`

देउरालीलाई पाणिनी गाप स्तरीय रनिङ शिल्डकाे उपाधी

Nepal One HD ९ फागुन २०७९ २०:०२
खेलकुद

फागुन ९, अर्घाखाँची । पाँचौ पाणिनी गाउँपालिका स्तरीय रनिङ शिल्डमा जित निकाल्दै लगातार तेस्रो पटक  देउराली मावी पटौटिले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

पाणिनी गाउँपालिकामा आइतबार र सोमवारसम्म सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अङ्क ल्याउदै द्यौराली मावी पटौटिले तेस्रोपटक रनिङ शिल्ड जित्न सफल भएको हो ।

यो पटक २१ अङ्क पाएको द्यौरालीले अघिल्लो संस्करणका २ पटक पनि जित हात पारेको थियो । यो सङ्गै उसले शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको हो ।

समापन कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले विभिन्न खेलमा बिजेता खेलाडी तथा बिधालयलाई पुस्तार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

१७ अंक ल्याएको शिवमदन मावि अडगुरी दोस्रो भएको छ ।


प्रतिक्रिया