स्वास्थ्यमन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान
समाचार
काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्। उनी गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेका हुन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी त्यहाँ गएका हुन् ।
सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता रहनेछ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी पनि गएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
