटक २१ अङ्क पाएको द्यौरालीले अघिल्लो संस्करणका २ पटक पनि जित हात पारेको थियो । यो सङ्गै उसले शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको हो ।

समापन कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले विभिन्न खेलमा बिजेता खेलाडी तथा बिधालयलाई पुस्तार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

१७ अंक ल्याएको शिवमदन मावि अडगुरी दोस्रो भएको छ ।

ठाकुरलाई राष्ट्रपतिकाे प्रस्ताव लिएर लोसपा नेता बालकोटमा 

काठमाडौं, ९ फागुन । महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शिर्ष नेताहरु बालकोट पुगेका छन्।

ठाकुरसहित गएका लोसपाका नेताहरुले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको साझा ब्यक्तित्व ठाकुर हुने भन्दै प्रस्ताव गरेका थिए, सोही प्रस्ताव लिएर साँभ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।

‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरुसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफुलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनु भयो र हामी निस्कयाैं ।’ 

उनका अनुसार ओलीसँग साँझ भेटे पछि भोली बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएकाे छ ।

खो–खो प्रतियोगिता उपाधि ठाकुरबाबा नगरपालिका पोल्टामा

भक्तपुर, ९ फागुन ।  पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाले हात पारेको छ ।

भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर खाे खाे प्रतियाेगतामा ठाकुरबाबालेृ एक लाख ५० हजार (डेढ लाख) नगद पुरस्कारसहित ट्रफी उचालेकाे छ ।

साे प्रतियोगितामा उपबिजेता कीर्तिपुर नगरपालिकाले १ लाख नगद पुरस्कार पाएको छ भने तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिकाले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

 
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवाल विजयी नगरपालिकाका टिमका साथै खेलाडीहरुलाई ट्रफीका साथ नगद पुरस्कार पदक प्रदान गरेका थिए ।

आयोजक भक्तपुर नगपरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलमा सहभागी सबै नगरपालिकालाई मायाको चिनोसहित नगद ५ पाँंच हजार पुरस्कार प्रदान गरे । साे खेलमा १४ वटा नगरपालिकाे टीमको सहभागिता रहेको साे प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म भएको थियो । 

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो भने यस वर्ष खो खो प्रतियोगिता सञ्चलान गरेकाे हाे  । 

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं,  ९ फागुन । नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

गण्डक नहरमा हामफ्यालिन् दुई छोरासहित एक महिला

पश्चिम नवलपरासी, ९ फागुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हामफ्यालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ । 

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् । तीनजनाकै खोजीकार्य भइरहेको प्रहरीले जनााएको छ । 
 

राष्ट्रपतिमा महन्थको नाम : लाेसपा नेताकाे प्रधानमन्त्रीसँग भेटघाट, अन्य दलसँग पनि छलफल गर्ने

काठमाडौं । भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरु बालुवाटरवाट निस्केका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिय राष्ट्रपतिको प्रसङ्ग उठाईरहेको बेला ठाकुरलाई भावी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरुले दौडधुप बढाउदैँ वालुवाटार पुगेका हुन  ।

आगमी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने दिन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुको दौडधुप चलिरहेको बेला सम्भाबित राष्ट्रपतिमा ठाकुरलाई लिएर वालुवाटर पुगेका हुन । 

‘महन्थजीलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छौं,’ नेता शरदसिंह भण्डारीले भने, ‘अहिलेका लागि उपयुक्त पात्र उहाँ नै हो भन्ने हाम्रो निष्कर्ष पनि सुनाएकौ छौं ।’ उनका अनुसार सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरु बिच छलफल चलिरहेको र निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्रीले जवाफ दिएका छन् । 

प्रधानमन्त्री निवासमा ठाकुरलाई लिएर राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झालगायतको नेता पुगेका थिए ।
लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माओवादी केन्द्र पछि नेपाली कांग्रेससँग पनि छलफल र बार्ता गर्ने भएको छ । 

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ याे दिबस मनाउने परम्परा सुरू भएकाे हाे ।

 
यूनेस्कोले सन् १९९९ लाइ विशेष दिनको रुपको रुपमा स्वीकार गरे संगै संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिनलाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षको रूपमा मातृभाषाको संरक्षणका लागिसंयुक्त राष्ट्र सङ्घको आह्वानमा जागरण स्वरूप मनाइएको थियो ।

नेपालमा बोलिने भाषाहरु १३१ वटा छन् । यसरी सबै भाषा रक्षा र संवद्र्धनमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ । 
 

घुडाँकाे चोटले नेयमार एक महिना मैदान बाहिर

काठमाडौं, ९ फागुन । पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन ।्फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेकाका कारण उनी एक महिना खेल बाहिर रहनु पर्ने भएको हो । 

‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन तर उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ,’  फ्रान्सेली क्लब पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहनु पर्ने भएको क्लबले जनाएको छ ।

बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा ब्राजिलियन स्टार नेयमार घाइते भएका थिए । लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका गिए । त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो ।

यो पिएसजीको लागि ठुलो झट्काको रुपमा हेरिएको छ । 


पठान अन्ततः एक हजार करोड क्लबमा पुग्ने निश्चित

मुम्बई, ९ फागुन । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।

सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।

उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । 

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ काे छबीलाइ पुष्टी गरेकाे बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।
 

आईसीसी विश्वकप क्रिकेट लिग–२ टस जितेर नेपाल मैदानमा

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । 

नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

मंगलबार सेयर बजार बन्द

काठमाडौं, ९ फागुन । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।


सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
 

माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

काठमाडौं । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन्।

कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ। ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो नि !’, एमालेका एक पदाधिकारीले भने।

ती पदाधिकारीका अनुसार यसो गर्दा पार्टी एकता पनि हुन्छ र कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ (३) मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको स्रोतको भनाइ छ। ती स्रोतका अनुसार नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन्। जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ।

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत बताए ।

उनले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताए । उनले भने “ग्याल्बो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो । ऐतिहासिक र प्रेरणादायी दिन हो । विभिन्न मिष्ठान्न भोजनका साथै शेर्पा समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ”

तराईका जन्तु पहाड उक्लन थाले

काठमाडौँ । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन्

अमेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन् । जीवशास्त्री डा. मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गर्दै भन्नुभयो, “एकसिङ्गे दुर्लभ गैँडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ । यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।”

वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जङ्गली कोरिडोरको विकास प्रमुख कारण रहेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

माओवादीले आफ्नो स्वार्थ मिल्नेसँग सहकार्य गर्ने

काठमाडाैँ । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ।’ सरकारको नेतृत्वमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको पार्टी पदाधिकारीको बैठकपछिको भनाइ हो यो।

एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। तर पुस २६ गतेसम्म आइपुग्दा विपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले पनि दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो। कांग्रेससहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघिका साझेदार दलहरूको पनि समर्थन पाएका दाहालले पूर्ववत् अवस्था परिवर्तन भएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका थिए।

प्रतिनिधिसभाको सभामुख निर्वाचनअघि माघ ३ गते सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि बढाएका दाहालले पछिल्ला दिनमा कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ हात बढाएका छन् भने एमालेसँग दुरी बढाउँदै लगेका छन्। त्यसले एमालेलाई झस्काइरहेका बेला राष्ट्रपतिका विषयमा निर्णय लिन बोलाइएको बैठकको पूर्वसन्ध्यामा दाहालले कांग्रेस पदाधिकारी र नेकपा एसका अध्यक्षसँग छलफल गरेका थिए। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेताहरूसँग छलफल गरेका दाहालले सोमबार सिंहदरबारमा नेपालसँग कुरा गरेका हुन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त – ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । उनले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।

शुभकामना सन्देशमा भनेकी छन् “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु”